सिलोङमा डायरी हराउदा…

— डा. खगेन्द्रप्रसाद लुइटेल

गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए. कार्यक्रमको उद्घाटनका लागि गुवाहाटी गएका बेला सिलोङ पनि जाने कार्यक्रम काठमाडौंबाटै तय भइसकेको थियो । मलाई सिलोङ लिएर जानका लागि गुवाहाटीको कार्यक्रम समापनकै दिन सिलोङको बुद्ध भानु सरस्वती कलेजका प्राध्यापक मेरा प्रिय विद्यार्थी टेकनारायण उपाध्याय आइपुगेका थिए । पुस २७ गते बिहान सबेरै गुवाहाटी विश्वविद्यालयको गेस्ट हाउसबाट हाम्रो सिलोङ यात्रा प्रारम्भ भयो । साढे दस बजेतिर सिलोङ झालुपाडा पुग्दा टेकनारायणकी श्रीमती डा. अरुणा खाना पकाएर हाम्रै प्रतीक्षामा बसिरहेकी थिइन् । तिनी सन् १९४६ मा स्थापित त्यहा“को पुरानो स्कुल गोर्खा सेकेन्डरी स्कुलमा पढाउ“दी रहिछन् । त्यस दम्पतीका दुई सन्तान अनन्त र अनुपम पनि बाबाको सर आउने भनेर निकै उत्सुक रहेको बुझियो ।
खानपिनपश्चात् टेकनारायणले विभिन्न ठाउ“ देखाउ“दै यात्रा अगाडि बढाए । उनका साना छोराहरूले पनि कतिपय ठाउ“ देखाउ“दै लगे । त्यस ठाउ“बारे म ती फुच्चाजति पनि परिचित थिइन“ । मेरा लागि प्रत्येक पाइला नया“ थिए । गाडीमा निकै बेर उकालो चढेपछि सिलोङ पिक पुगियो । त्यहा“बाट सिलोङ बजार निकै सुन्दर देखि“दो रहेछ तर जाडोचाहि“ बेजोडकै… । सिलोङ पिकबाट सिलोङ बजार हेरिसकेपछि इलिफेन्ट फल्सतर्पm लागियो । निकै भिरालो ठाउ“मा अवस्थित इलिफेन्ट फल्स नाम दिइएको सानो छा“गो ठीकैको  लाग्यो । निकै ठूलो सैनिक क्षेत्र हेर्दै हामी अगि बढ्यौ“ । गजे घलेको राइफलसहित अनेक युद्ध सामग्री राखिएको राइनो हेरिटेज म्युजियम हु“दै वार्डस लेक पुगियो । त्यो मङ्गलबार बन्द हुने भएकाले बाहिरैबाट हेरियो । त्यहा“को स्टेडियम र गल्फ लिङ्क ठूलै भए पनि त्यति व्यवस्थित नभएकाले आÇनै देशको झझल्को दिने खालकै थिए ।
हाम्रो यात्रा धर्म विशेषमा केन्द्रित नभएकाले चर्च हेर्न पनि बा“की राखिएन । त्यहा“को क्याथोलिक चर्च निकै सुन्दर र सफा रहेछ । त्यसको अवलोकनपश्चात् हामी लेडी हाइडरी पार्कभित्र प्रवेश ग¥यौ“ । केटाकेटीलाई खेल्न र युवायुवतीलाई प्रेमालाप गर्न ठीकै देखिने त्यस पार्कमा केही बेर बिताइयो । फुच्चेहरू त्यस ठाउ“मा निकै रमाइलो मानेर घुमे । यसपछि हाम्रो यात्रा नर्थ स्टर्न हिल युनिभर्सिटी (नेहु) तर्पm अगि बढ्यो । निकै ठूलो क्षेत्रमा पैmलिएको त्यो युनिभर्सिटी पनि घुम्न लायककै देखियो ।
यी विभिन्न ठाउ“को यात्रा सकी हामी आर्य समाज गेस्ट हाउसमा आइपुग्यौ“ । त्यही“ आर्य समाजका पुरोहितको क्वार्टर पनि रहेछ र त्यसका पुरेत टेकनारायणका ससुरा गङ्गा कश्यप रहेछन् । चालीस–पचास जनासम्म सुत्न मिल्ने राम्रै बन्दोबस्त भएको त्यस गेस्ट हाउसमा मेरा लागि सबैभन्दा माथिको कोठा मिलाइएको रहेछ । त्यस रात त्यही“ पूरै घरायसी वातावरणमा बसियो ।
अर्काे दिन बिहान खाना खाएर टेकनारायण, छोरो अनुपम र ससुरासहित हाम्रो यात्रा डन बस्को म्युजियमतर्पm अगि बढ्यो । निर्माणाधीन अवस्थामै भए पनि त्यो म्युजियम निकै व्यवस्थित रहेछ । टचेबल कम्प्युटरबाट पूर्वाेत्तर भारतका सात राज्य असम, मेघालय, मणिपुर, नागाल्यान्ड, मिजोरम, त्रिपुरा र अरुणाचलका सामाजिक, सांस्कृतिक, आर्थिक आदि विभिन्न पक्षको अध्ययन गर्न सकिने त्यस म्युजियममा सबै सिस्टम कम्प्युटराइज्ड रहेछ । ढोकाबाट भित्रिनेबित्तिकै बत्ती बल्ने र बाहिरिनेबित्तिकै निभ्ने गजबको आधुनिक सिस्टम बनाइएको त्यस म्युजियममा पूर्वाेत्तर भारतका सात राज्यमा बसोबास गर्ने विभिन्न जातिका संस्कृति समेटेर बनाइएको निकै राम्रो डकुमेन्ट्री पनि हेरियो । त्यस क्षेत्रका सबै जातिका सांस्कृतिक सन्दर्भ, पुराना हातहतियार आदिको जानकारीका लागि त्यो म्युजियम निकै उपयोगी देखियो । बौद्धिक स्तरअनुरूप आआÇनै ढङ्गले मनोरञ्जन लिन सकिने त्यस म्युजियममा घुम्दा समय बितेको पत्तै भएन । निकै बेर त्यहा“ घुमघाम गरी बाहिर निस्केर एकछिन थकाइ मार्ने उद्देश्यले नजिकको पसलमा कफी खाई हामी फर्कियौ“ ।
