अध्यारो छायाँ

–किरण गजुरेल

“हेल्लो ¤”
“म रानो माहुरी हातमा नचाउँदै छु एक्कासी यादले छोप्यो ।”
“कस्लाई खोज्नुभयो ?”
“श्यामजी हुनुहुन्छ त ¤”
“उहाँ त बाहिर गइसक्नु भयो, भरेमात्र फर्किनु होला ¤ केही छ भनिदिनुपर्ने ?”
“भन्न त धेरै भन्नु छ, सायद उहाँलाई तपाईंले ती सबै प्रस्ट्याउनलाई गाह्रो होला । उहाँलाई नै भेट्दा भन्नुपर्ला ¤”
“को बोल्दै हुनुहुन्छ ? केही भनिदिनु पर्ने हो कि के हो ?”
“यत्ति भनिदिए पुग्छ , म उहाँसँग उहाँको सबैभन्दा प्रीय चिज माग्ने तरखरमा छु ।”
“मलाई भन्दा केही गाह्रो हुन्छ र ¤ म उहाँकी श्रीमती हुँ ।”
“मलाई कसैले श्यामजीलाई भनिदिनु भनेको छ कि घरमा फुलेको गुलाफको फुल बिक्री गर्न लगाउनु ।”
“अल्कट्टा टाँसिएको खम्बा गाड्नुपर्ने हो र घरको दैलामा , कालो खम्बा ?”
“त्यसो त म उहाँको सबैभन्दा प्रिय वस्तु माग्ने तरखरमा छु ।”

फोन राखिदियो । केटीको मनभरी एउटा चिसो शङ्काले वास बसाल्न खोज्दै थियो, उसले आशङ्का व्यक्त गरी यो फोन प्रति । उसले सोची कि कसैले उसलाई उल्लु बनाउँदै छ या कोही उसको आवाज सुन्न चाहन्छ । चक्कर खायो आँखा, ओंठ र दिमाग ।
उसलाई दिउँसोभरी टि.भी. हेर्न मन लाग्यो । उसले टि.भी खोली, टि.भी. हेर्दाहेर्दै आँखा त्यसै रङ्बङ्गिन थाले । गर्मीले उखर्मालो भएर आयो । उखर्माउलो पनि किन नहोस् जेठ महिनाको धूपले भत्भती पोलेको छ । उसलाई फाइनको हावा खान मन सग्सग भएर आयो । लाग्यो, हावा खाँदा पनि आखिरि तातो नै आउने हो, उल्टो आÇनै वाफ मिसिएको हावाले आफैलाई छट्पटी पैदा गरिदिन्छ । त्यसो त उसलाई अहिले नै ज्यादै छट्पटी पैदा भएको छ । उसले फेरि सोची – हावा तातो नै भए तापनि हावा– हावा नै हो । फाइन घुमाएपछि चारैकुनाबाट तातो उखर्माउलो भएर आयो –तातो हावा । उसले झ्यालको पर्दा बन्द गरी र पातलो कुर्ता सुरुवाल फुकालेर फालिदिई । यसो गर्दा पनि कुनै सहज वातावरण बन्न सकेन । उसलाई असहजता पैदा हुँदै जाँदा टेलिभिजनका दृश्यहरुले तान्दै गए र छट्पट्याहट पैदा हुँदै गयो ।
फोनको घण्टी बज्छ तारान्तार – तारान्तार –तारान्तार ।

“हेलो ¤”
“म रातो गुलाफको फूल चुँडेर सुँघ्दै छु, एक्कासी तिमी आँखामा आयौ ।”
“कस्लाई खोज्नु हुँदै छ, ।”
“कसैलाई होइन, दिनभरी एक्लै बस्दा दिक्क लागेर आयो, मन बहकाउनलाई सम्म समस्या प¥यो, यादैले सताइदियो ।”
“कुन याद, कस्तो याद ¤”
“म यौटा सपना देख्छु– कहिले कहिले, म एउटा आँपको हाँगाको कापेमा जिऊ ठड्याएर आँप चुस्दै हुन्छु, आÇना दुबै हात आँपको रसिलो कोयामा पर्छ । चुस्नुसम्म चुस्छु । चुस्न छाडेर आकाशतिर फर्किन्छु । त्यसैबेला तलतिरबाट एउटा स्त्रीले हेर्छे– मास्तिर फर्किएर । त्यहि समय एउटा ठूलो हुरीले आँपको रुख हल्लाउँछ, बेस्सरी । म लड्छु । हाँगामा च्याप्पिएर मेरो पाइजामा फाट्छ । तल झर्न नपाउँदै त्यो केटी हाँस्दै हाँस्दै अलप हुन्छे । यो सपनाको माने के हुन सक्छ ? सदा दिमाग रङ्मङ्गीन्छ । व्यँुझँदा म आकाश छुने तर्खरमा हुन्छु ।”
“बकवास सपना ¤”
“मैले त्यो स्त्रीलाई पूर्ण रुपले चिन्न सक्दििन तथापि उसको छायाँ मेरो अगाडी सदैब घुमिरहन्छ, मलाई लाग्दैछ– कोही मलाई पिछा गरिरहेको छ ।”
“मैले के गर्नुप¥यो ?”
