पासपोर्ट र जुवा

- दीपेन्द्र के.सी.


खालमा अन्तिम दाउ,
द्रौपदी राखेर
आशा विछयाउँछ
युधिष्ठिर !
जव पासा फिंजारिञ्छ
पश्चतापमा झोक्रिन्छ
नतिजा वोकेर
युधिष्ठिर !
आज धेरै युधिष्ठिरहरु
हरिया, राता पासपोर्टहरु वोकेर
खोज्दैछन अखडाहरु
जुवाबाटै जीन्दगी बनाउन
सादृष्य धृतराष्ट्रहरु
विश्वास गर्दैनन् “हलो जुवामा”
तर
जीवन देख्छन
केवल जुवामा
त्यसैले पनि
अचेल युधिष्ठिरहरु
वारीमा जुवा होइन
जुवामा वारी चलाउँछन्
अनि,
खोजेर रौनक जीन्दगीको
छिर्छन गल्ली, चोक र ढोकामा
रातो तुल विच्छ्याएका
शकुनीहरुका अखडाहरुमा ।
एडभान्समा चाके थाप्छन धन
गुम्छ त्यो एडभान्समै
वाजी लगाउँछन पासपोर्टको,
नलागेपनि भीसा त्यसमा
झोक्राउँछन पासपोर्ट हारेर
लागेपनि भीसा त्यसमा
झोक्राउँछन भीसामा जीन्दगी हारेर ।।
वागलुङ—हाल ओस्टण्डे बेल्जियम

प्रतिक्रिया दिनुहोस्

*