फर्केर बासस्थान नजिकै आइपुग्दा एउटा पसलको बाहिर दगथ यलभ नभत ाष्खभ यच ठछ५ मष्कअयगलत लेखेको देख्दा अनौठो लागेर हामी त्यहा“ भित्रियौ“ । दगथ यलभ नभत यलभ भन्ने त देखेसुनेकै मान्छे भए पनि यस्तोचाहि“ यसपूर्व देखिएको थिएन । सुरुमा त रमाइलै लाग्यो तर पछि त फुस्सा । त्यहा“का सामानको दाम हेर्दा एउटैमा पा“चैवटाको दाम समेटिएको अनि ७५ प्रतिशत छुट हु“दा पनि निकै मह“गो लागेकाले केही पनि किनिएन । नढा“टी भनौ“ भने म कतै बाहिर जा“दा सामान किनेर दुख बेसाउने भए पो ∕
गेस्ट हाउसमा पुगेर खाजा खाई खास कार्यक्रममा जान तर्खर गर्दा पो थाहा भयो मेरो डायरी त हराएछ भन्ने कुरा । म कतै घुम्न जा“दा डायरी र क्यामरा साथैमा बोक्ने मान्छे, त्यस दिन पनि बोकेको थिए“ तर सानो फुच्चेले डायरी बोक्न रहर गरेकाले मैले उसलाई दिए“ र उसैस“ग होला भनेर वास्ता पनि गरिएन । डायरी हराएकोमा म मात्र होइन सबै निकै चिन्तित भए । फुच्चे रुन थाल्यो । उसले डायरी कहा“ छोड्यो पत्तै भएन । कहा“सम्म डायरी रहेछ भन्ने पत्ता लगाउन क्यामेराका फोटा हेरियो । म्युजियमबाट निस्क“दासम्म डायरी उसकै हातमा देखियो । डायरी कफी सप, ट्याक्सी र पसल यी तीन ठाउ“मध्ये कतै हुनुपर्ने अनुमान गरियो । त्यसमा पनि ट्याक्सीबाट म अन्तिममा ओर्लेको हु“दा त्यहा“ नछुटेकोमा म पक्का थिए“ । त्यहा“ छुटेकै भए पनि एसियाकै ट्याक्सी सिटीका रूपमा परिचित त्यस सहरमा जताततै ट्याक्सी नै ट्याक्सी भएकाले पत्ता लाग्ने कुरै भएन । दगथ यलभ नभत ाष्खभ पसल नजिकै भएकाले दौडेर गइयो, त्यहा“ डायरी भेटिएन । कफी सप निकै टाढा अनि अपरिचित ठाउ“ भएकाले डायरी भेटिने सम्भावना न्यून हु“दै गयो । मैले चित्त बुझाउनाकै लागि भए पनि म्युजियममा फोन गर्ने कुरा गरे“ । त्यहा“ दिइएको एउटा पुस्तिकामा फोन नम्बर फेला प¥यो । सबै कुरा बताएपछि त्यहा“को मान्छेले बाहिर कफी सपमा गएर हेरिदियो र डायरी भेटिएको जानकारी गरायो । सबका मुहारमा एकाएक खुसीका लहर पैmलिए ।
त्यो डायरी हराउनुमा फुच्चेको कुनै दोष थिएन । दोष थियो त हाम्रै थियो । बच्चालाई डायरी बोक्न दिने अनि मिठाइ किनिदिने काम गरेपछि उसले डायरीतिर ध्यान दिने कुरै भएन नि । यी त भए पछि सोचिएका कुरा । यस्तो कुरा पहिले नै सोचेको भए त हराउने नै थिएन नि ∕
अ“, त्यस अपरिचित व्यक्तिले डायरी भेटिएको कुरा बताउ“दा छाएको खुसीको लहर डायरीमा बङ्गालीमा नाम लेखिएको छ भन्नेबित्तिकै स्वाट्टै हरायो । ‘डायरीभित्र सबै नेपालीमा लेखेको छ पल्टाएर हेर’ भन्दा उसले ‘यसमा त सबै बङ्गालीमा लेखेको छ’ भन्दा त खङ्ग्रङ्गै भइहालियो । यी सब कुरा अङ्ग्रेजीमा भएका थिए । त्यस डायरीमा मेरो नाम र अन्य टिपोट पनि नेपालीमै लेखिएको थियो । परेन फसाद । अर्कै कुनै बङ्गालीले पनि डायरी हराएको रहेछ कि भन्ने शङ्का उत्पन्न भयो । उसले डायरीमा स्ट्याम्प लगाएको छ भनेपछि चाहि“ मेरै हो कि भन्ने अनुमान भयो । त्यसमा साहित्य कुञ्जको स्ट्याम्प लगाइएको   थियो । २०६२ सालको गुरुपूर्णिमामा विद्यार्थीले उपहार दिएको डायरी थियो   त्यो । तर के पत्तो कुनै बङ्गालीकै डायरीमा पनि त स्ट्याम्प लगाइएको हुन सक्छ नि ∕ त्यसले बङ्गाली र नेपाली अक्षरको भेउ नपाएको पनि सोचियो तर पूरै चित्त बुझाउन सकिएन । मनमा यस्तैयस्ता अनेक कुरा खेल्न थाले, त्यो अस्वाभाविक पनि थिएन ।