“चोकमा भेटिएदेखि फोन गर्नुहोला ¤ त्यसो त मलाई लाग्दैछ कि म छिट्टै त्यसलाई भेट्दैछु ।”
“ए, त्यसको हुलिया कस्तो छ –रुप, रङ्ग, आकार ?  फोन नम्बर छ त ¤”
“म आफैं फोन गर्छु भोलि ठीक ६ बजे ।”
“६ बजे म फोनको स्वीच अफ गरिदिन्छु ।”
“म विश्वस्त छु तिमी फोनको प्रतीक्षमा हुनेछौ ।”
उसले फोन राखिदियो ।
केटीलाई के गरौं के गरौं भएर आयो । उसले आÇनो शरीरको तलतिर छामी । उसलाई यस्तो प्रतीत भयो –पहिलेको भन्दा अचाक्ली फरक भएछ । उसलाई धेरैनै परिवर्तन भए झैं महसुस भयो । उसले बत्ति बालि । जो बाहिरको घाम जस्तै चहकिलो छ । झ्यालको पर्दा त उसले अघि नै लगाइसकेकी थिई । उसले टेलिभिजनलाई ध्याप्प निभाई र निर्वस्त्र शरीर ऐनाको अगाडी उभ्याई । हातका औंलाहरुलाई विस्तारै छातिका लोलाहरुबाट तलतिर नचाउन थालि । उसलाई प्रत्येक वस्तुको परीवर्तनबारे थप जिज्ञासा उत्पन्न हुन थाल्यो । स्तन भोल्लिएछ – स्तनका मुन्टा अलि लामा भएछन् –नितम्ब अलि चौडा भएछ –योनीद्वार धेरै नै बढेछ – पिँडौला पहिलेको तुलनामा केराको थम्वा जस्तै बढेछ । इत्यादी परीवर्तनहरु भएछ ।
उसले ऐना छाडी । पर्दा उघारी र फेरि टि.भि. खोली । वातावरण पहिलेजस्तै भयो । फरक यतिमात्र थियो कि उसले आफूले आफैंमा धेरैनै परीवर्तन पाएकी थिई । उसका मस्तिष्कमा अनेकानेक सोंचहरु आउन थाले । उसले त्यो फोनको आवाजलाई पूर्ण रुपले आफूतिर ध्यानाकर्षण गरी । मनभरी फुरुड्ड फुरुड्ड भावनाहरु उडिरहे ।
आखिरी ऊ निदाइछ । साँझ पर्नै आँटेको थियो । बाहिरको वातावरणमा धुमिलो अध्यारो फैलिसकेको थियो । भारी टाउको उठाएर ऊ भसङ्ग भई – कस्तो  सपना देखिएछ ।
८८८८८        ८८८८८        ८८८८८
उसले आÇनो पतिलाई सोधी– सो सपनाको बारेमा । जब उसको पति बैंकको कारोबारको बारेमा उसलाई अनवरत रुपमा जानकारी दिँदै थियो । दिउँसो अफिसमा भएको मिटिङका उपलब्धिहरुको विषयमा पनि उसलाई जानकारी दिने तर्खरमा थियो र उसँग राय सुझाव लिने मनस्थिति उसले देखाएको थियो ।
“तिमी चोखी छौनौ जस्तो छ ।” उसले खिसिक्क हाँसेर बोल्यो ।
यसै त ऊ जङ्गीएपछि शुन्य–शुन्य हुँदै जान्थ्यो सविताको मनस्थिति । उसले बोल्ने हर्कत सम्म नदेखाउने विचार गरि । मनमा ज्वाला दन्कियो । उसलाई लाग्यो पतिको अनुपस्थितिमा आफूले कुनै किसिमको उत्फट्याहटपूर्ण कार्य गरेको छैन । उसलाई रुन मन लाग्यो, बोल्न मन लाग्यो, आफू दमित भएको महसुस भएर आयो । उसको मुखबाट निकै सहासपछि बोलि  फुट्यो –
“यसको प्रमाण छ तपाईँसँग ? ”
“प्रमाण के को लागि चाहियो र ¤ तिमी आफैँ नै भन्ने गर्दछ्यौ कि ‘मैले यस्तो सपना देखें, सपनाको माने के हो ?’ यत्ति नै काफी छ  प्रमाण ।”
“म सुन्दै छु कि मलाई कसैले खबर गरेको छ, आँगनमा सारेको गुलाफको बोट हटाइदेऊ । यत्ति भनिदिनु भनेको छ कि म श्यामजीको सबैभन्दा प्रीय बस्तु माग्ने तर्खरमा छु ।”
“को हुन सक्छ ? नाम ठेगाना या केही छाडेको छ ?”
