“ पिंगल फिबोनाच्सी” – नेपाली कवितामा नया आयाम

- डा शिव गौतम बोस्टन, अमेरिका

अमेरिकाको बोस्टनमा आयोजना गरिने नियमित मासिक साहित्यिक शृंखला “सिर्जना उत्सब”मा बरिष्ट साहित्यकार डा शिव गौतमले नया शैलीको कविता लेखन “ पिंगल फिबोनाच्सी” पद्दतिको चर्चा गरे/ उनले आइतबार क्याम्ब्रिजमा आयोजित कार्यक्रममा “ पिंगल फिबोनाच्सी” पद्दतिको कविता पनि वाचन गरे/

उहाले १२ औं शताब्दि तिरका युरोपेली गणीतज्ञ फिबोनाच्सीले चलाएको संख्याका शृंखलालाई आधार मानेर अग्रेजी भाषामा केहि लेखिएको तर त्यसले सम्भावित आयामलाई सिमित गरेको चर्चा गर्दै यसलाई हामी हाम्रो सृजनशिलाताले नयाँ आयम थप्न सकिन्छ भन्नु भयो। त्यति मात्र होईन, फिओबोनाच्सी मात्र भनेर भन्दा करब १४०० बर्ष अघिका अर्का भारतीय विद्वान प्रति न्याय नहुने हुनाले यस पद्दतिको नाम आँफुले ‘पिंगल(फिबोनाच्सी” गरेको प्रष्ट पार्नु भयो।

पिंगलले इसा पुर्ब २०० मै संस्कृत बाङ्मयमा प्रयोग मात्राको बिस्लेषण गर्ने क्रममा फिबोनाच्सी संख्या अबलोकन गरेका थिए। पिंगल देखि फिबोनाच्सी सम्म आइपुग्दा धेरै पुर्बिय विद्वानको काम र नाम हराई सकेको थियो, तर आधुनिक शोधले हराएका र लुकेका कुराहरु पत्ता लाग्दै छन्।

आधुनिक समयमा यसको प्रसिद्धिको श्रेय फिबोनाच्सीलाई जान्छ। फेरि फिबोनाच्सी संख्या ९शृंखला० जहाँबाट शुरु गरेपनि शृंखला निकै लामो भई सकेपछि कुनै संख्या र त्यो भन्दा तुरुन्त अघिको संख्याको अनुपात १।६१८०३३९८८७४९८९४८ ।।।।।। को नजिक हुन्छ। यो अनुपात गणितमा सुनौलो अनुपातको ९गोल्डेन रेशियो० नामले प्रसिद्ध छ।

फिबोनाच्सी संख्या शृंखलाले प्रकृतिका धेरै कुराको झझल्को दिन्छ भन्नेहरूको खाँचो छैन – जस्तो भुइँ कटहरको बोक्रा, सल्लाको सिमटा, सूर्यमुखी फूल, अनेकौं रुखहरूका हाँगा, हाँगाका पात, शंख जस्तो घुमेका जनाबर र बनस्पति, मौरीको आगामी सन्तति संख्या र अझ आकासको एउटा तारा पुँज ९स्पाईरल ग्यालेक्सी० आदि । “अतिरन्जनाको पनि कमि छैन” डा। गौतम ले भन्नु भयो।

कार्यक्रममा गौरबराज थपलियाले निकट भविष्यमा पिंगल फिबोनाच्सी लेखनको कार्यशाला गोष्ठी गरिनु पर्ने बताउनु भयो भने कार्यक्रम संयोजक गोवर्धन पूजाले निकट भविष्यमा नै गौतमको आतिथ्यमा एक कार्यशाला गोष्ठी गरिने बताउनु भयो / बरिष्ट साहित्यकार दिनेश राजभण्डारीको आतिथ्य एवं सभापतित्वमा सम्पन्न कार्यक्रममा सिर्जना उत्सवका निर्देशक महेश्वर पन्तले कार्यक्रमका बारेमा जानकारी गराउदै सिर्जना उत्सव बोस्टनका साहित्यकारको साझा मंचको रुपमा विकसित भएको बताउनु भयो

कार्यक्रममा भारती गौतम , महेश्वर पन्त, दीपा राई पुन, सुरेश वाग्ले, अनु शाह, दिनेश राजभण्डारी, गोवर्धन पूजा , रोशनी खनाल, गौरब राज थपलिया, भक्त गुरुङ, ममता कर्माचार्य, लालब हादुर ऐर , ज्ञानप्रसाद शर्मा, सुष्मा श्रेष्ठ नेपाल, आँशु लक्ष्मी राजभण्डारी, डेली तामांग, लगायतले सिर्जना वाचन एवं विचार व्यक्त गर्नुभयो।

खुसीका आँशु 

-शिव गौतम 

आउ
हामी
अलिकति रोऔं
दुखमा होईन खुसीमा
परेलीमा तौलँदै मोतीका सङ्ला दाना ्र

प्रभातको आगमनमा
आँगनको गुलाफले पातभरी
रातभरी बटुलेका ओसका बाटुला दानाहरूले
विषाद हैन जून(ताराको स्वाद र मिठास दृश्यभरी पस्किन्छन ्र

धूवाँ धमिलो
मनको अमिलो
केहि बोझ केहि अफसोच
बाँच्नुका बिझेका चोटका आहतले छोडेका खत
बग्न दिऔं, बिलाउँन दिऔं, पग्लन दिऔं यी खुसीका न्याना थोपामा ्र

धरती प्रकृति पनि त
फक्रिन्छ मुस्कुराहट
झरनामा बादलमा वर्षामा नदीमा तालमा सागरमा ्र

आउ
हामी
अलिकति रोऔं
दुखमा होईन खुसीमा
परेलीमा तौलँदै मोतीका सङ्ला दाना

शिव गौतमको पिंगल (फिबोनाच्सी कविता । यो यस पद्धतिको पहिलो नेपाली कविता हो )

प्रतिक्रिया दिनुहोस्

*