मृत्यु मलामी

-जय  प्रकाश विवश

म मृत बाँचेको छु
आफ्नै संसारको मृत्युमा मलामी हुने तयारीमा छु .
हो म मरेको छु आफ्नैको घातले आफ़्नैको बातले साच्चै म मरेको छु
आफ्ना सपनाको मलामी , म आफै हुनु, मेरो बाध्यता भएको छु
झुटो संसारको झुटा मान्छेको जालमा आफु राख्दै
उसकै खुसीको प्रार्थना गर्दै .
हो म मरेको छु पूरै पढ्नुहोस् ;

नेपालीका प्रथम मौलिक उपन्यासकार गिरीशबल्लभ जोशी

— प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

गिरीशबल्लभ जोशीको जन्म राजवैद्य गङ्गानाथ जोशीका कान्छा छोराका रुपमा वि.सं. १९२४ मा काठमाडौंको वटु टोलमा सम्पन्न परिवारमा भएको हो । पुख्र्यौली पेसालाई निरन्तरता दिन वनारसमा वैद्यक विषयको उच्च शिक्षा हासिल गरेका गरीशबल्लभलाई आयुर्वेदको राम्रो ज्ञान थियो ।

मोतीराम भट्टका समकालीन गिरीशबल्लभ जोशीको भेटघाट वनारसमा मोतीराम भट्टसग नभए पनि यिनको साहित्य सिर्जनाका थालनी त्यही भएको देखिन्छ । सम्पन्न परिवारमा जन्मी हुर्किएका गिरीशबल्लभ जोशीको जिउडाल निकै भीमकाय पूरै पढ्नुहोस् ;

सम्बन्ध–५

–परशु प्रधान

वाहिर मूलगेटको घण्टी बज्यो, बजिरह्यो । म निद्रा – अनिद्रामा छु । केही होशमा छु, केही बेहोशमा । पल्लो कोठामा छोराहरु सुतेका छन् । राति ड्यूटीबाट ढिला आउने र ढिलै सुत्ने भएकाले ८ नबजी उठ्तैनन् । मेरा आँखा अनायास खुले र भित्ताको घडीमा पुग्यो । त्यहाँ ठ्याक्कै विहानको ४ बजेको छ । को बहुला होला वा माग्ने होला ! कि कुनै जोगी हो । बजिरहेको घण्टीले घरका सारा मान्छेको निद्रा खुलिसक्यो होला । अर्काको घरमा डेरा गरी बसेको !
कोही भयाङ्ग ओर्लेको आवाज आयो । घरपट्टि बूढा हुनुपर्छ । उसका कर्कश स्वरहरु मेरा कानमा आइपुगे – को बौलाहा हो ? यस्तो बिहानै घण्टी बजाएर डिस्टर्ब गर्ने …। बूढा वाहिर गएर ढोका खोले । म पनि सतर्क भएँ । बूढाको स्वर सुनें – यति सखारै आएर डिस्टर्ब गर्ने तपाईं को हो ? पूरै पढ्नुहोस् ;

भेटघाट

– उज्ज्वल जी.सी.

भेटघाट अवश्य होला नकराऊ दुई–चार दिन
हृदयको शान्त तलाउ नचलाऊ दुई–चार दिन ।

बदला लिने रहर भए  मुटुमै किला ठोके हुन्छ
ऑंसुले लेखिएको पत्र नजलाऊ दुई–चार दिन । पूरै पढ्नुहोस् ;