त्यति बेलासम्म म्युजियम बन्द हुने बेला भइसकेको रहेछ । अर्काे दिनसम्म कुर्नसक्ने अवस्थै थिएैन । त्यहा“को कर्मचारीले फादर जोनकहा“ डायरी जिम्मा लगाइएको बताएपछि डा.अरुणा ट्याक्सी लिएर दौडिहालिन् । त्यहा“ पुगेर उनले फादर जोनलाई भेटी डायरी हात पारिन् र तुरुन्त फोन गरिन् । बल्ल ढुक्क भइयो तैपनि हात नपरुन्जेल त… ।
हामी बजार घुम्दै गोर्खा ठाकुरबाडी अपर मउप्रेममा पुग्यौ“ । त्यहा“ मलाई सन् १८७६ मा स्थापित गोर्खा पाठशाला स्कुल (हाल गोर्खा पाठशाला हायर सेकेन्डरी स्कुल), नेपाली कन्या पाठशाला सेकेन्डरी स्कुल, गोर्खा ठाकुरबाडी राधाकृष्ण मन्दिर, बुद्ध भानु सरस्वती कलेज आदि देखाइयो । गोर्खा पाठशाला हायर सेकेन्डरी स्कुलमा भानुभक्तको अर्धकदको सालिक निर्माण गरिएको रहेछ । गोर्खा ठाकुरबाडी राधाकृष्ण मन्दिरको जीर्णाेद्धारका लागि तत्कालीन श्री ५ को सरकारले पच्चीस हजार आर्थिक सहयोग गरेको कुरा शिलालेखमै अङ्कित रहेछ । डायरी भेटिएपछिका खुसीयालीमा ती सबै ठाउ“मा प्रसन्नतापूर्वक प्रशस्तै फोटा खिचिए ।
लगभग एकै ठाउ“मा रहेका यी संस्थाहरूको अवलोकन नसकि“दै डा.अरुणा डायरी हातमै बोकेर हस्याङ्फस्याङ गर्दै आइपुगिन् र डायरी मलाई हस्तान्तरण गरिन् । उनको मुहारमा प्रसन्नताका रेखाहरू सल्बलाइरहेका थिए । उनीहरूलाई पाहुनाको चिज हरायो भन्नेमा चिन्ता थियो होला तर मेरो त धेरै थोक हराएको थियो । नलेखेको डायरी हराएको भए खासै चिन्ता हुने थिएन । नेपाली नै नबुझ्नेका लागि त्यो डायरी पुरानो कागजभन्दा बढी केही थिएन, नेपाली बुझ्नेकै लागि पनि उपयोगी थिएन भने मेरा लागि त निकै थोक थियो । त्यसमा वर्षाै“अगि देखिका यात्रासंस्मरण लेख्न बा“की अनेक टिपोट थिए । त्यस म्युजियमको सिस्टमबाट म त्यसै प्रभावित छ“दैथिए“, डायरी प्रकरणले त त्यसप्रति मेरो झन् सद्भाव थपियो । धन्य मेरो डायरी राखिदिने त्यो कफी पसले, धन्य म्युजियमका कर्मचारी अनि धन्य फादर जोन । यहा“ वा अन्त कतै भए त्यो त्यत्तिकै Çया“किदिन्थे । त्यस क्षेत्रमा इमानदारीको खडेरी नलागेको देख्दा म निकै प्रसन्न भए“ ।
मेघालय र मिजोरम बोर्डबाट स्वीकृत प्राप्त रजिस्टर्ड संस्था नेपाली पाठ्यपुस्तक प्रकाशन समितिले त्यहा“ मेरो सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको रहेछ । हामी कार्यक्रम तय गरिएको स्थल गोर्खा पाठशाला हायर सेकेन्डरी स्कुलको हलमा पुग्यौ“ । त्यस संस्थाका पदाधिकारी डी.बी.गुरुङ, चेतनारायण जोशी, दुर्गाप्रसाद जोशी, सीताराम पौडेल, सूर्यप्रसाद अधिकारी, नरबहादुर गुरुङ, रामप्रसाद उपाध्याय, दीप शर्मा, डा. अरुणा उपाध्यायलगायत हिमालयन बुक हाउसका प्रबन्धक विष्णुप्रसाद गौतम, अनिता छेत्री आदि व्यक्तिहरूको उपस्थितिमा सर्वप्रथम मलाई फुलोम गामोसा, टोपी आदिबाट विशेष सम्मान गरियो । उपसभापति चेतनारायण जोशीले कार्यक्रम सञ्चालन गरेका थिए । टेकनारायण उपाध्यायले स्वागत गर्दै त्यहा“का भाषिक र जातीय समस्या प्रस्तुत गरे । त्यहा“ मलाई पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण प्रक्रियाबारे निर्देशन दिन र आवश्यक सहयोग