“त्यो त छैन, यतिमात्र भनेको छ कि त्यो आँगनमा गुलाफको फूल सुहाएन ।”
“को हो त्यो ?”
“म जान्दिन । त्यसो त कोही हुनुपर्छ जस्लाई तपाईंले बर्षैदेखि जानेको होस् वा जो तपाईंको नजिक पनि होस् ।”
“अरु पनि केही भनेको छ कि कसो ?”
“फोन राखिदियो । उसले फोन राख्नुअगि यत्ति भनेको जानकारी छ मलाई कि ऊ मज्जाले कुनै फल चुस्दैछ, उसको आँत अझै रसाइरहेछ र ऊ कोयाको भित्रसम्म पनि धित मर्ने गरी चाट्न चाहन्छ तर सम्भब छैन ।”
“के हुन सक्छ यसको माने ?”
“म अनभिज्ञ छु । जब तपाईंको यादले सताउँदा म निन्द्रामा हुन्छु र धुमिलो चेहरा जहिले पनि कपाल हटाउँदै मुखसम्म आइपुग्छ र मुख जोड्नै लाग्दा म बेस्सरी बल गर्छु, एक्कासी तन्द्रा ब्यँुभन्छ ।”
“के यो तिमीले देखेको सपनाको पुरुष हो त ?”
“त्यो त याद छैन तथापी लाग्दैछ, म चोखी छु ।”
“के हुन सक्छ यसको माने ? के हुन सक्छ तिम्रो तन्द्राको माने ? नम्वर कुन हो बताऊ ।”
“हेर्नुस् टेलिफोन सेटमा नै छ, समय ११ः०० बजेको हो ।”
“ल्य ल्गmदभच”
“ध्जबत ¤ कसरी हुन सक्छ यस्तो ?”
उसलाई जोडले झड्का लाग्यो । उसले टेलिफोन इन्क्वायरी गर्न चाह्यो । टाउकोबाट पसिनाको नजाँनिदो रेखाहरु छुट्न थाले । उसले आफूलाई केही अभागी मान्यो । उसको मनस्थितिमा एउटा प्रश्नले खेदो खनिरह्यो । उसलाई यो थाहापाउनु जरुरी भयो कि ‘आँगनमा सारेको रातो गुलाफको बोट किन हटाउनु प¥यो ? उसको दिमागले एक्कासी चट्याङ खायो – उसको सबैभन्दा प्रीय वस्तु माग्न खोजनुको अर्थ के हो ? र श्रीमती सदा तन्द्रामा रहँदा उसको मुख पक्रन कोही आउन खोज्नुले के माने दिइरहेको छ ?
