नेपाली साहित्यमा सहव्याख्या र इतिहास—लेखक, श्रोता र रचना सन्दर्भ

-अभि सुवेदी
नेपाल लिटरेचर फेस्टिभल २०१२ को किनोट स्पिच
म आज बिहानको यो जमघटलाई साहित्यकार र पाठककको भेला भन्छु । मेरो प्रस्तुतिमा साहित्यकारलाई लेखकमात्रै नभएर सर्जकको रmपमा लिन्छु । श्रोतालाई म पाठक र व्याख्याताको अर्थमा लिन्छु । यसो गर्दा विषयमा प्रवेश गर्न र केही नयां सन्दर्भको प्रसङ्ग जोड्न सजिलो हुने देखिएको छ । म एक छिन यही विषयमा बस्न चाहन्छु । यो तारतम्य त्यति सजिलो छैन । साहित्यमा सिर्जना र त्यसलाई ग्रहण गर्ने कर्मको एकल चरित्र छैन । जटिलता छन् ।  लेखक आफैं आफना रचनाको पाठक हु“ भनिआएको छ । म स्वान्त सुखायको निम्ति लेख्छु त्यसैले कसैले नपढे पनि यो मेरो रचना मेरो प्रतिनिधि हो र म यही हु“ भन्छ लेखक । एउटा संगीतकार त्यही भन्छ । चित्रकारले त भन्ने नै भयो । म बुभ्mछु मेरो विषय, त्यसैले म यसको वाहक र प्रचारक हु“ भन्छ ऊ । हुन पनि अधिनायकवादी शासकहरmको तारो उही हुन्छ । उही जेल जाल्छ । उसको नाटक मञ्चन भएको बेला हमला हु“दा ऊ नै शिकार हुन्छ । उसका उपन्यासको कारणले ऊ प्यारो मातृभृ्मिबाट निर्वासित हुन्छ । ऊ जेलमा मर्छ । त्यसो भए सर्जक हुनु भनेको नित्य शहीद हुने कर्म हो त? भावनात्मक रmपले ठृ्लो अवसर लेखक वा सर्जकका हुन्छन् भने उसको रचना ग्रहण गर्नेका चरित्र के हुन् त? पहिलो कुरा सर्जक किन बनाउ“छ, लेख्छ वा गाउ“छ ? यो व्दन्दमा अर्को पात्र छ । त्यो हो पाठक, रचनाको खपत गर्ने र व्याख्या गर्ने । ग्रहण गर्नेको अस्मिता व्यापक छ । उसका अवस्था र चरित्र समय अनुसार वद्लिन्छन् । लेखेको कारणले, चित्रकला बनाएको कारणले सर्जक दण्डित हुन्छ वा पुरस्कृत हुन्छ भने पाठक वा श्रोता अमुक रचना नपढेपनि, अमुख चित्र नहेरे पनि, अमुक दर्शन नपढे पनि एउटा समयले प्रताडित वा पुरस्कृत भइरहेको हुन्छ । त्यसैले ऊ सर्जकका व्याख्यास“ग नमिल्ने कुरा निकाल्न सक्छ । ऊ कसैका रचनामा आपृ्mलाई नभेट्न सक्छ । त्यसैले सर्जकको कल्पनामा त्यो अज्ञात समाज, समृ्ह वा व्यक्तिको प्रष्ट चित्र नहुन सक्छ । तर कालक्रमको श्रृङ्खला हेर्ने हो भने त्यो समृ्ह वा व्यक्ति आज हिजो भन्दा ठृ्लो यथार्थ भएको छ ।
आज साहित्य रचना र त्यो अमृ्क समृ्हको सम्बन्धमा नया“ आयाम थपिएका छन् । एकल  सहज मापदण्डले त्यो समाज, त्यो आमवृत्त भेटिदैन । त्यो फराकिलो हुदै जाने समाजको आमवृत्तस“ग रचना र यसलाई ग्रहण गर्ने तरिका जोडिएका छन् । यहींनेर आएर रचना र ग्रहण गर्नेलाई लिएर सिध्दान्तहरmको वैरो लागेको छ । हाम्रो रचना सन्दर्भमा पश्चिमी दर्शनका प्रभाव बलिया देखिएका छन् । पौरस्त्य दर्शन र शैलीको प्रभाव पनि त्यतिकै बलियो देखिएको छ । यो सर्जक र ग्रहण गर्नेकाबीचको छलफललाई लिएरै हामी हाम्रो साहित्य अध्ययनको इतिहास र पध्दति भित्र पस्न सक्छौं । म यसमा अर्को कुरा जोडन चाहन्छु । नेपालमा रचना गर्ने र ग्रहण गर्ने वा व्याख्या गर्नेको बीचको सम्वन्ध प्रष्ट छैन । तर एउटा कुरा प्रष्ट छ । त्यो के हो भने रचना गर्नेका तर्क र ग्रहण गर्नेका विचार एउटा आमवृत्तमा भेट हुन्छन् । त्यो आमवृत्त वा पब्लिक स्फेयरको रचना अनेकौं काल र परिस्थितिमा भइरहेको छ । नेपालमा सर्जक र ग्रहण गर्ने दुवै त्यो वृत्तको रचना गर्छन् र ती आफना आफनै ढङ्गले त्यसमा सामेल हुन्छन् । त्यो आमवृत्तको रचनाका सन्दर्भको म यस प्रस्तुतिमा छोटो छलफल गर्नचाहन्छु ।
