सुहागरात

 

-सुमित्रा पौडेल ”आँचल”
 
दुर्घटना भन्नु  कुनै ठाउँमा ठक्कर खाएर शरीरमा लाग्ने चोट मात्र  रहेनछ  यो पनि  जिन्दगीको  ठुलो दुर्घटना रहेछ   !  तर म बाँच्न सफल भएकि छु  र  मलाई  बाँच्नु पनि  छ …हिजो सम्म म मेरै जिन्दगीका कथा र व्यथाहरु मन भित्रै दबाएर आँशु र हाँसो लिएर खेल्दै थिएँ तर आज तिनैलाई  भाषा या कथामा परिणत गरी शब्द र शैलीसँग मिलाएर  ”सुहाग रात ”नाम दिई   आत्मा कथन प्रस्तुत गरिरहेछु !.कथामा म पात्र खडा.गरेर नारी मनोभावलाई  भन्नै पर्ने आबस्यकता  ठानी सार्बजनिक  गर्ने प्रयास  गरेकि हुँ  बैनी  !

आज हजारौं हजार म जस्ता दिदी बैनीहरु अभाब र गरिबीका कारण  ,आफ्नो कर्तब्य र जिम्बेवारी बोकेर  पर्देशिन बाध्य भएका छन् !यो परदेशी जीवनको उच्छवासमा मेरा जस्ता कथा र ब्यथाहरु सयौका हुन सक्छन् ..त्यसैले अन्धो बनेर आफ्नो इमान्दारिता र कर्तब्यबाट बिमुख  रही  .बाटो बिराउँन रहर बोक्ने  सबैका लागि केही शिक्षा बनोस् भन्ने ”सुहाग रात ”कथा लेखनको मूल   ध्येय हो बैनी ….….   ! 
यो  घटनाले मलाई जिन्दगीमा  ठुलो पाठ सिकाएको छ  !   अधैरे भैरहेको मनलाई   थाम्न नसकेर अतितको तितो सत्यलाई ओकल्दैछु आज !
दिदी आखिर नव दाम्पत्य जीवनको सुरुवातको  रात ‘सुहाग रात ‘जति प्रेमिल भएर एउटा सिंगो जिन्दगी भित्र अटाए पनि कसैको लागि त्यो चोट बनेर छाप बसिरहदो रहेछ त कसैको लागि पीडा र दर्द बनेर छाती भरी छापिदो रहेछ त कसैको लागि  अमिट  अविस्मरणीय रात बन्दो हो  जुन  हामीले देखें या भोगेका छौ  !  बिहानीको सूर्य उदय सँगै छरिएका नबीन जिन्दगीका रंगहरु कसरी समयसँगै बिलिन भएँ  ? मलाई पत्तै भएन ! 
  बिबाह पछिका दिनहरुमा हामी बीचको गहिरो सम्बन्धले  हरेक उतारचाडपमा पनि शितलता दिने गर्थ्यो ! म रबिलाई भन्ने गर्थे प्रेमको समुन्द्रमा डुबुल्की मार्दाको जीवन कति आनन्दमय जीवन हुने रहेछ हगी ! उनी भन्थे सायद मैले तिमी जस्तो जीवन साथी नभेटाएको भए …………..? म मख्ख पर्थे ,तर आज मेरा उमंग ,मेरा रहर र मेरा सपना सबै बिलिन भएका छन् यद्धपि मेरा आशाका आँकुरा भने मरेको छैन दिदी  …..रविले आफ्नो सारा संसार बिर्सिएर वर्तमानको  रंगमंचमा जीवनलाई नाटकिए प्रदर्शन गरेको देख्दा देख्दै पनि सहिरहेकी छु दिदी धेरै सहेकी छु  ! हामी एकदिन आफ्नो मातृभूमि फर्कनु नै पर्छ आफ्नो परिवार र समाज अगाडी रविले घुँडा टेक्नु नै पर्छ दिदी …आज सबैका सामु उनी अन्धो भै रहेकाछन् एक अबला नारीको प्रेममा लुप्त हुँदै धनलाई पछ्याई रहेकाछन् ,म उनको अन्धत्वोलाई हेरिरहेछु ……हेरिरहनेछु  !
