हेटौडा यात्राका निहुँमा वीरगञ्ज यात्राको प्रतीक्षा

विभु लुइटेल
केही दिनअघि नै हेटौंडामा साहित्यिक कार्यक्रम हुने र बाबाहजुरले त्यसमा प्रमुख आतिथ्य जनाउनुपर्ने जानकारी पाइएको थियो । सुरुमा त हामी दुई दिदीबहिनीलाई मामाघरमा छोडेर जाने कुरा भए पनि बहिनीको स्कुलबाट शैक्षिक भ्रमणका लागि लैजाने र म घरमा एक्लै पर्ने हुनाले मैलेचाहिँ हेटौंडा जान्छु भनी जिद्दी गरेँ । मेरो जिद्दी घरमा सर्वस्वीकार्य भयो । कवितावाचन कार्यक्रम पनि हुने कुरा थाहा भएकाले कविता पनि लेखेँ ।
कात्तिक ७ गते बिहानै हामी बल्खुको टाटा सुमो स्ट्यान्डतर्फ प्रस्थान गर्‍यौँ । त्यहाँ साहित्यकार आनन्दराम पौडेल हाम्रै प्रतीक्षामा बसिरहनु भएको रहेछ । सात बजे हिँडाउने भनिएको गाडी आठ बजिसकेपछि मात्र हिँड्न थाल्यो । यो पनि नेपाली टाइमिङबाट अछुत रहन सकेन । तीन नम्बरको सिटमा बस्नुभएकी महिला यात्रु यात्राभरि कराइरहनुभयो । पछाडि सिटका मान्छे गाडीबाट उत्रन खोजेमा उहाँ पनि उत्रिनुपथ्र्यो । त्यसैले रिसको झोंकमा कतिपटक त तिनीहरुलाई ठेट नेपाली गाली पनि गर्नुभयो । रमिता हेर्न मलाईचाहिँ खुबै रमाइलो लागिरहेको थियो ।
मलाई पहिलेदेखि नै इन्द्रसरोवर हेर्ने एकदम इच्छा थियो । बाटोबाट त्यति राम्ररी नदेखे पनि देउरालीमा खाना खान उत्रिदाचाहिँ राम्ररी देखेँ र त्यसको फोटो पनि खिचेँ । पूरै नेपाललाई उज्यालो बनाउन एकल कोसिस गरिरहेको कुलेखानी देख्दा खुसी नै लाग्यो । एक घन्टा जतिमा हाम्रा लागि कोठा बुक गरिएको होटेल ँलिडो इन्’ अगाडि गाडी रोकियो । साहित्यकार आर.सी. रिजाल र निमेष निखिल हामीलाई नै पर्खेर बस्नुभएको रहेछ । हामीलाई ३०७ नम्बरको कोठासम्म पुर्‍याई आराम गर्न छाडेर उहाँहरु त्यहाँबाट हिँड्नुभयो । आराम गर्न मन नभएकाले मैले घुम्न जाऊँ भनेँ तर आमाबुवाले मान्नुभएन । म टिभी हेर्न थालेँ । टिभी हेर्दाहेर्दा अल्छी लाग्न थाल्यो र २ः३० बजेतिर घुम्न जाऊँ भनी अति जिद्दी गरेँ । दुवैजनाले मान्नुभयो र हामी ट्राफिक चोकसम्म पुग्यौँ । नचिनेका ठाउँमा त्यसरी घुम्न हुँदैन भनेर मलाई फकाइफुल्याइ गरी आइसक्रिम खुवाएर फेरि होटेल फर्काउनुभयो । करिब चार बजे रिजाल अङ्कल हामीलाई घुमाउन लैजान भनी आउनुभयो । चिसो दुध खाई हामी रिक्सामा चढेर पुष्पलाल स्मृति पार्क गयौँ । त्यहाँ धेरै फोटो पनि खिचियो । त्यसपछि हामी त्यहीँको पुष्पलाल स्मृति पुस्तकालय गयौँ । पुस्तकालय त्यति ठूलो नभए पनि अत्यन्तै व्यवस्थित रहेछ । त्यहाँ हास्यव्यङ्ग्यकार भैरव अर्यालको प्रतिमा पनि रहेछ । त्यहाँ केही समय बिताई हामी श्याम बानियाँ अङ्कलसँग होटेलतिर लाग्यौँ । बाटोमा साहित्यकार साम्ब ढकालसँग भेट भयो । एकछिन उहाँसँग कुराकानी भएपछि हामी होटेलमा पुग्यौँ । त्यहाँ थाहा एफ्.एम्. को अङ्कल बाबाहजुरसँग अन्तर्वार्ता लिन आइपुग्नुभयो र डेढ घन्टा जति अन्तर्वार्ता लिइरहनुभयो । हामी चुपचाप बसिरÅयौँ । अन्तर्वार्ता सकिएपछि हामीले खाना खायौँ र निकै थाकेकाले सुतिहाल्यौँ ।