म यस प्रस्तुतिमा नेपाली साहित्यलाई नै आफनो तर्कको आधार राख्छु । यसमा आफनो अध्ययन भएको कारणले र यसमा लेखिएको साहित्यलाई लिएर आमवृत्तको रचना भएका सन्दर्भहरmको छलफल गर्न सजिलो हुने भएकोले मैले त्यसो गरेको हु“ । नेपाली साहित्यमा आमवृत्तको रचना मुद्रण पु“जीवादवाट भएको कुराका हामीस“ग ऐतिहासिक आधार छन् । त्यसको पनि इतिहास विस्तृत छ ।
तर म यहा“ बीसौं सताब्दीको आरम्भ वा त्यसको केही बर्षअघिदेखि बनारसबाट सुरm भएको मुद्रणबाट आरम्भ भएको आमवृत्तमा अर्को प्रसङ्ग जोड्न चाहन्छु । आमवृत्तको सन्दर्भस“गै वा यसको प्रयोगस“गै साहित्य र कलामा सहव्याख्याको आरम्भ भएको देखिन्छ । त्यो सहव्याख्या जटिल थियो र छ तर त्यसले जन्माएका परम्पराको नेपाली साहित्यमा नैरन्तर्य छ । दर्शनको भाषामा भन्ने हो भने यसको कुनै निश्चित निदान वा टेलियोलोजी छैन । तर यसको अस्मिता छ भन्ने मेरो धारणा छ
म नेपाली साहित्य र कलामा निर्बाह भइआएको सहव्याख्यालाई नेपालको शक्ति संरचनामा प्रयोग भएका र उठेका प्रसङ्गहरmस“ग जोड्न चाहन्छु । अर्को अर्थमा सहव्याख्या नेपालको प्रजातान्त्रिक राज्य संरचनाको एउटा मृ्ल आधार हो । यो कुनै एक तथाकथित प्रजातान्त्रिक पध्दति वा विचार वा आइडियोलोजी नभएर एक एउटा यस्तो रचना हो जसले विविध विचारहरmलाई एकै ठाउ“मा नल्याएरै पनि एउटा कालक्रमको वृत्तमा राखेर सहव्याख्या गराउ“छ । अहिलेको नेपाली राजनीति त्यही सहव्याख्या प्रजातान्त्रिक परम्पराको अहिलेसम्म प्राप्त कडी हो जसले पुरै विपरित विचार हुने राजनैतिक दलहरmलाई समेत नित्य एउटा ठाउ“मा आउ“न झन्डै अस्तित्ववादी प्रयोग गराइरहेको छ । 
आमवृत्तको रचनामा सहभागिता र प्रजातान्त्रिक स“स्कारको प्रयोग भएको कुरालाई लिएर मात्र सहव्याख्याको चर्चा गर्न सकिन्छ । सहव्याख्या प्रष्ट रmपमा पनि भएका छन् मौन रmपमा पनि भएका छन् । जस्तोकि सुब्बा ऋध्दिबहादुर मल्ल (१९५५—२०२५) र साथीहरmले सम्बत् १९९१ सालको श्रीपञ्चमीदेखि काठमाडौबाट शारदा नामको साहित्यिक पत्रिका जुध्द शम्शेर राणास“ग अलिखित, मौन सम्झौता गरेर निकालेका बेला त्यो समय र पत्रिकाको व्याख्या मौन थियो । जुध्द उनको पनि केही प्रशस्ती छाप्ने आधार होस् भन्ने चाहन्थे वा अहिले नदिए विस्तारै यिनीहरm आफैं बनारस कि दार्जीलिङ्तिरबाट भए पनि विचार छाप्न थाल्छन् भन्ने थियो । साहित्यकारलाई पनि त्यस्तै थियो । शारदा का सम्पादकीय विचारहरm (काठमाडौः नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठान, २०५८) मा यो कथा राम्ररी लेखिएको छ । तर त्यसको दुई बर्षपछिबनारसबाट उदय पत्रिकानिकाल्दा काशीबहादुर श्रेष्ठ (१९६८—२०४६)ले आप्mनै त्यसतो अलिखित र मौन सम्झौता गर्नु परेन । उदय को पहिलो मुखपृष्ठको माथिल्लो निधारमा छापिएको“नेपाली भाषा प्रकाशिनी समिति नेपालव्दारा स्वीकृत” भन्ने पङ्तिलाई लिएर उत्तर बङ्गाल विश्वविद्यालयका नेपालीका प्राध्यापक घनश्याम नेपालले राणाहरmको प्रभाव त्यसमा पनि रहेको विचार राखेका छन् ।म अक्टोबर १४, २०११ मा काशीबहादुर श्रेष्ठको सतबार्षिकीमा वाराणशी सेमिनारमा भनेको कुरा राख्छु । “विचार र साहित्यिक पत्रिकाको सन्दर्भमा प्रत्यक्ष सम्झौता र अपरोक्ष बोलीका दुई कुराको सृ्क्ष्मतालाई लिएर हेर्नु पर्ने हुन्छ । … मैले आमबृत्तको छलफलको आधार यसैलाई मानेको छु । शारदा को समय सन्दर्भ, पत्रिका सन्दर्भ बनारस र केही मात्रामा कलकत्तास“ग जोडिएको थियो । प्रसङ्हरm नेपालमा त्यति थिएनन् । यहा“गोरखापत्र मात्रै थियो । त्यसमा बिचार, समाचार र साहित्यिक रचना छापिन्थे । तर एउटा महत्वपृ्र्ण कुरा थियो । यहा“ धेरै ठृ्लो सिर्जनात्मक सामथ्र्य भएका साहित्यकारहरm थिए । बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिध्दिचरण श्रेष्ठ, भवानी भिक्षु, गोपालप्रसाद रिमाल आदि साहित्यकारहरm क्रियाशील भएको समाजको विरोधाभाश के थियो त? उत्तर प्रष्ट छ — तिनले लेखेको साहित्यिक उचाइका रचना छाप्ने यहा“ केही माध्यम थिएन ।