“एक ग्लास चिसो पानी खुवाउन सक्छौ ?” उसले आग्रहको भाषामा बोल्यो ।
सविताले आÇनो पतिको दिमागी हालतको बारेमा चासो दिनु उचित नभएको कुरा सम्झिई । उसलाई त सदा पतिसँग सुत्नुपर्दाको पीडा अनवरत रुपमा आँखाको सामुन्य झल्किइरहेको थियो । उसलाई लाग्यो– यो घर त घर नै होइन । उसको अन्तर हृदयबाट एउटा आवाज आयो –‘यो घर र घरका मान्छेहरु दुबै निर्जिब छन्, दुबै उस्तै–उस्तै ।
सविताले टेवलमाथि पानी राखिदिई । उसले त्यो पानी एकैपटक घट्घटी पारिदियो । एकछिन आराम लियो, सोचमग्न भएझैं । सविताले टि. भि. खोली ।
धेरै समय वितिसकेपछि उसले सवितालाई भन्यो —“भोलिदेखि तिमीले प्रत्येक विहान पूजा गर्नु । मन्दिर जानु र सुखी रहने वरदान माग्नु ।”
सविता ट्वाल्ल परेर उसको मुख हेरिरही । उसले टेलिभिजनमा धार्मिक कार्यक्रम लगायो – भजन लगायो र बोल्यो – ‘यसले आनन्द दिन सक्छ ।’
रात छिप्पिसक्दा एक्कासी उसले सविताको हात पक्रियो । उसलाई आफू नजिकै तान्यो, दरिला हात पाखुराले उसलाई आÇनो छातीमा नै टाँस्यो । गालामा झरेका कपालहरुलाई पन्साइदियो र उसको मुखमा लगेर आÇनो ओंठ जोडिदियो । धेरै समयपश्चात् बोल्यो –“सविता ¤  ए सविता ¤ के म नै हुँ त तिम्रो सपनाको अर्ध छायाँ ?”
८८८८८        ८८८८८        ८८८८८
“हेल्लो ¤”
“म आकाशतिर फर्किएर मस्तले पाकेको पहेंलो आँपको दाना हेर्दै छु र सोच्दै छु यसलाई कसरी हासील गर्ने बारे । यद्यपि मुखबाट पानी रसाउने तर्खरमा छ ।”
“म खुब तिम्रो फोनको प्रतीक्षामा बसें । लाग्यो तिम्रा वेवकुफ कुराहरुका कुनै औचित्य छैन । यद्यपी तिम्रो स्वर सुन्दर लाग्यो । तिमीले बोलेका कुराहरु सुनिरहुँ झैं लागे । कुनै पुराणको कथाजस्तो ।”
“म विश्वस्त थिएँ, तिमीले यही भन्ने छौ तथापी आँप पाक्न थालेको छ र मैले सदा झैं आँपको कापेको सपना हिजो पनि देखेंक छु ।”
“ए ¤ के हुन सक्छ त्यो कापेको अर्थ ? मलाई आभाष हुन थालेको छ, तिमी त्यसको विश्लेषण गर्न सक्छौ ।”
“म विश्लेषण गर्न जान्दिन, तथापी तिमी सुन्दर छ्यौ । पछ्याउने धेरै छन् । मान्छेले आँखा गाड्छन्, आँखा गाड्नु त ठीकै छ । मान्छेमा दुईवटा चरित्रहरु छन्– उठाउने र गिराउने । खैर, म त्यहि अर्थ खोज्छु– एउटा पुरानो, बुढो र जीर्ण रुखको छहारीमा शितल ताप्न लमतन्न सुत्दा त उल्टो त्यो रुखका छिद्रहरुबाट बतास पस्छ, घाम छिर्छ, पानी चुहिन्छ । आखिर कापे त कापे नै हो – यसको स्वभाव अड्काउने नै हुन्छ । यसको प्रकृति÷वनावट कहिँ डरलाग्दो हुन्छ, कहिँ मलिन हुन्छ, कहिँ रुख्खो र कडा हुन्छ त कहिँ नरम हुन्छ ।”
“मलाई यौटा आभाष हुने गरेको छ, मैले पनि यौटा सपना देख्ने गरेकी छु । यसको अर्थ तिमी लगाउन सक्छौ ?”
“कस्तो सपना ?”
