आबु पर्वतको छेउछाउ

– रामप्रसाद पन्त

आबु पर्वतमा जम्मा भएको थियो २०१ जनाको नेपाली डप्फा । ६०१ को डप्फा त्यहाँ थिएन तर त्यसै मध्येका ३ जनाको सङ्ख्या समावेश भएको थियो २०१ मा । धार्मिक एवम् पर्यटकीय टोलीमा थियौँ हामी २०१ जना । तर बेला बखत प्रभाव पाथ्र्यो ६०१ बाट छुट्टिएर केही दिनको लागि २०१ मा पसेको तीन जनाको समूहले । प्रस्थान विन्दु बालाजुमा पा¥यो अलिअलि, वीरगञ्जको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा पा¥यो अलिअलि र आबु पर्वतको राजऋषि हलमा पा¥यो अलि बढी ।

 परिवार, व्यापार व्यवसाय, पठनपाठन, राजनीति, जागिर, मजदुरी र कृषि कर्मदेखि केही दिनका लागि मुक्त भएर ध्यान र सत्सङ्गमा एकान्त जीवन बिताउने उद्देश्य राखेर आबु पर्वत पुगेका हामीहरुलाई परिचय कार्यक्रमको नाममा राजऋषि हलमा रमरम धर्म÷दर्शन मिश्रित राजनीतिक भाषण गरेर असफल राजनीतिको झलक दिए ६०१ मध्येका तीन जनाले । केही समय प्रभाव पारे पनि अधिक समय प्रभावित हुन सकेन हाम्रो ध्यान । हामी सात्विक भोजन गरेर सात्विक आचरणमा रहेर बिहानै ब्रह्ममुहूर्त (ओम शान्तिको भाषामा अमृत बेला) मा चारै बजेदेखि राती आठबजेसम्म ज्ञानसरोवर अर्थात् प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको नियमभित्र बाँधिएका हुन्थ्यौँ र तदनन्तर रात्री विश्राम गथ्र्याैँ ।

यसरी ज्ञानसरोवर बस्ने क्रममा हामीले त्यसभित्र र सेरोफेरोको सालगाउँलाई पनि अवलोकन गरेका थियौँ । आश्रम भित्रको वस्तुस्थिति बुझ्नका लागि चितवन जन्मस्थान भई ज्ञानसरोवरमै बस्दै आएका भाइ शिव कार्की, सिराहा जन्मस्थान भएका रञ्जित शाह र हाम्रा गाइड रामनाथ भाइले विशेष सहयोग गरेका थिए । विश्वका १३७ देशमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका ८५०० संस्था रहेछन् र संस्थासँग सम्बद्ध ९ लाख भन्दा बढी भाइ बहिनी रहेछन् । खासगरी उनीहरुकै सहयोगबाट संस्था चल्दो रहेछ । तर कसले कति सहयोग ग¥यो वा अनुदान दियो भन्ने उल्लेख गरिँदो रहेनछ । ‘एक हातले दिएको दान अर्काे हातले थाहा पाउनुहुन्न’ भन्ने नीति राम्रो लाग्यो संस्थाको । त्यस्तो सहयोग आर्थिकमात्र नभएर प्राविधिक पनि हुँदो रहेछ । यस प्रकारका सेवालाई १८ विभागमा विभाजन गरिएको रहेछ — शैक्षिक, वैज्ञानिक, इन्जिनियरिङ्ग, कानूनी, डाक्टरीदेखि लिएर चामल केलाउने र सरसफाइ गर्नेसम्मका सेवाहरु । त्यस्ता सेवाहरु सेवकले इमानदारी पूर्वक यथासमयमै सम्पन्न गर्ने भएकाले सेवामा कतै पनि त्रुटि वा कमजोरी हुन नपाउँदो रहेछ ।

दैनिक आवश्यकताका कुराहरु पूरा गरेवापत प्राप्त गर्ने सुविधा बाहेक थप आर्थिक सहयोग नलिईकन समर्पित भावले गरिएको त्यस्तो सेवा साँच्चै नै प्रशसनीय लाग्दै थियो मलाई । ‘गुप्त दान, तुरुन्त दान नै महादान हो’ ‘कम बोल, बिस्तारै बोल, मीठो बोल’ ‘खुद को जानोगे तो खुदा को जानोगे’ ‘साइन्सको शक्तिभन्दा साइलेन्सको शक्ति धेरै गुना बढी हुन्छ’ ‘रिगार्ड देऊ र रिगार्ड लेऊ’ ‘मुखबाट पत्थर होइन रत्न निकाल’ अर्कोलाई बदल्नुभन्दा पहिले आफैँलाई बदल’ ‘आफू सम्मान चाहन्छौ भने अर्कालाई सम्मान गर्न सिक’ ‘धेरै जनाको असल विचारले एक जनाको खराब संस्कारलाई सजिलै बदल्न सक्छ’ ‘सहनशीलता कमजोरी होइन, वीरता हो’ ‘रोते हुएको हँसने सिखाना, गिरे छुएको उठाना’ ‘कुनै पनि जाति, वर्ण, धर्म र सम्प्रदायलाई घृणा नगर’ ‘अध्यात्म र भौतिकता एक अर्काका पूरक हुन्’ जस्ता महावाक्यहरुले मलाई अत्यन्त प्रभाव पार्दै थिए ।

सौर्यशक्तिद्वारा हजारौँ व्यक्तिका लागि खाना बनाउने र पानी तताउनेदेखि लिएर आश्रमको पूरै परिसर झिलिमिलि बनाउने तरिका मलाई बडो रमाइलो लाग्दै थियो । घाम नलागेको बेला बिजुली र बिजुली पनि नभएको बेलामा जेनेरेटर (डिजेल बिजुली) को व्यवस्थालाई दूरदर्शीताको अनुपम नमुनाको रुपमा लिँदै थिएँ । भूसतहबाट पानी निकालेर प्रयोग गरी फोहोर भएको पानीलाई जम्मा गरेर शुद्धीकरण गर्ने र मलजलको रुपमा परिणत गर्ने प्रविधि पनि रोचक लाग्दै थियो । २८ एकड बन्जर भूमिलाई ज्ञानसरोवरको रुपमा परिणत गर्ने डिजनाइनर तथा १८ महिनाभित्रै पूरै निर्माण गरेर देखाइदिने हिमांशु ठक्कर (अहमदाबाद) र उत्तम जैन (मुम्बई) प्रशंसाका पात्र लाग्दै थिए । कुनै पनि रुख बिरुवाहरुलाई नमासेर बनाइएका घर, बाटिका र बाटोहरु झनै अनुपम लाग्दै थिए ।