नेपाल एउटा स्वतन्त्र राज्य भएको र यसमा जहानीया राणा शासन भएको कारणले गर्दा “सेन्सर”को प्रकृति नै आम मानक (वा “हेजिमोनाइज्”) भएको थियो । त्यसैले नेपालमा साहित्यिक पत्रिका निकाल्नु भनेको हरेक दृष्टिले चुनौतिपृ्र्ण कुरा थियो । सुब्बा मल्लको शारदा कथामा यो कुराको उल्लेख छ । तर काशीबहादुर श्रेष्ठले त्यस्तै गरी पत्रिका निकाल्नुमा स“स्था, समय र लेखनको सम्बन्ध थियो । बनारसमा काशीबहादुर श्रेष्ठको निम्ति पृ्र्ब प्रससङ्गहरm थिए । उनीभन्दा पहिले नेपाली भाषा र साहित्यको एउटा आमबृत्त केही बनिसकेको थियो । सन् १९२५ सम्ममा भानुभक्त रामायणका २१ स“स्करण छापिइसकेका थिए । बनारस एक नेपाली जाने थलो थियो ।अर्को कुरा फ्रान्सेस्का ओर्सिनीले हिन्दीको आमबृत्त विषयमा गरेको (द हिन्दी पब्लिक स्फेयर—ल्याङ्ग्वेजअण्ड लिटरेचर इन द एज् अभ् नेसनालिज्म, अक्सफो युनिभर्सिटी प्रेस् २००२) व्यापक अध्ययनको आधारमा हेर्दा नेपाली भाषा र नेपालीपनको प्रचार र प्रयोग उता नेपाली जातिको बृत्त फराकिलो गर्न गरेको एक महत्वपृ्र्ण कर्म थियो । तर मेरो विचारमा यी सबै आमवृत्तका तर्कहरmपछिल्तिर मौन वा वाचाल सहव्याख्याले महत्वपृ्र्ण पाठ खेलेको थियो । मैले सुरmमै भनेको पाठकको रचना त्यही मुद्रण पु“जिबादवाट आरम्भ भएको थियो । नेपालभित्र र बाहिरका नेपाली पाठकको निम्ति लेखिने साहित्य मात्रै थिएन विज्ञान र ज्ञान पनि थियो । त्यस अर्थमा नेपाली लेखनको ज्ञानसिध्दान्त वा एपिस्टेमोलोजी पाठकमुखी थियो । सहव्याख्या त्यसको मृ्ल आधार थियो । त्यो प्रत्यक्ष नभएर मुद्रणबाट प्रचारित विषय थियो । रचना”का सय अङ्कः साहित्यिक युगहरmको प्रसङ्ग“, रचना अङ्क १०० मा मैले लेखेको खण्ड यहा“ दोहोर्याउ“न उपयुक्त ठान्छु।
“बीसको दशक र केही अघिदेखि चल्न आरम्भ गरेका हिन्दी पत्रिकाहरूले त्यही मानक निर्माणमा जोड दिएका थिए । सरस्वती, माधुरी र चा“द प्रमुख रूपमा मानिएका पत्रिका भए पनि अरm पनि अनेकौ“ साहित्यिक र अर्धसाहित्यिक हिन्दी पत्रिकाहरू त्यस बेला नेपाली लेखकहरूस“ग परिचित पठन सामग्री भएका हुन सक्छन् । वाराणसीबाट बीसौ“ शताब्दीको आरम्भका वर्षहहरूमा प्रकाशित पत्रिकाहरूले एउटा परम्परा निर्माण गरिसकेको सन्दर्भ “शारदा” प्रकाशन पूर्वको एक महत्वपूर्ण विषय हो । “शारदा”पूर्व बनारसबाट प्रकाशित साहित्यिक पत्रिकाहरू “उपन्यास तरङ्गिणी” ( १९५९), “सुन्दरी” (१९६३), “माधवी” (१९७१), दार्जीलिङ्बाट प्रकाशित “चन्द्रिका” ( १९७४), “नेपाली साहित्य सम्मेलन पत्रिका” ( १९८८) र “शारदा” (१९९१) को दुई वर्षपछि लगत्तै बनारसबाट प्रकाशित “उदय” (१९९३) को पृष्ठभूमि हिन्दी पत्रिकाहरूको प्रकाशन भन्दा भिन्न तर भाषिक र साहित्यिक आन्दोलनको हिसाबले समान ऐतिहासिक कारणहरूबाट प्रेरित साहित्यिक आन्दोलनको रूपमा मान्नु पर्ने देखिन्छ । अरm पत्रिकाहरm पनि छन् जसको प्रसङ्ग यहा“ ल्याइएन । नेपाली सम्पादक र साहित्यकारहरूले बनारसबाट पत्रिका चलाउ“दा हिन्दीको फैलिदो आमवृत्तबाट राजनैतिक एजेन्डाको प्रभाव ग्रहण गरेका थिए कि भनेर विचार गर्ने मूल आधार नेपालको एकतन्त्री शासनले लगाएको अभिव्यक्तिको बन्देज र भारतमा भाषासाहित्यलाई आन्दोलनको चेतना सम्बाहक एजेन्डाको रूपमा लिइएको अवस्थास“ग जोड्न सकिन्छ।  