बिहेअघिको रात

-इन्दिरा प्रसाई

“अहिले कस्तो छ तपाईंलाई ?” उनले फेरि पनि सोधेकी थिइन् ।
“म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए । पा“च घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्रबीस मिनेटमा उनी आइपुग्थिन्, कामदेवलाई निदाएको जस्तो देख्ता ˚र्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्ट्रिय उडानमा बिताउने कामदेवलाई यस पटक भने हङकङको आकाश पार नगर्दै रि“गटा लागेको थियो । रि“गटा लागेको केहीबेरमै उनी बान्तासमेत गर्न लागेका थिए । त्यसै बेला उनका सहयात्रीले घण्टी बजाएर परिचारिकालाई बोलाइदिएका थिए ।
त्यसो त हवाईपरिचारिकाहरू कामदेवका लागि नया“ पक्कै थिएनन् । हवाईजहाजको ढोकामा स्वागत गर्नेदेखि हवाईजहाजभित्रको आवाभगतमा हरेक पटकको यात्रामा हवाईपरिचारिकास“गको सामीप्यता थियो उनको । तर यस पटककी परिचारिकाको आपूmप्रतिको विशेष हेरचाहले गर्दा परिचारिकाहरूको सेवाप्रति कामदेव आ≈लादित हुन पुगेका थिए ।
त्रिभुवन विमानस्थलमा हवाईजहाजबाट ओर्लेपछि पनि उनले कामदेवलाई विशेष सहयोग पु¥याएकी थिइन् ।
“तपाईंको डाक्टरलाई आजै परीÔण गराउनुहोस् है !” विनयपूर्ण शिष्टताका साथ उनले भनेकी थिइन् ।
“त्यस्तो खास केही नहोला ! तर पनि म ज“चाउनेछु । तपाईंले यात्रामा मलाई धेरै हेरविचार गर्नुभयो । त्यसका लागि धन्यवाद ¬ ।” कामदेवले परिचारिकाको नाउ“ जान्न खोजेका थिए ।
“मेरो नाउ“ रति हो ।” उनले भनेकी थिइन् ।
त्यसपछि दुवैले आआफ्ना भिजिटिङ कार्ड एकअर्काबीच साटेका थिए ।
यसरी भेटघाट हुनु र भिजिटिङ कार्ड नै साटिनु पनि दुवैका लागि कुनै अनौठो कुरा थिएन । कामदेव र रति दुवैको जनसम्पर्क अत्यधिक थियो र दैनिकजसो नया“ व्यक्तिस“गको परिचय उनीहरूका लागि कौतूहलको विषय पनि थिएन । जस्तो कि त्यस्ता सबैजसो परिचयहरू तुहिएर जाने गर्थे । तर कामदेव र रतिबीच त्यसो भएन, अर्थात् उनीहरूको पहिलो भेट नै अन्तिम भेट हुन सकेन ।
उनीहरूबीच पुनः संवाद चलेको थियो । पहिलो खोजी कामदेवले नै गरेका थिए । अचानक एक सा“झ रतिको घरको टेलि˚ोनको घण्टी घन्केको थियो । त्यस बखत ˚ोनमा दुवैबीच सामान्य शिष्टताका संवादहरू आदानप्रदान भएका थिए । कामदेवले रतिको कामका सन्दर्भमा कुन उडानमा कहिले कता जाने भन्ने जानकारी लिएका थिए । रतिले भने उनको स्वास्थ्यकै बारे चासो राखेकी थिइन् ।
कामदेवले आपूmलाई ˚ोन गरेर आफ्नाबारे चासो राखेका सन्दर्भले रतिलाई निकै आनन्द लागेको थियो । रतिले आठबर्से आफ्नो हवाईपरिचारिकाको जागिरे जीवनमा धेरै यात्रुहरूलाई सेवा पु¥याएकी थिइन् । तर यात्रुहरू घर पुगेपछि आफ्नै संसारमा हराउ“छन्, रतिको सेवाका बारे फुर्सतमा पनि सम्झन्छन् कि सम्झन्नन् जस्तो लाग्थ्यो उनलाई । त्यसैले धेरै यात्रुहरूमध्येका एक यात्रुले आपूmलाई घरमा पुगेपछि पनि सम्झेको प्रसङ्ग उनका लागि रमाइलो कुरा भएको थियो ।