समग्र रुपमा भन्दा ज्ञानसरोवर भित्रका युनिभर्सल हारमोनी हल, राजयोग सभागृह, प्रसाशनिक कार्यालय, राजऋषि भवन, शान्तिकुञ्ज, विष्णुपुरी, शिव भोलेबाबाका भण्डारा, मेडिटेशन हल, बाबाजीका कमरा, योगतपस्या भट्टी, हारमोनी हाउस, इन्टरनेशनल सेन्टर फर हाइएर लर्निङ, आर्ट ग्यालेरी, साहित्य विभाग, पुस्तकालय, चिकित्सालय, आर्ट डिपार्टमेन्टल, जनरल सप, दादी कटेज, आध्यात्मिक आर्ट ग्यालेरी, पिस कटेज, फोहराले सुशोभित सरोवर, पानी सङ्कलन गर्न बनाइएको पोखरी र बाटोको छेउछाउमा सजाएर राखिएका पुष्पलतिका तथा पार्कहरुमा पल्लवित पुष्पपरागहरुले मेरो मनलाई पगाल्दै थिए ।

यस बाहेक मेरो नेतृत्वमा जगत पुडासैनी, प्रकाश पुडासैनी र अनिल बुढाथोकी समेतको टोलीले ज्ञानसरोवर परिधिमा बसेको सालगाउँको विहङ्गम अवलोकन गरेको थियो । हामी दुई घण्टाको खाली समय सदुपयोग गर्न निस्केका थियौँ तर ‘गाउँभन्दा माथि जङ्गली क्षेत्रमा हिंस्रक जनावरहरु छन् नजानू’ भन्ने आश्रम प्रशासनको निर्देशन भएकोले गाउँ छाडेर अन्त जाने दुस्साहस चाहिँ गरेका थिएनौँ । बस्ती छिटफुट थियो, चौहान भन्थे उनीहरु आफूलाई । तर ती गरिब समुदायका लाग्थे । माटो अनुर्वर थियो, तथापि बारीमा केही अनाज लगाइएको थियो । घरहरु खरले छाएका झुप्रामात्र थिए । मानिसहरु अशिक्षित, अपठित र कुपोषित लाग्थे । केटाकेटीहरु हामीलाई बाटोमा हिँडेको देखेर झुम्मिन आउँथे, पैसा माग्थे ।

 एक÷दुई ठाउँमा गोराहरु बसेका सुन्दर कटेजहरु पनि देखिएका थिए । त्यस्तो पवित्र एवम् पर्यटकीय भूमिका निमुखा जनतालाई देखेर म विस्मयपूर्ण दृष्टि लगाउँदै थिएँ । तर घर, पाठशालाका भित्ता र पर्खालहरुमा लेखिएका शैक्षिक एवम् चेतनामूलक सन्देशहरु बडो प्रभावकारी लाग्दै थिए— ‘प्लाष्टिकको धरतीसे मिटाना है, चप्पे चप्पे पर वृक्ष लगाना है ’ जहाँ कहीं भी लोकतन्त्र है, शिक्षा उसका मूल मन्त्र है’ ‘पानी बचाओ, बिजुली बचाओ, सबको पढाओ’ ‘पेड पौधे पृथ्वी के आभूषण, करते दूर सदा प्रदूषण’ ‘पढेंगे बच्चे अपने, पूरे होंगे सपने’ ‘एक से दो, दो से चार, शिक्षा फैले द्वार द्वार ।’ ………. यी सबै हेरे र हामी फर्केका थियौँ ज्ञानसरोवर । तर यति हेरेरमात्र हामीलाई आबु पर्वत हेर्ने प्यास मेटिएको थिएन । हामीले त त्यो पर्वतको पूरै परिक्रमा लगाउनु पर्दथ्यो । त्यसैले ‘आबु दर्शन’ कार्यक्रम राखिएको दिनको प्रतीक्षामा थियौँ हामी । ओम शान्तिमा आबद्ध भएर आबु पर्वत जानेका लागि एक दिन पर्वतीय भ्रमण गराइँदोरहेछ ।

 हो, त्यो दिन हाम्रा लागि २०६८ सालको मंसिर २८ गते जुरेको थियो । बिहान आठैबजे भोजन गरेर नौ बजे प्रस्थान गर्ने कार्यक्रम रहेकोमा जम्मा हुँदाहुँदै दश बज्यो । राजस्थानको आबु पर्वतस्थित ज्ञानसरोवरबाट त्यस क्षेत्रका ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका वस्तुहरुको दृश्यावलोकन गर्न प्रस्थान गर्दै थियौँ हामी बसबाट । बढी धार्मिक भावना भएका वा खोज अन्वेषणमा अभिरुचि राख्ने वा दृश्यावलोकनमा रमाउने सबैका लागि महत्वपूर्ण थियो आबु पर्वतको यात्रा । तीनतिरबाट ससाना थुम्काहरुले घेरिएको ज्ञानसरोवर साँच्चै नै सरोवर भन्न सुहाउने खालको थियो र त्यहाँबाट निस्केर खुल्ला ठाउँमा पुग्दा चौतर्फी दृश्य अझ राम्रो देखिँदै थियो । तर ठाउँठाउँमा देखिने ती दृश्यहरु पहाडमा उम्रेका थुम्काथुम्की मात्र थिए । मरुस्थल देखिन्थ्यो जताततै । खोपा परेका काला र ठूला आकारका ढुङ्गाहरु देखिन्थे व्याप्त । पुराना बस्तीहरु भेटिन्थे कताकति ।

