घर – १७

-परशु प्रधान

-कथोपन्यास
ऊ भर्खरै कोठाबाट निस्केर फेरि हात जोड्यो  म जे भन्दैछु,, यहाँ र मेरो हितमा भन्दैछु । यहाँ र मेरो दुवैको जिन्दगी लामो छ । राम्ररी विचार गर्नुहोला ।
यौटा आँधी जस्तै ऊ आयो र यसरी नै गयो । म भने बाँध फुटेको पोखरी जस्तै भएँ । अब के कसो गर्ने हो ? म सोच्न बाध्य छु । किन मेरो जीवनमा यस्तै आँधी, हुरी आउँछ र मलाई अप्रत्यासित मोडमा पु¥याउँछ – त्यसैलाई मान्छेहरू आ–आफ्नो भाग्य भन्छन् होला । कोठामा धुमधुमती एक्लै छु । सो आँधी जस्तो मान्छेलाई चिया ख्वाउँदा, सँगै खाएँ । चियाको सुर्कोसँगै उसले आफ्नो परिचय दियो – मेरो नाम धनबहादुर विष्ट हो, भक्तपुरमा बस्छु । मेरो पुख्र्यौली नै त्यहीं हो । यो अधबैंसे उमेरमा आएर जीवनमा यस्तो संकष्ट व्यहोर्नु पर्ला भन्ने मलाई थिएन् । तर के लाग्दो रहेछ ? आज तपाईंसँग हात जोड्न आइपुगे, आउन बाध्य र विवश भएँ ।
मलाई लागेको थियो – यो धनबहादुर बिष्ट, जसलाई जीवनमा म पहिलो पटक भेट्दैछु, यसै आउन लागेको होइन । पक्कै यसभित्र कुनै रहस्य छ, सोच छ । अन्यथा मैले कहिल्यै नचिनेको, नसुनेको र अत्तोपत्तो थाहा नभएको मान्छे म अदना स्वास्नीमान्छेलाई किन भेट्न चाहन्छ ! यौटी पीडित महिलालाई ।
“साँच्ची तपाईंले कसरी मेरो नम्बर पाउनु भयो ?”
“ए हजूर ! आजको शहर, यो बेला संसार पाउन सकिन्छ । कत्तैबाट यहाँको नम्बर पाएर नै मैले भेट्ने समय मागेको हुँ । यहाँले मलाई भेट्ने समय दिनु भएकोमा म यहाँलाई कत्ति धन्यवाद दिऊँ ?” ऊ नम्र थियो ।
मैले औपचारिकता देखाएँ – यहाँलाई अकस्मात यसरी भेट्न पाएकोमा म पनि खुसी छु । हेर्नुहोस् – यस घरमा यी दुई कोठा लिएर दुःखी जीवन विताइरहेकी छु । जीवनमा यत्ति कष्टप्रद ः समय आउला भन्ने मलाई थाहा थिएन । तर आफ्नो भन्नेले धोका दिएपछि कसको के लाग्दो रहेछ ?
“तपाईंको पीडा म बुझ्छु । म पनि यहाँलाई आफ्नो पीडा सुनाउन नै आएको हुँ । हामी दुवैका लागि आकाश खसेको छ, ठूलो भुइँचालो गएको छ । अनि यहाँको माइती चाहीं कहाँ हो ? ……. ”
“मेरो माइती पूर्वी पहाड हो । तर काठमाडौं बसेको चालीस बर्षभन्दा बढी भयो । माइती घरमा कोही छैनन् । आमा–बा खसेको धेरै बर्ष भयो । म एक्ली छोरी, दाजु भाइ थिए, कहाँ छन् – कुन अवस्थामा छन् भन्ने केही थाहा छैन । एक जना भाइ त माओवादीमा लागेको थियो भन्ने सुन्छु । ऊ मरेको बाँचेको केही थाहा छैन ……….. अब मेरा कोही छैनन्” – किन किन मेरा आँखा रसाएर आए, टाउको भारी भयो ।
“छोरा छोरी विदेश छन् – अमेरिका अष्ट्रेलिया कता छन् भन्ने सुनेको छु । ती सँग त सम्पर्क होला नि !”
“छन् – उत्तै छन् । ती गएको पनि धेरै बर्ष भयो । तिन्ले पठाएको डलरकै भरमा म बसेकी छु । कहिलेकहिं फोनमा कुरा हुन्छ ।”