गर्न आग्रह गरियो । मैले निर्धारित विषयमै केन्द्रित भएर लामै भाषण गरे“ र त्यस पुनीत कार्यका लागि निशर्त–निस्वार्थ सहयोग गर्ने वचन दिए“ । मेरो अनुकूल समयमा उनीहरूले कार्यक्रम तय गर्ने कुरा गरे । त्यस क्षेत्रका नेपाली शिक्षकलाई पठनपाठनसम्बन्धी कार्यशाला गोष्ठी गरिदिन गरेको आग्रहलाई पनि मैले स्वीकार गर“े । मैले यी सबै काम समय मिलाएर एकै पटक गरिदिने वचन दिएपछि तिनीहरूको खुृसीको सीमा नै रहेन । त्यस क्षेत्रमा थुप्रै नेपाली स्कुल र तीन सयभन्दा बढी नेपाली शिक्षक भएको कुरा सुन्दा मेरो छाती गर्वले ढक्क फुल्यो ।
त्यस संस्थाका सभापति डी.बी. गुरुङ आउन केही ढिला भएकाले मैले बोलिनसकुन्जेलसम्म बाहिरै बसेर मेरा कुरा सुनिरहेका रहेछन् । मेरो भाषण सकिएपछि मात्र उनी माफ माग्दै भित्र पसे । तिनीहरूको अनुशासन देख्दा म तीन छक्क परे“ । हाम्रातिर भए सामान्य मान्छे त केके गर्छन् सभापतिको फुर्तीफार्ती त कुरै नगरौ“ । मैले बोलिसकेपछि सबैजसोले ‘गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए.को पाठ्क्रम–पाठ्यपुस्तक तय गरी नेपाली जातिलाई ठूलो गुन लगाउनु भएको’ आदि भन्दै मेरो निकै प्रशंसा गरे । दुर्गाप्रसाद जोशीले ‘हामी नजान्ने खेलाडीका अगि म्याराडोना कोच भएर आइपुगेजस्तो लागेको’ बताउ“दा सबैले ताली बजाएर समर्थन जनाए । सभापति डी.बी. गुरुङले पनि मलाई त्यहा“को पाठ्यक्रम–पाठ्यपुस्तक तयारीमा सहयोग गर्न विशेष आग्रह गरे । मैले तिनीहरूको आग्रहलाई स्वीकार गर्दै आÇनो सहयोग रहने बताउ“दा सब प्रसन्न भए ।
वातावरण यति रमाइलो हु“दाहु“दै पनि त्यहा“का कतिपय प्रसङ्गले भने मलाई निकै चिन्तित तुल्यायो । यतापटिबाट गएका कतिपयले त्यहा“ उत्पातै मच्चाएका रहेछन् । कतिले ठूलाठूला अनावश्यक आश्वासन बा“डेछन् त कतिले अनावश्यक बौद्धिकता छा“टेछन् । केही समयअगाडि नेपालबाट गएका एकजना अङ्ग्रेजीका तथाकथित विद्वान्ले भनेका कुराको प्रसङ्ग निकालेर त्यहा“ सबैले निकै चिन्ता व्यक्त गरे । नेपालबाट आएको विद्वान् भनी भेटघाट कार्यक्रमको आयोजना गरिएछ र उनलाई नेपाली भाषाका ह्रस्व–दीर्घबारे देखापरेका अन्योलसम्बन्धी प्रश्न सोधिएछ । उनले ‘नेपालीमा ह्रस्व–दीर्घ जसरी र जे लेखे पनि हुन्छ, ‘पानी’ ह्रस्व र ‘पनि’ दीर्घ लेखे पनि फरक पर्दैन’ भनेछन् । सभाबाटै त्यसको चर्काे विरोध भएछ र कतिपय सभाबाट बाहिरिएछन् पनि । यो कुरा सुनाउ“दै मलाई पनि हलबाट त्यस्तै खाले थुप्रै प्रश्न सोधियो । मैले ‘म उहा“लाई राम्ररी चिन्छु, उहा“ले त्यसो भन्नु भएन होला, तपाईंहरूले सुन्न गल्ती गर्नु भएको हुनसक्छ’ भन्दा बीचैमा सबले एकै स्वरमा ‘होइन उहा“ले त्यसै भनेको हो’ भने । उनको त्यस भनाइले नेपालकै बदनाम भएजस्तो लाग्यो मलाई । त्यसपछि मैले लामै समय नेपाली भाषामा वर्णविन्यासका विषयमा बोले“ । मुटु काम्ने जाडो भए पनि सबजना मेरा कुरा सुन्न उत्सुक देखिन्थे । मेरा कुरा सुनिसकेपछि तिनीहरूले प्रसन्नता व्यक्त गरे । यो बढाइचढाइ गरिएको कुरा होइन एउटा सानो प्रसङ्ग कोट्ट्याइएको मात्र हो । आपूmले नजानेको कुरा ती विद्वान्मा गनिन रुचाउने व्यक्तिले नभनिदिएको भए हुन्थ्यो । यो मेरो विषय नभएकाले यसबारे मलाई उति जानकारी छैन भनेको भए त्यसबाट उनको इज्जत घट्ने थिएन बरु बढ्थ्यो नै… । बाहिर गएर जे पायो त्यो बोल्दै हि“ड्नु प्रत्युत्पादकसमेत हुनसक्ने भएकाले हामीले बाहिर गएर बोल्दा आपूmलाई मात्र नसोची नेपाल राष्ट्रलाई समेत सोचेर बोल्ने गर्नु राम्रो हुन्छ । नजानेको कुरा जान्दिन भन्दा लाज हु“दैन । सबथोक एकैजनाले जान्नुपर्छ भन्ने पनि छैन नि । कुनै उत्तरआधुनिक सिद्धान्तले पनि त एकै जनाले सबथोक जान्नै पर्छ, नजाने ढाट्नु पर्छ, फुर्ती लाउनुपर्छ त भन्दैन नि ∕
