स्वतन्त्रताको साइपाटा

-राधेश्याम लेकाली

होशियार !
दमन र प्रतिबन्धहरु
स्वतन्त्रताको
साइपाटा निस्कँदै छ अब

एउटा जुलुसले
हिड्न पाउनुपर्छ
एउटा जुलुसले
नारा लगाउन पाउनुपर्छ
जुलुसको अर्थ
सबैले अथ्र्याउन सक्छन्
सबैले बोक्न सक्छन्
तर
जुलुसको महत्व त
जनताको आवाज बोकेपछि हुन्छ
मुख हुनेहरुले
न्यायिक आवाज कोरल्छन् भने
थुन्न सकिदैन
आखा हुनेहरुले
उज्यालो हेर्न खोज्छन् भने

छेक्न सकिदैन
खुट्टा हुनेहरुले
लामो बाटो हिड्न खोज्छन् भने
रोक्न सकिदैन
हात हुनेहरुले
निर्माणका लागि काम खोज्छन्
आश्वासनले मात्र हुदैन
यो त मान्छेले
जन्मेदेखि नै पाउने
स्वतन्त्रता हो
यसमा
प्रतिबन्धसगै
विद्रोह पनि जन्मिसकेको हुन्छ
जित अन्त्यमा स्वतन्त्रताको हुन्छ

सिक्री र साङ्लोले बाधे पनि
थुनछेक र धरपकडले कसैको विचार
कुल्चिन सकिन्न
सत्य विचार त सधैं
अमर हुन्छ
अमर हुने विचारलाई
सबैले आत्मसात् गरेको हुन्छ
आत्मसात् गरिने विचारको
सधैं जित हुन्छ
मान्छेको इतिहास
सबैभन्दा माथि हुन्छ

होशियार !
दमन र प्रतिबन्धहरु
ऋावाज सुनिदैछ अब
एक युगान्तकारी पदचापको ।

अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर

प्रतिक्रिया दिनुहोस्

*