 हो नी बैनी  ! नारीमा ,सुशिलता ,कोमलता ,धैरेता ,सहनशीलता कर्तब्यपरायणता हुनु जरुरी पनि छ ! तिमीले आज मलाई जुन आत्मकथान सुनायौ त्यसले ममा केही शक्ति प्रदान गरेको छ केही शिक्षा दिएको छ ! 
म मेरो जिन्दगीलाई फर्किएर हेर्छु प्रेम बिनाको जीवन अपाङ्ग र लङ्गडो हुँदो रहेछ ! त्यसैले त जब मेरो दिपसँग भेट भयो म उसको असिम प्यारमा डुब्न पुगे तर उसको स्वार्थी प्रवृत्तिले गर्दा हाम्रो मिलन यसरी टुक्रियो जसरी ऐना  भुईमा झर्दा झर्यामझुरुम्म भएर फुट्छ !
प्रेमको नाटक गरेर नारीलाई साधनको रुपमा प्रयोग गर्ने यौन पिपासुहरु हाम्रो समाजमा नगन्य नै होलान्  बैनी !
सबै कुरा यो  मन नै रहेछ दिदी  ! .
यतिखेर मसँगको यो पलले दिदीको   मनमा केही खुशी  छाएको महसुस गरेको छु मैले  ! बगिरहेको आँशु रोकिएका छन् !
 मलाई लाग्थ्यो प्रेम अटल र अमर छ हुन्छ भनेर !
ममा न त  कुनै नराम्रो बिचार र चाहना थियो न त मबाट नराम्रो  नाटकिए  अभिनय नै भए  हृदय देखिको पवित्र प्रेम पोखिरहेथे ,ईश्वर सम्झेर भक्तिभावले दिलमा सजाएर पूजा गर्थें  रबिलाई……सायद अल्पज्ञानका कारण उनी भित्र प्रेमको  बिकास हुन सकेन होला ,प्रेम ज्ञानको विस्तार हुन सकेन होला , म सोच्ने गर्छु  .बैबाहिक जीवन सामान्य जीवन हो त्यहाँ आँशु ,हाँसो ,सुख दु;ख ,खुशी मिलन बिछोड आइरहन्छ गै रहन्छ …..
अहो ! दिदी  समय बितिसकेछ !नभेटेको धेरै भएको थियो त्यसैले  तपाईलाई देख्न मन लाग्यो  र  दुई घन्टाको समय लिएर आएकी  थिएँ . ….
 तर समयले नेटो काटेको पत्तै भएन ! कथा हैन दिदी  हाम्रा एकापसका  आत्मकथान उपन्यास बनिसक्यो ! अब म काममा फर्किनु पर्छ !
 हुन्छ नी बैनी तर मलाई यत्ति भन्न मन लग्यो —
मानिसमा अवस्था अनुसार समय सँग लड्ने क्षमता हुँदोरहेछ !  यति लामो परदेशी जीवनमा  म  आफ्नो रक्षा र सुरक्षा आफैले गर्दै सबलरुपमा समय र परिस्थीतीसँग जुध्दै आएकी थिएँ  !हुनसक्छ उनको बाँच्ने तरिका पनि मेरो भन्दा सहज र  सरल चाहन्छन् होला   ! 
मैले एउटा कुरा अझै बुझिन नी दिदी ————
मैले  यत्ति सोध्नासाथ बोल्दाबोल्दै दिदीको गला अबरुद्ध हुन गयो …फेरी .नयनबाट सगस्र आँशुहरु खस्न थाले …उहाँको चित्कारले अतितलाई सम्झाई रहेको थियो !  
त्यो रुवाई एक धोकाको थियो ,बिश्वास घातको थियो ,दर्द ,पीडा र बेदनाको  भरिएको थियो !
दिदी अझै भन्दै हुनुहुन्थ्यो मेरो जीवनमा मिठो र तितो  प्रेमिल पलहरु पाएँ र गुमाएँ पनि  जसलाई मेरो ”सुहाग रात”संज्ञा दिएको छु तर आज मेरो जिन्दगी सुन्य छ  ! मेरा इच्छा, सपना  धुम्मिएको आकाश मन भित्र गुम्सिरहेछ ! अब  मेरा ती मिठा पलहरु मात्र मेरो जिन्दगीको कथा बनेको छ !
 
