देवताहरू

-सूर्य चापागाईं

 

ओसिला बादलले

तिम्रो फराकिलो स्वर्ग छोप, जिउस

अनि पहाडका टाकुराले र ओकका रूखहरूले ढाक

थिसल्स फूलको टाउको निमोठ्ने

बच्चाले जस्तै मनलाग्दो गर

अझै मेरो पृथ्वी तिमीले फिर्ता दिनुपर्छ

मेरो झुप्रो पनि जुन तिमीले बनाएनौ

अनि मेरो चुल्हो मलाई छोदिदेउ

जसको न्यानोपनाको तिमीले

मसंग इर्ष्या गरेउ

देवताहरू,

सूर्यमुनि भएका दीनहीनहरूलाई

मा तिमीहरूले भन्दा कम जान्दिनं

पशुबली र प्रार्थनायुक्त महीमागानहरूले

तिम्रो भोक टर्दैन

महाशय,

भोकाउने बच्चा र भिखारीहरू थिएनन्

आशावादी मूर्खहरू

मा सानो छंदा

कहाँबाट आएँ र कहाँ जाँदैछु भन्ने सम्म नजान्दा

मैले मेरा चंचल आँखा सूर्यतिर डुलाएँ

ठानेको थिएँ त्यहाँ मेरो दर्द सुन्ने कोहि छ

पीडामाथि दया गर्ने मेरो जस्तो मुटु भएको कोहि छ

कसले सघायो मलाई

टाइटानको दुराचार विरुद्ध ?

कसले छुट्कारा गर्यो मलाई मृत्युबाट,

अनि दासताबाट ?

के यो सबै तिमीले नै प्राप्त गरेको होइन र?

पवित्र र धप्धपाउंदो मुटु?

र जलायेउ कलीला र असल मुटुहरू

गर्येउ कपटपूर्ण छल

माथि सुतिरेकाहरूको मुक्तिका लागि

धन्य छौ तिमी .

तिमीलाई मेरो सम्मान केका लागि?

तिमीले कहिलेइ थिचिएकाहरूको पीडा कम गर्येउ र?

शोकाकुलहरूको आँसु पुछेउ र?

मेरा र तिम्रा मालिक सर्वशक्तिमान समयले

अनि अनन्त भाग्यले

मलाई मानिसका लागि बनाएको होइन र?

तिमि लाग्छ के मा जीवनलाई घृणा गरूँ ?

मरुभूमिमा निर्वासित हौं?

यसर्थ कि कुनै कोपिलौदै गरेको फूल नफक्रियोस?

यहाँ मा बस्छु

मानवलाई आफ्नै आकारमा बनाउन,

त्यो जाति जसले मेरो प्रतिनिधित्व गर्न,

साताइन, रुन, रमाउन, आफैमा पुलकित हुन

अनि तिमीलाई घृणा गर्न

मैले जस्तै !
गेटेको प्रमिथस कविताको अनुवाद सूर्य चापागाईं

प्रतिक्रिया दिनुहोस्

*