कामदेवको व्यक्तित्व सामान्य थियो, लुगाकपडामा उनको व्यक्तित्व केही गरिमाशाली अवश्यै देखिन्थ्यो । अझ उनको आवाज प्रभावकारी थियो । वास्तवमा उनको आवाज मात्र सुन्ने जोकोहीले उनको व्यक्तित्वको विराटताको अनुमान लगाउनेछन् जस्तो रतिलाई लागेको थियो । त्यसैले हवाईजहाजमा भेटेका कामदेवभन्दा पनि टेलि˚ोनमा गुञ्जेको कामदेवको व्यक्तित्वस“ग रति बढी प्रभावित भएकी थिइन् ।
त्यसपछिको अर्को टेलि˚ोनको घण्टी कामदेवको घरमा गुञ्जेको थियो । बैङ्ककबाट ˚र्केको सा“झ रतिले पनि कामदेवलाई सम्झेकी थिइन् । दुवैबीच केहीबेर औपचारिक कुराकानी मात्र भएको थियो । भोलिपल्ट कामदेवले रतिलाई सा“झको चियाका लागि तारे होटेलमा निम्तो गरेका थिए ।
रति वास्तवमै सुन्दरी थिइन् । हवाईपरिचारिकाका लागि आवश्यक पर्नेभन्दा बढी नै सुन्दरताले रति भरिएकी थिइन् । पाल्पाको सामान्य मध्यमवर्गीय परिवारकी रति जीवनका सम्पूर्ण सुखहरू भोग्न चाहन्थिन् । अन्तर्राष्ट्रिय उडानमा काम गर्नुका कारण आफ्नै आर्जनले जोरिएको काठमाडौ“, भीमसेनगोलाको आफ्नै घरमा रतिको जीवन अघि बढ्दै थियो । आपूmले चाहेजस्तो वर पाए उसैको अ“गालोमा बा“की जीवन समर्पित गर्ने रहरले पनि उनलाई हिजोआज पिरोल्न थालेको थियो ।
हवाईपरिचारिकाको जागिरमा बिताएका यी आठ वर्षबीच उनले पनि पुरुषको विविध रूपलाई नजिकैबाट देखेकी थिइन् । ऐनाका सामु आपूm उभि“दा आफ्नो समकÔीमा कुनै सुन्दर पुरुषकै उनी कल्पना गर्थिन् । त्यसैले सुन्दर पुरुषहरूका नजिक पुगेर आफ्नो कल्पना साकार पार्न पनि उनले खोजेकी थिइन् । तर बाहिरी आवरणको सुन्दरताभित्रको कलुषितताले रतिलाई पटकपटक आहत पारेको थियो । त्यसैले हिजोआज रति एउटा सामथ्र्यवान् असल पुरुषको साहचर्यको खोजी गर्दै थिइन् ।
त्यसो त रतिलाई कामदेव आपूmले खोजेजस्तै पुरुष लागेका थिएनन् । तर पनि जतिजति उनको कामदेवस“गको सामीप्यता बढ्दै गएको थियो रति कामदेवप्रति नै आकर्षित हुन थालेकी थिइन् । कामदेवको सबैभन्दा ठूलो विशेषता उनमा भएको शिष्टता थियो । त्यसै गरी अहिलेको भौतिक युगमा चाहिनेजति भौतिकताले पनि कामदेव पुष्ट थिए । कामदेव ज्यादै व्यस्त व्यवसायी थिए । उनीस“ग फुर्सतको समय निकै थोरै मात्र हुन्थ्यो । तर पनि फुर्सतमा रतिस“ग समय बिताउन उनी मन पराउ“थे । दुवैको फुर्सतका समयमा प्रायजसो कामदेवले नै रतिलाई कुनै भव्य होटेलमा निम्ता गर्थे । सा“झको चियाको त्यो समय बेलुकीको डिनरमा पुगेर टुङ्गिन्थ्यो । कामदेवको मदिरा वा धूमपानको पनि कुनै नशा थिएन । त्यसैले रातको प्रथम प्रहरमै कामदेव आपै“mले हा“केको मोटरमा रतिलाई उनको घरसम्म पु¥याएर ˚र्किन्थे ।
उनीहरूको पहिलो भेटपछिको झन्डै एक वर्षको समय पनि नाघिसकेको थियो । उनीहरूबीचको भेटघाट अथवा टेलि˚ोनका कुराकानीको समय पनि बाक्लि“दै गएको थियो । कामदेवको शिष्टता र सौम्यताले अबका दिनमा भने रति आक्रान्त नै हुन थालेकी थिइन् । यसबीच रतिले भने आफ्ना हावभाव र कटाÔद्वारा कामदेवका अघि आफ्नो प्रेमको प्रस्ताव धेरै पटक राखिसकेकी थिइन् । त्यस्ता बेलामा कामदेव भने रतिको सौन्दर्यको आराधना गर्दै आफ्नो चस्माभित्रका आ“खाले उनको सौन्दर्यको रसपान गर्थे । यसरी नै उनीहरू छुट्टिने गर्थे । रतिको उर्लिंदो यौवनको ज्वालामा घिउ थपिदिनुसिवाय कामदेव अघि बढेका थिएनन् । कामदेवको यस्तो व्यवहारले रति त्यसैत्यसै मुरमुरिने पनि गर्थिन् । तर आपूm स्त्री जात हुनु र कामदेवका शिष्ट र गरिमाशाली व्यक्तित्वका अघि आपूmलाई पनि शिष्ट स्वरूपमै प्रस्तुत गर्नु उनको बाध्यता थियो ।
