उपन्यासकै लागि परिवारको हत्या

- रमेश पौडेल

‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु ।
‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’
‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म ।
‘अरूले सक्छन् होला …,’ अलि अलि हाँस्दै भन्छ ऊ— ‘तर मैले चाहि“ सकिनँ ।’
‘तिमी विवाहित हौ ?’ प्रसङ्ग बदल्दै सोध्छु म ।
‘हुँ,’ यति मात्र भन्छ ऊ ।
‘विवाहबारे केही भन्छौ कि ?’ प्रसङ्ग कोट्याउँछु म ।
‘मैले पाँच वर्षअघि विवाह गरे“,’ ऊ माथितिर हेर्दै भन्छ— ‘विवाह गरेको दुई वर्षपछि छोरो जन्मियो । त्यसको तिन वर्षपछि अर्थात् गत साल पत्नी र छोरो दुबै मरे ।’
कुरा सुनेर लेख्न छाडी ऊतिर हेर्छु म । तर उसको अनुहारमा दुःखको कुनै भाव देख्दिनँ । सायद उसले त्यो शोक पचाइ सक्यो । ऊ बिस्तारै गुनगुन गर्छ । सायद मन्त्र जप्छ ।
‘कसरी मरे ?’ कारण जान्न चाहन्छु म ।
‘उनीहरू मरेका होइनन्,’ ऊ मेरो मुखमा टुलुटुलु हेर्दै भन्छ— ‘मारिएका हुन् ।’
‘के रे ?’ विस्मित हुँदै सोध्छु म— ‘कसरी मारिए उनीहरू ?’
म उसको मुखमा एकोहोरो हेरि रहन्छु ।
बाहिर एक जना प्रहरी देखिन्छ । ऊ एक छिनसम्म हामीलाई आँखा फुकालेर हेरि रहन्छ । हामी पनि चुपचाप उसलाई हेरि रहन्छौ“ ।
‘छिटो गफ सक्नोस् । कैदीसँग धेरै समय गफ गर्न पाइँदैन’ भन्दै प्रहरी जान्छ । हामी मुखामुख गर्छौ“ ।
‘विष खुवाएर,’ केही बेरपछि फिलोस भन्छ— ‘कसैले विष मिसाएको जुस खुवाएर मा¥यो उनीहरूलाई ।’
उसको कुरा सुनेर मेरो मन चस्स घोच्छ ।
‘कसले ?’ म पीडा मिश्रित आवाजमा सोध्छु— ‘कसले किन मा¥यो उनीहरूलाई ?’
‘मैले,’ भन्छ ऊ ।
म लेख्न छाडेर उसको मुखमा हेर्छु । त्यहाँ जिस्किएको वा त्यसै भनि दिएको जस्तो कुनै भाव छैन । अर्थात् ऊ गम्भीर छ । कुनै प्रश्न सोध्न नसकेर अवाक् बनि रहन्छु म ।
ऊ फेरि भन्छ— ‘हो मित्र ! मैले नै मेरा श्रीमती र छोरालाई विष मिसाएको जुस खुवाएर मारेको हुँ ।’
‘किन नि ?’ हैरानी र आश्चर्य हुन्छ मेरो स्वरमा ।
‘लेखन,’ ऊ पुनः डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले मेरा पत्नी र छोरालाई मारे“ ।’
उसका कुरा सुनेर डायरी र कलम थन्क्याउँछु म । किनभने अबका कुरा लेख्नभन्दा पनि सुन्न ध्यान दिनु पर्ने ठान्छु ।
अहिले सुन्छु अनि घरमा गएर टिपोट गर्छु भन्ने मनसायले सोध्छु म— ‘तिमी आप्mना कुरा अलि विस्तारमा बताउँछौ कि फिलोस ?’
‘सुन लेखक !’ ऊ पले“टी मारेर लामो सास फेर्दै भन्छ— ‘म एउटा सामान्य मानिस थिएँ । पत्नी, छोरो, जागिर— यति नै मेरो संसार थियो । जागिरको पैसा सधै“ अपुग हुन्थ्यो— व्यवहार चलाउनका लागि । तर पनि अलि अलि गर्दै बचत गर्ने, भविष्यमा घडेरी किन्ने, त्यसमा आप्mनो डिजाइन अनुसारको घर बनाउने, छोरालाई राम्रो शिक्षा दिने जस्ता सपना देखि रहन्थ्यौ“ हामी ।’
