नेपाली भाषामा बल्झाइएका समस्या र तिनको समाधान

— डा. खगेन्द्रप्रसाद लुइटेल

भाषा हरेक जाति र राष्ट्रको पहिचान हो । भाषाभित्र अनेक संस्कृति समेटिने हु“दा यसलाई महासंस्कृतिका रूपमा लिन सकिन्छ । यतिखेर नेपाली भाषाका बारेमा अनेक चर्चापरिचर्चा गर्ने क्रम बढ्दो छ । बेलाबखत कतिपय अभियान, आन्दोलन, गोष्ठी, प्रकाशन आदिका माध्यमबाट नेपाली भाषासम्बन्धी चर्चा अगि बढाइएको पनि पाइन्छ र तिनले नेपाली भाषाको विकास एवं मानकीकरणमा पर्याप्त सहयोग पु¥याएकै पनि देखिन्छ तर यतिखेरका चर्चापरिचर्चा यसको विकासभन्दा विनाशतर्पm उन्मुख भएजस्ता देखिन्छन् । भाषाले मानक रूप धारण गर्न लामो समय लाग्छ । निकै लामो इतिहास भएको नेपाली भाषाले अनेक आरोहावरोह पार गर्दै लगभग मानक रूप धारण गरिसकेको अवस्थामा यसमाथि आक्रमण सुरु गरिनु दुखद कुरा हो ।
नेपाली भाषा अहिले नेपालमा मात्र सीमित नभएर भारतीय विभिन्न भूभागका साथै संसारभर पैmलिइसकेको छ र यसले अन्तर्राष्ट्रिय स्वरूप प्राप्त गरिसकेको छ । भारतमा नेपाली भाषालाई संवैधानिक मान्यता प्रदान गर्न लामो समयसम्म सङ्घर्ष गरिएको सन्दर्भ पनि ज्ञातव्य नै छ । भारतका गुवाहाटी, बनारस, उत्तरबङ्ग, सिक्किमलगायतका विभिन्न विश्वविद्यालय र अनेक कलेजमा नेपाली भाषाको पठनपाठन हुन्छ । यसरी नेपाली भाषा अन्तर्राष्ट्रियकरण भइसकेको अवस्थामा यहा“ बसेर केही व्यक्तिले परिपत्र र विभिन्न नामधारी घोषणापत्र जारी गर्दैमा यसलाई सबैले मान्नैपर्ने बाध्यता हु“दैन । भाषा भनेको पठनपाठन हुने शैक्षिक संस्थास“ग मात्र सम्बद्ध नभएर आम जनसरोकारको विषय भए पनि यसलाई मानक स्वरूप प्रदान गर्न भने आधिकारिक निकायको नै आवश्यकता पर्छ । हामीकहा“ भाषाबारे निर्णय गर्ने आधिकारिक उच्चस्तरीय निकायको अभाव छ । विज्ञहरूको उच्चस्तरीय भाषा आयोग बनाएर यसमा उत्पन्न समस्याको समाधान गर्नुपर्ने हो तर यसैमा पनि राजनीति भागबन्डाको कुरा आउ“छ ।

प्रज्ञा प्रतिष्ठानको हालत पनि यस्तै छ । केही व्यक्तिको समूहले एउटा पाठ्यपुस्तक तयार पार्ने अनि केही निकायबाट मुलुकी ऐनका रूपमा लागू गर्नु भन्ने आदेश वा परिपत्र गरे–गराएका भरमा भाषा चल्दैन । यस खालका क्रियाकलापबाट विशेषतः शिक्षक–विद्यार्थीलाई अन्योलग्रस्त तुल्याएको छ । पठनपाठनमा भइरहेको एकरूपता पनि भङ्ग भएको छ । भाषा विस्तारको एउटा प्रमुख साधन छापा सञ्चारले पनि यसलाई ग्रहण गरेको छैन । नेपाल प्रज्ञा प्रतिष्ठानले केही समयअगि भाषा विषयक एउटा गोष्ठी गरे पनि त्यसबाट समेत ठोस निर्णय निस्कन सकेन । यसरी सबैले आआÇनै डम्फु बजाउ“दै जाने हो र नेपाली भाषाको विरोध नेपाली भाषामै गर्दै जाने हो भने भाषामा अराजकता पैदा हुन्छ र यसबाट भाषाको विकास नभई विनाश हुने पक्का छ । नेपाली भाषा नेपाली जातिको अस्तित्वस“ग गा“सिएको हु“दा व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर यसको विकासतर्पm अग्रसर हुनु आवश्यक छ ।