अन्ततः यस्तो दिन पनि आएको थियो अर्थात् रतिको धैर्यको बा“ध भत्केको थियो । त्यस सा“झ अन्नपूर्ण होटेलको मैनबत्तीको उज्यालोमा चिया पिउ“दै गरेका ती दुवैबीचको मौनता भङ्ग रतिले नै गरेकी थिइन् ।
“म तपाईंस“ग विवाह गर्न चाहन्छु” रतिको संवाद सुनेपछि कामदेवले पहिलोपल्ट निकै गहिरिएर रतिलाई हेरेका थिए । “के तपाईं पनि मस“ग ¬” रतिले पुनः बोल्नुपरेको थियो । तब पनि कामदेव केही बोलिरहेका थिएनन् । पहिलोपल्ट कामदेवको अनुहारमा रतिले चिन्ताका लहरहरू देखेकी थिइन् । उनले यतिका समयको उनीहरूको सान्निध्यमा कामदेवको यतिबिघ्न अ“ध्यारो अनुहार देखेकै थिइनन् । आपूmले सोध्न नहुने प्रश्न सोधेको अनुभूतिले पनि रतिलाई केही अपराधबोध गरायो । त्यसपछि केही बोल्नुको साटो रतिले पनि चुपचाप हुनुमै भलो ठानेकी थिइन् ।
“रति ! तिमी सा“च्चै मस“ग बिहा गर्न चाहन्छ्यौ ?” धेरैबेरको मौनतापछि कामदेवको प्रश्न रतिका कानमा परेको थियो । रतिले टाउको हल्लाएर सहमति जनाएकी थिइन् ।
“ठीकै छ, मलाई तिम्रो प्रस्ताव मन्जुर छ तर विवाह गर्नुअघि मेरो पनि एउटा प्रस्ताव छ ।”
रतिले कामदेवका कुरा सुनेर उनको अनुहारमा एकोहोरो हेरेकी थिइन् ।
“मस“ग वैवाहिक बन्धनमा बा“धिनुअघि नै तिमीले मस“ग एक रात बिताउनुपर्छ । अर्थात् तिमीले मस“ग एक रात बिताएपछि मात्रै हाम्रो बिहेको टुङ्गो हुनेछ” कामदेवले अथ्र्याएर भनेका थिए । कामदेवको प्रस्ताव सुनेपछि एकैछिन रतिको होस हराएझै“ भएको थियो । के भन्ने ? के नभन्ने ? को दोसा“धमा उनी पुगेकी थिइन् । उनले कुनै जबा˚ दिन सकेकी थिइनन् ।
“के तिमी मेरो प्रस्ताव स्वीकार गर्न सक्छ्यौ ?” कामदेवले पुनः प्रश्न तेस्र्याएका थिए ।
“हुन्छ, तर नेपालमा भने होइन, पर्सि मेरो उडान सिङ्गापुरका लागि छ, तपाईं पनि सिङ्गापुर जाने भए ¬” रतिले केही कामेको स्वरमा भनेकी थिइन् ।
“हुन्छ, म पनि तिम्रै फ्लाइटबाट सिङ्गापुर जानेछु । मेरो व्यापारको पनि काम छ त्यहा“ । म भोलि नै ˚ोन गरेर होटेल पनि बुक गराउ“छु ।” कामदेवको आवाज भने सधै“झै“ शान्त र मधुर थियो । त्यस दिन पनि उनीहरू खानपिन सकेर नै छुट्टिएका थिए ।
मङ्गलबारको दिन थियो । रति आफ्नो परिचारिकाको दायित्व निर्वाह गर्ने क्रममा थिइन् । तर उनको आजको सम्पूर्ण क्रियाकलाप यन्त्रचालितझै“ थियो । उनको आ“खा हरेक Ôण कामदेवकै प्रतीÔामा थिए । त्यसपछि कामदेव पनि आइपुगेका थिए उस्तै शान्त, सौम्य र सुमधुर गतिमा । आज किन हो किन रतिलाई कामदेव विशिष्ट व्यक्ति लाग्यो≤ हवाईजहाजभरि भरिएका सम्पूर्ण पुरुषहरूमध्येका विशिष्टतम पुरुष । रतिको मनभित्र एक किसिमको कुतकुती पनि लागेर आयो । उनले कल्पिन्, आजको रात ¬ कामदेवस“ग बिताउने पहिलो रात ¬ । आ“खामा मीठामीठा चित्रहरू सजाएर अनुभूतिका काउकुती स“गाल्दास“गाल्दै उनीहरूको जहाजले सिङ्गापुरको धरती छोएको थियो । जहाजमा सामान्य शिष्टता व्यक्त गर्नुबाहेक कामदेव र रतिका बीच कुनै अरू संवाद भएको थिएन ।
