मन दुख्छ
– राजुराम मुनंकर्मी
मन दुख्छ कता कता,अविस्वासै गरेपछि
सुख,चयन छैन अचेल,अन्तर्घात नै भएपछि
जसले जान्यो उसैले हान्यो,सत्यको जमाना रहेन
सड०लो पानी दुषित बन्छ,विषको छिटा परेपछि
मनको पीडा कसले देख्छ ? दुनियाँलाई चासो छैन
रुन थाल्छ आत्मा मेरो,घाउ फेरि बल्झेपछि
मनको दैलो उघारेथें,आत्मीयताको आश गर्दै
लगाई ढोका आसाको यो,आफन्तैले हरेपछि