मलाई नसोध कहाँ दुख्छ घाउ ?

-नरेन्द्रराज प्रसाई

 

कतिकति आँखाहरु

बाटो छेक्न आँउछन्

परेलीमा बास माग्न

कति आँखा धाँउछन् ।

हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृत्रि्रेमी कवि थिए तर प्रकृतिले उनलाई धोकैधोका दिएको थियो । यति हुँदाहुँदै पनि नेपाली भाषासाहित्य संसारमा उनी चिरञ्जीबि भए । उनलाई धेरैले माया गरे । नारायणगोपाललाई मन पराउनेले पनि यिनलाई मन पराए र यिनलाई मन पराउनेले पनि नारायणगोललाई मन पराए । वास्तवमा यी नेपाली भाषाका जनप्रिय गीतकार थिए ।

वीरबहादुर कटुवालको सहयोगमा विष्णुमाया क्षत्रीनीले हरिभक्तलाई १९९२ साल असार १८ गते भारतमा जन्माएकी थिइन् । अनि यी असम राज्यस्थित ब्रहृमपुत्रको छेउमा अवतरण भएका थिए ।

कटुवाल जन्मेको डेड वर्षा ब्रम्हृपुत्रको बाढीले उनको घरै भत्काई दियो । त्यसपछि त्यस घरमा सँधै आर्थिक हाहाकार मात्रै भयो । अनि बीरबहादुर कटुवालले आफ्नो परिवार कहिले यता सारे कहिले उता सारे । तर जताजता गए तापनि त्यस परिवारको आर्थिक खाडल क्रमशः गहिरो भैरहृयो ।

कटुवालले स्थानीय स्कूलमै कखरा पढे र असमियाभाषामा नै स्कूले शिक्षा ग्रहण गरे । उनले आइए पनि पढ्न खोजेका थिए तर पार लगाउन सकेनन् । किनभने उनले आइए पढ्दापढ्दै डिगबोईको नेपाली स्कूलमा पढाउन थाले । त्यस स्कूलमा उनी चित्र गुरु र खेलकुद गुरू थिए । त्यसैबेला उनले आफ्ना विद्यार्थीलाई नृत्य र सड्गीत पनि पढाएका थिए । साथै उनले त्यहाँ सोरठी नृत्यको पनि प्रचलन गराएका थिए । उनैका कारणले त्यस ठाँउमा सोरठी नृत्यले पनि लोकप्रियता हासिल गरेको थियो । डिगबोईको विष्णुमन्दिर समितिमा उनले पढाएका विद्यार्थीहरुले पछि नृत्य र गायनमा ख्याति पनि कमाएका थिए ।

कटुवाल वाड्मयका बहुआयमिक प्रतिभा थिए । त्यस कालखण्डमा उनले त्यहाँ साहित्य लेखन अनि मूर्त र अमूर्त चित्रकलामा ख्याति आर्जन गरेका थिए । उनैले डिगबोईमा नेपाली भाषामा आधारित नाटक र एकाड्की नाटक खेल्न र खेलाउने प्रथाका जग पनि खनेका थिए ।

कटुवालले असमकै सनकसिंह ठकुरी र माया ठकुरीकी छोरी जयकुमारीसँग बिहे गरे । यी दम्पतिबाट तीनछोरी र एक छोरा जन्मे । त्यसपछि स्वास्नी, छोराछोरी पाल्न यी क्रियाशील भए । तर जता गए पनि अन्ततः उनी हारेरै र्फकन्थे ।

कटुवाल चञ्चले थिए । त्यसैले उनले स्कूलको जागीर पनि थेग्नै सकेनन् । अनि उनी हेल्थ इन्स्पेक्टरमा कार्यरत भए । त्याहाँ पनि उनी टिकेनन् । उनले फेरि मन बराले । अनि केही सिप नलागेपछि उनले तरकारी पसल थापे । त्यतिबेला उनीे मिर्मिरेदेखि रातिसम्म सब्जीमण्डीमा नै पलेटी कसेर बस्थे । तरकारी व्यापारमा पनि उनी टिकिरहन सकेनन् र अर्को व्यवसायको खोजिमा लागे । परिणामस्वरुप उनले पर्देशी होटल खोले । उनको होटलमा पनि उधारो भात खानेको जनसंख्याको चाप बढ्न थाल्यो । अनि होटल सुकेनास झैं गल्न थालेपछि उनले त्यस ठाँउबाट पनि आँसुले हात धोए । यतिहुँदाहुँदै पनि उनी साहित्य र संस्कृति गतिविधिमा लागि बस्थे ।

