याचना

 – केशु बिरही

उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन ।

उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो

वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै केही पनि डिमाण्ड थिएन

। यस्तो भए खान्छु । उस्तो भए खाँदिन कहिल्यै पनि भनेन ।जे दियो त्यसैलाई खुशी मानेर

खाइदियो । रमाइलो मानेर लाइदियो । यस्तै यस्तै चर्चा सुनिन्थे उसका वारेमा ।

ऊ ठूलै भए पछि घरमा अंश वण्डा भयो । दाजुहरूले भए भरको राम्रो राम्रो जग्गा

जमीन आ –आफ्नो नाममा पार्दा मात्र होइन आमाको मुत्यु पछि बाबुले कान्छी आमा

भित्र्याए । वचेखुचेको सम्पति कान्छी आमाले दावी गर्दा पनि उसले कुनै गुनासो गरेन ।

अरु के डी भी परेर अमेरिका गएको अति मिल्ने साथीले तँलाई केही चाँहिन्छ कि भन,

भन्दा समेत उसले केही चाँहिदैन भन्यो ।

अपुताली परेको आफ्नै कान्छा बाउको सम्पति पनि उसले खान मानेन । अरुको लिनु

कहाँ हो कहाँ उसले आफूसंग भएको सवै सम्पति गरिव गुरुवालाई वाँडिदियो । भएको एउटा

घर पनि विध्यालयको नाममा गरिदियो । ऊ दानी कहलियो । उसको त्यस्तो व्यबहार देखेर

आफन्त तथा छरछिमेकीहरू चकित भए । कस्तो कुनै कुराको पनि मोह नभएको मानिस रहेछ

भने । कतिले त जीवनको मोह नवुझ्ने कस्तो लठ्ठक रहेछ भन्न पनि पछि परेनन ।

तर आज अचम्म भएको छ । ऊ दुई हात पसारेर केही मागिरहेको छ । सवैसंग याचना

गरिरहेको छ । तर उसको याचना कुनै भौतिक सम्पति प्राप्तिको लागि भने थिएन । उसले त

आफू उभिएको एक पाइला माटो मागिरहेको थियो । किन भने उस्ले टेकेको माटो विखण्डित गर्ने

प्रपंच भैरहेको थियो ।

– तेह्रथुम

keshubirahi2008@yahoo.com

प्रतिक्रिया दिनुहोस्

*