मान्छेभित्रको मान्छे

शिव प्रकाश

“मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले ।
“अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! यी सबै मान्छेकै गुण, स्वभाव र विशेषता हुन् ।”
“मभित्र पनि छ– खराबलाई असल भन्न नसक्ने अज्ञानता । खराबलाई असल भन्न नजान्ने मूर्खता । गल्तीलाई ठीक नभन्ने अहंकार ।”
“मूर्खलाई मूर्ख भन्नु झन् मूर्खता हँुदो रहेछ । मैले त्यही मुख्र्याइँ गरेँ ।”
“नराम्रोलाई राम्रो नभन्नु झन् दुष्टता हुँदो रहेछ । त्यही गरेँ ।”
“नराम्रोलाई राम्रो भनाउन मान्छेले कति प्रयत्न गरेको हुन्छ । अनेक उपाय लगाएको हुन्छ । ती यावत प्रयत्न र उपायका विरुद्धमा उभिनु दुष्टता नभए के हुन सक्छ ?”
“समयको कमानी खुस्किएको छ । जसले जतिखेर जे मन लाग्यो त्यही गरेको छ ।”
ऊ एउटा विचित्रको वक्ता । म अर्को झन् विचित्रको श्रोता ! पूरै पढ्नुहोस् ;

सानो मुखले ठूलो कुरा नगर्नू

प्रा. रुद्र पौड्याल, भानु पुरस्कार विजेता, सन् २०१३

साहित्यको क्षेत्रमा कहिलदेखि प्रवेश गर्नुभयो ?

साहित्यक्षेत्रमा कहिले प्रवेश गरेँ, त्यो मलाई थाहा भएन । तर, बाल्यावस्थामा पिताजीले घरमा गाउँका युवा–युवतीसँगै दाजुहरूलाई पढाउँदा भनेका श्लोकहरू र हरेकीर्तन समाज (बाबाकै अगुवाई) मा बेलाबखत बस्न पाउँदा सायद साहित्यको बीज बस्यो होला ।

यहाँको पहिलो रचना ?

पहिलो रचना यो हो भनेर मलाई भन्न गाह्रो छ । कञ्चनजङ्घा पत्रिकामा सर्वप्रथम के छापिएको थियो अनि प्रगतिमा खै कुन कविता छापिएको थियो अहिले मैले बिर्सिएँ ।

यहाँ एक चर्चित गीतकार पनि हुनुहुन्छ । तपाईंका गीतलेखन कसरी सुरु भयो ?

मूल रूपमा गीतसम्बन्धमा भन्नुपर्दा मलाई गीत लेख्न लगाउने प्रथम प्रेरक सुश्री शान्ति ठटालज्यू हुनुहुन्छ । कुरा अलिक अनौठोे छ । प्रसङ्गमा भनिहालौँै सन् १९७७ सालमा गान्तोकमा कलेजको स्थापना भयो । म त्यहाँ नेपाली विषय पढाउने प्राध्यापक छानिएँ । कलेजको वार्षिक उत्सव मनाउने प्रसङ्गमा २०/२१ अगस्त हुँदो होे, हाम्रा प्रिन्सिपल महोदय डा.ए.के.सिन्हाले मलाई उहाँको अफिसमा बोलाउनुभयो । उहाँले कलेजको वार्षिकीमा सांस्कृतिक कार्यक्रम गर्नुपर्छ भन्नुभयो ।

त्यसपछि झट्ट मलाई लक्ष्मीप्रसाद देवकोटा जान्नुहुन्छ पूरै पढ्नुहोस् ;

साहित्य सिर्जनाको कच्चा पदार्थ केन्द्रमा न्यून छ, मोफसलमा प्रचुर

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ को जन्म २०१५ साल आषाढ १४ गते श्रीकृष्णगण्डकी–२, स्याङजामा भएको हो । गजलमा विद्यावारिधि गर्ने पहिलो नेपाली परिश्रमीका अन्त्यमा (खण्डकाव्य, २०३६), यो मौसम (गजलसङ्ग्रह, २०५०), घामको छहारीमा (गजलसङ्ग्रह, २०२०५३), साहित्य सन्दर्भ (समालोचनासङ्ग्रह, २०५५), जुनुमामा (बालगजलसङ्ग्रह, २०६० संयुक्त), जून चुहेको रात (गजलसङ्ग्रह, २०६०), गजल भूमिकावली (भूमिकासङ्ग्रह, २०६३), गजल सौन्दर्य मीमांशा (समालोचनासङ्ग्रह) लगायत स्नातक तह नेपाली विषयका विभिन्न पुस्तकहरु प्रकाशित भइसकेका छन् । उहाले नेपाली भाषा साहित्यको उन्नयनका लागि राष्ट्रिय शिक्षा पुरस्कार, महेन्द्र विद्याभूषण ‘क’ २०६२, रत्न पुरस्कार २०५४, कालीगण्डकी कलासाहित्य पुरस्कार लगायत अन्य पुरस्कार तथा विभिन्न साहित्यिक सङ्घ/सङ्स्थाबाट २२ वटाभन्दा बढी सम्मान प्राप्त गरिसक्नुभएको छ । आफू रहेको स्थानमा साहित्यिक माहोलको सिर्जनामा सक्रिय रहने परिश्रमी भैरहवा वहुमुखी क्याम्पस, रुपन्देहीको क्याम्पस प्रमुखको रुपमा रही हाल प्राध्यापन पेशामा समेत संलग्न हुनुहुन्छ ।