“तिमी मस“गै हि“ड, म तिमीलाई होटेलमा पु¥याएर आफ्नो काममा जान्छु ।” जहाज रोकिएपछि आपूmनजिक आइपुगेकी रतिलाई कामदेवले भनेका थिए । आफ्नो कार्यसम्पादनपछि रति कामदेवका पछि लागेकी थिइन् ।
त्यसो त सिङ्गापुर रतिका लागि नौलो ठाउ“ थिएन । यसअघि पनि केही पटक रतिले सिङ्गापुरका होटेलहरूमा रात बिताइसकेकी थिइन् । तर आज रति कामदेवका साथ रात बिताउन होटेलतिर जानुको औचित्यले यो अनौठो र मिठासपूर्णको भएको थियो ।
‘एक रात बिताइसकेपछि कामदेवले मस“ग बिहे गर्न आनेकाने पो गर्ने हुन् कि ? अरू पुरुष र कामदेवबीच के ˚रक होला ?’ कामदेवका साथ मोटरमा होटेलतर्˚ गुडिरह“दा रतिको मनमा प्रश्नप्रतिप्रश्न उब्जिरहेका थिए ।
कामदेवमा भने कुनै खास परिवर्तन थिएन । उनको व्यक्तित्वमा अलिकति पनि ˚रक थिएन र उनको अनुहारको शान्त भावमुन्तिर कुनै भावको सङ्केत रतिले पहिल्याउन सकेकी थिइनन् ।
“तिमी फ्रेस भएर आराम गर्दै गर, म सा“झसम्ममा आइपुग्छु” होटेलको कोठामा दुवैको सामान थन्क्याउ“दै कामदेवले भनेका थिए । त्यसपछि बेयरालाई चिया मगाएर दुवैले पिएपछि कामदेव बिदा भएका थिए ।
कामदेव गएपछि रतिले आपूmलाई ऐनाको अगाडि निकैबेर कोणप्रतिकोणबाट नियालेकी थिइन् । आफ्नो अङ्गअङ्गको सुन्दरताले उनी आपै“m मोहित भएकी थिइन् । कामदेवको सामान्य शारीरिक बनोटका सामु आफ्नो सुन्दरताको तुलना गर्दा आपै“mलाई कताकता अपराधबोध पनि हुन खोज्यो उनलाई । तर झट्टै कामदेवको सौम्यता, शिष्टता र भव्यताका प्रतिरूपले उनको रूपमाथि पर्दा हालिदिएको थियो । त्यसैले यस बेला छटपटि“दै कामदेवको प्रतीÔा गर्नु नै रतिलाई सही लागेको थियो । त्यसपछि कामदेवस“ग आजको रात बिताउ“दा प्राप्त हुने सम्भाव्य आनन्दको पूर्वाभासले रतिको यौवन अझै उर्लेको थियो ।
सा“च्चै सा“झ पर्नुअघि नै कामदेव आइपुगेका थिए । बेलुकीको आठ बजे उनीहरू डिनर टेबुलमा पुगेका थिए । साढे नौ बज्दा उनीहरूको खानपिन सकिएको थियो ।
रतिको मनभित्र सम्भाव्य रमाइलोको कल्पनाले पौडी खेलिरहेको थियो । कामदेव सधै“भन्दा केही बढी नै शान्त देखिन्थे । दस बज्नुअघि नै उनीहरू शयनकÔमा प्रवेश गरेका थिए ।
उनीहरू कोठाभित्र पसेपछि कामदेवले नै ढोका बन्द गरेका थिए । कोठामा भएको सो˚ामा राम्ररी अडेस लागेर कामदेव बसेका थिए । अर्को सो˚ामा केहीबेर बसेपछि रति भने उठेर बाथरुमतिर लागेकी थिइन् । बाथरुमबाट केहीबेरमै निस्किएकी रतिको शरीरलाई सुन्दर तर पारदर्शी नाइट गाउनले झनै सुन्दर पारेको थियो । कामदेवको अघिल्तिरको सो˚ामा बसेपछि रतिले केही लजाएर कामदेवतिर हेरेकी थिइन् ।
“तपाईं बाथरुम जाने होइन ?”