त्यतिबेलै मेरो मोबाईलको घन्टी बज्यो एस्तरको फोन रहेछ ..दुई घण्टाको समय उसले मलाई दिएकी थिइ तर घडी हेर्दा ३ घण्टा  नाघी  सकेको थियो  ऊ रिसाउँदैथी  ! समयले नेटो काटिसकेको हुँदा मैले  दिदीलाई सम्झाउने सक्ने अवस्था  पनि थिएन ! आफ्नो मन आफै सम्हाल्नु पर्छ दिदी जिन्दगीमा यस्ता तुफान र उतारचडापहरु आइरहने छन् गैरहंछ्न् सहन गर्न सक्नु पर्छ …भगवानले तपाईलाई धैरे , शक्ति र साहस प्रदान गरुन् भन्दै म मेरो घर तिर लाग्न बिबस थिएँ मेरो काममा तोकिएको समयमा फर्किनु पर्ने नै थियो तर धेरै ढिला भै सकेको थियो  ! दिदीसँग बिदा भएर मैले हतारले ढोका खोले एक अपरिचित मान्छे ढोका निर उभिरहेको थियो ! सरु घर मै छन् ? उसको प्रश्नमा हजुर छन् मैले जबाफ दिएँ !
एकदिन दिदीले मसँग भन्दै हुनुहुन्थ्यो भिनाजु जागिर तिर मात्र नभै संघ संस्थाहरुमा पनि सक्रिय हुनुहुन्छ भनेर तर दु;खको कुरा उहाँहरु बीच सम्पर्क नभएको ६ महिमा भयो भन्दै हुनुहुन्थ्यो ! त्यतिबेला मलाई यी कुरा झट्ट याद आयो ! दिदीका आँशुले तनमन धोईरहेको थियो ,अपरिचित मानिस भित्र पस्दा मेरो मन त्रसित बनेको थियो तर सरु तिमी किन रुँदैछौ ? अब म तिम्रा आँखामा आँशु देख्न चाहन्न ! अब मेरा बन्द आँखा खुलेका छन् मैले तिम्रो भित्रको अपार प्रेम सागरलाई बिर्सन सकिन सरु ….
 
 ” हातका मैला सुनका थैला के गर्नु धनले   
 सागर सिस्नु खाएर बेस आनन्दी मनले ”’
 
मुनामदनको यी हरफ मलाई झल्झली याद आयो सरु  ! अब हाम्रा दु;ख सकिएका छन् म तिमीलाई  स्वदेश फर्कन आग्रह गर्छु ! फर्किन्छेऊ नी हैन ?? दिदी निशब्द हुनुहुन्थ्यो !  
अपरिचित मानिसका  यति मिठा र मायालु शब्दहरुले  म भित्र कौतुहलता बढ्यो ! मेरो समय बितेपनि म ती  प्रेमिल शब्दहरु सुनेर ढोकाबाट फर्किए र बीच मै कुरा काट्दै  परिचय सोधें !
 
उहाँको झट्ट जवाफ आयो म सरुको श्रीमान !
अहो ! भिनाजु नमस्कार !
म उहाँ प्रति आदर प्रकट गर्दै विदेश आउनुको कारण सोधें आखिर भिनाजु कुनै बिशेष कार्यक्रममा इजरायल  आउँनु भएको रहेछ !
 
 त्यो सुनेर मेरो हृदय प्रफुल्लित भयो र   मेरा आशाका आँकुरालाई पनि सिहार सम्भार गर्ने प्रण गर्दै  खुसीले हृदयलाई सिंचित गर्न  थाले !यता भिनाजुले दिदीलाई .   असिम र अनन्त माया प्रेम बर्साउँदा दिदीको मुहारमा  चड्न  थालेको चमकले त्यही  संकेत   गर्थ्यो  जुन  उहाँको दिपसंगको मिलनको रात थियो  आज आफ्नै मान्छेसँग  प्रेमको महासागरमा डुब्दै  अँगालोमा  बेरिन पाउँदाको   पल  आह !! ………………म ढोका ढ्याम्म बन्द गरेर आशाका किरणहरुसँगै गुन्गुनाउँदै  मेरो घर  तिर लागेँ !!
 
तिमीले दिएको एक उपहार छ मसँग !
 
तिम्लाई थाह छ ? त्यै मिठो प्यार छ मसँग !!
 
(पाचौ तथा अन्तिम भाग) ”अस्तु”’
 
भरतपुर चितवन, हाल –इजरायल

प्रतिक्रिया दिनुहोस्

*