एक दिन

- नारायण तिवारी

यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर ? रुग्ण अवस्थाका फुसका जर्जर घरहरू पनि छन् । म त्यतातिर ध्यान दिन्नँ ।

आजभन्दा २५/३० वर्षअघिको एउटा बनियाँ आज पनि त्यस्तै फुसकै घरमा होला तÓ ?पहिले सीतागन्ज पनि हेलिएर जानुपथ्र्यो, वर्षामा । केसलियामा पुल थिएन । ठाउँठाउँमा केसलिया नदीको बाढीले पारेका ठूलठूला गड्ढाहरूÓ । अनि शिवहरिको पैनी । ब्रह्मपुराको होलीÓ । यो जन्कुको दोकान भएको भीमपुर । यहाँ पनि धाँजा फाटेर ठूलठूला खाडलहरू थिएÓ । डुबिएला कि भन्ने कत्रो पीर । हामी वर्षामा एक्लै हिँड्दैनथ्यौँ । ठूला मान्छेका साथ लगाएर मात्रै पठाउनुहुन्थ्यो, बाले । कहिले आपैmँ काँधमा राखेर हेलिँदै पु¥याउनुहुन्थ्यो ।

 पढ्नलाई राखिएको थियो, विराटनगरमा । छुट्टी भयो कि खुरुरु कुदेर घर जान खोज्ने हामी दाजुभाइ वर्षाको समयमा भने ट्वाल्ल पथ्र्यौं र सीतागन्ज जाने कोही छन् कि ठूला मान्छे ? ढुकेर केसलिया रोडमा बस्थ्यौँ ।यसरी पुग्दा पनि बा चिन्तित बन्नुहुन्थ्यो र हकार्नुहुन्थ्यो, “किन आउनुप¥यो, एक दिन छुट्टी हुँदै !”हामीलाई बारम्बार घर आउन आमाको स्नेहमा लुटपुटिने वा बाको काखमा लडीबुडी गर्ने लालसाले धकेल्ने गर्थेन, बरु कताकता यही जन्कु र जन्कुको सेर–तराजुले चुम्बकले झैँ तान्ने गर्दथ्यो ।हामीलाई भीमपुर हुँदै घर जाँदै गरेको देख्नै हुन्थेन, कराइहाल्थ्यो— “है बौवा ! छुट्टीमा घर आइगयो ?” अनि घर पुगेको केही घण्टा पनि बितेको हुन्थेन, एउटा सानोसानो घोडामा सेर–तराजु र बोरा लट्काएर जन्कु हाजिर भइहाल्थ्यो ।हामी हल्ला गर्न थालिहाल्थ्यौँ, “पैसा दिनू आमा ! पैसा दिनु न आमा !”“भौजी ! ल्याउनु ने त के छ तोरी–धानÓ ?” ऊ झटपट सेर–तराजु लिएर तौलिन तयार भइहाल्थ्यो ।

आमाका कान र आँखा चनाखा हुन्थे । साउती मार्नुहुन्थ्यो, “एइ बिस्तारो बोल् ! तेरो बाले थाहा पाउनुभयो भने मार्नुहुन्छÓ ।”अनि हतारहतार तोरी, धान जे छ बेचेर पैसा हाम्रा हातमा हालिदिनुहुन्थ्यो र जन्कुलाई कराउनुहुन्थ्यो, “भाग छिटोÓ ।”जन्कु पनि पल्याकपुलुक गर्दै टाप ठोक्थ्यो । यस्तो होइन कि बाले हामीलाई पैसै दिनुहुन्थेन, दिनुहुन्थ्यो तर अत्यन्त कम । भन्ने गर्नुहुन्थ्यो, “पैसा लिने बानी राम्रो होइन ।” अनि घरका अन्नहरू बेच्ने कुरामा सख्त मनाही गर्नुहुन्थ्यो, “आपैmँलाई खान नपुग्ने अन्न यसरी जथाभाबी बेच्नु हुँदैन ।”सम्झिन्छु— एकपल्ट विराटनगरबाट घर जाँदा जन्कु बनियाँ भीमपुरमा देखिएन । राम्रो मौका थियो— बा विराटनगरमै हुनुहुन्थ्यो ।