 अलिअलि खेतियोग्य भूमि पनि देखिन्थ्यो कुनाकाप्चा । बाँकि अनुर्वर बन्जर, क्याक्टसको झाडी । खजुर र सुपारीका सुलुक्क परेर ठिङ्ग उभिएका रुखहरु । केही मसला, बर, पीपल, आँप, फलेता, निगाला, धुपीसल्ला, टुनी, जामुन, केतुकी र सदियौँ वर्ष पुराना लाग्ने अमुक अमुक वृक्षहरु पनि भेटिन्थे बाटोको दायाँ बायाँ । तर अग्ला अग्ला वृक्षहरुले डमक्क ढाकेको जङ्गल देखिँदैनथ्यो त्यस उच्च भूभागमा कतै पनि । त्यो पार्वत्य क्षेत्र । पर्यटकका लागि पातलो जङ्गलभित्र होटलको व्यवस्था पनि गरिएको रहेछ । छानाहरु देखिन्छन्— रुखहरुको अन्तरकुन्तरबाट, वृक्षहरुको माथिबाट । ज्ञानसरोवर जस्तै संस्थागत रुपमा विकास गर्न सकिने भूमि छ जताततै ।

यस्तैखाले बन्जर भूमि खरिद गरेर सन् १९९३÷०९४ मा विकास गरिएको रे ज्ञानसरोवर । त्यसले पनि नपुगेर अरु जग्गा खरिद गर्न खोजिएको थियो रे ! तर आबु पर्वतको सेरोफेरोमा सरकारले जग्गा गरिद बिक्री बन्द ग¥यो र निर्माणमा समेत रोक लगायो । त्यसै भएर १९९५ मा प्रजापिता ब्रह्माकुमारी राजयोग ईश्वरीय विश्वविद्यालयका लागि आबु पर्वतको फेदिमा ६३ एकड (९३ विघा) जमिन खरिद गरेर मुख्यालय निर्माण गरियो र नाम राखियो— शान्तिवन । अनौठो लाग्दै थियो आबु पार्वत्य क्षेत्र । पर्वत भनेर सुलुत्त चुलिएको डाँडो छैन त्यो । डाँडोको उच्चस्थलमा विस्तारित भएको भूभाग छ । कतै थुम्का परेको जमिनको बनावट छ । कतै गहिरो ठाउँ पनि छ । कतै त ताल पनि भेटिन्छ । यसैगरी पैmलिएको छ रे पर्वतीय परिधि । सुन्दैछु— आबु पर्वतको उपरी गोलाद्र्ध २५ किलोमिटर छ रे ! म बसको झ्यालतिरको सिटमा छु । मजा लागेको छ मलाई आबु पर्वतको विचित्र चित्र हेर्न र क्यामेराले दृश्यहरु खिच्न । हामी दिलवाडा पुगेका छौँ । विश्वसम्पदा सूचीमा रहेको आदिनाथ दिगम्वर जैन मन्दिर विश्वकै १२औँ नम्बरको आश्चर्यजनक निर्माण रहेछ । १५०० कालिगढ र १२०० मजदुरले १४ वर्ष लगाएर १८ करोड ५३ लाखको लागतमा १ हजार वर्षअघि निर्माण गरिएको त्यस मन्दिरमा १ सय २५ गुम्बज छन् र जहाँ संगमर्मरको उच्च कारिगरी छ । गुजरातका राजकुमार द्वय वस्तुपाल र तेजपालले आफ्ना श्रीमतीहरु क्रमशः ललितादेवी र अनुपमादेवीको नाममा त्यो मन्दिरको निर्माण गराएका रे ! ती देवरानी जेठानीका मूर्तिहरु पनि त्यहाँ देख्न पाइँदो रहेछ । ती मूर्तिहरु ८÷८ सय किलो सुनबाट निर्माण गरिएका रे ! यसैगरी ७ घडा सुनद्वारा १२ करोडको लागतमा निर्माण गरिएको विश्वप्रसिद्ध झुमर पनि त्यस मन्दिरमा भएको जानकारी गराउँदै थिए जैन मन्दिरका गाइड । ती गाइडले सयौँजनाको हाम्रो समूह र हाम्रै समूहमा मिश्रित अन्य तीर्थयात्रीहरुको ठूलो भीडलाई चर्काे स्वरमा उल्लेखनीय कलात्मक कृतिहरुको परिचय दिँदै थिए — अलङ्कृत छत, सूर्यमुखी अलङ्कृत छत, रङ्गमण्डप, अलङ्कृत तोरण, कलात्मक स्तम्भ, हस्तीशाला, कल्पवृक्ष आदि । यसैगरी कलात्मक मूर्तिहरुको पनि परिचय गराइएको थियो — देवरानी जेठानीका गोखला, नरसिंह अवतार, सरस्वती देवी, शङ्खेश्वरी देवी, चार दिशाका चार देवीहरु, लुँड बसही मन्दिर, विमल बसही मन्दिर । यतिमात्र हो र ! त्यही ऐतिहासिक मन्दिरको नक्कल गरेर हालसालै अर्काे मन्दिर निर्माण गरिँदै रहेछ, जुन मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको थियो, तर सञ्चालनमा आइपुगेको थिएन । ती अद्भुत कलाकृति देखेर मेरो मन भन्दै थियो — कति बुद्धि खेलाएर, कति एकाग्र मनस्थिति बनाएर यति सूक्ष्म कला निर्माण गर्न सकेका होलान् कलाकारले ! मानिस यति एकाग्र हुन सक्छ भने यस्तै एकाग्र चिन्तन गरेर परमात्मा प्राप्त गर्न किन नसक्ने ? अवश्य सकिन्छ । अर्काे तर्क जन्मदै थियो— यस मन्दिरलाई विश्वको आठौँ आश्चर्यको सूचीमा किन नराखिएको होला ? बाटोको पारिपट्टि देखिँदै थियो अर्काे श्वेताम्वर जैन मन्दिर । तर प्रमुख कलाकृतियुक्त ऐतिहासिक मन्दिर