विषाक्त वर्तमान

- विवेक दुलाल क्षेत्री ‘दमक’

अहो पराक्रम तिम्रै छ
निर्दोश पशु बध गरेर महाभारत ब्युझाउछौ
राता सेता तुल टागेर सधै झिलिमिली
भएको छनक दिन्छौ


बाटै भरी सडक मर्मत नगरेर केही नथापाएको
ढ्वाङ्ग पिट्छौ
र आफ्नो आत्म रतिको साम्राज्य बिस्तार गर्न
अबिर लगाएर एफ बि का भिताहरूमा
धृस्टतापुर्बक चिप्किन्छौ ।
पूरै पढ्नुहोस् ;

जिन्दगी नै समर्पण

– जगद् गुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराज

निश्वार्थ  मनमा मेरो , राष्ट्र नै थियो जीवन।
हे बत्सल्यमयी  आमा, जिन्दगी छ समर्पण ।।१।।

नेपाली कन अर्काले , उपेक्षा नगरिकन ।
सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।।

गौरवै गाउँछन  आफ्नो, राष्ट्रकै गरि चिन्तन ।
सम्मान पाउँछन आफ्नो, राष्ट्रकै गरी पुजन।।३।।

सर्वस्व जिन्दगी मेरो, मन होस अथवा धन ।
राष्ट्रकै हितमा मुर्दा हुँदा सम्म पनि तन ।।४।।

अयोध्या  छोडेर राम, जादाँ लंका तीर जब ।
अयोध्या धाम को माटो, उठाई लिनु भो तब।।५।। पूरै पढ्नुहोस् ;

बाँदर र भगेँराको नाच

– प्रा. डा. सुषमा आचार्य

एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो ।
एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो मान्छे नजिकै पुगेर हेर्दा सयौं बाँदरहरू पिउँदै, गाउँदै र नाच्दै गरेको देख्यो । उसलाई पनि खुब रमाइलो लाग्यो तर त्यहाँ जान सकेन ।
त्यत्ति नै बेला एउटा बाँदरले भरी बोतल बोकेर घर जान्छु भन्दै त्यहाँबाट विदा भयो । त्यो बूढो मान्छेले पनि बाँदरको पछि लाग्ने विचार ग¥यो । निकै पर पुगेपछि बाँदरले बोतल धेरै गह्रौं भएकाले एउटा रुखको टोड्कोमा राख्यो र आराम गर्न थाल्यो ।
यी सबै दृष्य बूढो मान्छेले नियालेर हेरिरहेको थियो । पूरै पढ्नुहोस् ;

रिङटोनको देश

- मनोज बोगटी

हेल्लो…
-क्याफेमा ?
-ओके, ल ल…
मल्टिकलर्ड हेल्लोहरूको
माकुरी जालबीच
मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई
जीउ जोगाउन साह्रो
यो रिङटोनको देशमा।

गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र
बिलाइरहेछ
रायोको साग उम्रिने गाउँको सातो।

कति छिटो उभियो हँ
हेल्लोहरू कै ईंटाले
गाउँको ढुकढुकी।

बाख्रा खान पल्केको चितुवा बस्ने डॉंड़ामा
टावर बस्छ
त्यसले बाख्रा मात्र खॉंदैन
मान्छे पनि खान्छ।

कति छिटो पुग्यो निर्माण र पतनको सङ्घारमा
गाउँको अर्ग्यानिक संस्कार।

न अक्षर न आवाज
न गोर्खाको रह्यो
न बङ्गालीको, बिहारीको न अङ्ग्रेजको
हिन्दु ईशाई न शिखको।
यो ग्लोबल भाषाको रक्सी पिउन पल्केदेखि
लोकगीतहरू
शोकगीत जस्तो बज्न थालेको छ।

कसैसित रहेन आवाज
आफ्ना आवाजहरूको रङ बसेन अनुहारमा।
आवाज र अक्षरहीन संवेदना
फना उठाएर घिस्रिरहेछ
एलसीडी ग्लोबमा।

बिहानै आइपटले गाउने
भजन
गाउँभरि डुल्छ। बिजुली छ भने मात्र पूजा हुन्छ।

भजनको भॉंच्चिएको जीउभरि सल्बलाइबस्छ
उपभोक्तावाद, निवेशनीति र राजनीति पालैपिलो।

सामुहिक बलत्कार हो कि यो?