“आज भोलि सबैको यस्तै हो । बढेका छोरा–छोरी सबै विदेशमा छन् । गाउँ–घरमा बुढाबुढी र केटाकेटी मात्र छन् । कुनै लास प¥यो भने मलामी जाने मान्छे पाइँदैनन् । तर हजूर – मेरो त सर्वस्व नै गयो । हजूरको लोग्नेले मेरो सत्यनास ग¥यो – म मर्नु न बाँच्नुमा छु । यस्तो त शत्रुलाई पनि नपरोस् ।”
कोठाको वातावरण एकै पटक परिवर्तन भयो । हामी दुवै भित्रको व्यक्त–अव्यक्त पीडाले छटपटियौँ । मैले थाहा पाएँ – मैले भर्खरै पाएको सौताको ऊ खास श्रीमान् रहेछ । मैले गरेको शङ्का ठीक रहेछ । उसले केही पीडामा, केही आक्रोशमा आफ्नो कथा भन्न लाग्यो ।
“हजूरलाई थाहै छ – मेरी श्रीमती नर्स हो । ऊ नर्स भएको पनि आठ दस बर्ष भइसक्यो । मैले विहे गरेपछि उसलाई नर्स पढाएँ र नोकरीमा लागी । हेर्नोस् – घरमा दुई छोरा र छोरी छन् । एउटै उमेरका जस्ता – सबै पढदै छन् । मेरो सानु पेन्सन छ, खेतबारी खास केही छैन । दुक्ख सुख गुजारा गर्दै आएको यौटा निम्न मध्यमवर्गीय मान्छे म । जिन्दगी यसो उसो ठीकठाकसँग नै चलिरहेको थियो । तर यहाँको बूढाले ………….” यसपछि उसको वाक्य बसे जस्तो भयो – हिक्क हिक्क आयो ।
मैले एक गिलास पानी दिएँ र पानी सँगै शान्त्वनाका शब्दहरू दिएँ – जे हुने कुरा भइसक्यो । अब न तपाइँ, न मैले केही गर्न सक्ने अवस्था छ । हामी दुवै चढेको जीवनको गाडी दूघर्टनामा प¥यो । तपाइँको श्रीमती पनि त ठीक रहेनछ नि ! एक हातले त पक्कै ताली बजेन ।
“मलाई आफ्नो श्रीमतीप्रति रत्तिभर अविश्वास थिएन । यसैले उसलाई पढाएँ, जागिरमा लगाएँ । रात रातभर नआउँदा नर्सको डयूटी यस्तै हो भनेर चित्त बुझाएँ । तर केही महिना यता उसको आनिबानी र स्वभाव अलि फरक हुँदै आएको थियो । अर्थात एक जना विरामीको कुरा गरिरहन्थी । सो बिरामी अत्यन्त ठूलो विद्वान, धनीमानी, संसार घुमेको गजबको छ भन्थी । ऊ सँगै लागेकीले हो कि के ले हो ? ऊ टोलाउन लागेकी थिई – केही बिर्से जस्तो गर्थी ।” उसले सविस्तार भन्न लाग्यो – “तर उसको चरित्रमा म शङ्का गर्दिनथे । किनभने विभिन्न किसिमका रोगीहरूसँग उसले डिल गर्नै पथ्र्यो । फेरि आजभोलिको हावा – सबै पागल जस्ता लाग्छन् मलाई । तर यस पटक हजूरको बूढाले अलि कडा मोहनी नै लाइदिए जस्तो लाग्यो । ऊ सपनामा समेत बर्बराउन लागी – मेरो राजा, मेरो प्राण भनेर । हरेक प्रसङ्गमा त्यही रोगी कृष्ण रामको कुरा ल्याउँथी । मान्छेको बिग्रने मति लागेपछि के लाग्छ र ! एक दिन अचानक सुनाई – म अफिसको काममा एक हप्ता सिङ्गापुर जान प¥यो । त्यहाँ एड्भान्स तालिम छ । मैले उसको प्रगतिमा रोक्ने कुरा थिएन । तर त्यस्तो ट्रेनिङ्ग सेनिङ्ग केही होइन रहेछ । ऊ कृष्णरामसँग गएकी रहिछे । सिङ्गापुर मात्र होइन, हङ्गकङ्ग र थाइलैण्ड पनि पुगिछ । त्यहींबाट हाम्रो अभाग सुरु भएको रहेछ ……….”