हेरिसकेपछि त्यहाँ जान खासै औचित्य देखिएन । अगाडि बढेका छौँ हामी । ‘गोरखनाथ आश्रम’ र ‘वीर बाबाको मन्दिर’ लेखिएका बोर्डहरुलाई हामी बसैबाट हेर्छाैँ मात्र । यसैगरी ग्रामपञ्चायत ओरियामा ब्रह्माकुमारी रेडियो एफएमको टावर पनि टाढैबाट हेर्छाैँ हामी । अचलगढ पुग्दा भेटिएको अर्काे जैन मन्दिरलाई पनि बसैबाट दर्शन गर्छाै हामी । अबको पालो अचलगढ स्थित अचलेश्वर महादेवको । त्यो पनि महादेवको कलाकृति युक्त पुरानो मन्दिर रहेछ । मन्दिर परिसरभित्र गजानन, नारायण र कोटेश्वर आदिका मूर्तिहरु पनि रहेछन् । नजिकै एउटा आधा जल भरिएको सरोवर पनि रहेछ । यसपछिको गन्तव्य थियो — ब्रह्माकुमारी शान्ति पार्क । यसअघि गइसकेका साथीहरु भन्दै थिए— ‘कुम्भकर्ण त हेर्नै प¥यो नि !’ ‘शान्ति पार्क भित्र कुम्भकर्ण राक्षस !’ म अनुमान लगाउँदै थिएँ— कुनै प्रतीकात्मक परिहासका लागि प्रयोग गरिएको होला कुम्भकर्णलाई ! शान्ति पार्कको मुखै सुन्दर देखियो बाहिरैबाट । भित्र पस्ने बाटैभरि शान्ति, समानता र मानवताका प्रतीकस्वरुप विभिन्न देव, मानव, जन्तु जनावर, पशुपन्छीका कलात्मक एवम् सुन्दर मूर्तिहरु उभ्याएर राखिएका थिए । एक ठाउँमा त बाघ, गाई र हरिणले एउटै तलाउमा निर्भय पानी पिउँदै थिए । प्रवचनको बेला सुनेको थिएँ— ‘सत्य युग लागेपछि यस्तै हुन्छ ।’ तर त्यसबेला मलाई प्रश्न गर्न मन लागेर पनि प्रश्न गरेको थिइनँ । अहिले भने प्रश्न गर्न खोज्दै छु साथीहरुसँग — ‘के यो सम्भव छ ? सम्भव छ भने त बाघ मर्ने भयो ।’ ‘किन ?’ कसैले प्रश्न गरेका थिए । ‘किन भने बाघले घाँस त खाँदैन । मासु खान नपाए बाघ बरु मर्छ तर घाँस खान्न । त्यस अवस्थामा बाघको अस्तित्व त विश्वबाटै लोप हुने भयो नि !’ एक जना साथीले तर्क अगाडि सारे — ‘सबै ठाउँमा त यस्तो सम्भव हुँदैन— ऋषिमुनिका आश्रममा वा निषेधित क्षेत्रमा मात्र यस्तो आपसी मित्रता सम्भव देखाइएको होला !’ हामीहरु सबै एकत्रित भएर लाइन लागेर एउटा पालभित्र छि¥यौँ र कुर्सीहरुमा बस्यौँ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको डकुमेन्ट्रि प्रदर्शनी रहेछ । त्यो हेरिसकेपछि हामी त्यस संस्थाका क्रियाकलाप, प्रवचन र धार्मिक मान्यता सम्बन्धी फोटो तथा चित्र प्रदर्शनीहरु हेर्दै पुग्यौँ — कुम्भकर्ण सुतिरहेको ठाउँमा । कम्तिमा २० फिट लामो र त्यसै अनुरुप शरीर भएको भीमकाय कुम्भकर्ण सुतिरहेको थियो, एउटा मञ्चमा सिरानीमा टाउको अड्याएर । त्यस मञ्चभन्दा तल राखिएका कुर्सिहरुमा हामीहरु गएर बसेपछि ऊ ठूलो आवाजमा घुर्न थाल्यो । उसको छेउछाउ उभिएका देवगण, किन्नर किन्नरीहरुले हात र मुख चलाएर मुन्टो हल्लाएर ‘उठ, कुम्भकर्ण उठ’ भनेर बिन्ति÷अनुरोध गरिरहेका थिए । धेरैबेर पछि ऊ नितम्बभन्दा मुनिको भाग नचलाईकन सरक्क उठेर बस्यो र चारैतिर हे¥यो । ‘धेरै सुत्नुहुन्न बिउँझनुपर्छ र चेतना खुल्नुपर्छ । प्राणी, संसारमा अवतरण भएपछि उसका कर्तव्यहरु हुन्छन्, ती कर्तव्यहरु बुझेर प्राणीले गर्नुपर्ने कामहरु गरिहाल्नुपर्छ । जीवन लामो छैन । यस छोटो जीवनको सदुपयोग हामीले तत्काल गरिहाल्नुपर्छ’ भन्ने सम्बन्धमा संवाद हुन्छ केहीबेर । र, कुम्भकर्णले जीवनको महत्व बुझेको सङ्केत दिन्छ अन्त्यमा । यो सम्वाद वा एकांकी दृश्य हामीजस्ता सर्वसाधारणलाई जीवनबोध गराउने उद्देश्यले गरिएको थियो, जुन प्रभावकारी थियो । त्यसपछि हामी सुन्दर ढङ्गले सजाइएको बाटिका भ्रमणमा निस्क्यौँ । कति सुन्दर ! अति सुन्दर ! ! औधि सुन्दर ! ! ! त्यति ठूलो वृत्त ढाकेर फैलिएको वाटिकालाई कतै कुनै कमजोरी नदेखिने गरी कति समृद्ध र परिष्कारपूर्ण शैलीमा सजाइएको होला ! ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको यो अनौठो प्रस्तुति साँँच्चै नै लोभलाग्दो थियो । त्यस्तो रुखो कङ्क्रिट भूमिमा पनि यस्तो हरियाली ! मानिसले चाह्यो भने जस्तोसुकै मरुभूमिलाई पनि हराभरा पार्न सक्दोरहेछ । सम्झँदै थिएँ — इजरायल । त्यति ठूलो मरुभूमिलाई माटोले पुरेर अन्न उब्जाएको छ, फूल फुलाएको छ र फल फलाएको छ । नेपालका नदीहरुलाई देखेर भन्दैछ— एउटा मात्र नदी पाए संसारलाई पानी पिलाइदिने थिएँ । वाटिका मात्र होइन, सेवा केन्द्रले प्रदर्शन गरेका दैवीशक्ति सम्बन्धी चित्रहरु, तस्विरहरु तत्तत् स्थानमा सजाइएका कंगारु, मयूर, हात्ती, जिराफ, गाई बाघ, भालू, आदि जनावरहरु, ठाउँठाउँमा लेखेर राखिएका महावाक्यहरु, बीच तलाउको कमलफूल माथि सजिएकी भगवती र ठूलो आकारमा लेखिएको ॐकारको आकर्षणले जो कोहीलाई पनि प्रभाव पाथ्र्याे । धेरै समय खायो त्यस बाटिकाको भ्रमणले । साथीहरु मोहित भए वाटिकाको मोहनीले । तस्विर खिच्नमै व्यस्त भए यत्रतत्र । कोही कता अलमलिए कोही कता ! भाइ बहिनीहरुले ठूलै प्रयत्न गर्नुप¥यो साथीहरुलार्ई बाटिकाबाट बाहिर निकाल्न । एक ठाउँको ढिलाइले कहाँ कहाँ असर गर्छ भन्ने कुरा मानिसले समयमै भेउ पाउँदैन । समय एकपटक आएपछि फेरि फर्किँदैन । समय फुस्केपछि फुस्क्यो फुस्क्यो । वाटिकामा पल्टिने र थकाई मार्ने काम मात्र नगरेको भए पनि हाम्रो समय निकै बचत हुन्थ्यो । यही ढिलाइका कारण भाइ बहिनीहरु गुरुशिखर अर्थात् दत्तात्रेय मन्दिर जान नभ्याउने कुरा गर्न थाले । त्यहीँबाट देखिँदैछ उत्तरतिर गुरुशिखरको अग्लो डाँडो । करिब १० किलोमिटरमात्र टाढा छ । तर उकालो र घुम्ती घुम्ती भएका कारण समय बढी लाग्छ र बसबाट ओर्लेर पनि पन्ध्रमिनेट उकालो चढ्नुपर्छ । आयोजकहरुले समयको सीमितता देखाइरहेका बेला पन्ध्रमिनेटको चर्चा उठेपछि धेरै साथीहरु हच्के । उमेर जाँच्ने हो भने म भन्दा जेठा पाँच÷सात जना पनि छैनन् होला ! बाँकी सबै नवजवान । तर हिँड्नका लागि असी वर्ष काटेजस्ता । तुहियो — गुरुशिखरको यात्रा । साह्रै नमज्जा लाग्यो मलाई । फेरि जाने कुरा आफ्नो हातमा छैन । त्यहाँबाट फर्कँदै गर्दा एक पटक गइसकेका साथीहरुलाई सोध्छु— ‘कस्तो छ त्यहाँको स्वरुप ! के छ त्यहाँको महत्व ? र कस्तो छ त्यहाँको दृश्य ?’ सुन्छु मुखहरुबाट — ‘दत्तात्रेयको मन्दिर छ त्यहाँ । धार्मिक आस्थावान्हरुका लागि त्यो एउटा दर्शनीय स्थल हो । प्रकृतिप्रेमीका लागि त्यो एउटा आकर्षक पर्यटकीय भूमि हो । कविका लागि त्यो एउटा काव्य हो । यात्रा–लेखकका लागि त्यो एउटा उच्चकोटीको लेख हो ।’ त्यहाँबाट पल्लोपट्टि दूरदृष्टि लगाउँदा सम्म परेको मैदान देखिन्छ, त्यो पाकिस्तान । आकाश स्वच्छ भएको बेला सन्ध्याकालमा त्यतातिर दृष्टिपात गर्ने हो भने एउटा विचित्र प्रकारको दृश्य देखिन्छ भन्छन् भुक्तभोगीहरु । यस्तो लाग्छ रे — आकाशमा पनि तारा चम्केका छन्, पातालमा पनि तारा चम्केका छन् । अर्थात् जमिनमा बलेका बत्तीहरुले पनि ताराकै नक्कल गर्छन् रे !’ ‘मन्दिरभन्दा माथि चुचुरोमा टल्कने ती चमकदार वस्तुहरु राडार हुन् । त्यो सैनिक संरक्षित क्षेत्र । पाकिस्तानतिरबाट कुनै युद्धक विमान आयो भने खसाल्छन् रे ती राडारहरुले विमानलाई पत्रकपत्रक ।’ सुनेर चक्करायो मेरो मस्तिष्क । कति सुवर्ण अवसर गुम्यो मरो÷हाम्रो ! बस आबु पर्वतमाथि फन्को मार्दै जे बटुमल ग्लोबल हस्पिटल अगाडि पुगेर अडियो । त्यो एक रिसर्च सेन्टर पनि रहेछ । शिवानन्द नाम गरेका भाइले स्वागत गरेर लगे हामीलाई हस्पिटलभित्र । उनले भने — ‘बटुमलद्वारा ५० लाख सहयोग प्राप्त भएकोले नाम रह्यो उनकै नाममा । तर बाबाजीकै कोषबाट मात्र ९ करोड खर्च भएको छ यस अस्पतालको सञ्चालनमा । बीस वर्षदेखि सञ्चालित यस अस्पतालमा प्राकृतिक चिकित्सा, चुम्वकीय चिकित्सा, होमियोप्याथी, आयुर्वेद लगायत १६ प्रकारका चिकित्सा विभाग छन् । सय किलोमिटर दूरीसम्म अरु कुनै अस्पताल छैन । गाउँ गाउँमा गएर सेवा दिन्छौँ हामी । नजिकका पाँच ग्राम पञ्चायतलाई सेवा निःशुल्क छ । त्यस बाहिर पनि गरिब परिवारलाई निःशुल्क सेवा छ । ओम शान्तिका सदस्यहरु र ओम शान्तिसँग आबद्ध भई आउनेहरुलाई पनि यो सेवा निःशुल्क नै रहन्छ ।’ त्यस अस्पतालकी प्रिन्सिपल रहिछन् नेपाली बहिनी— रेखा । उनीसँग पनि परिचय भयो हाम्रो । बडो रमाइलो सन्देश दिइन् उनले— ‘धिरज, प्रेम, धैर्य, शान्ति र सन्तुष्टिका पाँच गोली खान सुझाव दिन्छौँ हामी । सधैँ आधा घण्टा मेडिटेसन गर्न र आवश्यक परे मेडिसिन पनि प्रयोग गर्न सल्लाह दिन्छौँ हामी । प्रत्येक बिहान पाँच बजेअगावै उठ्न र राती १० बजेसम्म सुतिसक्न अनुरोध गर्छौँ हामी । खानेबेलामा नबोल्न र प्राप्त भएको कुरालाई बाबाको प्रसाद सम्झेर खान अनुरोध गर्छाेँ हामी ।’ बडो सटिक र सूत्रात्मक लागे रेखाका कुरा । अस्पतालबाट बाहिरिएपछि हामी पुग्यौँ ब्रह्माकुमारी म्युजियममा । यसलाई विश्व नवनिर्माण आध्यात्मिक सङ्ग्राहलय पनि भनिँदो रहेछ । त्यहाँ राजयोग शिविरको आयोजना पनि गरिँदोरहेछ र आगन्तुकहरुलाई अध्यात्म र विज्ञानमा आधारित डकुमेन्ट्री पनि देखाइँदो रहेछ । बाँकी कुरा ब्रह्मकुमारी शान्ति पार्कजस्तै — चार युगको कुरा, चार युगमा हुने चौरासी जन्मको कुरा, कलियुगको अन्तिम समय र सत्य युग लाग्ने दोसाँध ‘सङ्गम युग’को कुरा, आत्मा (क्यग)ि र परमात्मा (क्गउचझभ क्यग)ि को कुरा, परमपिता शिव परमात्माको कुरा, म को हुँ र के हुँको कुरा, तीन लोकको कुरा, भगवान्का अवतारको कुरा, शिव र शङ्करमा भेदको कुरा, सृष्टि चक्रको कुरा, मानवजीवनको कर्तव्यको कुरा, मानवको पुनर्जन्म मानवकै रुपमा हुने कुरा । साथै यी सबैको बोध गराउने हेतुले— ईश्वरद्वारा स्थापना गरिएको, ईश्वरीय नाम भएको, ईश्वरद्वारा पढाइने र ईश्वरले पढ्ने प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको कुरा । यद्यपि वेद पुराणहरुमा वर्णित तथ्य विपरीत प्रचारवाजी गरिएका थिए धेरै कुरा— ४ लाख ५० वर्ष लामो कलियुगलाई १२५० वर्षमा सीमित गर्नु, अब कलियुगको आयु २५ वर्ष मात्र छ भन्नु र हाल चलिरहेको समयलाई संगम युगको संज्ञा दिनु, मानिस मरेपछि मानिसकै रुपमा जन्मन्छ र त्यो मानिसले ५ हजार वर्षमा पुनर्जन्म लिएर यसै संसारमा आउँछ भन्नु, ८४ लाख योनिको ठाउँमा ८४ मात्र योनि (सत्यमा ७, त्रेतामा १४, द्वापराम २१ र कलिमा ४२) हुन्छन् भन्नुचाहिँ शास्त्रीय दृष्टिले भ्रम सिर्जना गर्ने कुरा थिए । तथापि यी सबै बुझ्न खोज्ने प्रयास गर्दागर्दै पनि मलाई एउटा कुरा पटक्कै पच्न सकिरहेको थिएन — ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना र शङ्करद्वारा संहार लेखिएको ठाउँमा क्रमशः लेखराज बाबा, विष्णु र शंकरको फोटो राखिएकोमा । लेखराज बाबा त सन् १८७६ मा जन्मेका एउटा कलियुगीय मानव मात्र हुन् । उनलाई परमात्मा शिवद्वारा दिव्यज्योति प्राप्त भएको मात्र हो । यसरी भगवान्को वरदान प्राप्त गर्ने महामानव धेरै छन् संसारमा । तसर्थ उनी एउटा महामानव मात्र हुन्, संसार स्थापना गर्ने ब्रह्मा होइनन् । मलाई चित्त बुझ्न नसकेको कुरा अर्काे पनि थियो — लेखराज बाबाले एउटा संस्था स्थापना गरे र ठूलो त्याग तपस्याद्वारा संस्थालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याए । यसको अर्थ संस्था स्थापना गर्न र संस्थालाई अगाडि बढाउन लेखराज बाबाको ठूलो योगदान छ भन्नु हो । तर जहाँ जुनसुकै मञ्चहरुमा मञ्चको पूरै भित्तो ढाकिने गरी लेखबाबाको फोटो राखिनु र लेखबाबा र शिव बाबा दुवैलाई ‘बाबा’ सम्बोधन गरिनुचाहिँ कालान्तरमा लेखराज बाबालाई शिव बाबाकै स्थानमा स्थापित गराउने प्रपञ्च हो र सर्वसाधारणमा पार्न लागिएको दूरगामी भ्रमजाल हो भन्ने महसुस ग¥यो मेरो मन्दबुद्धिले । हुनुपथ्र्याे— लेखराज बाबाको तस्विरको आकारमा परमपिता शिव परमात्माको दिव्यज्योति र सानो आकारमा एक छेउमा हुनुपथ्र्याे — दिव्यज्योति प्रांप्त गरिरहेका लेखराज बाबाको फोटो । यस्तै