 घर पुगेर पनि बाटैतिर आँखा डुलाइरह्यौँ, तर अहँ ! जन्कु आएन । त्यो दिन पनि आएन । भोलिपल्ट पनि आएन । आमाले पर्सिपल्ट एउटा झोलामा तोरी हालिदिनुभयो, “ला यो भीमपुरमा लगेर बेच्नू ।”फेरि त्रास देखाउनुभयो, “बाले फेरि बाटामा भेट्नुहोला र मार्नुहोला निÓ ।”मायाले कन्जुसी नगरी ठूलो झोलामा हालिदिनुभएको तोरी निकै गहुँगो लाग्यो ।हामी दाइभाइ निकै खुसी भयौँ र मुन्टो अररो हुने भए पनि खुसी हुँदै पालैपालो बोक्दै अघि बढ्यौँ ।हामी बा विराटनगरबाट यही बेला आउँदै गरेको नहुनुहोस् भनेर राजाजी थान र संसारी माइथानसित भाकल गर्दै अघि बढ्दै थियौँ ।ट्याङ्ग्राको पुल यसो के उक्लिएका थियौँ— बा त प्रत्यक्ष सामुन्ने पो !हामी भयले त्रस्त भयौँ— अवाक् ।

बाले मेरो मुन्टोबाट केही नभनी एक हातले झोला उठाउनुभयो र, ‘ल हिँड’ भन्दै घरतिर पाइला चाल्नुभयो । हामी स्वचालित यन्त्रझैँ पछिपछि डोरियौँ ।त्यो दिन घर पुगेर आमाको सातो खानुभएको अझै स्मृतिमा ताजा छ, मेरो । बाले हामीलाई केही भन्नुभएन । घर पुगेर दुवैको टाउको सुमसुम्याउनुभयो । अनि दुवैका हातमा एकुन् रुपियाँ राखेर ‘लौ जाओ’ भनेर हाम्रो डरलाई धपाइदिनुभयो । हामी त्यसपछि हृदयमा बाप्रति स्नेह उमार्दै खुसीखुसी विराटनगरतिर लागेका थियौँ ।म झसङ्ग हुन्छु, खोइ जन्कु ?! खोइ जन्कुको दोकान ?! भीमपुर पहिलेजस्तो छैन अब । वरिपरिका खाल्टाखुल्टी, ठूलठूला गड्ढा अब एउटै छैनन् । बाटो ग्य्राभेलिङ भइसकेछ । अब पिच बन्न मात्र बाँकी छ ।एउटा बाटोमै बाँसको खुट्टा र पन्नी हालेको छाना भएको टेम्प्ररी चियादोकानको, बस्दा पनि हल्लिने बाँसकै भाटा खप्ट्याएर बनाएको ‘टेम्प्ररी’ बेन्चमा बस्दै चियाको आदेश फर्माउँछु ।

मैले परशु दाइलाई भनेँ, “मेरो सम्भावित कथाको पात्र यही ठाउँमा छ— जन्कु बनियाँÓ ।”मैले आफ्ना बाल्यकालका कुराहरू उहाँलाई सुनाएँ । बाल्यअवस्थामा सधैँ हिँड्ने मेरो बाटो यही हो भन्दै बाटोसितको स्नेह प्रकट गरेँ ।चिया खाँदै हामीले गफ गर्दै ग¥यौँ ।चियादोकानमा एउटी आइमाई थिई । केटाकेटी पनि थिए । ऊ मेरो अनुहार निकै चाख मानेर हेर्दै थिई ।“कथि देखै छी ?” म ऊतिर उन्मुख भएँ र फेरि बोलेँ— “हम्रा चिनै छी ?”“कथिला नै चिन्बे ! रामजी भैयाके बेटा नै छे तुँ ?” म छक्क पनि परेँ, तर तत्कालै अनुभूत गरेँ— मैले परशु दाइसित गरेको कुराकानीका आधारमा यसले मलाई चिनिछ । नत्र कहाँ बीस÷पच्चीस वर्षअघिको केटाकेटी अनि कहाँ यो उमेरको सुटेड–बुटेड सहरिया बाबु !अचानक म झस्किएँ— यो को हो नि ? ऊ मुसुमुसु हाँस्दै थिई ।