भोलिपल्ट बिहान सबेरै उठी हामीले वनविज्ञान क्याम्पस जाने योजना बनायौँ तर हामीलाई बाटो थाहा नभएकाले होटेलकै एक कर्मचारीलाई वनविज्ञान क्याम्पस कता छ भनी सोध्यौँ तर उहाँले थाहा छैन भनी भन्नुभयो । फेरि थप्नुभयो, मलाई फरेस्ट्री क्याम्पस जाने बाटो थाहा छ । हेटौँडाका क्याम्पस जति सबै थाहा छ तर योचाहिँ थाहा छैन ।’ अनि मैले हाँस्दै फरेस्ट्री क्यामपसचाहिँ कता छ नि भनी सोधें अनि हामी अगि बढ्यौँ । नेपालीहरु अङ्ग्रेजीमा राम्रो भएको थाहा पाउँदा खुसी लाग्यो तर उनीहरुले आÇनै भाषा बिर्सदै गएको देख्दा दुख पनि लाग्यो ।
एकदमै ठूलो क्षेत्रफल ओगटेको वनविज्ञान क्याम्पसभित्र घुमघाम गरेर र फोटो खिचेपछि त्यहीँको क्वार्टरमा बस्ने आफन्तसँग भेट भयो । त्यहीँ चिया खाएर हामी होटेलमा फर्कियौँ । त्यहाँबाट रिजाल अङ्कलकोमा गई खाना खायौँ र उहाँकै प्राङ्गणमा रहेको साहित्य सङ्गम र सिस्नुपानी नेपालको संयुक्त भवनमा आयोजित ७६ औँ गजल यात्रामा सहभागी भयौँ । बाबा त्यहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो । सबैले एकदम राम्राराम्रा गजल सुनाउनुभयो । रिजाल अङ्कलले त दुई हरफ गजल सुनाएपछि आफैँले ँवाह झ् वाह झ्’ भन्दा सिङ्गो हल हाँसोले गुञ्जायमान भयो । बाबाले गजलबारे लामै भाषण ठोक्नुभयो । सबले ताली बजाए । आमाले भाषण गर्दा छोटो बोलेर मेरो बाँकी समय पनि आजका प्रमुख अतिथिलाई भनेको सन्दर्भ कोट्याउँदै बाबाले कहिल्यै नसुनेको उखान ँअरुले गीत गाएको भन्दा कालेका बाउले खोकेको राम्रो’ सुनाउनुभयो । त्यहाँ हल हाँसोले गुञ्जियो, कसैले हाँसो रोक्नै सकेनन् । त्यो कार्यक्रम सकिएपछि विष्णु खनाल अङ्कल हामीलाई लिन आउनुभयो र हामी उहाँकै गाडीमा नवलपुर गयौँ । युगप्रकाश क्लब र साहित्य सङ्गम, मकवानपुरले आयोजना गरेको सो कार्यक्रम १०२ औँ देवकोटा जयन्तीका अवसरमा थियो । त्यसको प्रमुख अतिथि पनि मेरो बुवा नै हुनुहुन्थ्यो । उहाँले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नुभयो र देवकोटाको सालिकमा माल्यार्पण पनि गर्नुभयो ।
