बैगुनीलाई…

-ज्ञानेन्द्र गदाल

भन्छन् हजुर बैगुनीलाई, गुनैले मार्नु
विपत्तिमा पनि कैले, हिम्मत नहार्नु
यति गर्न सकेदेखि, स्वच्छ हुन्छ मन
जोगाइराखे बचाइराखे, सधैं आफ्नोपन ।
विश्वास जित्न सकिंदैन, कुरा काट्नेको
झुटो कुरा गरी–गरी, माया साट्नेको
भन्छन् हजुर पराइको, कुरा नकाट्नु
अटल हुन्छ सांचो सत्य, बोली नढांट्नु ।
यति गर्न सकेदेखि, स्वच्छ हुन्छ मन
जोगाइराखे बचाइराखे, सधैं आफ्नोपन ।
आकाश पनि रुनु पर्छ, धर्ती भिजाउन
कोमल मुटु हुनुपर्छ, दुनियाँ रिझाउन
भन्छन् हजुर परोपकार नै, साँचो धर्म हो
परोपकार नै मानवताको, सही मर्म हो ।
यति गर्न सके देखि, स्वच्छ हुन्छ मन
जोगाइराखे बचाइराखे, सधैं आफ्नोपन ।

अमेरिका

प्रतिक्रिया दिनुहोस्

*