महामन्डल साहित्ययात्रा

-डा. खगेन्द्रप्रसाद लुइटेल

कहिले एक्लैदुक्लै त कहिले समूहमा यात्रा प्रशस्तै गरिएको छ। यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो, महाम8डल साहित्ययात्रा। नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो। गाउमुखी साहित्यबारे एउटा कार्यपत्रसमेत तयार पारिदिन गरिएको प्रतिष्ठानको आग्रहलाई मैले स्वीकारेको थिए। यात्राको तिथि आइपुग्यो। प्रथम गणतन्त्र दिवसको अवसर पारेर सोही दिन बिहान थालिएको थियो हाम्रो साहित्ययात्रा।
गणतन्त्र दिवसका दिन बिहान साढे छ बजेतिर यसो चुच्चो पखालेर म एकजोर फेरफारसहितको सानो झोला बोकी कीर्तिपुरबाट सहरतिर प्रस्थान गरे। सात बजेतिर अनामनगर पुग्दा नजिकनजिकका कोहीकोही त्यहा इसकेका रहेछन्। त्यहा खासै ढिलो नगरी ठूला अक्षरमा महाम8डल साहित्ययात्रा २०६६ र अलि साना अक्षरमा आयोजक नुवाकोट साहित्य प्रतिष्ठान लेखिएको ब्यानरसहितको हाम्रो गाडी अगि बढ्यो। बीचबीचमा केही मान्छे टिप्दै साढे साततिर बालाजु माछापोखरी पुगियो। त्यहाबाट चढ्ने भनिएका केहीले आउन निकै ढिलो गरे।

समयलाई पटक्कै ध्यान नदिने अनि पुग्ने भनेका समयमा मात्र हिड्ने तरखर गर्ने बानी हामी नेपालीको नैसर्गिक मानवाधिकारजस्तै भएको छ। आना कारणले अरूलाई दुख दिनुहुन्न भन्ने सोचाइ हामी परपीडक नेपाली त्यसमा पनि साहित्यकार अझ त्यसमा पनि कविहरूमा आउन बाकी नै छ र तत्काल आउने सम्भावना पनि देखिन्न भन्दै मित्र नरेन्द्रराज पौडेल र म कुरा गरिरफ्यौ वैराग् जेठालाई पर्खदै। नेपालीले त ढिला गरेगरे त्यो त सामान्य नै भइसक्यो तर यस पटक एकजना विदेशी मित्र डा. टोयाले त ढिलाइको सीमा नै नाघेर नेपालीलाई नै बिर्साइदिए। उनी त आधा बाटो पर मात्र ट्याक्सी लिएर आइपुगे। नेपाल बसेको धेरै भएकाले उनलाई पनि नेपाली हावाले पूरै छोइसकेको कुरा मैले उनलाई भने। उनको गोरो छाला रातियो। जे भने नि के गर्नु समय भिड्किसकेको थियो फर्कनेवाला थिएन, उही यसो मुखको तितो पोख्नु मात्र त थियो ।
जेहोस् यस्तै पर्खाइ हिडाइका बीच हाम्रो महाम8डल साहित्ययात्रा अगि बढ्यो। यो महाम8डल भनेको के रहेछ ? महाम8डले नै पो हो कि भन्ने कुतूहलता तपाईंका मनमा पनि पैदा भयो होला। मेरा मनमा चाहि भएकै थियो। म8डल, म8डले त प्रशस्तै सुनिएको हो तर महाम8डलचाहि सुनिएको थिएन। हाम्रा साहित्ययात्रीहरूमध्ये धेरजसो परिचितै भए पनि केही अपरिचित अनुहार पनि भएकाले यो यात्रा एकार लागेको यात्रा रहेछ कि भन्ने नलागेको पनि होइन तर गाठी कुरो अर्कै रहेछ। महाम8डल भन्ने नुवाकोटको सदरमुकाम नजिकको एउटा प्रसिद्ध ठाउ रहेछ र त्यसकै सेराफेरोको त्यात्रा भएकाले यसको नाम पनि त्यही राखिएको रहेछ। पहिले एल्.डि.ओ. भएर लामै समय बसेका नरेन्द्रजीको यो भनाइबाट एकारवाला यात्राबारेको भ्रम हटेर ढुक्क भइयो।
निर्धारित समयभन्दा केही ढिलै गरेर प्रारम्भ भएको हाम्रो यात्रा बालाजु माछापोखरीबाट ओखरपौवा हुदै रानीपौवामा पुगेर रोकियो। रमाइलो सुललित मौसममा ख्यालठट्टा गर्दै खाजा खाइयो। हाम्रो टोली उति सानो थिएन। दुई कोरीभन्दा केही बढीकै सङ्ख्या भएकाले खाजा खान पनि अलि बढी नै समय लाग्यो। खाजा खाइसकेपछि हाम्रो यात्रा अगाडि बढ्यो। सबै यात्री आआनै धुनमा मस्त थिए। नरेन्द्रजीले प्रत्येक गाउ र डाडासमेत देखाउदै चिनाउदै गए। अनुभवी साथी साथमा भएकाले मलाई फाइदै भयो।