अनुभूतिले मलाई झस्काइरहेको थियो । यति हुुँदाहुँदै पनि संस्थाद्वारा प्रचारित असल कुराहरुलाई ग्रहण गर्दै हिँडिरहेको थिएँ र यस्तै कुराहरुको पुनरावृत्ति मैले व्रह्माकुमारी म्युजियमबाट पनि प्राप्त गर्दै थिएँ । साथीहरुले त्यहाँ पनि चाहिने भन्दा बढी समय लगाए । कोही त नजिकैको बजारतिर पनि लागेछन् । केही महिलाहरु राजस्थानी पहिरनमा फोटो खिचाउने काममा पनि तल्लीन भएछन् । आजको भ्रमणको प्रमुख केन्द्रविन्दु हो — पाण्डव भवन, अर्थात् मधुवन । ब्रह्माकुमारी अन्तर्राष्ट्रिय विश्वविद्यालयको प्रमुख धाम पनि यसैलाई मानिँदोरहेछ, जसलाई बाबा लेखराजले स्थापना गर्नुभयो । अखण्ड भारत छँदा बाबाजीले आफ्नो ६० वर्षको उमेरमा सन् १९३६ मा लाहोरमा जग बसालेको संस्था भारत पाकिस्तान विभाजनपछि सन् १९५० मा भारतको आबु पर्वतमा स¥यो र त्यस ठाउँको नाम राखियो — मधुवन । ढिलै गरेर भए पनि हामी पुगेका छौँ— मधुवन । मधुवन विशाल भूमि ओगटेर बसेको भव्य र अत्याकर्षक नभए पनि त्यसलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रसँग आबद्ध भाइबहिनीहरुले पवित्र भूमिको रुपमा लिँदारहेछन् । उनीहरुले मधुवनलाई चार धामको कल्पना गरेर हेर्दारहेछन् । १, बाबाजीको प्रवचन कक्ष, अर्थात् हिस्ट्रिहल (व्यर्थ सङ्कल्प से मुक्ति), महावाक्य (मुरली)को उत्पत्तिस्थल । २, बाबाजी र जगदम्बा सरस्वती माताजीको सयन कक्ष, अर्थात् बाबाका कमरा (स्नेहका धाम) । ३, बाबाजीले लेखपढ गर्ने र चिठी–पत्रहरु लेख्ने कक्ष, अर्थात् बाबाको झोपडी (स्नेह मिलनका धाम) । ४, बाबाजीको समाधिस्तम्भ, अर्थात् शान्ति स्मृति र पवित्रताको स्तम्भ (महाधाम), — १८–१–१९६९ । दिनाङ्कले के स्पष्ट पाथ्र्याे भने बाबाजीको देहावसान ९३ वर्षको उमेरमा सन् १९६९ मा मधुवनमा भएको थियो । बाटोको पल्लोतर्फ रहेछ — पाण्डव हल । जुन हललाई युनिभर्सल पिस हाउस अथवा ओम शान्ति भवन पनि भनिँदो रहेछ र त्यस हलमा ३५०० भक्तजन अट्ने सिटहरु रहेछन् । जहाँ १६ भाषाको अनुवाद सुविधा पनि रहेछ । त्यहाँ एउटा बालउद्यान पनि रहेछ । त्यस उद्यानमा बनेको एउटा भवन विदेशी अतिथिको निवासको लागि प्रयोग गरिएको रहेछ । यी सबै अवलोकन गरिसकेपछि हामीले संस्थाकै भोजनालयमा बसेर चिया खाजा खायौँ । हामीले समयको पालना नगरेपछि सूर्यले हामीलाई पर्खेर बसिरहँदैन । ऊ आफ्नो नियममा चल्छ, आफ्नो गतिमा हिँड्छ । वैज्ञानिक भाषामा बोल्ने हो भने पृथ्वीले आफ्नो गति एक इन्च पनि अघि पछि पार्दैन । त्यस गतिमा सम्झौता हुन सक्तैन । कसैसँग भयो भने त विनास भइहाल्यो । यो सबै नबुझेर साथीहरु अलमलिए धेरै बेर भोजनालयमा । उता सूर्य भगवान् डाँडोमा बस्ने बेला भइसक्यो । ब्रह्माकुमारी शान्ति पार्कमा भएको ढिलाइले गुरुशिखरको यात्रा स्थगित भएजस्तै ब्रह्माकुमारी संग्राहलय र मधुवनको ढिलाइले पालनपुरबाट देखिने सनसेट (सूर्यास्त) देख्न नपाइने भयो । हिँड्ने जाँगर नभएका केही अलमस्त साथीहरु त यसो पनि भन्दै थिए– ‘१० मिनेट पैदल उकालो चढ्नपर्ने ठाउँमा को गइरहोस् ! फेरि हामी पहाडमा बस्नेले के सूर्यास्त नदेखेको हो र ! छोडिदिनुस् सूर्यास्त सूर्यास्त ।’ केही फरक दृश्य, केही फरक चित्र देखिने भएरै त ठाउँको चयन गरिएको होला ! नत्र सूर्याेदयका लागि हामीले नगरकोटलाई नै किन रोज्नुपथ्र्याे ? र सूर्यास्तका लागि ककनी नै किन पुग्नु पथ्र्याे ? नयाँ ठाउँ त हेर्नुप¥यो नि ! नत्र नयाँ अनुभूति कसरी प्राप्त गर्ने ? सूर्यास्तपछि उज्यालो कति बाँकी रहन्छ र ! अझ हेर्नुपर्ने एउटा ठाउँ बाँकि नै छ — नक्की झिल । दसै मिनेटमा पुग्यौँ हामी नक्की झिल । वा…. आबू पर्वतको टापुमा त्यो सुन्दर ताल । सुन्दै छु, त्यो मानव निर्मित ताल रे ! तर बनावटी लाग्दैन एकछेउ पनि । नक्कल गर्न कति सिपालु भारतीयहरु । नक्कली लुम्बिनी त बनाउँदै छन् भने अरुको के कुरा ! ६ महिनाअघि