महाभारतकी मैच्याङ

- फूलमान वल

लाली गुरासजस्तै
रातो गाला
झनै रातो हुनेगरि
किन बेस्सरी दौडिरहेछ आज
यो लेकाली हावा ?
दोर्जेगाङलाई चुमेर
उड्दै उड्दै आइपुगेको यो भुईं कुहिरो
काउकुती चलाउनेगरि
किन मातिरहेछ बेस्सरी ?
धुपी सल्लाका बोटहरु सुस्तरी हल्लिंदा
किन बढिरहेको छ छातीको ढुक्ढुकी ?
सुनगाभाको लहरा
चूल्ठोमा अल्झिंदा
किन सिरिंग हुन्छ यो आङ ?

महाभारतकी मैच्याङ
आज, सो¥हबर्षमा टेकी

भुईं कुहिरोस“गै
उड्दै उड्दै
उसको मन आज
छितिजमा चा“दीजस्तै टल्किरहेको बादलसम्म
फैलिदै फैलिंदै गइरहेको छ
त्यही बादलमुनिको शहरमा
गलैंचा बुन्न गएको च्याङबा
‘सा“च्चि अहिले के गर्दै होला हगी ?
के उसलाई–
स“गै बाख्रा चराएको
च्याखुरा लखेटेको
भुईं जुरेलीको फुल चोरेको
अनि, भाले मजुरको प्वा“ख खोज्दा खोज्दै
तामाजोर लेकमा हराएको– संझना होला ?’

आज मैच्याङ
संझनाको दहमा
डुब्दै छिन्– डुब्दै छिन् ।

‘यो हावा उड्दै उड्दै कहा“ पुग्छ होला ?
च्याङबा र मैले मरिनमा दुवाली फर्काउ“दा
छोएको पानी
बगेर कहा“ पुग्यो होला ?
यो च्याखुराको एकतमास लय
किन आप्पाले बैंसमा गाउने
फापर व्हाई जस्तै लागिरहेछ ?
यो कुक्कुको आवाज
किन तड्पिरहे झैं लाग्छ कसैको संझनामा ?’

सो¥ह बर्ष लागेको पहिलोदिन
आकाश छ्याङग खुलेको छ
वतास सुस्तरी चल्मलाईरहेको छ
चुल्ठोमा सजिएको फूल वरिपरि
एकतमास भुन्भुनाइरहेका छन् बैंशालु भ“मराहरू
आज मैच्याङ–
याङवेल लेकबाट
पेटारे बाख्रा सुम्सुम्याउ“दै
टोलाउ“दै हेरिरहेकी छन्–
भर्खरै डोजारले जोतेर गएको
शहर जोड्ने यो नागबेली कच्ची बाटो
यही बाटो उ कल्पनाको घोडा दौडाउ“दै
रोशीखोला ओर्लिन्छे
र, किनारै किनार
हावाको बेगमा बत्तिएर
ऊ काठमाडौं आइपुगेकी छ यतिबेला
पीपा हजुरबाले सुनाएको
–रानी पोखरीको कथा
–ट्रडिखेलको मैदान
–त्यो सिंहदरबार
–धरहरा,
–घन्टाघर,
–हावाजहाज बस्ने गौचरन,
–चिडियाखाना,
–स्वयम्भु र बौद्धमा घुमिरहने
घर जत्तिकै ठुलो त्यो म्हाने
–बाहिरैबाट मुख मिठ्याउ“दै फर्केको
भोटाहि“टीको त्यो मिठाई पसल
‘आम्मा हो †
कस्तरी कुदिरहेका हुन् यी गाडीहरु ?
के खान्छ होला यिनीहरुले ?
सा“झ कहा“ बास बस्छ होला हगि ?’
कल्पनाको घोडा चढेर÷घुम्दा घुम्दै
रानी पोखरीकै छेउ
च्याङबालाई उसले भेट्टाई छाडी
कपाल अलिक लामो भएछ–
‘छेवारमा आस्याङले काट्न पाएको भए पो †’
नाक उस्तै छ थेप्चे–
गाला अलिकति सुकेछ
खुट्ट उस्तै छन् मसिना
बाख्रा चराउ“दा खर्कमा
खल्र्याङ खुट्टी खेले जस्तै
‘सा“च्ची, अघाउ“जी खाएनौ कि क्या हो ?’
कल्पनाको घोडामा
च्याङबालाई राखेर
ऊ फेरि हुइकिन्छे गाउ“तिर
ल्होछार मनाएपछि पक्कैपनि
ताम्बालाई अघि लाउ“दै उसको घरमा
पोङ लिएर आउने छ च्याङबा
बत्तीको धिपधिपे उज्यालोभित्र
अलिकति लजाउ“दै
छुनेछे उसले पोङ
भन्नेछन् सबैले– ‘लास्सो †’
गाउनेछन् डम्फूमा सेलो
आमाको ओझेलमा लुकेर ऊ
लजाउ“दै हेर्नेछे च्याङवालाई
उही चिम्से आ“खा
झिम्काउने छ च्याङबाले
ऊ नाकको पोरा फुलाउ“दै
रिसाएको नाटक गर्नेछिन्