अर्कोतिर “शारदा” र हिन्दी आन्दोलनको अलाहबादबाट महावीरप्रसाद द्विवेदीको सम्पादनमा सम्बत् १९६० देखि १९७३ सम्म चलेको प्रभावकारी हिन्दी पत्रिका “सरस्वती”को नाममा साम्य हुनुमा नजिकका संस्कृतिको समान प्रचलन हुन सक्छ । पछि पारसमणि प्रधानले दार्जीलिङबाट सम्पादन र प्रकाशन गरेर धेरै वर्ष चलेको महत्वपूर्ण साहित्यिक पत्रिकाको नाम पनि “भारती” (२००६) नै हुनुले यी पर्यायवाची नामहरू स्वरस्वती उपासनाकै रूपकहरू हुन् भन्नु पर्छ । तर त्यो हिन्दी पत्रिका “सरस्वती”ले कलकत्ता र वरिपरिसम्म फैलाएको हिन्दीको वृत्तको प्रभाव पनि हुन सक्छ भनेर अनुमान गर्ने आधारहरू “शारदा” समूहका नेपाली लेखकले नेपालीको आमवृत्त फैलाएर काम गर्ने अठोटको शैली र विचारगत प्रस्तुतिबाट पनि देख्न सकिन्छ” ।
यस विषयमा नेपाली र विदेशी विव्दानहरmले विस्तृत अध्ययन गरेका छन् । मेरो उद्देश्य मुद्रणको इतिहास होइन । म पाठक र लेखकको व्दन्द र सम्झौता अनि त्यसबाट निस्किने व्याख्याका आयामहरmमा चाख राख्छु । त्यसरी आरम्भ भएको मुद्रण पु“जिबादले पछिका वर्षहरmमा पाठक र लेखकका बीचको अनिश्चित सम्बन्धलाई अगाडि ल्यायो । आमवृत्त फराकिलो हु“दैगयो । नेपालीका लेखकहरmले आमवृत्तको व्याख्या आपृ्mखुसी गरे पनि त्यसभित्र धेरै विपरित पारा र धाराहरmको विकास भयो । तर लेखकले आफना विचारहरm र आफना स्मृतिहरmलाई राख्न छोडेनन् । नेपाली साहित्यको आमवृत्त नेपाली भाषाको फैलिदो आमबृत्तस“ग पनि जोडियो । नेपालका भाषाहरmलाई प्रोत्शाहन नगरेर र कति सन्दर्भमा तिनमा साहित्य लेख्न नदिएर शासकहरmले नेपाली भाषालाई अनेकौं किसिमका संरक्षण र प्रोत्शाहन गर्दा यसको र यस भाषामा लेखिने वृत्त फराकिलो हु“दैगयो । नेपाली साहित्यका अनुमानित चालीस प्रतिशत मृ्र्धन्य लेखकहरmको मातृभाषा नेपाली थिएन । अहिले पनि त्यो अवस्था वद्लेको छैन जस्तो लाग्छ ।
म यस प्रस्तुतिमा इतिहास लेख्न चाहन्न । आरम्भमा उठाएको विषयलाई छलफल गर्न चाहन्छु । नेपाली लेखकहरmनै नया“ विचार र दर्शनका सम्वाहक भए । लेखनाथ पौड्याल पछिको रोमानी नेपाली काव्यले लेखकको आयाम फराकिलो देखायो । कविको निजत्व र काल्पनिकी अनि उसको सिर्जनात्मक सामथ्र्यनै उसको शक्ति भयो । लेखक व्यक्ति नायक भयो । दुख पाउ“ने र क्रान्तिकारी अनि जीवन र जगतका सकारात्मक विषयहरmको आनन्द लिन सक्ने एक अलग मानव भयो । युरोपका त्यसमा पनि अङ्ग्रेजी भाषाका रोमान्टिक कविहरm मृ्ल नायक थिए । भारतमा पनि तिनको प्रभाव परेको सन्दर्भ थियो । तिनलाई छायावादी भनियो । यो दक्षिण एसियाली काव्यिक आन्दोलनमा र साहित्यिक सिर्जनशील कर्ममा काल्पनिकी र उदात्त चिन्ताको प्रभुत्व रह्यो । त्यस अवस्थामा पैmलिएको वैचारिक लहरमा सर्जक र पाठकको व्दन्द गहिरो थिएन । पाठकले सर्जककको व्यक्तित्व मान्यो । रोमानी कविता, क्रान्तिकारी कविता, पीडाजन्य अनुभृ्तिका कविता लेख्ने नै शहीद मानव थियो । पाठक वा ग्रहण गर्नेमाथि प्रत्यक्ष अपेक्षा थिए । पाठकले काव्य वा नाटकको अर्थ लेखकको त्यही रोमानी र निजी पैmलिदो वृत्तलाई ध्यानमा राखेर गर्नुपर्छ भन्ने मानियो । कवि लक्ष्मीप्रसाद देवकोटा, सिध्दिचरण श्रेष्ठ, केदारमान व्यथित, माधवप्रसाद घिमिरे, युध्दप्रसाद मिश्र जस्ता कविहरmका रोमानी, विद्रोही वा