त्यहा“को कार्यक्रम सकिएपछि मलाई निकै नरम स्वरमा ‘यस क्षेत्रबाट तीस वर्ष एम्.एल्.ए. र मन्त्रीसमेत भइसकेका नब्बे वर्षीय ध्रुवनाथ जोशीले तपाईंलाई भेट्न खोज्नुभएको छ, अस्वस्थताका कारण उहा“ यस कार्यक्रममा उपस्थित हुनसक्नु भएन, समय पनि मिलाइसकिएको छ, एकपटक जान मिल्छ कि’ भने । मैले पनि ‘त्यति वृद्ध र प्रतिष्ठित नेपालीका घरमा जान मलाई कुनै आपत्ति छैन, जाउ“m’ भन्दा सबै खुसी भए । जाडाले स्युस्यु गर्दै हामी ध्रुवनाथ जोशीकहा“ पुग्यौ“ । हामी उनकहा“ पुग्नेबित्तिकै निकै खातिरदारी गरियो । सेनाको माथिल्लै पदबाट सेवानिवृत्त भएका उनका छोरा आमोदले कोइला बालेर अगाडि राखिदिए । तिनी निकै गफी र ठट्यौलो पाराका भए पनि वृद्ध पिताचाहि“ निकै भद्र विद्वान् रहेछन् । उनले गुवाहाटीमा नेपाली एम्.ए. कार्यक्रम सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै मप्रति विशेष कृतज्ञता प्रकट गरे र ‘अब छिटै सिलोङमा पनि यस कामका लागि दर्शन दिन आउनुहोला’ भने । मैले ‘म दर्शन दिन होइन तपाईंजस्तो मान्छेको पुनः दर्शन गर्न आउ“छु’ भन्दा उनी निकै भावुक बनेको कुरा उनका नेत्रमा ढलपलाएका अश्रुजलबाट सहजै बुझिन्थ्यो । त्यस क्षेत्रकै प्रतिष्ठित विद्वान्स“ग भेट्दा म पनि निकै प्रसन्न भए“ । हामी निकै बेर भलाकुसारी गरी थुप्रै फोटा खिचेर त्यहा“बाट बिदा भयौ“ ।
यसअगि नै गोपीनारायण प्रधान र अनामिका राईस“ग फोनमै कुरा भइसकेको थियो । गोपीनारायण अलि बुढै भएछन् क्यारे धेरै थोक बिर्सन थालेछन् । अनामिका दार्जिलिङ गएकी रहिछन् । मलाई भेट्न नपाएकोमा निकै दुख मनाउ गरिन् । समयको अभावका कारण अन्य कतिपयस“ग भेटघाट गर्न पाइएन, त्यसलाई अर्काे पटकका लागि थाती राखियो ।
सिलोङ बसाइको त्यो दिन चिन्ता र रमाइलो दुवैमा बित्यो । यी दुवैको मुख्य कारण डायरी नै थियो । विशेष सम्मान र आडभरोसासहित पाठ्यक्रम–पाठ्यपुस्तक निर्माण गरिदिने आग्रह र धु्रवनाथ जोशीस“गको भेटघाट पनि आनन्ददायी नै थिए । यति हु“दाहु“दै पनि त्यहा“को जाडो निकै पीडादायी थियो । तीनवटा सिरक ओडेर हिटर बाल्दा पनि पूरै जिउ तातेको महसुस गर्न सकिएन । सिलोङ एउटा पुग्नैपर्ने ठाउ“मध्येको सुन्दर ठाउ“ भए पनि भरसक जाडो मौसम छलेर पुग्नु राम्रोजस्तो लाग्यो । अर्काे कार्यक्रम त्यसरी नै मिलाउनु पर्ला… ।
सिलोङको प्राकृतिक सौन्दर्य त लोभलाग्दो छ नै अन्य सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भ पनि कम छैनन् । त्यहा“ अभैm राजा कायमै रहेछन्, तिनीहरूले निर्धारित क्षेत्रमा करसमेत उठाउ“दा रहेछन् । त्यस क्षेत्रका जनजातिलाई सरकारले उत्पातै सुविधा दिएको रहेछ । शिक्षा निःशुल्क, कुनै कर तिर्नु नपर्ने व्यवस्था आदि… । मेघालय छुट्टै राज्य भइसकेपछि त्यहा“ आरक्षित जनजातिबाहेक अरू कसैले जग्गा किन्न नपाउने संवैधानिक व्यवस्था नै रहेछ । पहिले असम राज्य हु“दै जग्गा लिनेहरूका कम्पाउन्ड ठूलाठूला रहेछन् । हाम्रो पुरानो प्रधानपञ्चजस्तै त्यहा“ ‘गाउ“ बुढा’ (रङ्गबा स्नङ्ग) भन्ने विशेष शक्तिशाली पद रहेछ, ऊ त्यस गाउ“को प्रमुख हु“दो रहेछ अनि उसकै सिफारिसमा मात्र धेरैजसो काम हु“दारहेछन् ।
