आफूलाई चिनाउन

- केशव खनाल

अरुलाई चिन्ह के गाह्रो, आफैलाई बुझ्न झन साह्रो
अरुको खुशी लुट्न के गाह्रो, आफ्नै आँंशु पुछ्न हो साह्रो

आफूलाई चिनाउन सक्नेहरु हार्दैनन जिन्दगीमा
सबैले देख्ने बाटो हिड्नेहरु थाक्दैनन जिन्दगीमा
लाखौं मन्दिर बनाउन के गाह्रो
एउटै द्यौता बन्न हो साह्रो

अरुबाट भाग्न खोज्नेहरु हराउदैनन जिन्दगीमा
आफैबाट भाग्नेहरु जिउँंदै मर्छन जिन्दगीमा
जवान बन्न कसलाई के गाह्रो
जवानी जोगाउन हो साह्रो

अरुलाई हेर्न के गाह्रो, आफैलाई देख्न हो साह्रो
अरुको खुशी लुट्न के गाह्रो, आफ्नै आँंशु पुछ्न हो साह्रो

संगीत ः ओमप्रकाश राई
स्वर ः रजिना रिमाल

काठमाडौं, नेपाल

प्रतिक्रिया दिनुहोस्

*