बेलाको बुद्धि

-तुलसीहरि कोइराला

बालकथा

शनिवारका दिन छोराछोरीले चिडियाखाना घुम्न जाने भनेर बुबा–आमासग निकै जिद्दी गरेपछि उनीहरूको माग पुरा हुने भयो । हतारहतारमा नुवाईधुवाईको काम सिध्याएर आमाले सौरभ रक्षालाई लुगा लगाईदिनुभयो । आज घुम्न जान पाएकोमा उनीहरूका खुट्टा भुइमा थिएनन् भने आमालाई चाहि कामको चटारो थियो । तर सौरभ र रक्षा  ज्ञानी भएकाले र बुबाले पनि काम सघाइदिने हुनाले घुमघामका लागि उनीहरू बेलैमा निस्किए
बुबाको सरकारी जागिर तराईबाट सरुवा भएर उनीहरू पहिलो पटक काठमाडौं आएकाले आमा र छोराछोरीलाई काठमाडौंका बजारहरू र चिडियाखाना पनि नौलो थियो । उनीहरूले रमाइरमाइ चिडियाखानाका जनावरहरू, पक्षीहरू, सर्प–गोहीहरू हेरे । आज सौरभ र रक्षा ज्यादै खुशी थिए । किताबमा मात्र पढेका जीवजन्तुहरू आप्नै आखाले देख्दा उनीहरू खुशीले उफ्रिरहेका थिए । भर्खरै जन्मिएको जलगैडा (हिप्पोपोटामस) को बच्चा त झन् राम्रो लाग्यो उनीहरूलाई । उनीहरूले हाती चढेर पनि घुमे । पोखरीमा डुङ्गा पनि चढे र केटाकेटीहरूका लागि बनाइएका बालरेल लगायतका खेलहरू पनि खेले । पैसा धेरै खर्च भएकोमा बुबालाई केही चिन्ता परे पनि केटाकेटीको खुसीका लागि भनेर चिडियाखानाबाट निस्किएपछि पनि परिवारैले बेकरी क्याफेमा गएर खाजा खाए । त्यसपछि उनीहरू सन्तुष्ट भएर खुशी हुदै डेरातिर फर्किए ।
दिनभर गरेको रमाइलो डेरामा आइपुगेपछि एकैछिनमा चिन्तामा बदलियो । आमाले ढोका खोल्न खोज्दा ब्यागमा साचो नै छैन । हिड्ने हतारोमा साचो भित्रै छुटेछ र बिना साचो नै ताल्चा लाग्ने भएकाले खिटिक्क पारिएछ । लगाउदा आफै लाग्ने र खोल्दामात्र साचो चाहिने ताल्चाको अवगुणले पिरोल्यो । बुबाले जसोतसो भ्याल खोलेर भित्र हेर्नुभयो । साचो त सोफामा पो छ । टुलुटुलु हेनुभन्दा अर्को उपाय छैन । अब कसरी साचो फुटाउने भनेर बुबाआमालाई चिन्ता पयो ।
कक्षा ५ मा पढ्ने सौरभले विज्ञान सरले कक्षामा चुम्बकको बारेमा पढाएको झल्यास्स सम्झियो । चुम्बकले फलामलाई समातेर बोक्न सक्छ । भनेको कुरा उसलाई याद आयो । अनि उसले बिग्रिएको थोत्रो चाइनिज रेडियोको चुम्बक खेल्नका लागि गोजीमै राखेको काम लाग्न सक्ने सोच्यो । उसले यो कुरा बुबालाई बतायो । उसको बुद्धिले काम गरेकोमा बुबा खुशी हुनुभयो । बुबालाई पनि चुम्बकको सबै कुरा थाहा त थियो तर त्यतिबेला होसमा आएन । फेरी उहासग चुम्बक पनि थिएन । अनि छिमेकमा बन्दै गरेको घरको घरमा गएर एउटा लामो डन्डी मागेर ल्याउनु भयो । फलामको डण्डीको टुप्पोमा चुम्बक टासेर भ्यालबाट भित्र छिराएर साचो बाहिर निकाल्न सकिएकोमा सबैजना खुशी भए । विशेषगरी आप्नो असावधानीले साचो भित्र छुटेकोमा आमालाई धेरै चिन्ता थियो र बुबाले पनि आमालाई नै ‘बेहोसी’, ‘हुस्सु’ भनेर कराउनु भएकाले झनै पिर परेको थियो ।
अनि यही खुशीले बुबाले घोषणा गरिदिनु भयो – ल केटाकेटी हो, बेलामा बुद्धि पुर्यायौ, अब आउने शनिवार तिमीहरू भृकुटीमण्डप घुम्न जान पाउने भयौ ।
सौरभ र रक्षाले खुशीले ताली बजाए र लुगा फेरेर हातमुख धोई पढ्न बसे । आमाबुबा खानाको तयारीमा भन्सारतिर लाग्नु भयो ।
सम्प्रति : मधुपर्क
गट्ठाघर, भक्तपुर, नेपाल

प्रतिक्रिया दिनुहोस्

*