यसबेला भाषासम्बन्धी दुई खाले दृष्टिकोण बढी चर्चामा छन् । तिनमा एउटा पश्चगमनतर्पm उन्मुख छ भने अर्काे अग्रगमनका नाममा अराजकता निम्त्याउनेतर्पm उन्मुख छ । यी दुवै अतिवादी दृष्टिकोण भएकाले यिनले अन्ततः भाषालाई खति नै पु¥याउ“छन् । नेपाली भाषामा अहिले उठाइएको मुख्य समस्या वर्णविन्यासस“ग सम्बन्धित रहेको छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठीक रखाइ वा नियमबमोजिमको लेखन हो । यसलाई हिज्जे वा वर्तनी पनि भन्ने प्रचलन छ । ठीक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हु“दा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ ।

लेखनमा एकरूपता ल्याउन र भाषालाई व्यवस्थित गर्न वर्णविन्यासले महŒवपूर्ण भूमिका खेल्छ । वास्तवमा नेपाली भाषाको विशेषता नै यसको मौलिक स्वरूप र वर्णविन्यासमा केन्द्रित छ । उपयुक्त वर्णविन्यासबाटै भाषा शुद्ध र स्तरीय बन्छ । ह«स्व, दीर्घ, ब, व, श, ष, स, य, ए, इ, ई, यि, यी, रि, ऋ, क्ष, क्षे, छे, ज्ञ, ग्य“, ङ्, ञ्, ण्, न्, म्, चन्द्रबिन्दु, सिरबिन्दु आदिको विन्यासका साथै पदयोग, पदवियोग आदिलाई नेपाली वर्णविन्यासअन्तर्गत समेटिन्छ । वर्णविन्यास नेपाली भाषाको विशेषतै भए पनि यसमा कतिपय समस्यासमेत छन् । नेपाली वर्णविन्याससम्बन्धी विभिन्न नियमहरू प्रचलित छन् प्रयोगबाटै यी नियमहरू स्थापित भएका हुन् र धेरजसोले मानक रूप धारण गरिसकेको स्थिति छ भने कतिपय नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन वा थपघटसमेत गर्न सकिन्छ र बेलाबखत भइरहेका पनि छन् ।

यति हु“दाहु“दै पनि नेपाली भाषाका ज्ञाताहरूकै बीचमा समेत लेखनमा एकरूपता नपाइएको स्थिति टड्कारै छ भने अरूको त के कुरा गर्नु ? भाषा परिवर्तनशील भएकाले यससम्बन्धी नियम पनि समय, परिस्थिति, प्रयोग र आवश्यकताअनुरूप बेलाबेला परिवर्तन भइरहन्छन् । यो भाषाको नैसर्गिक गुण हो तर परिवर्तनका नाममा स्थापित मूल्यमान्यतालाई पूरै भत्काउने काम उपयुक्त हु“दैन । यतिखेर कतिपय गतिविधि त्यस्तै देखिन थालेका छन् । यस्ता क्रियाकलाप भाषाको विकासका लागि शुभ सङ्केत होइनन् ।
अहिले वर्णविन्याससम्बन्धी समस्यामा पनि ह्रस्व–दीर्घ र पदयोग–पदवियोग बढी चर्चामा छन् । कतिपयले ह्रस्व वा दीर्घ लेख्नेबारेको स्थापित मान्यतालाई पुरानैतर्पm ढल्काउने प्रयत्न गर्दै छन् भने कतिपयले प्रचलित ह्रस्व वा दीर्घलाई ठीक विपरीत बनाएर उल्टाउने कसरत गर्दैछन् । ह्रस्व वा दीर्घ लेख्दा अर्थ भेदक नहुने सङ्ख्याबोधक तीन, बीस, तीस जस्ता केही शब्दका सुरुको इकार तथा तेईस, बत्तीस, छयालीस जस्ता शब्दका