टेलिभिजन हेर्दै गरेको कामदेवले एक पटक रतिलाई राम्ररी हेरेका थिए । “अ“ !” त्यसपछि कामदेव पनि बाथरुम प्रवेश गरेका थिए । निकैबेरपछि बाथरुमबाट बाहिर निस्केका कामदेवले आफ्ना कपडा फेरेका थिएनन् । नाइट सुटमा बाहिर आउने कल्पनामा बसेकी रतिलाई पूर्वकपडामै कामदेवलाई देख्ता अचम्मै लागेको थियो ।
त्यसपछि कामदेव बिछ्यौनामा गएर बसेका थिए । “रति, यहा“ आऊ त !” कामदेवको आवाज सुनेर पुलकित हु“दै रति कामदेवको नजिकै पुगेकी थिइन् । “मलाई केही सहयोग गर न है !” कामदेवले रतिको अनुहारमा हेर्दै केही हा“सेर भनेका थिए । “यी दा“त त्यो मगको पानीमा चोपलेर राखिदेऊ न ।” आफ्ना मुखबाट दा“त झिकेर रतिलाई दि“दै आपै“mले केहीबेरअघि बाथरुमबाट ल्याएको मगतर्˚ कामदेवले देखाएका थिए । केही अचम्मित हु“दै रतिले कामदेवको निर्देशन पूरा गरेकी थिइन् ।
“रति, यो आ“खा पनि त्यो ब्रि˚केसमा यसको बट्टा छ त्यसैमा हालेर त्यो टेबुलमा राखिदेऊ ।” कामदेवले चस्मा खोलेर आफ्नो एउटा आ“खा झिकेर रतिका हातमा हालिदिएका थिए । आफ्ना हातमा आ“खा थापेर रतिले पुनः कामदेवको निर्देशनको पालना गरिन् । आफ्ना हातमा दा“त समात्दाभन्दा पनि आ“खा समात्दा उनलाई आफ्नो शरीरभरि का“डा उम्रेको अनुभूति भएको थियो ।
“रति, मेरो यो खुट्टा पनि त्यहा“ भित्तामा राम्ररी राखिदेऊ न है !” कामदेवले आफ्नो दाहिने खुट्टा पनि झिकेर रतिका हातमा राखिदिएका थिए । यन्त्रवत् रति कामदेवको निर्देशन पालन गर्दै थिइन् ।
“अब यो हात पनि टेबुलमा राखिदेऊ” कामदेवले आफ्नो देब्रे हात पनि रतिका हातमा राखिदिएका थिए । त्यसपछि भर्खरै मात्रै बाहिरी पोसाक खोलेका कामदेवलाई भित्री गन्जी र कट्टुमा मात्रै रतिले देखेकी थिइन् ।
रतिलाई आफ्नो शरीरभरि पसिनाको खोलो बगेझै“ भएको थियो । उनको सम्पूर्ण शरीर चिसिएको थियो । एउटा नराम्रो सपना देखिरहेको अनुभूतिले उनी डराएकी पनि थिइन् ।
“मा˚ गर्नोस्, म यो कोठामा सुत्न सक्तिन“” रतिले भनिन् । त्यसै बेला कामदेवले होटेलको रिसेप्सनमा ˚ोन गरेर उनले नेपालबाटै बुक गरेको अर्को कोठाको सा“चो मगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

*