क्रान्तिकारी कविताको एउटा चरित्र मिल्थ्यो । त्यो थियो जे भए पनि काल्पनिकीको उदात्तता अनि पाठकभन्दा अलग तर पाठकका प्रतिक्रियाको अपेक्षा । पाठक पनि सक्रिय थियो तर ऊ कविहरmको रोमानी व्यक्तित्ववृत्तलाई नै मानेर अघि बढ्यो । साहित्यका सहव्याख्यामा पाठकको भृ्मिका बढेकै हो तर उसले कवि वा लेखकहरmका व्यक्तित्वले बनाएका विचारलाई नै आधार राख्यो । त्यसैले त्यो पैmलिएको रोमानी वृत्तमा सर्जकस“ग मिलेर गरिएका मौन सम्झौताहरm नै मानक भए र सहव्याख्याका आधार भए ।
त्यो सम्बन्धका आधुनिक रmप निस्किए । सन् १९६० का सुरmका बर्षमा खासगरी नेपाली काव्यमा अनि उपन्यास र कथा लेखनमा आधुनिक प्रयोग भए । युरोपेली प्रभावको अर्को आयाम त म भन्दिन तर नेपाली पाठक र लेखनका चरित्रका नया“ व्याख्या भए । अहिले पनि लेखक नै वृत्तरचना गर्ने भयो । लेखनको आमवृत्त फराकिलो भयो कि भएन त्यसलाई नाप्ने प्रष्ट आधार त भएनन् तर लेखकले यस कालमा अधिलेखनलाई आफना कर्मको आधार बनाए । पश्चिमी विचारहरmका व्याख्या भए । व्यक्ति महत्वपृ्र्ण हो किनकि ऊ उपेक्षित छ । ऊ कुण्ठित छ त्यसैले ऊ एक अघोषित शहीद हो भन्ने मानियो । दार्जिलिङ्बाट इन्द्र राई, बैरागी काइ“ला र ईश्वर बल्लभले तेस्रो आयाम पत्रिका र विचार चलाए । उनीहरmले नेपाली आधुनिक लेखनमा एउटा आयाम थपे । त्यसमा पश्चिमी आधुनिकता वा मोडर्निज्मको व्याख्या भयो । दर्शन र साहित्यको सान्निध्य गरेर जीवन हेर्नुपर्छ भन्ने विचार जन्मियो । चित्रमा रmपका जटिलता, लेखनमा भाषा र विचारका जटिलता त्यसै जन्मेका होइनन्, ती खोज गर्दा जन्मेका हुन् भन्ने मानियो । जीवन सिङ्गो हेर्नुपर्छ । समग्र हेर्नुपर्छ भनियो । तर ज्ञानशास्त्र र साहित्यको सम्वन्धका अनेकौं आयामहरm त छंदैछन् । पश्चिमी दर्शनमा हेगेल, माक्र्स, हेदिगर, अनि पछि गएर जाक डेरिडा र मिसेल फुकोका विचारहरmमा साहित्यको स्थान ठृ्लो छ । तर साहित्यमा मोडर्निज्मको विचार ल्याउने युरोपेली लेखकहरmले जीवनको चित्रण गरे, यसको भग्न अवस्थाको वर्णन गरे तर सिङ्गो कसरी बनाउ“ने विषयमा खासै सृ्त्रहरm निकालेनन् । भाषा आपैंm अपर्याप्त माध्यम हो, खोजी नित्य हुन्छ र जीवनको कुनै स्थिर चित्र खिच्न सकिदैन भन्ने पश्चिमी विचारहरmभन्दा केही भिन्न र केही साम्य भएको त्यो आन्दोलन जे भए पनि एउटा विचलन थियो । मान्नु पर्छ । त्यसलाई इन्द्रदाजुले लीलालेखन भनेर अलिक बढी व्याख्या गर्ने अवस्था सिर्जना गरे  अनि नेपालमा पनि त्यस विषयमा प्रकाशन र छलफल भए । बैरागी काइ“लाको कविताको शैलीले लिम्बु युवा कविहरmलाई प्रेरणा दियो । आज कविता लेख्ने निकै जना युवा लिम्बु कविहरmका शैलीले देखाउ“छन् । तेस्रो अयामको यो एउटा बलियो र सकारात्मक आयाम मान्छु म ।
बनारसको मुद्रण पु“जिवादको आयाम फराकिलो हुदै गएको अवस्था थियो । रmप—रेखा (२०१७) पत्रिकाले यी नया“ विचार लेख्नेहरmका रचना छाप्यो । रचना, मुकुट, सिउ“डी, गोरखापत्र अनि अलिक पछि गएर मधुपर्क र गरिमा साहित्यिक पत्रिकाहरmले त्यो वाराणशी र दार्जिलिङ्को पत्रिकाले ल्याएको मुद्रण पु“जिवादलाई देशीय परिवेशमा हुर्काए । अरm पनि धेरै साहित्यिक पत्रिका तिनका सम्पादकका अथक निजी प्रयाशमा चलिरहे । अरm छापा र किताब प्रकाशन विषयमा म यहा“ लेख्न सक्तिन । रmप—रेखाले असार २०३४ सालमा दुई सय अङ्क पुगेको उपलक्षमा विशेषाङ्क निकाल्यो । त्यसमा मैले शारदा र रmप—रेखा का त्यो बेलासम्म पाएका सबै अङ्कहरm पढेर तुलनात्मक विश्लेषण गरेर छपाए“ । आज भए त्यसो गर्ने थिइ“न । मलाई त्यत्रो प्रेरणा हुने थिएन । त्यस बेला तिनै थिए विचार पाठक र लेखकबीचको सम्वन्ध नाप्ने आधार । त्यसबाट मैले अनेकौं निष्कर्ष निकालें । तर आज आएर मलाई त्यस अध्ययनले अरm महत्वपृ्र्ण अर्थ खोलिदिएको छ । शारदाको प्रकाशन जुध्द शम्शेरस“गको अलिखित सम्झौताबाट सुरm भएपछि रmप—रेखा को कालमा आउ“दा देखिएको चित्र केलाउ“दा मैले पाएका कुरा यस्ता रहे । नेपाली लेखनको आमवृत्त पैmलिदै गएको हो । नेपाली भाषाको आमवृत्त पनि पैmलिदै गएको हो । राजा महेन्द्रले विश्वेश्वर प्रसाद कोइरालाको सरकार भङ्ग गरेर निरङ्कुश शासन गर्न थालेपछि निस्केका साहित्यिक पत्रिकामा पाठक र लेखकको सम्वन्धका जटिल आयाम देखिए । लेखक झन् एक्लिएका हिरो भए । पाठले सहव्याख्या गर्ने काममा पस्ने ठाउ“ देखिएन । लेखक हिरो नै भयो । विश्वेश्वर प्रसाद कोइरालाले जेलमा अनेकौं उपन्यास र स“स्मरण लेखे । उनले राजनीति र साहित्य लेखनलाई अलग राखे । साहित्यमा म अराजक हु“ भन्ने तिनको भनाइको व्याख्या पाठक—लेखकका सम्बन्धको आधारबाट गरिनुपथ्र्यो । लेखकले हानेको तुरmप उनका पार्टीका मानिस, समालोचक र पाठकले व्रम्हवाक्यजस्तो स्वीकार गरे । तर तिनले किन त्यसो भने त भन्ने कुराको अर्थ तिनले नेपाली राजनीतिमा देखेका कुरा र तिनले लेखेको साहित्यमा चित्रण गरिएका पात्रहरmका अवस्थाको सम्वन्ध हेर्न नखोजी मानक रचना गरियो । कोइरालाले फराकिलो आमवृत्तमा सहव्याख्याका सम्भावना खोलिदिएको सन्दर्भनै तिनको तथाकथित राजनीति र साहित्यको व्दैतता वा बाइनरी को तुरmप हो । छापामार लुकाएको जङ्गलमा भाषण गर्दा बीपीको विषयमा माओवादी नेताले बोल्दा मैले नेपाली राजनैतिक वृत्त र आमवृत्त अनि आजसम्म अनेकौं राजनैतिक दलहरmले प्रयाश गरिरहेका सहव्याख्याको स“स्कृतिको साहित्य र कला वाहिर पनि व्याख्या गर्न सकिन्छ भन्ने देखिन्छ । म अहिले त्यसको विषयमा छलफल गर्न चाहन्न ।
म अहिलेको अवस्था विषयमा केही भन्न चाहन्छु । अहिलेको आमवृत्त फराकिलो भएको छ । साहित्यका सबैथरिका सर्जक र पाठकले आफनो आफना ठाउ“बाट लेखिरहेका छन् । अहिले पाठकहरmले आफना अर्थ खोज्न थालेका छन् । लेखकहरmमा पहिलेदेखिका एकल शक्ति कमजोड हुन लागेका देखिए । तर उनीहरmले फेरि आफना जीवन, शरीर र अनुभवहरmलाई ल्याएर पाठकहरmलाई फेरि चकित पारे । पाठक फेरि परबाट चकित परेर हेर्ने पात्र पनि भएको छ । लेख्नुका विविधता वढे । युध्दभृ्मिका आफनो विकट जीवनका अनुभव लेख्ने माओवादी छापामार महिलाहरmका लेखनले पाठकलाई समाते । जस्तो सीता वि.क. को साहित्यिक र मार्मिक शैलीमा लेखिएको युध्दभित्रका सम्झना (२०६८०) ले कहिल्यै कल्पना नगरेको लेख पाठक समक्ष ल्याइदियो । यी छापामारको यो अनुभव क्रिया र विचारदेखि साहित्यसम्मको र जङ्गलदेखि “सिंहदरबार” सम्मको यात्रा हो जसले राजनीति र साहित्यमा सहव्याख्याका नया“ सम्भावना खोलेको मोडको सङ्केत गर्यो । सहव्याख्या शरीर र निजत्वको प्रयोग लिएर लेखक पाठकसमक्ष प्रस्तुत भयो । नारी लेखकहरmले आफनो शरीर र यौनिक अवस्थाहरmलाई लिएर सोझै उपन्यास र कथा लेखे । उनीहरmले सम्वाद गर्न खोजेको पाठक पुरmष मानियो, तर उनीहरmको सन्देशमृ्लक लेखन भएको कारणले गर्दा त्यो पाठक नारी पनि भयो । पाठक वा ग्रहण गर्ने र लेख्नेका मौन सम्झौता भए । पाठकले लेखकले जे लेख्छ त्यसलाई सोभैm लेखकको जीवन अनुभव मानिदियो । निर्वैयक्तिकताको प्रयोग कमजोड भयो । तर पाठकले लगाउ“ने अर्थमा बाहिरी प्रभाव पर्यो । पाठक र लेखकको बीचमा तेस्रो पात्र आयो । त्यो व्याख्याता भयो । त्यो पाठक र लेखकको व्याख्याता प्राज्ञिक, अन्तर्विषयक वा इन्टरडिसिप्लिनरी चरित्र भयो । राजनैतिक विचार लिने, समाजमा अरm किसिमले प्रभाव पार्ने अनि आफनो शैलीको विचार मात्रै उचित ठान्नेहरmले नया“ किसिमको सेन्सरसिपको रचना गर्ने सम्भावना बड्यो । त्यस अर्थमा तेस्रो चरित्रको प्रभाव सहव्याख्यामा पर्यो । आमवृत्त फराकिलो भयो तर चुनौति पनि त्यतिनै बढे ।