त्यहाँ मेरा बुवा डा. खगेन्द्रप्रसाद लुइटेल, हेटौँडाका सर्वपि्रय साहित्यकार आर.सी रिजाल र स्व. काशीनाथ बजगाईँ सम्मानित हुनुभयो । त्यहाँ कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो । मैले अप्रतियोगीहरुका तर्फबाट ँबन्द नगरौँ युद्धहरु’ शीर्षकको कवितावाचन गरेँ । दर्शकदीर्घाबाट जोडसँग ताली बज्यो । त्यहाँ उपस्थित सबैजसोले कविता प्रतियोगितामा सामेल गराएको भए हुन्थ्यो भन्नुभयो तर त्यसो गर्न अलि सुहाउँदैनथ्यो किनभने त्यस कार्यक्रमका प्रमुख अतिथि र सम्मानित व्यक्तित्व मेरै बुवा हुनुहुन्थ्यो । ठूलै पार्टीका एकजना सांसद विशिष्ट अतिथिका रुपमा मञ्चमा आसीन थिए । आÇनो मन्तव्यमा उनले देवकोटालाई आदिकवि भने । आदिकवि को हो र देवकोटा के कवि हुन् भन्ने कुरा पनि थाहा रहेनछ हाम्रो देशका सांसदलाई । यस्तै देशमा म आÇनो भविष्य खोज्न बाध्य छु । अलि ढिलैसम्म कार्यक्रम भयो । मैले त्यहाँ गजल मञ्चका धेरैलाई साथी बनाएँ । सबैजना उमेरमा मभन्दा ठूलो हुनुहुन्थ्यो । हामीलाई होटेलसम्म पुर्‍याउन विष्णु खनाल अङ्कल नै आउनुभयो । बाबालाई अर्को कार्यक्रममा सामेल हुन परेकाले उहाँचाहिँ विष्णु खनाल अङ्कलसँगै र्फकनुभयो । म र आमाचाहिँ राति आठ बजेतिर खाली राजमार्गमा फोटो खिच्दै घुमीरÅयौँ । निमेष अङ्कलले फोन गरेर ँखाना खाएर बस बेटा’ भन्नुभयो र हामी खाना खाई आÇनै कोठामा फर्किएर टिभी हेर्न थाल्यौँ । एकछिनमा बाबा पनि आइपुग्नुभयो । अर्को दिन बिहानै सहिद स्मारक पार्क जाने योजना रहेको सुनाउनुभयो । चाँडै उठ्नुपर्ने हुनाले म छिट्टै नै सुतेँ ।
भोलिपल्ट बिहान चाँडै उठेर हामी अङ्कलहरुको प्रतीक्षा गरिरह्यौँ । रिजाल अङ्कल र डा. गणेश पौडेल आइपुग्नुभयो । त्यसको एकछिनपछि निमेष अङ्कल, आनन्दराम अङ्कल र विष्णु अङ्कल पनि आइपुग्नुभयो । विष्णु अङ्कलकै गाडीमा हामी सहिद स्मारक पार्क गयौँ । त्यहाँ अरु साहित्यकारहरु पहिले नै आइपुगीसक्नु भएको रहेछ । साहित्यकार, राजनीतिज्ञ तथा त्यस पार्कका परिकल्पनाकार डोरमणि पौडेलले हामीलाई त्यो पार्क घुमाउन लैजानुभयो । अझ मलाई त ँनातिनी’ भनेर हात समातेरै घुमाउनुभयो । एउटा सानो चिडियाखाना पनि रहेछ त्यहाँ त । चितुवा, मयुर, हुचिल, राजहाँस, बेलायती मुसा, चित्तल आदि पशुपन्छीहरु एकदम राम्ररी राखिएका रहेछन् । अलि पर एउटा ठूलो ढुङ्गामा एकीकरणको बेलाका गोर्खाली, चार सहिद र पञ्चायतकालीन केही सहिदहरुको चित्र कुँदिएको रहेछ । त्यहीँ नजिकै दुईतले ँभ्यु टावर’ पनि रहेछ । पार्क घुम्दै जाँदा हामी इतिहासपुरुष मदन भण्डारीको पूर्णकदको प्रतिमा र उनकै नाममा रहेको मदन वाटिकामा पुग्यौँ । प्रतिमा रहेको ठाउँमा उनका जीवनसँग सम्बन्धित प्रमुख घटनाहरुका प्रतीक नीलो ढुङ्गामा कुँदिएका रहेछन् । सामान्य तरिकाले हेर्दा तिनको अर्थ नबुझिए तापनि डोरमणि हजुरबाले अथ्र्याएपछि मात्र हामीले बुझ्यौँ । त्यहाँ टाउको नभएको आकृतिमा आÇनो टाउको राखेर फोटो खिच्नाका