मातृसत्तात्मक जाति खसिया देख्दा निकै सोझो लाग्ने, तिनीहरूका घर पनि सफासुग्घर । तिनीहरूले बेलाबखत नेपालीलाई दुख दिएको सुन्दा पहिले त झोंक पनि चलेकै हो तर त्यो विशेष परिस्थिति रहेछ । त्यो जाति मिलनसार र सोझो जातिमै गनि“दो रहेछ । खसिनीको पहिरन पनि पूरै शरीर ढाक्ने र निकै आकर्षक अनि रूपरङ्ग पनि चिटिक्क परेका खाइलाग्दा… । खसिनी ठिटीले नेपाली ठिटालाई मन पराएर लगे भने वा नेपाली ठिटीले खसिया ठिटालाई मन पराएर गए भने वा कतिपय नेपालीलाई खसिनीले बिहे गरेर लगे भने त्यही झगडाको बीउ पनि बन्नसक्ने रहेछ । पोइ ल्याउन र छोड्न निकै स्वतन्त्र रहेका त्यहा“का खसिनीले एकभन्दा बढी पोइ ल्याउनु भनेको नेपालीले एकभन्दा बढी स्वास्नी ल्याउनु भन्दा पनि सहज ठानि“दो रहेछ ।
अ“, कुरा यात्राकै । अर्काे दिन बिहान नौ बजे हामी संसारकै सबभन्दा बढी पानी पर्ने भनी कहलिएको ठाउ“ चेरापुन्जीतर्पm प्रस्थान ग¥यौ“ । त्यताको बाटो उति राम्रो छैन भन्थे तर हाम्रो राजधानीको भन्दा त रामै्र थियो । सिलोङबाट ट्याक्सीमा पा“च घन्टाजति लाग्दोरहेछ त्यहा“ पुग्न । सातमाइल, एयरफोर्स, मिल्लेम हु“दै चेरापुन्जी प्रवेश गरियो । फस्र्ट ब्रिज पार गर्नेबित्तिकै दुवैतिर डा“डा र बीचमा खो“च, रमणीय प्राकृतिक वातावरण, दुवैतिर डा“डाका टाउकाबाट मोटर कुदिरहेको दृश्य । निकै तल खो“चका पातला बस्तीमा समेत मोटर पु¥याइएको । कालीगढले फुर्सदमा मिलाएर बनाएजस्तै अति सुन्दर डा“डा । त्यहा“ हत्तपत्त पैरो जा“दैन रे । बाटामा पर्ने रामकृष्ण मिसन नामक निकै प्रसिद्ध र भव्य स्कुल आदिको दृश्यावलोकन गर्दै चेरापुन्जी पुगियो । त्यहा“को ‘नोकलिकाई फल्स’ निकै प्रसिद्ध रहेछ । फल्स त त्यति ठूलो होइन तर विश्वको चौथो अग्लोमा पर्छ रे । त्यसबारे एउटा किंवदन्ती रहेछ— काममा गएकी स्वास्नी ‘नोकलिकाई’ घर फर्क“दा लोग्नेले मासुभात पकाएको, छोरो खोइ भन्दा सुतिराखेको छ भनेको, मासु खा“दा स्वास्नीले सानो नङ भेट्टाएको र सोधपुछ गर्दा त्यो नङ आÇनै छोराको भएकाले स्वास्नी पीडाबोधका कारण दौडेर गई भिरबाट हामफालेर मरेकी र पछिपछि गएको लोग्ने पनि त्यही“बाट हामफालेर मरेको हु“दा त्यस फल्सको नाम ‘नोकलिकाई’ राखिएको रे ∕
त्यहा“ अर्काे रमणीय ठाउ“ ‘मौसमाइ केभ’ रहेछ । सानै भए पनि कलात्मक र सुन्दर लाग्ने त्यस केभभित्र पसेर निस्केपछि हाम्रो यात्रा अगि  बढ्यो । त्यसको केही पर सेभेन सिस्टर फल्स रहेछ । त्यसलाई सप्तपरी फल्स पनि भन्दा रहेछन् । त्यो फल्सचाहि“ पानीविनाकै, भिरका ढुङ्गा मात्र भएको ∕ वर्षायाममा चाहि“ पानी हुन्छ रे ∕
सुखा पहरामा पनि वर्षायाममा पानी हुन्छ भन्दै तिनीहरू पर्यटक भिœयाइरहेका छन् । हामीकहा“ त्यस्ता डा“डा, पाखापखेरा, छा“गा पूर्वदेखि पश्चिमसम्म कति छन् कति बारै महिना पानी छङछङ गरिरहने तर हामीलाई ती देखाएर पर्यटक भिœयाउने फुर्सदै छैन । पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीमा नाम दर्ता गराउने खेलमै हामी व्यस्त छौ“ । म त्यस ठाउ“बाट मेरो देशका डा“डाका“डा सम्झ“दा निकै बेर टोलाए“छु । टेकनारायणले ‘खाने बेला भयो सर’ भनी बोलाउ“दा पो झसङ्ग भए“ । त्यस दिन हामीले त्यही“को नवनिर्मित उद्यानमा वनभोज खायौ“, वनभोज के भनौ“ चौरभोज भने पनि हुन्छ, वन त अलि टाढै थियो । सबै खानेकुरा यतैबाट बनाएर लगिएको कुरा त्यही“ थाहा भयो । टेकनारायणकी सासूले कर गर्दै थपिदिएको अनेक थोक भोकका झो“कमा थुप्रै खाइयो । त्यहा“ केही क्षण पिङ पनि खेलियो । टेकनारायणका साना छोराहरूले यात्रालाई निकै रमाइलो तुल्याए । भव्य ज्यानकी सासूबज्यै निकै भलाद्मी पनि अनि ड्राइभर भाइ सोहन पनि निकै रमाइलो… ।
