मन

-तोया गुरुङ

दुख्छ मानिसको नदुख्ने छाती
यति कोलाहल
यो बीभत्स
त्यहां घाम
र, यहां म

उनको पोटिलो शरीर
तर उनको पातलो शरीर
सारै प्रिय पनि मेरो जिन्दगीको
कठोर सत्य
र, मात्र विकल्पमा उनलाई अंगालिराखेको छु

अब लाग्यो
दिन भए पनि उस्तै
रात भए पनि उस्तै
मायाका ती अविरल छालहरु
अनन्त…
मानौं सुक्न आंटेका ग्लानिहरु
अहिले दुखिराखेको छ यहां  भित्र भित्र

काठमाडौं, नेपाल

प्रतिक्रिया दिनुहोस्

*