बीचको इकार अनि खसी, जोगी, सम्धी, स्वामी, सोल्टी, हात्तीजस्ता पुलिङ्गी नामबोधक शब्दका अन्त्यको इकार दीर्घ हुन्छ भन्ने प्रचलित परम्परालाई भत्काएर ह्रस्व गर्दैमा भाषाको विकास भइहाल्दैन । यस्ता शब्दलाई ह्रस्व गर्नु नै पर्ने भए पनि हस्तक्षेपी पाराले परिपत्र वा घोषणापत्र जारी गरेर नभई आपसी सहमतिका आधारमा गर्नुपर्छ । कतिपय अर्थभेदक शब्दलाई चाहि“ जबर्जस्ती ह्रस्वीकरण गर्नु उपयुक्त हुन्न, जस्तै—
‘फुल, पूmल’, ‘दिन, दीन’ जस्ता विशिष्ट अर्थ धारण गरिसकेका शब्दलाई अपवाद न्यूनीकरणका नाममा चलाउन मिल्दैन । कतिपय अपवाद पनि भाषिक विशिष्टता हुने गर्छन् र यिनलाई पनि भाषिक विशिष्टताकै रूपमा लिनुपर्छ । ‘मलाई पूmल मन पर्छ’ र ‘मलाई फुल मन पर्छ’ भन्ने वाक्यमा अर्थगत भिन्नता रहेको स्पष्ट हु“दाहु“दै यस्ता कुरा सन्दर्भबाट बुझिन्छ भन्नु निरर्थक हो । ‘हरू, अरू’ जस्ता शब्दलाई ह्रस्व गर्दा फरक नपर्नेतिर बेवास्ता गर्नु अनि प्रचलनमा पूरै बानी परिसकेका ‘ठीक, बीच, ठूलो’ जस्ता शब्दलाई ह्रस्व गर्दा कसलाई के फाइदा हुन्छ ?
‘श, ष, स’ मा पनि केही समस्या देखिएका छन् । उच्चारणका आधारमा ‘स’ को निर्धारण गरिनुपर्छ भन्ने कुरा पनि उपयुक्त देखिन्न । ‘शाह र साह’ का अर्थ नै भिन्न भएकाले यसलाई कायमै राख्नु पर्छ तर ‘शेर्पा र शेरचन’ ले अर्थमा भिन्नता नल्याउने हु“दा तिनलाई ‘सेर्पा र सेरचन’ गर्न वा समझदारीमा उही रूपमा छोड्न सकिन्छ । ‘शहीद’ लाई ‘सहिद’ लेख्दा सहिदप्रति अपमान गरिएको ठानिनु उपयुक्त होइन । शब्दमा प्रयुक्त वर्णबाट मानअपमान भन्ने कुरै आउ“दैन । ‘क, ट, ठ, ड, ढ, ण, प’ वर्णका अगि ‘ष’ लेखिन्छ भन्दैमा ‘कष्ट’ का सादृश्यमा ‘कम्युनिष्ट’ लेख्नु उपयुक्त हुन्न, ‘कम्युनिस्ट’ लेख्नुपर्छ । यस्ता सामान्य कुरामा समेत विवाद गरेर भाषाको विकास हुन्न ।
‘ह्र, र’ मा पनि केही समस्या देखिएका छन् । सोर र अठारजस्तै ‘बाह्र, तेह्र’ लाई सरलीकरण गरी ‘बार, तेर’ लेख्नुपर्छ ।
वैकल्पिक प्रयोगका नाममा ‘ङ्, ञ्, ण्, न्, म्’ का सट्टा सबैतिर शिरबिन्दु वा चन्द्रबिन्दु लगाउनु पर्छ भन्ने तर्क पटक्कै उपयुक्त छैन, यसमा प्रयोगगत सन्दर्भ केलाउनु पर्छ ।
नेपालीमा अजन्त–हलन्तको प्रयोगसम्बन्धी अहिलेसम्म खासै समस्या देखिएको छैन । कुनै दिन कसैलाई सनक चढेमा यसैमा पनि समस्या सिर्जना हुन नसक्ने अवस्था पनि देखिन्न ।
माथि उल्लेख गरिएका ह्रस्व दीर्घलगायतका कतिपय समस्या समझदारीमा सजिलै समाधान गर्न सकिने खालका भएकाले यसमा त्यति धेरै जटिलता देखिन्न । यसैमा पनि परिपत्र वा घोषणापत्र जारी गर्नतिर लागेमा समस्या समाधानको सट्टा झन् बल्झिन्छ ।