‘उफ,
यो हावा किन चल्नु पर्या यस्तरी–
चुल्ठोको गुरा“स झर्नेगरि ?
कल्पनाको घोडाबाट खस्ने गरि ?’

गाइ–बाख्राको पदछाप पछ्याउ“दै
सा“झ अबेर घर फर्किंदा
आप्पाको स्वर सुनी उसले–
‘मैच्याङलाई आज के भएछ ह“ ?
गाइबाख्रा त आफै फर्केछन् ?’

महाभारतकी मैच्याङ
सो¥हबर्ष पुगेको
आज दुई बर्ष भयो
दुइटा ल्होछार आए
दुइपटक गुरा“स फुल्यो
दुइपटक भुईं ऐंसेलु पाक्यो
दुइ याम पार्यो तित्राले फुल
तर रुमाल हल्लाउ“दै च्याङबा आएन

टाढाबाट गौथली–

वेगले पखेटा फट्फटाउ“दै फर्केको सा“झ,
आलो धुलो उडाउ“दै
नागबेली बाटो भएर
महाभारत उक्लेको मिनीटाटामा
ऊ खोज्न गई च्याङवालाई

‘छ्या कस्तरी हेर्छ यो मान्छे ?
चुल्ठोको फूल हेरेको कि यो छातीको धडकन् ?
नासपातीको रुख हेरेको कि मेरो गाला ?
घरको झ्याल हेरेको कि मेरो गाजलु आ“खा ?
मोबाइलले धाराको पानी खिचेको कि मेरो फोटो ?
मात्तेको ड्राइभर †’


यसपछिको
पहिलो भेटमा–
मैच्याङले पाई
एक सय असी रुपिया“को टेरलिङ फरिया
दोस्रो भेटमा–
छ सय पच्चिस रुपिया“मा किनेको
सेकेन्ड ह्यान्ड चाइनिज नोकिया सेट
तेस्रो भेटमा–
सय रुपिया“को एनसेल सीम
र, छयानब्बे रुपिया“को म्याजिक चप्पल
जम्मा एक एकहजार एक रुपिया“मा
पग्ल्यो मैच्याङको मन
च्यातियो च्याङबाको फोटो
हा“से मोटे ड्राइभर
उड्यो धुलो बाटोमा
गाउ“बाट ओझेल पर्यो मिनीटाटा
फैलियो खबर–
‘मैच्याङ हराई, मैच्याङ हराई’
धारामा सुनियो–
‘राजेश हमाल भेटाउन लग्यो होला नि डाइभरले ।’

त्यही रात उसले तिनवटा भीमकाय पहाड थामी
उसलाई राम्ररी याद छ–
पहिलो अनुहार ड्राइभरको थियो
दोस्रो खलासीको
अनि तेस्रोलाई चाहि“ दुबैले ‘साउजी’ भन्थे
गाउ“, आमा र च्याङबालाई संझेर
निकैबेर रोएको त्यही सा“झबाट
महाभारतकी मैच्याङ
मोनिका भइन् मोनिका
र, ठमेलको नरसिंह चोकछेउ
ब्लु डायमण्ड मसाज पार्लरभित्र
जवानीको पसल थाप्न थालिन्


महाभारतकी मैच्याङ
सो¥ह बर्ष पुगेको
आज सो¥है बर्ष लागेको दिन,
गलैंचा बुन्दा बुन्दा टिबीले ख्याउटिएको
च्याङवा
‘खै के हो कुन्नी’ रोगले थलिएकी
मैच्याङलाई डोहोर्याउ“दै
महाभारतको उकालो चढ्दैछ ।

प्रतिक्रिया दिनुहोस्

*