ऊ कुरा रोकेर नजिकैको बोतलबाट पानी पिउँछ र बोतल मलाई देखाउँछ । म पनि त्यसबाट पानी पिउँछु ।
त्यसपछि ऊ भन्न थाल्छ— ‘दुई महिनाअघि मेरो जीवनले ठुलो मोड लियो । कसैले मलाई उपन्यास लेख्ने जिम्मेवारी सुम्पेर गयो । त्यो काम कठिन भए पनि मैले गर्नै पथ्र्यो ।’
‘कसले ?’ अचम्म मान्दै सोध्छु म ।
‘सर्वोच्च मानव समाजका तर्पmबाट विज्ञाले,’ ऊ भन्छ ।
‘कहाँ छ सर्वोच्च मानव समाज ?’ म छक्क पर्दै सोध्छु ।
‘प्रशान्त महासागरको बिचमा, अन्तरराष्ट्रिय तिथि रेखा र भूमध्य रेखा जोडिएको ठाउँमा,’ ऊ भन्छ ।
‘वाहियात कुरा नगर फिलोस,’ म आपत्ति जनाउँदै भन्छु— ‘त्यस ठाउँमा कुनै बस्ती छैन ।’
‘म आपैm“ त्यो समाज घुमेर आएको हुँ । अतः त्यहाँ सर्वोच्च मानव समाज छ,’ ऊ मलाई विश्वास दिलाउन खोज्छ ।
‘नचाहिने कुरा नगर फिलोस ! तिमीले देखेको कुरा वैज्ञानिकहरूले कसरी देखेनन् ? तिमीलाई थाहा भएको कुरा हामीलाई कसरी थाहा भएन ?’
‘यस विषयमा विवाद नगरौ“ लेखक ! तिमी मेरो अन्तर्वार्ता लिन लिन आएको हुनाले यथार्थ बोल्नु मेरो कर्तव्य हो । पत्याउनु नपत्याउनु तिम्रो स्वतन्त्रता हो ।’
फिलोस पक्का पागल भएको ठहर गर्छु म । एकातिर ऊ उपन्यास लेख्नका लागि जागिर छाडेको तथा पत्नी र छोराको हत्या गरेको कुरा गर्छ भने अर्कातिर हुँदै नभएको सर्वोच्च मानव समाजका मानिसले उपन्यास लेख्न लगाएको कुरा सुनाउँछ । अतः पागलसँग विवाद गर्नुभन्दा चुपचाप उसका कुरा सुन्ने निर्णयमा पुग्छु म ।
‘तिमी आप्mना कुरा भन्दै जाऊ,’ म आग्रह गर्छु ।
‘यसअघि उपन्यास लेख्ने मेरो कुनै रहर थिएन । सर्वोच्च मानव समाजका तर्पmबाट विज्ञाले लेख्न लगाएपछि कलम चलाउन बाध्य भएँ । सुरुमा त म कसरी लेख्ने भनेर सारै अप्ठ्यारामा परे“ । खाँदा, हि“ड्दा, बस्दा, पढाउँदा गफ गर्दा लगायत सुत्दा बाहेक जे गर्दा पनि कसरी उपन्यास लेख्ने भन्नेबारे सोच्न थाले“ । सोचेका कतिपय कुराहरू टिपोट गर्न थाले“ ।
सुरुतिर बोझ लागे पनि बिस्तारै मलाई लेखनमा रस भिज्दै गयो । केही पछि त म लेखनको व्यसनी नै भएँ ।
मेरो जीवनको यो ऐतिहासिक क्षण थियो । लक्ष्य विहीन भएर भौ“तारिइ रहेको मैले सही लक्ष्य भेट्टाएको थिएँ । उपलब्धि विहीन कार्य गरि रहेको मैले उपलब्धि मूलक कार्य थालेको थिएँ । त्यसैले म खुसी थिएँ, उत्साही थिएँ ।
म निरन्तर लेखनमा जुट्न थाले“ । परन्तु लेख्ने समय अपुग भयो मलाई । त्यति खेर म एकदमै धेरै सोच्थे“ । सानो बाधाले पनि मेरो सोचाइको लहर टुट्न सक्थ्यो । त्यसैले सामाजिक सम्पर्कबाट टाढा रहन चाहन्थे“ म । फलतः मैले मोबाइल स्विच अफ गरे“ ।