नेपालीमा पछिल्लो समयमा पदीय दुरुपयोगसमेत गरी बल्झाइएको जटिल समस्याका रूपमा पदयोग र पदवियोग रहेको छ । शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग र छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । पदयोग एक पद÷शब्दमा अर्को पद÷शब्द जोडिने प्रव्रिmया हो भने पदवियोग एक पदमा अर्काे पद नजोडिने प्रव्रिmया हो । पदयोग गरी जोडिएका पदलाई एउटै डिकोमा लेखिन्छ भने पदवियोग गरिएका पदलाई बेग्लाबेग्लै डिकामा लेखिन्छ । यो नेपाली भाषाको महŒवपूर्ण विशेषता हो । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी खासखास नियमहरू प्रचलित छन् र ती त्यति धेरै अस्पष्ट पनि छैनन् । नेपालीमा नाम र विभक्ति, उपसर्ग, प्रत्यय, समस्त शब्द, द्वित्व शब्द, अनुकरणात्मक शब्द, अकरण बुझाउने शब्दको ‘न’, सामान्य वर्तमान, भूत र भविष्यत् तथा अज्ञात र अभ्यस्त भूत बुझाउने व्रिmया, संयुक्त व्रिmया, व्यक्तिनामका बीचको शब्द, नाम र नामयोगी, नामस“ग जोडिने नामयोगीको पछि आउने विभक्ति आदि जोडेर लेखिन्छ ।

यस्तैगरी वाक्यमा आउने सबै शब्द, संयोजक, व्रिmयायोगी, विभक्तिभन्दा पछि आउने विभक्ति वा नामयोगी, निपात,  वर्तमान, भूत र भविष्यत् तीनै कालका अपूर्ण र पूर्ण पक्ष जनाउने व्रिmया आदि छुट्ट्याएर लेखिन्छ भन्ने स्पष्ट नियम र प्रचलन हु“दाहु“दै सबैजसो छुट्ट्याउनु पर्छ भन्ने वियोगवादी दृष्टिकोण उपयुक्त देखिन्न । प्रयोगबाटै यी नियमहरू स्थापित भएका हुन् र कतिपय नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन वा थपघटसमेत गर्न सकिन्छ ।
‘लेखनमा सरलीकरण गर्न, लेखनमा पाइने भद्दापन कम गर्न, लेखनमा हुने अपवादहरू कम गर्न तथा शब्दहरूको वर्णविन्यासमा अनुमेयता बढाउन नेपाली वर्णविन्यासको मानकीकरणको आवश्यकता रहेको’ भन्ने सैद्धान्तिक भनाइप्रति सहमति जनाउन सकिए पनि त्यसका व्यावहारिक पक्ष पनि उत्तिकै विचारणीय छन् । यसैमा पनि सरलीकरणकै पनि सीमा निर्धारण गर्न कठिन छ । यो विभिन्न तह र स्तरअनुरूप हुने गर्छ । कतिसम्म जोड्दा भद्दापन हुने र कतिसम्म जोड्दा नहुने भन्ने कुरा पनि आ“खैपिच्छे फरक हुन सक्छन् । अपवाद कम गर्ने नाममा भाषाको मौलिक स्वरूप नै नष्ट गर्ने भन्ने कुरा पनि आउ“दैन । कतिपय अपवाद नै त्यस भाषाका विशेषता हुन्छन् । लेखनमा पूरै बानी परिसकेका वर्णविन्यासलाई अनुमेय बनाउनु आवश्यक पर्दैन ।
नामयोगी र समस्त शब्दको पदयोग गर्ने भन्ने स्पष्ट प्रचलन र नियम हु“दाहु“दै ‘दुईदुई लिपिमा लेखिने दुईटा शब्दले बनेका शब्द जोडेर लेख्ने’, ‘दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्तिजस्तै शीर्षशब्दस“ग जोडेर लेख्ने’ ‘व्यञ्जनान्त दुई अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेख्ने’ तथा ‘दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुईटा शब्दको समासबाट बनेको शब्द अलग डिकोमा लेख्ने’ भन्नु