रक्सी

-विवेक दुलाल क्षेत्री

लेप्चा बाजे र लेप्चिनी बज्यैका सन्तान नभएका होइनन् .एक छोरा र एक छोरी
भएकै हुन् .छोरोचाही सानैमा कालोज्वरले लगेपछि एउटी छोरी सानी मात्र थिइ .
सानीलाई पोखराको केटासित विवाह गरी दिएकोमा कहिलेकाही उ पनि नाती
च्यापेर आउने गर्थि .ज्वाई चाहिँ इन्डियाको लाहुरे भएकाले बेला बेलामा मात्र
लेप्चा लेप्चिनी बज्यैसित गफ हुने गर्थ्यो .

लेप्चा बाजे पनि पहिलेको भू पु शैनिक भएको हुदा अझै पनि हट्टाकट्टा नै लाग्थे .
उनी शहरको एउटा प्राइभेट कम्पनीमा चौकीदार काम पनि गर्ने गर्थे .लेप्चा बाजे
रक्सीका अम्मली थिए .ड्यूटी सकेर आउदा तलब बुझेको दिन रक्सी लिएर आउथे .
बज्यै केहि कम थिइनन उनी पनि बाजेसितै बसेर पिउथिन्.छिमेकीहरू सुति
सकेका हुन्थे .बुढाबुढी मात्दै गएपछि झगडा पनि गर्थे .

आज बाजेले एउटा साथीसित बाहिर अलिकती पिएरै आएका थिए .फेरी आज तलब
बुझेको दिन थियो .उनले बज्यैलाई पनि मासु र रक्सी लिएरै आएकै थिए .बज्यैले खाना
बनाइन्.द्वैले गफ सफ गर्दै रक्सी पिउन थाले .तर बुढालाई बेशी भएछ .बाजेले निहु
खोज्न थाले .”हेर! बुढी तैले मलाइ बर्बाद गरिस्,तैले गर्दा मेरो जीवन यस्तो भयो “.
अब बज्यैलाई पनि बुढाको बकबक सुनेर झोक चल्यो .उनीले पनि बाजेलाई भन्न बाकि राखिनन्.”तिम्रो लुर छैन ,दोष मेरो टाउकोमा लगाउछौ !”.बाजेले रिसले भने- “चुप लाग्,
अब एक शब्द बढि नबोल.”तर बज्यैले बोल्न नछोडेकाले उनले हुर्याई दिए .बज्यै खाटमा
ठोक्किएर लडिन्.लेप्चा बाजेले सानीकि सानीकि आमा भनी बोलाउदै उठाउन खोजे तर
बज्यै फेरी उठनै सकिनन्.

भोलिपल्ट कान्छा राइले यी बाजे बज्यै कहाँ गएछन् भनेर ढोका खोल्दा पो लेप्चा बाजे मैले
यो के गरे बुढी भनेर बज्यैको लाशमाथि छाती पिटी पिटी रोइ रहेका थिए .यो देखेर कान्छा
राइले सबै गाउलेलाई खबर दिए .अन्यमा बाजेले भने -“यहि रक्सीले मेरी बुढीको ज्यान
लियो , म हत्यारा हु ..!” यो सुनेर सबै छक्क परे ,कोहि प्रहरीमा खबर गर्नु पर्छ भन्न थाले .

“दमक “

प्रतिक्रिया दिनुहोस्

*