म यस्तो सुन्दर देशको मान्छे त्यस्ता ठाउ“मा पर्यटक भएर जा“दा मलाई विरक्त लाग्यो र त्यस प्रसङ्गले मलाई निकै बेर चिमोटिर≈यो तर मैले त्यो कुरा त्यहा“ कसैलाई बताइन“ ।
मौसम परिवर्तन पनि विचित्रै हु“दोरहेछ । संसारकै सबभन्दा बढी पानी पर्ने ठाउ“ चेरापुन्जीमा पानी नछिट्ट्याएको पनि धेरै भयो रे ∕ त्यहा“ एक थोपो पानी छिट्ट्यायो भने सगुन ठान्ने बेला भएछ । त्यो पनि आकाशमा उड्ने चराले तुक्र्याएको हो कि पानी हो मेलो पाउनै मुस्किल ∕ त्यस दिन पनि यस्तै एकदुई थोपाबाहेक त्यहा“ पानी परेन, टन्टलापुर घाम लागिर≈यो तैपनि पानी पर्ला कि भन्दै म पनि पर्यटक भएर त्यहा“ पुगे“ भनेपछि अरू कुइराकुइरी र कालाकालीको त के कुरा गर्नु ? यता हामी पर्यटन वर्ष मनाइरहेका छौ“, हाम्रो पर्यटनको विकाससम्बन्धी भाषण ठूलठूला तारे होटलमा दिनदिनै हु“दाछन् ∕ उता भिरका ढुङ्गा देखाएर ‘क्या कलात्मक, त्यहा“बाट वर्षायाममा छा“गो झर्छ’ आदि भन्दै पर्यटकलाई मोहित पार्दा छन् । तीभन्दा गतिला भिर त मेरा देशमा कति छन् कति ? अन्तको के कुरा गर्नु । मेरै कालीमाटीका घरमुनिको आÇनै चितुवाखोर भिर अनि हात्तीआहालका घरमाथिको सल्लेरी भिर पनि तीभन्दा निकै राम्रा छन् । तीनजुरे, हाक्पारे, सा“घुरीजस्ता भिरको त के कुरा गर्नु र ? यस्ता त देशभर जताततै कति छन् कति तर खोइ हाम्रो पर्यटन ?
चेरापुन्जी जा“दा जति उत्सुकता थियो, फर्कि“दा सब समाप्त भयो । समग्र भूबनोट हेर्दा कुनै बेला त्यहा“ समुद्र भएजस्तो लाग्ने त्यस्तो ठाउ“ पनि पर्यटकीय स्थल ∕ के गर्नु गर्दा जहा“ जे पनि हुन्छ । बालुवा निचोर्दा पनि तेल निस्कन्छ भनेको यही त होला नि ∕ अरू पर्यटकलाई चेरापुन्जीको प्रकृतिले कति तान्यो मलाई थाहा छैन तर मलाई भने पटक्कै तानेन मात्र आÇनो देशको नालायकीपन स्मरण गरायो । तीभन्दा राम्रा प्रकृतिका वरदान त मेरै कति छन् कति ∕
चेरापुन्जी क्षेत्रका सबै ठाउ“ डुली हाम्रो यात्रा सिलोङतर्पm मोडियो । चेरापुन्जीमा पानी पर्न छोडेपछि यतिखेर त्यहा“कै मौसनराम भन्ने अर्काे ठाउ“मा बढी पानी पर्छ भनी त्यता पनि मान्छे तान्न थालिसकेका रहेछन् । त्यो ठाउ“चाहि“ यसपटक पुग्न भ्याइएन । सा“झ नपर्दै हामी बासस्थान आइपुग्यौ“ । केही बेर आराम गरेर बेलुका एकछिन सिलोङको बडा बजार र पुलिस बजार घुमियो ।
त्यतातिर एउटा प्रसिद्ध भनाइ रहेछ— ‘कोही मान्छे हत्पती ब्र≈मपुत्र तरेर आउ“दैन, आइहाल्यो भने सातपटक आउ“छ ।’ यो भनाइ उति अतिशयोक्तिपूर्ण लागेन । सिलोङको सुन्दरताले चाहि“ मोहित पारेरै छोड्दो रहेछ । मुटु छेड्ने जाडोका अगाडि पनि सिलोङको प्राकृतिक सौन्दर्यले भने मलाईसमेत मोहित तुल्यायो । त्यस क्षेत्रको विद्युतीकरणका लागि सिङ्गो नदी नै थुनेर निकै लामो र ठूलो ताल बनाइएको प्रकृतिमाथिकै विजयजस्तो लाग्ने ‘बडापानी’ (उम्याम) को दृश्यले जोसुकैलाई पनि आकर्षित नगरी छोड्दैन । त्यसको नाम राखिएको पनि ‘बडापानी’ । नाम मात्र होइन काम पनि बडा नै । आखिर गर्दा नहुने के रैछ र भन्ने कुराको सुन्दर नमुना थियो बडापानी । त्यहा“को बडापानी घुम्न एकदिन पूरा लाग्छ रे । त्यो टाढैबाट हेरियो । टाढैबाट हेर्दा आ“खाले नभ्याउने त्यो ताल नजिकबाट हेर्न भ्याइएन । त्यहा“को बडापानी देखेर यतापट्टि सम्झ“दाचाहि“ विरक्त लाग्यो । हाम्रा त मान्छे नै बडा । पानी नै पानी भएका मुलुकका मान्छे हामी ङार्रङुर्रमै व्यस्त । कसैले केही सोध्दा भन्न पनि लाजमर्दाे तर के गर्नु जे भए पनि यो देश मेरो आÇनै हो, यसलाई छोड्न मेरो मन मान्दैमान्दैन । विदेशमा थुप्रै राम्राराम्रा अवसर पाउ“दा पनि आÇनो देश छोड्न सकिएन । यस्तैयस्ता कुरा सोच्दासोच्दै म निन्द्रादेवीस“ग अ“गालो मार्न पुगे“छु । दिनभरिको घुमाइले यति थकित भइएछ कि त्यस रात जाडो भएको पनि थाहा पाइएन । एकैपटक बिहान ‘चिया’ भन्दा पो झल्या“स्स ब्यु“झिए“ ।