“कसैले मलाई बेस्सरी च्याप्छ । गाला र ओंठ हुँदै छातिसम्म पुग्छ । विस्तार विस्तार फेरि ओंठमा नै गएर टुङ्गीन्छ । सपनामानै व्यँझेजस्तो हुन्छ । एक्कासी आँखा पर्छ – त्यहि रातो गुलाफमा । जसलाई तिमीले टिपेर फाल्न भनेका छौ ।”
“तिमीले कहिल्यै त्यो छायाँसँग नै आÇनो मुख जोड्ने जमर्को गरेकी छ्यौ ? अथवा त्यो छायाँमा नै आफूलाई समर्पण गर्ने उत्साह व्यक्त गरेकी छ्यौ त ¤”
“माफ गर्नुहोस् ¤ त्यो त मेरो सोच भित्र नै परेको छैन ।”
“छाडिदेऊ आफूलाई निश्फिक्रिसाथ । तिमीभित्र द्वन्द नै द्वन्दले जरो गाडिसकेको छ । सक्छौ त यसलाई शान्त पार्ने चेष्टा गर । तिमी साँच्चै श्यामजीबाट पीडित छ्यौ कि कसो ? मलाई त लाग्छ तिमी निष्फिक्रिसाथ फक्रन पाएकी छैनौ । लाग्दैछ – तिमी बर्खाको खहरेलाई माटोको बाँध हाली छेक्ने कोशिसमा छ्यौ । यो सम्भब छैन जब कि माटो त खहरेको एक भुल्कोले नै बगाई लान्छ ।”
“के गरौँ ? यसको सकल्द उत्तर छ त तिमीसँग ? या त्यस्तो सुझाब दिन सक्छौ तिमी – जुन सुझाबलाई बिना सोचबिचार म शिरोपर गरुँ ।”
“माफ गर ¤ म हतारमा छु, त्यसो त म त्यो पहेल्पुर आँपको दानासम्म पनि खान भ्याएको छैन । यसो गरौं – अर्को भेटमा उत्तर भेट्टाएसम्म खोजौँला ।”
“मलाई तिम्रो फोन नम्बर देऊ, यद्यपि म तिमीलाई चिन्दिन । तिम्रो तस्विर पनि म सँग छैन, तथापि म तिम्रो आवाज सुन्न सक्छु –सुरिलो आवाज । म चाहन्छु निर्धक्क तिमीसँग बोलौं घन्टौं घन्टा ।”
“मेरो कुनै नम्बर छैन । तिमीले मलाई देख्न सक्छ्यौ । छुन सक्छ्यौ । आÇना पीडाहरुलाई पोखिदिन सक्छ्यौ – ह्वाल्ह्वाली – मेरो सामुन्य ।”
“कसरी भेट्न सक्छु, कसरी छुन सक्छु, म सम्पूर्ण व्यथाहरुलाई पोखिदिन चाहन्छु तिम्रो इच्छा बमोजिम ..कसरी ?”
“कुर्न सक्नुपर्छ, कुनै समय सम्भव हुन्छ ।”
“ऐ ¤ कुनै न कुनै तरिका त होला, कुनै न कुनै फोन नम्बर त होला ¤”
“माफ गर ¤ ठीक ५ः०० बजे ।”
८८८८८        ८८८८८        ८८८८८
केटाले फोन राखिसकेपछि सविताको मनमा खल्लोपना उत्पन्न भयो । ‘५ः०० बजेको कुराइ भनेको त ज्यादा समय हो ।’ उसले सोची र आÇनो मोवाइल सेटमा उक्त नम्बर हेरी यो नम्बर पहिलेको जस्तो ल्य ल्गmदबच थिएन । उसलाई टेलिफोन अफिसमा इन्क्वाएरी गर्न मन लाग्यो । उसलाई यस्तो पनि लाग्यो– आजको क्षण एक आनन्दको क्षण हो – आनन्दोत्सव । उसले सोचि पनि – यो कुरा जब पतिले थाहा पाउने छ, सुन्नेछ तब उसको आवाजले नै घरको माथिल्लो Çल्याटलाई एउटा चुनौतीपूर्ण उद्घोष गर्नेछ । उसलाई यस्तो लाग्यो – यो शहरको एलिशान घर, बङ्गला, ब्यापार, व्याबसाय त झन् घमण्ड उमार्ने बस्तुहरु हुन् ।
एकछिनसम्म आँखा चिम्म गरिसकेपछि उसले फेरि त्यहि मोवाइलमा रहेको नम्बर हेरी । उसलाई लाग्यो –यो नम्बर निर्दोष छ । उसलाई कौतुहलता पनि जाग्यो – यो आनन्द दिन सक्ने मान्छे को हुन सक्छ ? धेरै–धेरै गमिसक्दा पनि उसले के गर्ने के नगर्ने भन्ने निधो लिन नसक्नु नै आफूलाई अभिशाप भएको कुरामा विश्वस्त रही ।

“हेल्लो ¤ लाग्यो फोन गर्नेछैनौ ।”
“फाल्तु कुराहरुभन्दा पनि मुख्य कुरा नै गरौं न हुन्न ।”
“तिम्रा बेवकुफ कुराहरुभन्दा आज भिन्न छौ त, धित मरेका छैनन् तिम्रा ति बेवकुफ कुराहरु सुन्नेः, खैर सत्यलाई खोलले ढाक्न त सकिन्न, तथापि दिउँसोभरी एउटा ज्वाला मनभित्र दन्किरह्यो । मनमा एउटा खल्लोपनाले वास बसान्न थाल्दै’थ्यो । साह्रै वेचैन पनि भइयो, सपनाको अर्थ बताएनौ, यो फोनको प्रतीक्षा त्यो मानेमा पनि भयो । तथापि लाग्दैछ कि तिमीले त्यो सपनाको अर्थ वताउनेवाला छैनौ ।”
“कसरी प्रस्टाउन सक्छ्यौ कि मैले त्यो अर्थ वताउन चाहेको छैन ।”
“एउटा घटना सुनाऊँ ?”
