केही साहित्यिक आन्दोलन

मेती मण्डल
युवक कवि मोतीराम भट्टको सक्रियतामा स्थापित यो संस्था काठमाडौँ र वनारस दुवै ठाँउमा सक्रिय रह्यो । तत्कालीन साहित्यिक प्रतिभाहरुलाई जम्मा गरी साहित्य रचनातर्फ प्रोत्साहित गर्ने उदेश्य राखेको यो संस्थाले समस्या पूर्तिको पद्घति अपनाएको थियो । शृङ्गार रसप्रधान कविता सृजना गर्ने यो समूहमा पद्मविलास, काशिनाथ ,चेतनाथ, आचार्य ,नरदेव पाण्डे, तिथराज पाण्डे ,गोपीनाथ लोहनी आदि कविहरु सम्मिलित थिए ।

हलन्त बहिष्कार आन्दोलन
राममणि आ.दी.ले वि.सं १९६५मा शुरु गरेको हलन्त (अक्षरको खुट्टा काट्ने चलन ) बहिष्कार आन्दोलनले नेपाली भाषको शुद्घता कायम गरी सौन्दर्य वृद्घि गर्न ठूलो योगदान गर्यो । तत्कालीन साहित्यिक पत्रिका माधवीमा हलन्त वहिष्कार गरिएका रचनाहरु छापिन्थे । यस कार्यले नेपाली भाषको लेखाई छपाईमा नवीनता आयो ।

अस्वीकृत जमात
परम्परागत मान्यताको स्थानमा नयाँ शैली नयाँ प्रयोग गर्ने उदेश्यले कविताराम , शैलेन्द्र साकार , परशु प्रधान , वासु शशी, हरिश बमजन आदि नवप्रतिभाहरु मिलेर वि.सं २०२६ मा यो साहित्यिक संस्थाको स्थापना गरेको थिए । तिनीहरुको सञ्जीवनी नामको कथा संकलनमा समाजमा अस्वीकृत ,तिरस्कृत , व्यक्तिहरुलाई आफ्नाा रचनाहरुमा नायक नायिकाको रुपमा प्रस्तुत गरेका थिए ।

लीला लेखन
अरुको दृष्टिकोणलाई द्रष्टाको अनुकुल वनाउन खोज्ने प्रवृत्तिप्रति व्यङ्ग गर्दै जीवन वा जगत फगत लीला वा भ्रम भएकोले साहित्य पनि भ्रम मात्र हो भन्ने दृष्टिकोण लीला लेखनका स्रष्टा इन्द्रवहादुर राईको रहेको छ । ईन्द्र वहादुर राईको “कठपुतलीको मन” मा उपर्युत दृष्टिको प्रकट भएको छ ।

रोदी
नेपाली कविता तथा काव्यका फाँटमा नयाँ प्रयोग गर्ने उदेशयले वासु शशि , भूपि शेरचन, मोहनहिमांशु थापा कुमार नेपालको प्रयासमा वि.सं २०२४ मा यो संस्थाको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

*