घर-घरको छाना हुँदै
सर्दै आइरहेछ
असम्वेदित्‌ सलह सभ्यता
मल्टिकल्चर्ड झण्डा बोकेर।

इस्कुसको जरा र फर्सिको मुन्टा
कुखुराको सुलीले बॉंचेको डल्ले खुर्सानीको सम्झना
आह !
अझ पनि
कति बल्झिन्छ शहर पसेको गाउँलाई।

आह!
कति साह्रो पर्छ अचेल
आँगनका दुबोहरू टेक्दै-टेक्दै
नागबेली बाटो ओहोर-दोहोर गर्नु
गाउँ फर्केको शहरलाई
फिता चुट्टिएको चप्पलमा।

ठूलो मल्टिकलर्ड झोला भिरेर
रिङटोनहरूको फेरी बजाउँदै आइपुग्छन्‌
अम्बानी र मित्तलहरू
घरै दैलोमा।

कति गाह्रो छ अहिले वेदलाई लाज राख्नु।
ग्रन्थबाट एलसीडीमा घुस्रिएका मन्त्रहरू
ट्याटु खोपेको पाखुरा देखाउँदै बस्छन्‌।

सेल्फोनिक मनको भित्ताबाट उप्किदै झर्छ र मर्छ
संवेदनाहरू
एसएमएसको लिलिपुट अक्षरहरूले लेखिन्छ जीवनको नयॉं संस्करण।

( उः अर्जुन
एसएमएस गर्दैछ।
एलसीडीभरि पोखिएको पुरूष
थाहा पाउँछे नी उर्मीले एसएमएसको छोटो भाषा।)

असंवेदित्‌ अनुहारको छाया दलेको नयॉं किताब पढ़ाउन
कसले ठड़ाएका हुन्‌
गाउँको चिसो हावा बग्ने डॉंड़ा-कॉंड़ा
टावरे स्कूलहरू?

हेर्नुहोस्‌ त
देशको माटोको रानीमासुमा नै मुख गाड़ेर
घाउ नै घाउ बनाइरहेका छन्‌।
कस्तो टोक्ने
इकोनोमिक डॉंठहरू हुन्‌ ती।

छोरीले सिरकभित्र बिस्तारोस्वरमा आइलबयू भनेको सुन्दा
तामाङनी बोजुले किन खोतलेका होलान्‌
पुराना चिठ्‌टीको त्यो पोको?

कसरी छुट्टियो नि संवेदनाको नाता पनि
ढिलोनढिलो ढुकढुकिने लामो केश पाल्ने चिठ्ठीलाई
फर्किएर पनि हेर्दैन सबैतिर चिरिएको जिन्स लगाउने त्यो एसएमएसले।

सबै आ-आफ्नो झण्डा बोकेर बस्ने त्यो ग्लोबलभिलेजमा
कसैले मोइ पार्छ कि
यो संक्रमणको तिर्खा मेट्‌ने।

ए सॉंच्ची
पाठक तपाईं कुन दलको ?
रिलायन्स कि एयरटेलको ?
नमस्ते कि एनसेलको ?

पूरै पढ्नुहोस् ;

फेरि भूकम्प !

किशोर रेग्मी

जीवन

फेरि भूकम्प
अस्थीपञ्जर थुप्रो
जीवनको बाटो ?

कार्यकर्ता

मौरि फूलमा
पातहरूको नृत्य
फलको आश

निती निर्माता

शिंह दर्बार
बाँस, टाट हाम्लाइ
तिम्लाइ सुन

नेता

भाषण बाजी
आश्को पोको कुरून्तै
भान्साको मेसो

जनता

तिठ्लाग्दो छोरो
जुनको पार ताप्दै
सूर्योदय आश्

बाँदरको सल्लाह

श्रीबाबु कार्की उदास

शिशिर ऋतुको समय थियो । लामो समयको खडेरीले वनजङ्गलमा कुनै जङ्गली फलपूmल र कुनै कन्दमुल बाँकी थिएन । हरियाली कहीँ कतै बाँकी नरहेकोले जङ्गल रूख्खा–सुख्खा र उराठलाग्दो भएको थियो । त्यही उराठलाग्दो जङ्गलको आश्रयमा लामो समयदेखि एक हुल बाँदर बसेका थिए ।