“कस्तो घटना ?”
“एउटा देशभक्त सिपाहीले सरकारसामु विन्ति ग¥र्यो– सकार ¤ एउटा विकट गाउँमा धेरै ठूलो आगलागी भइरहेछ । आज भर्खरै मात्र खवर आइपुग्यो । सरकारले गम्भिरतासाथ सोच विचार गरेर जवाफ दियो –‘चारजना घोडचढीहरु लिएर जाऊ र सबै आगो निभाएर मात्र फर्क । घर जलिहाल्यो भने भनिदिनु सरकारको आज्ञा छ कि– नयाँ घर बनाएर बस, दालभात खाएर बस’ । केहि दिन वित्यो, पानी प¥यो, घोडचढीहरु गाउँमा पुग्दा आगो र गाउँ नै निभिसकेको थियो, केही बाँचेका त थिए । हप्तादिनपछि सो सिपाहीले सरकारसामु जाहेर ग¥यो कि –‘सरकार ¤ गाऊँ त निदाएको छ, मस्त निन्द्रामा परेका रहेछन् गाउँलेहरु त….. सिपाहीले आÇनो कुरा राख्न नपाउँदै सरकारबाट हुकुम भएछ – सबैजना दालभात खाएर नै सुतेका त होलान् । तिमी पनि दालभात खाएर सुत ।………………., मलाई लाग्दैछ तिम्रा ती कुराहरुमा यही अर्थ लुक्दैछ ।”
“तिमीले के सोचेकी छ्यौ ?”
“प्रष्ट भनौ ?”
“मैले तिमीबाट यहि आशा राखेको छु कि, तिमीले मसँग सबैभन्दा प्रष्ट अन्तरहृदयको उत्कर्ष इच्दा राख्नेछ्यौ ।”
“म तिमीसँग घण्टौं कुरा गर्न चाहन्छु, मात्र एक रात विताउन चाहन्छु, लाग्छ त्यो रात नजिकै छ ।”
“मैले सोचेको छु, अध्यारो छायाँ बनेर तिमीभित्र घुसीदिऊँ, तिमीभित्रको अन्धकारलाई छेडिदिउँ एउटा उज्यालो सियोले ।”

फोन राखिदियो, केटीले रि–डायल गरी । फोन लागेन । फेरि गरी, फेरि–फेरि, घन्टौंसम्म । उसलाई रुन मन लाग्यो, हास्न मन लाग्यो– खित्का छाडेर बेजोडसाथ । आफू पोखिन मन लाग्यो सुख्खा माटोमा – पोखरीको पानी झैं । विलिन हुन मन लाग्यो पानी झैं – बालुवामा । उसलाई यस्तो उद्वेग चलेर आयो– छाल बनेर उर्लऔं, गंगामा झैं । उग्रता बढेर नै आयो, प्यास खपेर सुख्खा बस्तु चपाएझैं ।
समय वितिदियो । अर्धअँध्यारो थियो, तथापि पर सडकछेउको बत्तिको अर्थप्रकाशले कोठाको पर्दाको आधा भाग पोतिएको अस्पष्ट देखिँदै गर्दा उसले गम्लड्ड अङ्गालो हाली, बेग्लै सँधैभन्दा । अर्धछायाँ, अर्धनिन्द्रा, अर्धप्यास जुधिदियो एकैसाथ ।
(बेल्कोट, नुवाकोट)

प्रतिक्रिया दिनुहोस्

*