तपाई मोफसलमा रहेर पनि नेपाली भाषा, साहित्यको विकासमा लागिरहनुभएको छ । रुपन्देहीमा के कस्ता साहित्यिक क्रियाकलाप गरिरहनुभएको छ ?

– साहित्यक लेखन वा सृजनालाई सुस्त गतिमै भए पनि निरन्तरता दिइरहेको छु । हो, म मोसफलबाट नै आफ्नो परिचय बनाएको एउटा साहित्यकर्मी हुँ । राजधानीवादी चिन्तन र संस्कारको बिरोधी एव्म साहित्यमा राजधानी नै केन्द्र हो भन्ने मान्यतालाई भत्काउन चाहने एक अभियन्ता पनि हुँ म । मोसफलमा रहेर केही न केही गतिविधि गरिरहने मेरो विगतको जस्तो गतिशीलता र अभियानमा भने अहिले कमी आएको छ । पूरै पढ्नुहोस् ;

सिस्नुपानी देउसी २०७१

भनभन भाइ हो     – संविधान
भनभन बैनी हो     – संविधान
स्वर मिलाइकन      – संविधान
जोडले भन      – संविधान
ढोगेर माटो     – संविधान
सुनौलो बाटो     – संविधान
विश्वकै चासो     – संविधान
पुस्तालाई नासो     – संविधान
घैंटामा सबको     – घाम लागोस्
देश फड्को मार्न – काम लागोस्
भनभन भाइ हो     – के भन्ने
संविधान छिटो     – ले भन्ने । पूरै पढ्नुहोस् ;

झुसिलकिरे पुराण

— मोमिला

स्मृतिमै सही, आप्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आपूलाई आपैले दर्शक बनेर हेरिरहँदा आप्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक तरङ्ग सञ्चारित भई इन्द्रियहरूले मन नपर्दो क्रियात्मक भाव व्यक्त गर्दछ र त्यसको असर स्वरूप वरिपरिको पर्यावरणीय रङ्ग पनि बदलिन्छ ।

त्यसरी नकारात्मक बदलिएको पर्यावरणीय रङ्गले पुनः परावर्तित असर झुसिलकिरे अभिनेतालाई नै पार्दोरहेछ । यद्यपि त्यसरी झुसिलकिरा बनेर घस्रिरहँदा एक दिन पुतली बनेर उड्ला नउड्ला त्यो प्रश्न भने आप्नै ठाउँमा सुरक्षित हुनुपर्छ ।

सन्दर्भमा आज पनि जीवनका चिसा र अँध्यारा रातहरूमा समेत पूरै पढ्नुहोस् ;

थाके‘ प्रिया

 –उज्ज्वल जी.सी.
१.
न कसैलाई अनादरले हेर्न चाहन्छु म
न कसैलाई समस्याले बेर्न चाहन्छु म
हो,कर्म गर्दा पराजय भोग्नै किन नपरोस ?
सधै‘ दुखीको जीवनरेखा फेर्न चाहन्छु म ।
२.
भाषा र कला हरायो भने रहन्न देश नै
बिर्सियौं भने संस्कृतिलाई मेटिन्छ भेष नै
बुझेनन् भने युवाले यदि लुकेको रहस्य
चन्द्र र सूर्य झण्डाको भोलि भेटिन्न शेष नै । पूरै पढ्नुहोस् ;