औचित्यहीन कुरा हो । पहिले नामयोगी र समस्त शब्द मात्र जान्दा पुग्नेमा अब लिपिसमेत गन्नुपर्ने अनि नामयोगी मात्र जानेर नभई दुई अक्षरको त्यसमा पनि स्वरान्त–व्यञ्जनान्तसमेत बुझ्नुपर्दा त्यसले सरलीकरण नभई झन् बढी जटिलता र गन्जागोलको स्थिति पैदा गर्छ । दुई स्वरान्त अक्षरसम्मका नामयोगी जोड्ने र त्यसभन्दा बढीका नामयोगीलाई छुट्ट्याउने भन्ने कुरा औचित्यहीन, निरर्थक, तर्कहीन र अवैज्ञानिक छ ।

द्वित्व शब्दलाई सार्थक र निरर्थक भनी छुट्ट्याएर योग र वियोगको झमेलामा नफसाई प्रचलनलाई स्वीकार गर्दा कुनै हानि देखि“दैन । नियम बढाउनेभन्दा घटाएर भाषालाई सरलीकरण गर्नुपर्छ । योजक चि≈न प्रयोगलाई न्यून गर्न सकिन्छ तर निमिट्यान्न पार्न सकिन्न । भाषाका नियम पनि वस्तुगत र वैज्ञानिक हुनु आवश्यक भएकाले पदयोग र पदवियोगमा अक्षर सङ्ख्या तथा स्वरान्त र व्यञ्जनान्तजस्ता अवैज्ञानिक प्रसङ्ग भिœयाएर भाषालाई झन् जटिलतातर्पm अग्रसर गराई नेपाली भाषाप्रति वितृष्णा पैmलाउने काम गर्नु हुन्न । नेपाली भाषा पढ्ने–पढाउनेले मात्र नभई अन्य विषयका साथै सरकारी कामकाजलगायत सर्वत्र प्रयोग गरिने साझा भाषा भएकाले अनावश्यक बखेडा झिकेर नेपाली भाषाप्रति वितृष्णा पैmलाउने प्रयत्न नगरौ“ ।
‘नाम, थरका बीचमा आउने मध्यवर्ती नामलाई अलग डिकोमा लेख्न सकिने’ भन्ने कुरालाई पश्चगमनकै रूपमा लिनुपर्छ । यस्ता शब्द पहिले छुट्टै लेखिन्थ्यो, बीचमा जोड्न लगाइयो अनि अहिले जोडेर लेख्ने बानी परिसकेपछि पुनः छुट्ट्याउन लगाइ“दैछ । भाषा भन्ने कुरा जीवनभर सिकिरहने होइन र कतैबाट निर्देशन गरिएका आधारमा चल्ने वस्तु पनि होइन । यो एकपटक सिकिन्छ र त्यसैअनुरूप प्रयोग गरिन्छ । यसर्थ भाषामा प्रयोक्ताको भूमिका महŒवपूर्ण हुन्छ । यतिखेर अक्षर गनेर योग वा वियोग गर्ने नाममा ‘दिदीभाइ’ र ‘रामराज’ जोड्ने अनि ‘दिदी बहिनी’ र ‘भरत राज’ छुट्ट्याउने, ‘जयदेव, महादेव’ जोड्ने अनि ‘जीवेन्द्र देव र हरेन्द्र देव’ चाहि“ छुट्ट्याउने, ‘रामपुर’ र ‘कीर्तिपुर’ जोड्ने अनि ‘भरत पुर’ र ‘ललित पुर’ छुट्ट्याउने भन्ने कुरा कति हास्यास्पद छ ।

यस्तो अव्यावहारिक र अवैज्ञानिक तर्क गरेर भाषामा झमेला सिर्जना गरिनु हुन्न । यस्तै ‘गरि रहन्छ’ जस्ता शब्द छुट्ट्याउनाको अभिप्राय के ? छुट्ट्याएर लेख्नुपर्छ भन्नेले नै एकै पृष्ठमा भएको आÇनो नाम पनि एक ठाउ“मा छुट्ट्याउने र अर्काे ठाउ“मा जोड्ने गरेको तथा ‘बद्री विशाल’ छुट्ट्याएको, ‘रमेशकुमार’ जोडेको अनि ‘पदवियोग’ र ‘वर्णविन्यास’ शब्दसमेत छुट्ट्याउने र जोड्ने दुवै गरिएको पाइन्छ । यसरी नियम बताइएको लेखनमा समेत यस्तो भद्रगोलको स्थिति देखिन्छ भने यो सबै जानेर नभई अन्य कुनै ढङ्गबाट सञ्चालित भएर गरिएको काम हो भन्ने सजिलै बुझिन्न र ?