लागि बनाइएको बगैँचा पनि रहेछ तर बन्द भएकाले र खुल्न समय लाग्ने हुनाले हामी त्यस पार्कको मुख्य आकर्षण सहिद स्मारकतर्फ उकालो चढ्यौँ । जाँदै गर्दा बीचैमा स्वीमिङ पुल पनि हेरियो । केहीबेर हिँडेपछि हामी विशाल सहिद स्मारकसम्म आइपुग्यौँ । निर्माणाधीन त्यस स्मारकका परिकल्पनाकार पनि डोरमणि हजुरबा नै हुनुहुँदो रहेछ । आफू एक आर्किटेक्ट नभए पनि उहाँले यस्ता कार्य गरेको र देशको सर्वश्रेष्ठ कुर्सीमा आसीन आर्किटेक्टले यस्ता कुरातर्फ आफ्नो ध्यान पनि नदिएको देख्दा केही खिन्न पनि लाग्यो । त्यहाँ एकछिन बसेर र्फकदा फोटोपार्क पनि खुलिसकेको रहेछ । सुपरम्यान, वनमान्छे आदिका आकृतिमा टाउको राखी फोटो खिच्न पाउँदा मलाई एकदमै रमाइलो लाग्यो । त्यहाँ मनमोहन अधिकारीका नाममा पनि एक बगैँचा बनाइएको रहेछ । पार्क घुमिसकेर हामी गाडी पार्क गर्ने ठाउँसम्म आइपुग्यौँ र त्यहीँको एक चियापसलमा चिया खाई विष्णु अङ्कलसँग उहाँको उद्योग हेर्न गयौँ ।
एकदम मनोरम ठाउँमा अवस्थित पाउडर तथा साबुन उद्योगमा घुम्दा र पाउडर उत्पादन गर्ने तरिका थाहा पाउँदा सारै खुसी लाग्यो । विष्णु अङ्कल अत्यन्तै परिश्रमी हुनुहुँदो रहेछ । ज्यादै सम्पन्न भए पनि उहाँको जीवनशैली भने सामान्य रहेछ । त्यसपछि हामी उहाँको घर गई मोही खायौँ । उहाँले मलाई दुई बट्टा पाउडर पनि दिनुभयो । पाउडर त्यति ठूलो कुरा त होइन तर उहाँले देखाएको सद्भावचाहिँ निकै ठूलो हो । त्यसपछि हामी खाना खानका लागि युगप्रकाश क्लबका अध्यक्षको होटेलमा गयौँ र खाना खाइसकेपछि होटेल लिडोमा फर्किएर आÇना सामान लिई काठमाडौं आउनाका लागि टाटा सुमो चढ्यौँ । हामीलाई सबैजनाले हात हल्लाएर बिदा गर्नुभयो । मलाई त अझै केही दिन बस्न र वीरगञ्ज, रक्सौल जान मन थियो । मैले जिद्दी नगरेको पनि होइन तर यस जिद्दीमा चाहिँ म हारेँ । चार बजेतिर हामी कीर्तिपुरस्थित हाम्रो घर आइपुग्यौँ ।
पहिलो हेटौंडा यात्रा निकै नै रमाइलो रह्यो । मैले त्यहाँ रहँदा वीरगञ्ज र रक्सौल जाऊँ पनि भनेको थिएँ तर निमेष अङ्कलले थेग्नै नसकिने गर्मी छ त्यहाँ भन्नुभयो । अझ रिजाल अङ्कलले त जाडो महिनामा वीरगञ्ज जानेगरी तिमीलाई बोलाउँछौँ भन्नुभएको छ । विष्णु अङ्कलले आÇनो बुवाको किताब विमोचन गर्ने बेलामा बोलाएर वीरगञ्ज घुमाउँछु भन्नुभएको छ । डोरमणि हजुरबाले पनि बेलाबेला आइराख भन्नुभएको छ । अङ्कलहरुले अब हरेक मुख्यमुख्य साहित्यिक कार्यक्रममा तिमीलाई बोलाउँछौँ भन्नुभएको छ । बोलीमा कतिसम्म पक्का हुनुहुन्छ, त्यो हेर्न अझै बाँकी नै छ । अर्कोपटक हेटौडा जाँदा वीरगञ्ज पनि लाने भनेको हुनाले म त्यसकै प्रतीक्षामा छु ।

प्रतिक्रिया दिनुहोस्

*