“जन्कु बनियाँ कहाँ छ हँ आजकाल ? उसको घर त उः त्यो ठाउँमा थियो ।” मैले फुसको उही पुरानो आदिम घर भएकै ठाउँतिर औँलाले सङ्केत गरेँ ।तर, मैले त्यो फुसको घरलाई नै जन्कुको घर हो भनेर एक मनले पनि औँल्याउन चाहेको थिइनँ । किनभने एउटा घोडा र सेर–तराजु लिएर गाउँगाउँ हिँड्ने ‘गामलाल’ को कथा मलाई थाहा थियो । ऊ अहिले अरबपति छ र नेपालको एक नम्बरको लब्धप्रतिष्ठित व्यापारी ।विराटनगरकै निमको गाछीमुन्तिर सेर–तराजु लिएर बस्ने भवँरलाल आज सहरकै एक नम्बर काँटावाल करोडपति बनेको छ । अनि हाम्रो जन्कु बनियाँ यो २५÷३० वर्षमा केही बनेन होला त ?“त्यही त छ हाम्रो घर !” म फेरि झस्किएँ ।“कसको घर ? को हाम्रो ?” म अटपटाएर बोलेँ ।“जन्कुको घर, मेरो घर हो बौवा !” ऊ हाँस्दै बोल्दै थिई ।

“ए जन्कुको घरवाली तिमी, भौजी ?”“हँÓ !” उसले टाउको हल्लाई ।“मैले त चिन्नै नसकेको !”“कहाँ चिन्नुहुन्छ त ! अब त तपाईंंहरू सहरिया भयो, ठूलो मान्छी भयो । हामी गरिब मान्छीलाई कहाँ चिन्नुहुन्छ ?”छिनभर अघिको उसको उज्यालो अनुहार अब केही मलिन भएको अनुभूत भयो मलाई ।‘गरिब’ शब्दले मलाई बेसरी चिमोट्यो । कहाँ म त हाम्रो जन्कुलाई पनि गामलाल र भवँरलालसँग तुलना गर्दै थिएँ । अब त हाम्रो जन्कु पनि अरबपति नभए पनि करोडपति नभए पनि लखपति त भइसक्या होला भन्दै गुन्दै थिएँ, म । भीमपुरमा देखिएका एक÷दुई पक्काका घरमध्ये कुनै एक त पक्कै हाम्रै जन्कुको होला भन्दै थिएँ म । उसकी जहान यसरी एउटा मामुली चियादोकानमा मैलो सारी लगाएर चिया घोट्दै होली भन्ने के कल्पनाÓ ?“अनि खोइ त जन्कु भैया ?” मैले अधीर हुँदै बोलेँ ।“उहाँ बिरामी छ ।” उसले उही फुसको घरतिर सङ्केत गरीÓ ।“के भएको ?”“के हुनु ! खोकी छ, ज्वरो पनि छ ।”

मैले अनुमान गरेँ— गरिबीको रोग हो, उसलाई लागेको रोग ! गामलाल र भवँरलालले झैँ पैसा कमाउन सकेको भए ऊ यसरी ओछ्यानमा बिरामी भएर लम्पसार हुने थिएन ।परशु दाइ र म उसलाई भेट्न त्यही फुसको घरतिर लाग्यौँ । एउटा सानी बच्ची भौजीले हाम्रो साथ लगाइदिई ।ओसरामा नै एउटा बूढो रुग्ण मानिस लम्पसार, देख्दा सास फेरिरहेछ । हाम्रो पदचापले ऊ आँखा खोल्छ । हामीलाई देख्दा ऊ आश्चर्यमा परेको कुरा उसका आँखाले बताउँछन् । ऊ सकीनसकी उठ्न खोज्छ । म लम्किन्छु र उसलाई ‘पर्दैन उठ्न’ भन्दै टाउकानेर समातेर पुनः सुतिरहन मद्दत गर्छु । ऊ यसो कोल्टे परेर हामीतिर हेर्दै आँखैले प्रश्न फाल्छ, मानौँ परिचय पाउने अपेक्षा गर्दै होस् ।“मलाई चिनेनौ जन्कु भैया ?” म मुसुमुसु हाँस्दै प्रश्न फाल्छुÓ ।“चिन्नै सकेन मैले !” ऊ अलमलिन्छ ।