लेखकले आफनो अस्मिताको रक्षाकोलागि अर्को विधाको प्रयोग गर्न थाल्यो । त्यो हो स“स्मरण र यात्राहरmका रचना गर्ने । स“स्मरणको आधार व्यक्ति पनि हुन्छ, समाज पनि हुन्छ । तर लेखकले आफनो जगततिर, आफनो अनुभृ्तितिर पाठकलाई तान्ने यो एउटा विधा भएको छ । त्यस्तो स“स्मरण भयानकदेखि सरल सम्मका हुन्छन् ।
म अरm एकाध विरोधाभाशहरmको चर्चा गरेर मेरो प्रस्तुति अन्त गर्न चाहन्छु । लेखक र पाठक वा सर्जक र ग्रहण गर्नेकाबीचको सम्वन्ध अहिले आएर दुई आयामिक छैन । सहव्याख्या गर्ने पध्दतिमा परिवर्तन आयो । लेखकले आफनो अधिकार र केन्द्रको वकालत गरेपनि पाठकले त्यसलाई मान्न छाडेको अवस्था देखियो । न पाठक अखण्ड भयो न लेखक अखण्ड भयो । त्यही अर्थमा लेखकको अवसानका कुरा पनि उठेका हुन् । लेखकका गंभीर विषय, उसको अहं र उसको शहीद कल्ट हेरेर पाठकले त्यसलाई उपहासको रmपमा पनि लिन थाल्यो । गंभीर विषय ठट्टा भयो । उदात्त भनिने विचार उपहास भयो । लेखकको रोमानी अहं एक रमाइलो कुण्ठा भयो । बजार, पु“जी र भृ्मण्डलिकरण अनि सामान, ग्याजेट र फेसन अनि उपभोगका शैलीले गर्दा पाठक व्यापक भयो । अनुभव र लेखकको निजत्व अनि लेखन धेरै खण्डमा टुक्रियो । पाठकले मार्शल मक्लुहन्ले भनेजस्तो मिडियालाई नै यसको सन्देश मान्न थाल्यो । साइबर स“स्कृतिको आधारमा पाठक सहव्याख्यामा सामेल भयो । यो केन्द्रहीन अवस्था, यो उदात्तलाई ठट्टा मान्ने अवस्था उत्तरआधुनिक अवस्था हो । यस अवस्थामा आइपुग्दा पाठक र लेखककोबीचका सम्वन्धमा परिवर्तन आउ“छ । तर उत्तरआधुनिक भन्ने विषय बनाएर पाठक पनि जथाभावी अर्थ लाउ“न थाल्यो, लेखकले पनि निजत्व बचाउ“ने यो अर्को उपाय हो भनेर असम्भव तरिका अपनायो। जेलाई पनि उत्तरआधुनिक गरें भनिदियो अनि सङ्कटमा पर्दै गयो । यस विषयलाई लिएर उत्तरआधुनिकता मान्ने र नमान्नेका छेडछाड बहस भए । सहव्याख्यामा नौलो सङ्कट आयो । डायास्पोरा भनेर कतिपय ठीक व्याख्या भए भने कति यसै शब्दको खेलको निम्ति भए । नेपाली सर्जक र पाठकको अन्तर्राष्ट्रिय सञ्जालमा एउटा अर्कै किसिमको सान्निध्य बड्यो ।
सहव्याख्याहरm भए । आमवृत्त पनि फराकिलो भयो । तर नेपाली पात्र, नेपाली साहित्य र राजनीतिले सम्वोधन गर्नु पर्ने मानिसको अवस्था निरीह हुन थाल्यो । अहिले ऐतिहासिक उपन्यास र कथा लेख्नेहरmले त्यो मानिसको चित्रण गर्न लागेका छन् । नेपालमा परिवर्तनहरm भएर  समाज अगाडि जा“दैछ । तर मानिस निरीह पनि हु“दै गएको छ । म यहा“ मलाई प्रभाव पारेका एकाध युरोपेली दर्शनका प्रसङ्ग ल्याउ“छु । कार्ल माक्र्सले हेगेलको एलिअनेसन् वा एक्लिकरणको सिध्दान्त लिएर कारखानामा काम गरेर निस्सार जीवन विताउ“ने अनि आपृ्mले उत्पादन गरेको वस्तुस“गको नाता केवल फेटिस् वा रित्तो लगावको रmपमा मान्ने अवस्थाको चित्रण गरे । मिसेल फुकोले मानिसको हालत खराव गर्ने दर्शन र व्यवस्थाको चर्चा गरे । इटालीका अहिलेका सक्रिय दार्शनिक गियोर्गो आगाम्बेनले महत्वपृ्र्ण छलफल उठाएका छन् । अहिले मानिस निरीह