सुजन उडे आकाशमा

– कृष्ण शाह यात्री

कथा

सुजन जिज्ञासु स्वभावको थियो ।
“चराजस्तै आकाशमा मान्छे उड्न सक्ने भए कति रमाइलो हुन्थ्यो होला ? हात्ती जस्तै पढ्न नपरे कत्ति मज्जा हुन्थ्यो ।” ऊ यस्तै–यस्तै कुराहरु सोच्ने गथ्र्यो ।
एक रात ऊ सुतिरहेको थियो । अचानक उसको शरीरमा पखेटा पलाउन थाल्यो । हेर्दा हेर्दै उसको शरीरको कपडा गायब भयो । अनि कपडाको ठाउँमा प्वाँखैप्वाँख पो उम्रियो । ऊ छक्क प¥यो ।
“यो के भइरहेछ मलाई ? यो त अचम्म भयो ।” उसले सोच्यो । ऊ बोल्न खोज्यो । तर आवाज निस्केन । बरु चराको जस्तो चिरबिर आवाज पो निस्कियो ।
“आ ! जे भए पनि घरका कसैलाई थाहा नदिइ एकपटक आकाशमा उड्नु प¥यो । कति दिनदेखिको मेरो सपना बल्ल पूरा भएको छ । आहा मज्जा आउने भयो । म त उड्न गएँ ।”
कोठाको एउटा झ्याल खुल्लै थियो । उसले बाहिर चियाएर हे¥यो । जुनेली रात थियो । ऊ कोठा बाहिर निस्कियो । जुनको उज्यालोमा ऊ फुरुर्र उडेर बगै“चामा रहेको आँपको रुखमा गएर बस्यो । उसलाई आकाशमा कावा खाँदै उड्न मन लाग्यो ।
उड्दाउड्दै ऊ धेरैमाथि पुग्यो । ऊ औधी खुशी थियो । आकाशमा चमेरा र उल्लूहरु पनि उडिरहेका थिए । अनौठो चरा देखेर अरु चराहरु छक्क परे ।
ती चराहरुले उसलाई ठुङ्न र दुःख दिन थाले ।
“हाम्रो आकाशमा यो कताबाट आयो । यसलाई लखेटौ“ ।” एउटा डरलाग्दो चराले भन्यो ।
“हो, यसलाई समातेर रामधुलाइ गरौ“ ।” चमेरो करायो ।
यो सुनेर चरा बनेको सुजनको सातो गयो । उड्दा–उड्दा उसको पखेटा गलिसकेको थियो । शरीर दुखिरहेको थियो । उसलाई भोक पनि लागिरहेको थियो ।
ऊ ज्यान जोगाउन बेतोडले भाग्न थाल्यो । अरु चराहरुले उसलाई लखेटिरहे । उसले मनमनै सोच्यो, “ओहो ! चरा भएर उड्नु सजिलो काम रहेनछ ।”
घर अगाडि आइपुग्नु पनि अचानक उसका पखेटाहरु गायब भए ।
चराहरु पनि उसलाई नचिनेर फर्किए ।
अचानक उसको हातको ठाउँमा चारवटा खुट्टा पलायो । उसको अनुहारमा हात्तीको जस्तो सुँड पो देखा प¥यो । शरीरमा पुच्छर पनि निस्कियो । हेर्दा हेर्दै ऊ अजङ्गको हात्ती पो भयो ।
उसले सोच्यो, “चरा हुनुभन्दा त हात्ती नै हुनु वेश ! अब हेरौ“ कसले मलाई तर्साउँदो रहेछ ।”
ऊ जङ्गलमा घुम्न निस्कियो । हात्तीलाई देखेर अरु जनावरहरुले सलाम गरे । हात्ती बनेर ऊ निस्फिक्री घुमिरहेको थियो ।
घुम्दा घुम्दै टाढा जङ्गलभित्र पुग्यो । उसलाई भोक लाग्यो । उसले रुखका पात र फलफूल चुँडेर खायो । तर उसको पेट भरिएन । उसले हात्तीको शरीर अनुसारको पुग्दो खानेकुरा केही पनि पाएन ।
ऊ भोकले छटपटिरहेकै बेला अचानक उसले झाडीमा केही शिकारीहरु लुकेको देख्यो । शिकारीहरु भन्दैथिए, “अब यो हात्तीलाई मार्नु पर्छ । अनि यसको छाला, पुच्छर र दाँत बेच्नु पर्छ ।”
उसको सातो गयो ।
“लौन नि ! अब म मर्ने भएँ ।” यति सोच्यो । अनि ऊ फेरि बेतोडले भाग्न थाल्यो ।
शिकारीहरुले उसलाई निकै परसम्म लखेटिरहे । घर आइपुग्दा उसको सुँड, पुच्छर र खुट्टाहरु गायब भए । उसले लामो सास फे¥यो । सोच्यो, “हात्ती जस्तो शक्तिशाली जनावरलाई पनि बाँच्न सजिलो रहेनछ ।”
त्यसैबेला आमाको आवाज सुनियो, “सुजन ! बिहान भइसक्यो । छिटो गर । स्कुल जान ढिलो हुन्छ ।”
सुजन झल्याँस्स ब्यूँझियो ।

काठमाडौं, नेपाल

प्रतिक्रिया दिनुहोस्

*