धसेका आँखा, भित्र पसेका गाला, झुस्स परेका दाह्री— मैले पनि कहाँ चिन्न सकेको हुँ र जन्कुलाईÓ ?!“म उही प्रमोद क्या त रामजीको छोरा !”ऊ मेरो अनुहारमा आँखा गाड्छ र फुसफुसाउँछ— “रामजी भैयाको बेटा परमोद ! भाग थियो मेरो, जो भेट भइगो । अब तो मर्ने बेरमा बाबूहरूसित कहाँ भेट हुनेÓ !”उसका आँखाका कुनाबाट आँसु चुहुन उद्यत भइरहेछन्— म देख्छु ।“अनि रवीन्दरबाबू कता छ आजकाल ?” ऊ मेरो दाजुबारे सोध्छ र परशु दाइतिर खुबै नियालेर हेर्छ ।म उसको आशय बुझ्छु । ऊ परशु दाइलाई मेरो रवीन्द्र दाइ हो कि भनेर चिन्ने प्रयत्न गर्दै छ ।“उहाँ मेरो छिमेकी दाइ हुनुहुन्छ !” ऊ सकीनसकी दुवै हात जोड्छ ।त्यसपछि ऊ हाम्रो परिवारका बारेमा धेरै कुरा सोध्छ । दिदीबहिनी कहाँकहाँ छन् ? भाइहरू के गर्छन् ? अनि रवीन्द्र दाइ के गर्नुहुन्छ ?“रामजी भैया र भौजीसिते त कुनेकुने बेला भेट भइहाल्छ तर तपाईंंहरू कहिले यता आएनÓ !”वास्तवमा हामीहरू राम्रै गरी सहरिया भएछौँ । आफ्नो गाउँको मायाले कहिल्यै हामीलाई तानेन ।

 म नै पनि कसोकसो आज यता आइपुगेँ । त्यो पनि परशु दाइको जोडले । बाआमा अझै खेती धाउनुहुन्छ । त्यसैले उहाँहरूसित भने उसको भेट भइरहँदो हो ।म पनि उसका बारेमा धेरै कुरा सोध्छु । छोराछोरीहरू के गर्छन् ? कतिकति पढ्न सके ? सबैको पक्का र टिनका छाना भएका घरहरू छन्, किन तिम्रो मात्रै फुसको ? यावत् कुराहरू सोधेँ मैले ।उसले बतायो— “एउटा छोरो ‘लफुवा’ भएर निस्कियो, पढ्ने त कुरै छाडिदिऊँ । काम पनि केही गर्दैन खालि जिन्दाबाद र मुर्दावादको नारा लगाई हिँड्छ । ऊ भन्छ, एक दिन म देखाउनेछु बाबू ! गरिबको पनि पालो आउँछ एक दिन देखाउनेछुÓ !”ऊ खुइâय सुस्केरा काढ्छ “बेटी सबको पनि बिहे गरिदिएँ । दहेज र बिहेको भार बोक्दाबोक्दा त अब धेरै गलिसक्यो,” ऊ शून्यमा हेर्छ ।