अव मेरो पालो थियो – “उहाँलाई संसार घुम्न केही जस्तो नलाग्ने । मैले सोचेर बुझेर पनि के गर्नू ? कहिले अमेरिका पुगेर फोन गर्ने – म न्यूयोर्क छु भनेर । सेमिनारमा अचानक आएको केही दिनपछि फर्कन्छु भन्नुहुन्छ । मलाई के हो – के होईन ? के थाहा ? फेरि कहिले पोखराको फेवातालमा डुङ्गामा छु भन्नुहुन्छ । म त उहाँदेखि आजित भइसकेकी थिएँ । वास्तवमा उहाँ कुनै कुराको टुङ्गो नभएको मान्छे ! फेरि यहाँको श्रीमती, नाम कमला होईन – दसौं या एघारौं हो । यस्तो गरिहिंड्नु उहाँको ह्याविट नै हो । गजबको मान्छे ! मैले त यस्ता ठक्करहरू खाँदा खाँदा, भोग्दा भोग्दा आजित भएर अब छाडेको । तपाईंलाई थाहै होला – हाम्रो पाचुके भइसक्यो । अनि कमलासँग उहाँले अड्डामा गएर नै विहे दर्ता गराउनु भएको छ । अब न तपाईंले, न मैले केही गर्न सक्छौं । आ–आफ्नो बाटोमा हिंड्न बाहेक ।” – मैले कुरा टुङ्ग्याउन चाहें ।
तर उहाँको कथा बाँकी नै रहेछ ।
“मेरो घरजग्गा कमलाको नाममा छ हजूर ! मेरा सन्तान लालाबाला, म आपैmँ अब सुकुम्बासी भएनौं । सस्ती आइमाइको के विश्वास अब । त्यो घरजग्गा मेरो माइतीले दिएको भन्ली ………. अथवा मैले आर्जन गरेर जोडेको भन्ली ।” – फेरि ऊ बोल्न सकेन । स्वभाविक हो – कुनै ठूलो पहिरोले ऊ थिचिएको मैले पनि स्वीकारें ।
“पछि पछि सो फटाहा कृष्णराम पनि विभिन्न निऊँ पारेर मेरो घरमा नआएको कहाँ हो र ! तपाईंको एरियामा अलिकति घडेरी लिउँ भनेर आउँछ कहिले, कहिले तपाईंको घर–परिवार हेर्न आएको भन्छ । म बाहिर जाँदा कमला र ऊ दिनभरि कोठामा गफगाफ रमाइलो गर्दा रहेछन् । नाम पनि कृष्ण, लीला पनि कृष्ण ………”
“उहाँको चर्तिकला बुझेर के साध्य ! तपाईंले त भर्खरै भोग्नु भयो । मैले त जीवनभर भोगेर आएँ, सहेर आएँ । अब भने स्वतन्त्र छु – आकाशको चरा जस्तै ।” मैले चित्त बुझाएँ । तर मेरो मानसमा भने विगतका धेरै प्रसङ्गहरू अनायास खेल्न आइपुगे । मेरो मानसमा सेभ भएको यौटा घटना वा दूर्घटना यस्तो थियो ।
एक रात अलि ढिलो उहाँ आइपुग्नुभयो – यौटी युवतीसित । अनि आफ्नो कथा शुरु गर्नुभयो – हेरन यी मेरी मितबहिनी । आजै धरानबाट आएकी रहिछन् । यिनका दाजु र मैले उहिल्यै सानोमा मित लाएको । हाम्रो घर सँगसँगै – फेरि मित्रता पनि उस्तै – एक छिन नछुट्टिने । कहिले हामी यसै धनकुटा, भेडेटार पुग्थ्यौं । कहिले बराहक्षेत्र र सप्तकोशीमा । यी बहिनी आज यहीं बस्छिन् । विचरी कहाँ जावस् यो रातको समय । वाहिर फेर असुरक्षा मात्र छ ।
सो विचरी मितबहिनी एक वचन बोलेकी होईन । घरमा आएको पाहुनालाई घरमा खानपान रामै्र गराउनु प¥यो । तर मध्य रातमा उहाँ आफ्नो विछ्यौनाबाट हराउनु भयो । मैले सहज अनुमान गरें – ती खेलौना– मितबहिनी हुन् । मलाई कत्ति ढाँट्न सक्ने ।
म एक छिन टोलाएछु । यस्ता धेरै घटनाहरू छन्, स्थितिहरू छन् – संझेर के फाईदा । बाहिर घाम डुब्न लागेको थियो । मैले उहाँलाई विदा गर्न चाहें । किनभने यौटा अपरिचित व्यक्तिसँग धेरै समय बस्नु म चाहन्नथे । अब मैले विदा दिन चाहें – अरु केही भन्नु छ कि तपाईंलाई ?