त्यस जङ्गलको बीचमा एउटा पानीको मुहान थियो । त्यही पानीको स्रोतबाट नजिकै एउटा पानीको पोखरी बनेको थियो । चर्को घाममा बाँदरहरू त्यही पोखरीमा पौडी खेलेर रमाउँथे । नजिकैको जङ्गलमा जङ्गली फलपूmल, कलिला मुना र गिठ्ठा, भ्याकुर, तरूलजस्ता कन्दमुल खोजेर बाँदरहरूको भोक टर्ने गरेको थियो ।

तर यो पटक लामो समय खडेरी प¥यो । खडेरीकै कारणले जङ्गल उराठलाग्दो भयो । बाँदरहरूले जङ्गलमा खानेकुरा केही पाउन छाडे र धेरै दिनदेखि बाँदरको हुल खान नपाएर आकुल व्याकुल पूरै पढ्नुहोस् ;

मृत्यु मलामी

-जय  प्रकाश विवश

म मृत बाँचेको छु
आफ्नै संसारको मृत्युमा मलामी हुने तयारीमा छु .
हो म मरेको छु आफ्नैको घातले आफ़्नैको बातले साच्चै म मरेको छु
आफ्ना सपनाको मलामी , म आफै हुनु, मेरो बाध्यता भएको छु
झुटो संसारको झुटा मान्छेको जालमा आफु राख्दै
उसकै खुसीको प्रार्थना गर्दै .
हो म मरेको छु पूरै पढ्नुहोस् ;

नेपालीका प्रथम मौलिक उपन्यासकार गिरीशबल्लभ जोशी

— प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

गिरीशबल्लभ जोशीको जन्म राजवैद्य गङ्गानाथ जोशीका कान्छा छोराका रुपमा वि.सं. १९२४ मा काठमाडौंको वटु टोलमा सम्पन्न परिवारमा भएको हो । पुख्र्यौली पेसालाई निरन्तरता दिन वनारसमा वैद्यक विषयको उच्च शिक्षा हासिल गरेका गरीशबल्लभलाई आयुर्वेदको राम्रो ज्ञान थियो ।

मोतीराम भट्टका समकालीन गिरीशबल्लभ जोशीको भेटघाट वनारसमा मोतीराम भट्टसग नभए पनि यिनको साहित्य सिर्जनाका थालनी त्यही भएको देखिन्छ । सम्पन्न परिवारमा जन्मी हुर्किएका गिरीशबल्लभ जोशीको जिउडाल निकै भीमकाय पूरै पढ्नुहोस् ;

सम्बन्ध–५

–परशु प्रधान

वाहिर मूलगेटको घण्टी बज्यो, बजिरह्यो । म निद्रा – अनिद्रामा छु । केही होशमा छु, केही बेहोशमा । पल्लो कोठामा छोराहरु सुतेका छन् । राति ड्यूटीबाट ढिला आउने र ढिलै सुत्ने भएकाले ८ नबजी उठ्तैनन् । मेरा आँखा अनायास खुले र भित्ताको घडीमा पुग्यो । त्यहाँ ठ्याक्कै विहानको ४ बजेको छ । को बहुला होला वा माग्ने होला ! कि कुनै जोगी हो । बजिरहेको घण्टीले घरका सारा मान्छेको निद्रा खुलिसक्यो होला । अर्काको घरमा डेरा गरी बसेको !
कोही भयाङ्ग ओर्लेको आवाज आयो । घरपट्टि बूढा हुनुपर्छ । उसका कर्कश स्वरहरु मेरा कानमा आइपुगे – को बौलाहा हो ? यस्तो बिहानै घण्टी बजाएर डिस्टर्ब गर्ने …। बूढा वाहिर गएर ढोका खोले । म पनि सतर्क भएँ । बूढाको स्वर सुनें – यति सखारै आएर डिस्टर्ब गर्ने तपाईं को हो ? पूरै पढ्नुहोस् ;

भेटघाट

– उज्ज्वल जी.सी.

भेटघाट अवश्य होला नकराऊ दुई–चार दिन
हृदयको शान्त तलाउ नचलाऊ दुई–चार दिन ।

बदला लिने रहर भए  मुटुमै किला ठोके हुन्छ
ऑंसुले लेखिएको पत्र नजलाऊ दुई–चार दिन । पूरै पढ्नुहोस् ;