‘जन्कु भैया ! एउटा टिनको छाना पनि हाल्न सकेनÓ?’‘कहाँबाट हाल्ने ? बाबूलाई थाहै छ, म कसैलाई ठग्दैन, कसैलाई ढाँट्दैन । त्यस्तो मान्छेले कताबाट टिन हाल्ने ?’ऊ उल्टो प्रश्न ठड्याउँछ ममाथि । मार्मिक लाग्छ, मलाई उसको प्रश्न । अचानक म पुनः विगतमा फर्किन्छु । ऊ कहिलेकाहीँ विराटनगर आउँदा स्वयम् हाम्रा हातमा एक÷दुई रुपियाँ राखिदिएर जान्थ्योÓ । तर, त्यो पैसालाई ऊ कहिल्यै हिसाब गर्थेन ।आमालाई हामी घर गएको बेला भन्थ्यौँ, “जन्कुले हामीलाई पैसा दिएको छ । उसलाई फर्काइदिनू ।”“के फर्काउनु ! लिनै मान्दैन,” आमा व्यग्र हुँदै भन्नुहुन्थ्यो ।साँच्चै उसले कसैको केही खाएन बरु, ख्वायो । आज टिनका छाना भएको र पक्काका घरमा बस्नेहरू अधिकांशले नै बरु उसलाई खाए । ऊसित धान दिने, तोरी दिने भनेर रुपियाँ लिनेहरूले कसैले बिर्सिएको अभिनय गरे र कसैले यति कहाँ हो, यति मात्रै पो हो भनेर कसैले उल्टै उसलाई झपारेर बर्बाद पारे ।

म चिन्तित हुन्छु— ऊ साह्रै सहृदयी छ, इमानदार छ, समाजसेवी छ । त्यसैको गलत फाइदा गाउँका भद्रभलादमीभनाउँदाहरू र ठूलाठालुले उठाएका छन् ।सबै बनियाँले लुट्छन् भन्ने पनि कहाँ हो रहेछ र ! कुनैकुनै त बनियाँहरू पनि लुटिँदा रहेछन् । इमानदार र सत्यवादी मानिसहरूको जहाँसुकै पनि बर्बादी रहेछ । यो कस्तो समाज हो ? मभित्र संवेदना जागिरहन्छ कुरा खेलिरहन्छन् ।“जाऊँ अब !” परशु दाइ घचघच्याउनुहुन्छ । म झसङ्ग हुन्छु ।“ए चिया सोध्ने पनि बिर्सियो !” जन्कु स्नेह ओकल्छ ।“तिम्रै दोकानमा त भौजीले हामीलाई चिया ख्वाइसक्यो ।”हामी उठ्यौँ । ऊ उठ्न बल गर्छ ।म पुनः लम्केर “पर्दैन उठ्न बिरामी मान्छे” भन्दै उसलाई सुतिरहन मद्दत गर्छु ।जन्कुका दुवै हात जोडिन्छन् र स्वर फुट्छ, “बौवासित मर्ने बेलामा भेट भइगयो ।”मेरो मन भारी हुन्छ । बोली फुट्दैन । आँखा रसाउन खोज्छन् मेरा ।त्यति बेलासम्म घरको पिँढीमा भौजी र अन्य ससाना केटाकेटीहरू पनि आइसकेका हुन्छन् ।यसो भौजीका आँखातिर हेर्छु र बिदाइको हात जोड्छु ।

भौजीका आँखा पनि रसाएका छन् ।त्यसै बेला एउटा जुलुस पनि जिन्दाबाद र मुर्दावादको नारा घन्काउँदै बाटोबाट गुज्रिन थाल्छ ।अचानक भौजीको रुन्चे अनुहार पनि धपक्क बल्छ र उच्च स्वर सुनिन्छ, “उः त्यही छ हाम्रो बेटा । जुलुसमा सबैभन्दा अगाडिको उः त्यही छ मेरो बेटा ।”म अनुभव गर्छु उसको स्वरमा खुसी छ आशा छ । मानौँ, उसको छोराले घामको सुनौलो प्रकाश छर्नेछ, एक दिन । उसको पोल्टामा उज्यालो पोखिदिनेछ एक दिन ।हामी त्यहाँबाट जुलुस पछ्याउँदै अघि बढ्छौँ । टाढा पुगेर यसो फर्किन्छु । सबै हामीतिरै अझै हेर्दै छन् । जुलुसतिरै अझै हेर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

*