‘पदयोग र पदवियोगले अर्थबोधमा समस्या पर्दैन, शब्द वा वाक्यको स्तरको अर्थमा कतैकतै अस्पष्टता हुने ठानेर कल्पित धारणाका आधारमा तर्क दिन खोजिए पनि सङ्कथनको तहमा सन्दर्भ प्रभावशाली हु“दा यसको अर्थ खोज्न कुनै समस्या पर्दैन’ भन्ने भनाइ पनि तर्कपूर्ण छैन । यसरी छुट्ट्याउ“दा ‘अमृतराज भण्डारी’ र ‘अमृत राजभण्डारी’, ‘प्रकाशसिंह’ र ‘प्रकाश सिंह’ जस्ता शब्दमा तथा ‘रामप्रसाद खान्छ’ र ‘राम प्रसाद खान्छ’ भन्नेजस्ता वाक्यमा पूरै अर्थगत भिन्नता रहेको कुरा सारै स्पष्ट छैन र ? यसलाई सङ्कथनका तहबाट कसरी अथ्र्याउन सकिन्छ ? सबैतिर पूर्वापर सम्बन्ध र सङ्कथनका आधारमा मात्र अर्थ खोज्ने काम ह“ुदैन, शब्द–वाक्य हु“दै सङ्कथनमा पुगिने हु“दा सङ्कथनभन्दा तल्ला एकाइ पनि अर्थपूर्ण हुन्छन् भन्ने कुरा बताउनु नपर्ला । यसको तात्पर्य पदवियोग गर्नै हुन्न सबै पदयोग गरेरै लेख्नुपर्छ भन्ने होइन । त्यसका पनि प्रचलन, परम्परा र नियम छन् ।

समयको आवश्यताअनुसार कतिपय नियम संशोधन र परिमार्जन पनि गर्न सकिन्छ तर पदवियोगका नाममा ‘विश्वविद्यालय, न्यायपालिका, कार्यपालिका, नगरपालिका’ जस्ता शब्दलाई समेत छुट्ट्याउने कुरा कदापि स्वीकार्य हुन्न । यी अङ्गे्रजीबाट नेपालीमा रूपान्तरण गरिएका नभई सिङ्गा तत्सम शब्द हुन् । अगाडिका जति सबै परिवर्तन गर्नुमै महान् ठान्ने भए बेग्लै कुरा हो, त्यस्तो परिस्थिति भोलि पनि आउन सक्छ, नत्रभने परिवर्तनका नाममा भा“डभैलो मच्चाउने प्रयास गर्नुहुन्न । भाषाको आधुनिकीकरण र मानकीकरणका नाममा प्रयोक्तालाई पूरै बेवास्ता गरी जबर्जस्ती रूपमा जे पायो त्यही नियम लादिएमा त्यो निरर्थक हुन्छ र अन्ततः लेखनमा अराजकता आउ“छ । यस्तो लक्षण देखापर्न थालिसकेकाले भाषाको माया गर्नेहरूले यसतर्पm सोच्नु जरुरी छ ।
संसारका हरेक भाषाको एउटा मानक रूप हुन्छ र त्यस मानक रूपको निर्माण एक्कासि नभएर त्यसको लामो परम्परा रहेको हुन्छ । समय, प्रयोगविस्तार र युगको मागअनुरूप भाषाको मानक स्वरूपमा पनि बेलाबखत परिवर्तन भइरहन्छ । भाषाको मानक स्वरूप निर्माणका लागि सम्बद्ध राष्ट्रका शैक्षिक–प्राज्ञिक उच्च निकायको भूमिका महŒवपूर्ण रहन्छ तर संस्थागत पदीय अधिकारको दुरुपयोग गरी वैयक्तिक दृष्टिकोणलाई जबर्जस्ती मानक भनाउनेतर्पm लाग्नु उपयुक्त हु“दैन र त्यो स्वीकार्य पनि हु“दैन । अहिले नेपाली भाषामा देखापरेका कतिपय समस्याहरूमा यसप्रकारको छनक देखिन्छ । भाषाको ज्ञानै नभएका पदासीन व्यक्तिले सञ्चार