कटुवालले आफ्नै बुताले साँस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठीहरुको आयोजना गरिरहन्थे । उनको हरेक सास फेर्राईमा वाड्मय हुन्थ्यो । त्यसैले उनी भोकतर्ीर्खै वाड्मयमा नै समर्पित थिए । त्यसैबेला उनैको सम्पादनमा मूक्ति र हिमालय साहित्यिक पत्रिका प्रकाशित भए । त्यस बखत त्यहाँ उनी नेपाली साहित्य, सड्गीत र पत्रकारिताका क्षेत्रमा सुप्रसिद्ध भैसकेका थिए । त्यही रौनकले उनको र्सवत्र चर्चा र परिचर्चा पनि हुन थालेको थियो ।

२०२४ सालमा नेपालमा राष्ट्रव्यापी साहित्य सम्मेलन भएको थियो । त्यस सम्मेलनमा असमबाट हरिभक्त कटुवालले भाग लिएका थिए । त्यतिबेला केदारमान व्यथितले उनलाई काठमाडौं आउने निम्ता दिए । त्यसपछि २०२६ सालमा उनी असमबाट काठमाडौं आए ।

काठमाडौंमा प्रवेश सँगसँगै कटुवालले काम पनि पाए । त्यसबेला उनलाई व्यथितको पहलमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको मुखपत्र प्रज्ञाको प्रबन्ध सम्पादकमा भर्ना गरियो । त्यही समयमा उनी सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजय मल्ल, ईश्वरवल्लभ, भूपी शेरचन, उत्तम कुँवर र अम्बर गुरुडका सर्म्पर्कमा पनि पुगे ।

केदारमा व्यथितले स्थापना गरेको नेपाली साहित्य संस्थानमा पनि कटुवाललाई सचिव बनाइएको थियो । अनि त्यस ठाँउमा साहित्यिक व्यक्तिहरुसँग कटुवाल रक्सी खाई बस्थे । त्यतिबेला उनीसँग साँगी लाग्न घरिघरि भूपी शेरचन र्रर् इश्वरवल्लभ पनि पुग्ने गर्थे । रक्सी खाएका बेला कटुवाल निहुँमात्रै खोज्थे । त्यसैले विजुली खाएका बेला उनका छेउ स्रष्टाहरु प्रायः जान मान्दैन थिए । रत्नशमशेर थापाका अनुसार रक्सी खाएर मातेका बेला एकपटक कटुवालले भूपी शेरचनको लुगा नै च्यातिदिएका थिए ।

धेरै ठेस लागेपछि कटुवालले जीवन बुझ्दै जान थाले । उनको जीवनको विशेषता उनी इमान्दार थिए । जस्तै कठोर जरीमाना भोग्नु परे पनि उनी असत्य बोल्दैन थिए । यस्तो राम्रो मान्छे पनि जिन्दगीलाई जित्ने नसकेर रक्सीमा डुब्न थाले । अनि त्यही रक्सीले उनलाई डुबाई दियो ।

२० वर्षको उमेरदेखि कटुवालले आफ्ना रचना पत्रपत्रिकामा छपाउन थाले । लेख्तालेख्तै यिनले काठमाडौं आउँदा एउटा गीतसड्ग्रह, एउटा कविता सड्ग्रह र एउटा खण्डकाव्य लिएर आएका थिए । काठमाडौं आएपछि उनले ‘यो जिन्दगी खै के जिन्दगी’ प्रकाशनमा ल्याए । त्यसै कवितासड्ग्रहले यिनलाई चर्चाको शिखरमा पुर्‍यायो । त्यसपछि उनले कथासड्ग्रह ‘स्पष्टिकरण’ प्रकाशित गरे । अनि उनको शेषपछि भीमकान्त उपाध्यायको सङ्कलन र सम्पादनमा ‘वदनाम मेरा यी आँखाहरु’ प्रकाशनमा आयो । त्यस कृतिमा पनि उनका कलजयी गीतिकविता सङ्ग्रहित भए ।

मलाई नसोध

कहाँ दुक्छ घाउ

म जे छु ठीकै छु

विथोल्न नआउ !

कटुवालले धेरै रक्सी खाए । काठमाडौंका प्रायः बुद्धिजीवीहरू यिनको तालबाट दुखित हुने क्रम जारी थियो । नेपालमा उनले आफ्नो ज्यान थाम्न नसकेपछि उनी आफ्नै देश फर्के । त्यहाँ पाइला टेक्तानटेक्तै फेरि उनलाई अल्सर भयो । अनि २०३७ साल भदौ २५ गते उनी असममै खसे । त्यसबेला उनी ४५ वर्षो उमेरमा हिंड्दै थिए ।

 

प्रतिक्रिया दिनुहोस्

*