त्यतातिर पूर्वाेत्तरका सात राज्यलाई बहिनी र सिक्किमलाई भाइ भन्ने चलन रहेछ । एसियाको स्कटल्यान्डका रूपमा प्रसिद्ध सहर सिलोङमा अभैm घुम्ने ठाउ“ थुप्रै बा“की छन् रे । त्यो सहर घुम्ने रहर पूरा नहु“दै मेरो निर्धारित समय सकिइसकेको थियो । त्यस दिन बिहानै गुवाहाटी फर्कनु थियो । म बिहान सबेरै नित्य कर्म सकी प्रस्थानका लागि तयार भए“ । अगिल्ला दिनका सबका उज्याला मुहार अलि अ“ध्यारिएका थिए । साना फुच्चा पनि निन्याउरा देखिन्थे । ती साना फुच्चाहरू नेपाली बोल्दा ‘तब हामी हि“ड्यौ“ जब सर आउनुभयो’ जस्ता ढा“चाका वाक्य बोल्थे । बालबोली त्यसै पनि मिठासपूर्ण हुन्छ नै झन् नया“ ढा“चा भएकाले तिनीहरूको बोलाइ मनोरञ्जक पनि थियो । तिनीहरूकी आमा पनि भद्र रहिछन् । त्यो एउटा आदर्श परिवार नै देखिन्थ्यो ।
गङ्गा कश्यप उमेरले साठी पार गरेका भए पनि मान्छे निकै रमाइला र रसिक खालका रहेछन् । उनलाई नेपालका विभिन्न ठाउ“ र व्यक्तिका बारेमा थुप्रै जानकारी रहेछ । उनी निकै स्पष्ट वक्ता पनि रहेछन् । उनले मलाई हि“ड्ने बेलामा आÇना सत्यार्थ संवाद र सत्संग समन्वय नामक दुईवटा पुस्तक र एउटा डायरी उपहार दिई खास्टो ओढाएर बिदा गरे । स्नेहपूर्वक ओढाइदिएको त्यस खास्टाले बिहानको जाडो खर्लप्पै खाइदियो, म गुवाहाटीसम्मै त्यो खास्टो ओढेरै आइपुगे“ ।
त्यहा“को घरायसी बसाइ र घुमाइबाट म निकै प्रभावित भइसकेको  थिए“ । तिनीहरूले एकदुई दिन अरू बस्न आग्रह नगरेका पनि होइनन् अनि मलाई बस्ने विचार नभएको पनि होइन तर त्यसै दिन गुवाहाटीबाट तेजपुरमा नेपाली एम्.ए. कार्यक्रमको उद्घाटनका लागि जाने कार्यक्रम तय भइसकेको थियो । त्यसका लागि प्रा.डा. हेमचन्द्र गौतम प्रतीक्षारत रहेकाले म ढिलो नगरी बिदाइका हात हल्लाउ“दै त्यहा“बाट हि“डे“ । टेकनारायण मलाई पु¥याउन गुवाहाटीसम्मै आएका थिए ।
त्यहा“को बाटो सानो त होइन तैपनि त्यसलाई अभैm बढाएर चार लेनको बनाइ“दै रहेछ । त्यहा“ हाइवेचाहि“ केन्द्र सरकारको अनि सबवेचाहि“ स्थानीय सरकारको मातहतमा हुन्छ रे । बाटो बढाउ“दा कसैका घरजग्गा भत्काइएमा यताजस्तो क्षतिपूर्तिको माग गर्दै चक्काजाम गर्ने चलन त्यतातिर रहेनछ । सरकारले छोड्नुपर्ने भनिसकेपछि छोड्नै पर्ने कानुनी बाध्यता । सिस्टम बसिसकेको त्यहा“ र सिस्टम बस्न बा“की यहा“का बीचको अन्तर यही त हो नि…∕
जे होस् गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए.को उद्घाटनकै क्रममा केही दिन समय निकालेर सिलोङ जा“दा मैले थुप्रै अनुभव स“गालेर फर्किए“ तैपनि मेरो त्यहा“ घुम्ने धोको यस पटक पूरा हुन पाएन । प्राकृतिक दृश्यले भन्दा पनि त्यहा“को सम्मान, स्नेह, सद्भाव अनि नेपाली जाति र भाषासाहित्यप्रतिको लगावले मलाई बढी आकर्षित तुल्यायो । पाठ्क्रम–पाठ्यपुस्तक निर्माणकै सिलसिलामा मलाई त्यहा“ बोलाइएकै छ । मौका पर्नेबित्तिकै पुनः सिलोङ यात्रा गर्ने मैले मनमनमै पक्का गरेको छु । अर्काे पटकचाहि“ डायरीको कडा सुरक्षा बन्दोबस्त मिलाउनेबारे पनि सोचिसकेको छु… ।

प्रतिक्रिया दिनुहोस्

*