“खास भन्नु केही छैन । आफ्नो दुःख सुखका कुरा गरौं – आँसु बाँडौ भनेर म यहाँलाई दुक्ख दिन आएको । म अभागी हुँ – जिन्दगीमा ठूलो धोका खाएँ । मैले फेरि व्यवहार गर्ने कुरा आउँदैन – म सक्ता पनि सक्तिन । म यहाँ यौटा अनुरोध गर्छु –अन्यथा नमान्नुहोला ।” ऊ धेरै भावुक देखिन्थ्यो ।
“के कस्तो अनुरोध होला ? ……… ”
“म आफ्नी श्रीमती फिर्ता चाहन्छु । उसले जे गरी – म उसलाई माफ दिन्छु । मेरो घर–व्यवहार–मेरो परिस्थिति यहाँलाई के सुनाऊँ । जे भए पनि यहाँको श्रीमान् त्यत्रा लामा वर्षहरू सँगै बसेको । यहाँले मिलाउँ – म आफ्नै श्रीमती इज्जतसाथ फिर्ता गर्न तयार छु, अनि यहाँको पनि व्यवहार विग्रने थिएन ……..” – उसले हात जोड्यो । म गहिरो संकष्टमा परें । मैले केही सोच्न सकिन ….. दिमाग शून्य भयो । सारा शरीर काम्न लागे । मैले हठात उत्तर दिएँ – “माफ राख्नुहोला – तपाईंले श्रीमतीलाई माफ दिन सक्नुभयो – तर म सक्तिन । किनभने कानूनले पनि हामी अलग भइसकेका छौं । अब न ऊ मेरो लोग्ने हो – न त उसको श्रीमती म हुँ ।”
“त्यसो नभनौं हजूर ! सबै कुरा मन हो । हाम्रो मन मिलेपछि, हाम्रो व्यवहार मिलेपछि कानूनले पनि हामीलाई बाधा गर्दैन । मैले राम्रो वकिलको पनि सल्लाह लिइसकेको छु ।”
“एक पल्ट फुटेको हाँडी जोडिएला र ! एक पल्ट टुटेको मन फेरि कसरी जोड्ने । म त सक्छु जस्तो लाग्दैन । तपाईं धन्नको लाग्नेमान्छे हुनुहुँदो रहेछ । स्वास्नीलाई जुत्ता ठान्ने पुरुष – समाजमा तपाईंजस्तो ………….”
“त्यसो भए अर्को उपाय छ हजूर ! हजूरले अन्यथा नलिने भए ? ………”
“कस्तो उपाय – म त केही देख्तिन ।”
“मैले देखेको छु – निर्णयको पूर्ण जिम्मा यहाँको । मेरो कमला यहाँको श्रीमान्ले लगेपछि, मैले यहाँलाई ……….. यहाँसँग ………. व्यवहार गर्न मिल्ला ? ………” ऊ केही होस र केही बेहोसमा थियो ।
“मैले राम्रो बुझिन …………. फेरि भन्नुहोस् । स्पष्ट बुझौँ, के कुरा हो ?”
“हामी पुनर्बिहे गरौं – नयाँ घरजम गरौं । हामी दुवैले ती दुईको प्रतिशोध लिने सबैभन्दा राम्रो विकल्प यही हो । म त तयार छु ……….. सँधै स्वीकार्छु …………. धोका दिन्न । यहाँले पनि विताउनुपर्ने जिन्दगी लामो छ ……… सोचौं ।” ऊ गम्भीर भयो ।
मैले कुरा बुभेंm – “म विचार गरौंला । अहिल्यै निर्णय नलिउँ – हेर्दै जाऊँ …………..” म विचारको पोखरीमा डूबें – उत्रें र डूबें ।
अनि ऊ उठ्यो र सरासर भ¥याङ्ग ओल्र्हन लाग्यो । मलाई विगत, वर्तमान र मेरो भविष्यले एकै पटक संत्रस्त बनायो । म विल्कूल शून्य र निरीह भएँ । मेरो लामो जीवनकालमा यो मेरो जित थियो कि हार ………. सोचिरहें ।
–––
काठमाडौं

2 प्रतिक्रिया

  1. Veru nice situational possible story.

  2. Very nice situational possible story Dhungana ji. Keep it up.

प्रतिक्रिया दिनुहोस्

*