माध्यममार्पmत सूचना प्रवाह गर्दैमा त्यसलाई मानक भनिहाल्न सकिन्न । पाठ्यसामग्री जबर्जस्ती लाद्ने कुरा होइन यसर्थ नेपाली भाषालाई ‘कसैको’ नबनाई नामबाट मात्र होइन कामबाटै ‘सबैको’ बनाउनु पर्छ । शब्दकोश, व्याकरण र प्रयोगलाई स“गस“गै हि“डाउनु पर्छ नत्र भाषामा भद्रगोलको स्थिति आउ“छ । भाषा संवेदनशील विषय भएकाले यसमा कसैले पनि मेरो भनाइ लागू भएन भनी त्यसलाई प्रतिष्ठा सङ्घर्षको विषय बनाउनु हुन्न अनि पदको दुरुपयोग पनि गर्नु हुन्न ।
नेपाली भाषालाई चौतर्फी आक्रमण गरी थिल्थिल्याएर कमजोर तुल्याउने प्रयत्न भइरहेका बेला नेपाली भाषाकै विद्वान् भन्न–भनाउन रुचाउने र नेपाली भाषाकै खेतीबाट गुजारा चलाइरहेकाहरूले समेत नेपाली भाषालाई कमजोर तुल्याउने वृत्तिलाई नै मलजल गर्ने प्रयत्न गर्नुलाई निसन्देह गतिलो काम मान्न सकिन्न । भाषा भनेको संस्कृतिको सबैभन्दा महŒवपूर्ण र अभिन्न अङ्ग भएकाले भाषामाथिको आक्रमण भनेको सोभैm संस्कृतिमाथिको आक्रमण हो । नेपाली भाषा नेपाल राष्ट्रको मात्र नभएर विश्वभर छरिएर रहेका सिङ्गो नेपाली जातिको सांस्कृतिक पहिचान बनिसकेको तथ्यबाट हामी कोही पनि अपरिचित छैनौं । राष्ट्रिय राजनीति अन्योलग्रस्त बन्दै गएको मौका छोपी त्यसैमा भाषालाई समेत मुछेर भा“चकु“च र तोडमोड गर्ने प्रयत्न गर्नु उपयुक्त कार्य होइन ।
यति हु“दाहु“दै पनि व्यक्तिगत रूपमा कसैलाई आÇना दृष्टिकोण वा विचार प्रस्तुत गर्ने स्वतन्त्रता छ“दैछ । बेलाबखत कतिपयले भाषासम्बन्धी आआÇना दृष्टिकोण प्रस्तुत गरिरहेकै पनि छन् । तिनीहरूका वैयक्तिक दृष्टिकोणलाई नमान्न वा मान्न सबै स्वतन्त्र नै छन् । कसैले यस्तो ‘लेख्नसकिने’ भन्ने प्रस्ताव राख्नसक्छ । प्रस्ताव जोसुकैले जहा“सुकै र जहिले पनि गर्न सक्छ तर प्रस्तावका निहु“मा ‘यस्तै लेख्नुपर्छ’ भनी परिपत्र गर्नु उपयुक्त हु“दैन । आÇनै भनाइलाई पनि एउटा सामान्य लेखमा समेत एकरूपता कायम गर्न नसक्नेले प्रस्ताव राख्नुको पनि खासै अर्थ रहन्न । कोश, व्याकरण र प्रयोग पूरै बेग्लाबेग्लै बाटो हि“ड्दैनन् । यसैले कोशमा एउटा प्रविष्टि दिएर व्याकरणमा अर्कै थोक हुन्छ भन्नु र त्यसभन्दा भिन्न ढङ्गले प्रयोग गर्नु झनै निरर्थक हुन्छ ।