घुमेर आएको आफ्नै देशको रारा ताल सम्झना आउँछ मलाई नक्की झिल देखेर । तर फरक छ रारा र मिक्कीमा । हाम्रो रारामा शिला खोज्नुपर्छ पर्यटकहरु, तर नक्की झिल किनारको बाटोमा भीडभाड छ मानिसहरुको । रारामा माछा साना छन् र बेस्वादिला, तर नक्कीमा ठूला र स्वादिला । रारा किनार बस्तीविहीन छ र पानी कञ्चन छ, तर नक्की किनारमा बजार छ तथापि फेवाजस्तो पानी फोहर छैन । एकतर्फ बजार छ । त्यसै बजार क्षेत्रतिर हनुमान र गणेशका मन्दिरहरु पनि छन् रे ! होटलहरु पनि छन् रे ! जसमध्ये एउटा होटल छ रे— लेक प्यालेस । जुन होटलको एउटा कोठामा राजस्थानका राज्यपालले गर्मीका दुई महिना कार्यालय नै खडा गरेर बस्छन् रे ! एकतर्फी किनारबाट झिल हेर्दै बजार पुग्ने बाटो छ । एक किनारमा बजार छ । बाँकी दुईतर्फ होचा पुड्का वृक्ष वनस्पतियुक्त पहाड छ । इच्छुक मानिसहरु डुङ्गा चढेर जुन कुनामा पनि पुग्न सक्छन् । हामी यसबेला पनि देखिरहेका छौँ थुप्रै मानिसहरु डुङ्गा खियाएर तालमाथि सयर गरिरहेका छन्— बढीमा छ जनाको दरले । लम्वाई अन्दाजी एक किलोमिटर र चौडाई आधा किलोमिटर होला झिलको परिधि ! झिलको बीचमा पानीका दुईवटा फोहोरा आकाशतिर तीव्र वेगमा हुत्तिएर छररर खसेका छन् तालमा । अनौठो लाग्दै छ मलाई— त्यति ठूलो झिलको बीच भागमा फोहोरा राख्न त ठूलै बुद्धिमानी र मेहनत खर्चनुप¥यो होला ! अलिकति पर तालले घेरिएको एउटा सानो टापु पनि देखिँदै छ । तालको सुन्दरतामा अझ सुन्दरता थपेको छ त्यस टापुले । सन्ध्या ओर्लिइसकेछ भूतलमा । ‘भारत माँ’ नमनस्थलसम्म पुग्न भ्याउँछौँ हामी । त्यसपछि भने हाम्रो यात्राको क्रम त्यस दिनको लागि समाप्त हुन्छ । आबु बजार काटेर ज्ञानसरोवरतिर फर्कँदा अँध्यारो भइसकेको हुन्छ । वाह्य दृश्य हेर्न पाइँदैन । अनि त तर्कना उठ्न थाल्छन् मनमा — आबु पार्वत्य क्षेत्र भनेको त ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकै वर्चस्व भएको क्षेत्र पो रहेछ । ज्ञानसरोवर भनौँ या मधुवन, ब्रह्माकुमारी पीस पार्क भनौँ या ब्रह्माकुमारी सङ्ग्राहलय, ब्रह्माकुमारी एफ.एम. स्टेशन भनौँ या जे बटुमल ग्लोबल हस्पिटल, सबै केन्द्रकै आधिपत्य भित्रका सिर्जना त हुन् । यस बाहेक ज्ञानसरोवर भन्दा २४ किलोमिटर टाढा आबु पर्वतको फेदीमा रहेको ७ वटा गेट भएको र ७० एकड भूमि ओगटेर बसेको केन्द्रको मुख्यालय (शान्ति वन) त हेर्नै बाँकी छ, जसको अवलोकन भोलि गर्छाैँ हामी । अहिले त म त्यहाँको बारेमा सुन्दै छु मात्र — ‘विद्युत् उत्पादन गर्नसक्ने क्षमता भएको जर्मन प्रविधिद्वारा जडित विश्वकै सबैभन्दा ठूलो सोलार सिष्टम (सौर्यउर्जा प्रविधि) द्वारा प्रतिघण्टा एक लाखको दरले रोटी पाक्ने क्षमता भएको मिसिन, दैनिक एक लाखलाई खुवाउने क्षमता भएको र एकैसाथ बीस हजारलाई भोजन गराउन सकिने भान्सा घर, २२ हजार श्रोता अट्ने विनास्तम्भको विश्वकै सबैभन्दा ठूलो डायमन्ड ज्योतिहल, प्रत्येक रात ३५ हजारले विश्राम गर्न सक्ने आवास गृह, १२ एकड भूभागमा फैलिएको ब्रह्माकुमारी पीस पार्क र आध्यात्मिक सङ्ग्राहलय । यसबाहेक तीन वर्षअघि थप जमिन लिएर निर्माण गरिँदै आएको दिव्य, ब्रह्म, वैकुण्ठ, त्रिलोक, ऋषि, शिवशक्ति, बाबा आदि नाम दिइएका १० वटा भवनको संयुक्त रुप ‘मनमोहिनी उद्यान कम्प्लेक्स’ र शान्तिवनमाथि अत्युच्च चट्टानमा लेखिएको ओम शान्तिको दृश्य ।’ मेरो मन त घुम्दै थियो कल्पनाको आलोकमा, तर बस भने ज्ञानसरोवरको गेटभित्र छिरेर विश्राम गरिसकेछ । बसमा क्यासेटबाट कर्णप्रिय भजन गुञ्जिरहेको थियो — ‘हमे आप बाबा ऐसे मिल गए हैं जैसे हमें नयी जिन्दगी मिल गई हैं ।’ म भने ‘आप’को ठाउँमा प्यारो नाम ‘भोले’ जोडेर ‘बाबा’ शब्दको द्विविधा मेटाउन खोज्दै थिएँ — ‘हमे भोले बाबा ऐसे मिल गए हैं जैसे हमें नयी जिन्दगी मिल गई हैं ।’

काठमाडौं, नेपाल

प्रतिक्रिया दिनुहोस्

*