हिमाल पनि जल्नेछ

-उज्ज्वल जी.सी.

१. सद्भाव आपसमा छर्नसके यहॉं सुखशान्ति फल्नेछ साथी

वैरीका हरेक सपनाहरु हाम्रो एकतामा गल्नेछ साथी

यथार्थ यही हो, यदि बिर्सेर दम्भ मात्र झिक्ने हो भने

आज तराई भोलि पहाड पर्सि हिमाल पनि जल्नेछ साथी ।

 

२. चारैतिर धमिराहरू बढेका छन् यो देशमा

सोझासाझा जनताहरू सडेका छन् यो देशमा

नभन्नुस् महाशय, नेपालीहरू गरिब हुन्छन् !

सक्नेले प्राडो र पजेरो चढेका छन् यो देशमा ।

 

३. तिम्रो लागि आकासको म जून झारिदिन्छु

सुनौला ती स्वप्न सबै साकार पारिदिन्छु

शंका लागे आऊ हामी प्रेम–युद्ध खेलौ‘ं

जिताउन तिमीलाई म सधै‘ं हारिदिन्छु ।

 

४. धर्तीमा पनि स्वर्गजस्तो पुट्टपर्ति धाम देखे‘ं

त्यै धाममा शरण पर्ने हजारौ‘ंका लाम देखे‘ं

ईश्वर खोज्न धेरै टाढा किन जानु प¥यो अब ?

 मानव दुःख हरण गर्ने उनै साई राम देखे‘ं ।

 

५. प्रमाणपत्र काखी च्याप्दै जागिरको लागि धाउनु पर्ने

योग्यताले नहुने हजुर नेताकै भजन गाउनु पर्ने

कर्णधार युवाहरूलाई कस्तो अन्याय, अत्याचार यो ?

लाचार भै वेरोजगारीको पगरी शिरमा लाउनु पर्ने ।

०००

प्रतिक्रिया दिनुहोस्

*