शुभकामना ः विदेशबाट

-ईश्वर मानन्धर

ए स्वदेशका मेरा साथीहरु
हामी विदेशिएका छौं
स्वेच्छाले होइन
विवशताले
नसम्झनू, हामीले बिर्सेका छौं
आफ्नो देशलाई
संस्कृति र रीतिरिवाजलाई
आफ्नो परिवारलाई
नसम्झनू ।
पश्चिमी जगतको
आकर्षण र रंग रौनकमा
रमाई बसेका छौं ।
कठिन परिश्रमलाई हाँसी हाँसी
सामना गर्दै बसेका छौं
स्वदेशमा घटेका
उत्तेजनात्मक विध्वंसकारी
दुःखद् घटनाहरुले
नेपाल आमासँगसँगै
हाम्रो मन पनि रोएको हुन्छ ।
ए, नयाँ वर्ष २०६०
तिमी सँगसँगै आएको
यो शान्तिवार्ता
सफल होेस्
स्वार्थी राजनीतिले जन्माएको
अस्तव्यस्त जनजीवनमा
सुख शान्तिले बास गरोस् ।

सन् २००३ मा लेखिएको यो कविताका कविको ५ जनवरी २०१२ मा
बेलायतको लन्डनमै निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

*