हु“दैगएको छ । ऊ एउटा प्रयोगको विषय भएको छ । राज्य बलिया हुन्छन् । साधारण व्यक्ति निरीह हुन्छ । प्रजातान्त्रिक देशले जनतालाई न्याय दिन्छ र यातना दिंदैन भनिन्छ । तर अहिले प्रजातान्त्रिक र अधिनायकवादी देशहरmले समान रmपले गोप्य यातनाकेन्द्रका रचना गरेका छन् । पश्चिमी प्रजातान्त्रिक मुलुकले अधिनायकवादी देशहरmमा यातना केन्द्र खोल्न लगाएको थाहा भयो । आफनै देशमा पनि खुले । मानिस हरेक राजनैतिक प्रयोगको शिकार हु“दैछ । व्यक्तिको शरीर तारो भएको छ । मानिसको शरीर यातनाको कार्यशाला हो । व्यक्तिलाई यातना दिएर उसका विश्वास, देश, इतिहास र उसको इज्जतको उपहास गरिन्छ । मानिसको इज्जत र अधिकार अनि उसको उपहास गरेर उसको सम्पृ्र्ण रmपमा पशुत्वकरण गरिदैछ । नेपालको मानिसको पनि त्यस्तो अवस्था हु“दै गएका प्रमाणहरm आइरहेका छन् । यहा“ जैविक राजनीति पनि भयो । त्यो मानिसको निम्ति यहा“ खासै बोलेको देखिएन । नेपाली साहित्यिक लेख खगेन्द्र सङ्ग्रौलाका सायद प्रत्येक लेखहरmमा भेटिने आलोचना, आक्रोश र पीडाको चित्रणपछाडि त्यही मानिस देखिन्छ । उनले त्यही जैविक राजनीतिक खेलमाथि प्रहार गरेका  हुन् । त्यो मानिस उनका लेखको पात्र हो । त्यो पात्र जो झन्डै आम भइसकेको छ र जसले दुःख पाउ“नु साधारण भैसकेको छ त्यसको निम्ति खगेन्द्र सङ्ग्रौलाको लेखमा आगाम्बेनको जस्तै दर्शन भेट्छु । आगाम्बेन त्यस्तो जिन्दगीलाई नीरीह वा लुटिएको जीवन वा “बेयर लाइफ्”भन्छन् । अव उपन्यास र कथामा पनि त्यो “बेयर लाइफ्” भएको पात्रको चित्रण सुरm भएको छ । त्यस्तो बेयर लाइफ भएको मान्छे सहव्याख्यामा सामेल हु“दैन । तर उसको उपस्थिति अत्यन्त महत्वपृ्र्ण विषय हो साहित्यमा ।
मैले नेपाली प्रकाशन वा मुद्रण पु“जीवादबाट लेख्ने र ग्रहण गर्नेका सम्वन्धको चर्चाबाट यो भनाइ सुरm गरेको थिए“ । अहिले नेपालमा त्यो मुद्रण पु“जिवादको अर्को रmप छ । सकारात्मक स्वरmप छ । प्रकाशन गृह र किताब विक्रेता संघ सक्रिय भएका छन् । अहिले बुक्वर्म ट्रस्टले गरिरहेको यो दोस्रो साहित्यिक जात्राले पाठक, लेखक र तेस्रो पात्रको सम्वन्धका नया“ आयाम खोलेको छ । बजार, प्रकाशन, पाठक अनि लेखकको भेला भनेको नया“ समयको आरम्भ हो । यसले साधारण मुद्रण र पाठकको बीचको सम्वन्ध मात्र बढाउ“दैन एउटा नया“ स“स्कारको रचना गर्छ भन्ने देखिएको छ । अब युवाहरmमा आएपछि सहव्याख्या अनि आमवृत्तका नया“ अर्थ निस्किन्छन् । अर्को कुरा अहिले जनजाति स“स्कृति र साहित्यिक परम्परालाई नेपालीमा लेखेर आएका कवि लेखकहरmले नेपाली लेखन, खासगरी कवितालाई बलियो बनाउ“दै छन् । मधेशका साहित्यिक लेखनका परम्पराको ज्ञान आम पाठकहरmलाई हुन लागेको छ । पहाडी जनजातिका सिर्जनाका परम्पराहरm सक्रिय हुन लागेको अवस्था छ । नेपाली साहित्यको कुरा गर्दा अहिले यसको अर्थ र आमवृत्त फराकिलो भएको छ । जनजाति कविहरmले नेपालीमा लेखेर सहव्याख्यामा स“स्कृति र सिर्जनाका विविधता ल्याइदिएका छन् । अलिक आशा लिएरै बस्ने मानिस भएको हुनाले म अहिले पनि नेपालमा राजनीतिदेखि साहित्य अनि चित्रकला, संगीत, वास्तुकला, रङ्गमञ्चका आमवृत्त फराकिलो ह“ुदै गएको देख्छु र त्यही अर्थमा सहव्याख्याका नया“ मोडहरm पनि खुल्दै गएको देख्छु । चुनौतिहरm धेरै छन् तर सिर्जना र शक्तिका अलग अलग भाषा हुन्छन् । तर अन्तमा सबैको लक्ष त्यो खोसिदै गएको वा बेयर लाइफ् भएको मानिसको मुक्ति र उसको प्रतिष्ठा र सम्मानको लागि काम गर्नु हो.

प्रतिक्रिया दिनुहोस्

*