नेपाली भाषाका क्षेत्रमा उठाइएका समस्यामध्ये ‘श, ष, स’ तथा ह्रस्व–दीर्घमा कतिपय अर्थभेदक शब्दबाहेक अन्यमा खासै समस्या छैन । अर्थभेदक नहुने शब्दमा मैले भनेअनुसार नै हुनुपर्छ नभनी संयम र समझदारीपूर्वक अगि बढेमा यसको समाधान निकै सहज छ । संस्कृतजस्तो अति कठोर नियमवादी भाषामा अनि अङ्ग्रेजीमा समेत वैकल्पिक प्रयोग र अपवाद पाइने हु“दा नेपालीमा पनि कतिपय वैकल्पिक प्रयोग र अपवाद हुनु असामान्य होइन । त्यसलाई क्रमशः न्यूनीकरण गर्न सकिन्छ । नेपाली भाषाको पदयोग र पदवियोगमा धेरैजसो बानी परिसकेको अवस्था छ । बानी परिसकेको र त्यसले खासै असर पनि नगर्ने अवस्थामा जबर्जस्ती उल्टाउने प्रयास गर्नु राम्रो होइन । यसमा कम्प्युटर प्रयोजनका नाममा जथाभावी गरी अनावश्यक झमेला सिर्जना गर्न खोजिएको छ । कम्प्युटरअनुसार भाषा नभई भाषाअनुसार कम्प्युटर सञ्चालन गर्ने परिपाटी बसाउनु पर्छ । यसो गरेमा यस्ता समस्याको समाधान सहजै गर्न सकिन्छ ।
नेपाली भाषा राम्ररी नजान्नेले त्रुटि गर्नु सामान्य कुरा हो तर जान्नेले बुझपचाउनु वा मिचाइ“ गर्नु उपयुक्त होइन । पूरै प्रचलनमा आइसकेको वर्णविन्यासलाई वैयक्तिक आग्रहका आधारमा त्यसको ठीक विपरीत गरेर परिवर्तन गर्नु औचित्यपूर्ण देखिन्न । नेपाली भाषामा देखिएका विविध समस्याहरूलाई पदीय दुरुपयोग गरेर वा कोठामा बसी कल्पना गरेर होइन यसका लागि विनाभेदभाव सक्कली भाषाविद्हरूको उच्चस्तरीय संयन्त्र बनाएर सम्बद्ध संस्थाहरूको समेत सहभागितामा साझा सहमति कायम गरी न्यूनतम विवाद र अपवाद आउने ढङ्गबाट स्पष्ट नीतिनियम बनाई त्यसैअनुरूप भाषाको प्रयोग गर्नु र सबै मिलेर भाषालाई जोगाउनु अपरिहार्य छ । नेपाली भाषाको विकास गर्नु भनेको अरू भाषाका विकासको बाटो रोक्नु होइन । सबै भाषाको विकास गर्दै जानु पर्छ ।
भाषासम्बन्धी पीडा नेपालभित्रभन्दा नेपालबाहिर बढी छ र तिनीहरू भाषाको मानकीकरण यतातिर फर्केर हेर्छन् तर हामी आपूmमै लड्न व्यस्त छौ“ । नेपाली भाषा अन्तर्राष्ट्रियकरण भइसकेको अवस्थामा आÇनै घरबाट आगो लगाउन सुरु गर्नु पटक्कै ठीक होइन । फुटेर होइन जुटेर अनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली भाषाको रक्षा गरौ“ । मान्य ढङ्गबाट क्रमशः सरलीकरण गर्दै जाऔ“ । भाषामा राजनीति नगरौ“, यसलाई प्रतिष्ठाको विषय पनि नबनाऔ“ ।

कतैबाट सञ्चालित भएर विरोधभासपूर्ण काम नगरौ“ । सके भाषाको सेवा गरौ“ नसके चुप लागेर बसौ“ । भाषा रहे मात्र हाम्रो अस्तित्व रहन्छ भन्नेतर्पm सम्बद्ध सबै सचेत होऔ“, चरम पश्चगामी वा अग्रगामीका नाममा अराजक पनि नहोऔ“ । आपसमा छलफल गरी समझदारीपूर्वक अगि बढौ“ । भाषाको माया गरौ“ र भाषालाई बचाऔ“ । यसैमा हामी सबैको कल्याण छ ।

कीर्तिपुर, काठमाडौं

प्रतिक्रिया दिनुहोस्

*