हरेक दिन विद्यालय धाउनु पर्दा लेखनमा बाधा भयो । उपन्यासभन्दा ठुलो कुरा अरू केही थिएन मेरा लागि । अतः मैले जागिर छाडि दिएँ । बाँच्नका लागि जागिर खानै पर्छ भन्ने सोचाइ रहेन मेरो ।
एकाग्र भएर लेखि रहेका बेला छोरो हल्ला गरि दिन्थ्यो, डिस्टर्ब हुन्थ्यो मलाई । पत्नी केही भन्थिन्, डिस्टर्ब हुन्थ्यो मलाई । अतः छोरो सहित केही समय माइत जानका लागि पत्नीलाई आग्रह गरे“ मैले ।
मैले जति नै आग्रह गरे पनि उनी मानिनन् । बिस्तारै हामीबिच झगडा हुन थाल्यो । उपन्यास लेखनमा पत्नी र छोराले पूरै डिस्टर्ब गरेको अनुभव हुन्थ्यो मलाई । अन्ततः मैले दुईमध्ये एक रोज्नु पर्ने अवस्था देखे“— या त परिवार या त उपन्यास । सहर्ष छाने“ मैले— उपन्यास ।
उपन्यास पूरा गर्नका लागि मलाई एकान्त चाहिएको थियो । त्यो एकान्त जस्तो भए पनि स्विकार्थे“ म । एकान्तको खोजी गर्ने क्रममा दिमागलाई चारैतिर दौडाएँ मैले । अन्ततः भेट्टाएँ— जेल । लेखनका लागि जेलभन्दा अर्को एकान्त र स्वतन्त्र ठाउँ देखिनँ मैले ।
त्यसैले एक दिन नजिकैको प्रहरी चौकीमा गएर इन्सपेक्टरसँग भने“— ‘मलाई जेलमा राखि दिनोस् ।’
‘किन ?’ सोध्यो इन्सपेक्टरले ।
‘म जेलमा बसेर उपन्यास लेख्न चाहन्छु । जेलमा बस्दा जागिर नखाईकन पेट भर्न पाइन्छ । त्यहाँ कसैले डिस्टर्ब पनि गर्दैन, त्यसैले ।’
‘यस्ता उडन्ते कुरा नगर्नोस्,’ उसले मलाई झपार्दै भन्यो— ‘तपाई“ सद्दे त हुनु हुन्छ ?’
‘म अहिलेसम्म सद्दे छु । तर उपन्यास लेख्न पाइनँ भने पागल हुन सक्छु ।’
उसले मानेन, पटक्कै मानेन । अन्ततः निराश भएर फर्किएँ म ।
बाटामा अनेक कुरा सोच्दै आएँ । अहिलेको जमानामा ऋषिमुनि जस्तो जङ्गल पसेर एकान्त खोज्नु सम्भव छैन । फेरि त्यहाँ पनि खानका लागि त केही गर्नै पर्छ । म चाहन्थे“— केही नगरी खान पाइयोस् र निरन्तर लेखि रहन पाइयोस् । त्यसका लागि उपयुक्त ठाउँ जेल नै भएको निष्कर्ष निकाले“ मैले । तर जेलमा बस्नका लागि अपराध गर्नै पथ्र्यो । हो, जेलमा बस्नका लागि अपराध गर्नै पथ्र्यो ।
मिक्सचरमा फलफुल पिसेर जुस बनाएँ, अनि पत्नी र छोरालाई एक एक गिलास दिएँ । उनीहरूले जुस खाइ सकेपछि म प्रहरी चौकी गएँ । त्यही इन्सपेक्टर भेटियो ।
मैले खुसी हुँदै भने“— ‘इन्सपेक्टर साब ! अब त मलाई जेल हाल्नु हुन्छ होला नि ?’
उसले चकित हुँदै सोध्यो— ‘किन ?’
‘म मान्छे मारेर आउँदै छु,’ मैले मुसुमुसु हाँस्तै भने“ ।
‘कहाँ ? कसलाई ?’ उसले आत्ति“दै सोध्यो ।
मसँगै घटना स्थल जान आग्रह गरे“ मैले ।
अरू दुईतिन जना प्रहरी सहित ऊ र म भ्यानमा चढ्यौ“, अनि मैले बताएको ठाउँतिर लाग्यौ“ । कोठामा पुगेर हेर्दा पत्नी र छोरो मरि रहेका थिए ।

(रमेश पौडेलको प्रकाशोन्मुख उपन्यास ‘द सुप्रिम ह्युमन’को एक अंश)

प्रतिक्रिया दिनुहोस्

*