टाढाटाढासम्मको प्राकृतिक दृश्यावलोकन गर्दै अति साघुरो बाटोमा गुड्ने फराकिलो बसबाट हाम्रो यात्रा गन्तव्यतर्फ अगि बढिरहेको थियो। धेरै वर्ष पहिले पावर हाउस निर्माणका क्रममा मित्रराष्ट भारतले बनाइदिएको साघुरो बाटो बिगारेर फराकिलो बनाई मित्रताको अपमान नगर्ने बरु सानैमा चित्त बुझाएर बस्ने हामी नेपाली। त्यसमा पनि पछिल्लो समयमा त निर्माणमा भन्दा विनिर्माणमै रमाउने हाम्रो जात। सत्ता, भत्ता र लत्ता नै हाम्रो परम ध्येय। राजनीतिकर्मीको त के कुरा गर्नु ती त यौनकर्मीभन्दा पनि जन्डु…। बाटाको दुर्दशा, पाइलापाइला दुर्घटनाको त्राहिमाम। दुईओटा गाडी पार गर्नै मुस्किल। त्यसमाथि हाम्रा चालकहरूको मिचाहावृत्ति। कतिखेर पुगिएला गन्तव्यमा…। यस्तैयस्ता निष्ठअनिष्ठ कल्पना गर्दागर्दै साढे बार बजेतिर त्रिशुली बट्टार पुगियो। टन्टलापुर घामको वास्ता नगरी हाम्रो स्वागतार्थ लामबद्ध जनसमूह र ब्यानरसहितको विद्यार्थी समूह थियो। बसबाट ओर्लनेबित्तिकै हामीलाई पुष्पगुच्छासहित रातो टीका निधारमा लगाइदिएर भव्य स्वागत गरे ती सबले। भोकाएर निन्याउरा भएका हाम्रा मुहारमा प्रसन्नता छाउन थाल्यो।
टन्टलापुर घाममा पुर्पुरो सेक्दै बडा फुर्तीसाथ गणतन्त्रे जुलुसमा सामेल भई नगर परिक्रमा गरियो। जुलुसको समापनसगै खानपिनको प्रारम्भ भयो। सबैका मुहारमा खुसीका लहर देखियो। भोकलाई शान्त पारिसकेपछि साउने धान लहलहाइरहेको खेतको आलीआली खाटी कार्यक्रमस्थल तादी खोलाको बगरतर्फ प्रस्थान गरियो। जुत्ताचप्पल फुकाल्ने उर्दी भयो। तुलसीहरि कोइराला र म जुत्ता नफुकाली एकछिनसम्म त बुरुकबुरुक उफ्रदैउफ्रदै अगि बढ्यौ। अलि पर पुगेपछि थाहा भयो हाम्रो भ्यागुते उफ्राइको कुनै अर्थ रहेनछ भन्ने। त्यहा जुत्ता त के प्यान्ट नै फुकाल्नु पर्ने स्थिति रहेछ…। प्यान्टलाई हाफप्यान्ट बनाएर हातमा जुत्ता र पिठिउमा झोला बोकी हाम्रो लामबद्ध यात्रा बगरतर्फ अगि बढ्यो। शङ्ख नभएर मादल बजाउदै अगि बढेको हाम्रो बगरे यात्रालाई वारिपारिका गाउलेहरूले के भन्ठाने थाहा छैन। हाम्रा लागिचाहि कुलाको गहिराइ थाहा नपाएर बेलाबेला सुलुतिदै निथ्रुकिदै अगि बढेको बगरे यात्रा निकै रोमाञ्चक थियो।

दुईतिर खोलो बीचमा खाली बगर। बगरका बीचमा टागिएको पाल। पालमुनि कुर्सी। सरर चिसो हावाको बहाव…। हामी बल्ल चार बजेतिर त्यहा पुग्यौ। पानीको गहिराइ थाहा नपाएर हाम्रा थुप्रै साथीहरूले सानातिना माछा मारे नै। त्यसमा सबैभन्दा ठूलो माछा मार्नेमा परे पुष्कर दाइ। उनलाई त हतेर्नु नै पर्‍यो। धन्न आफूचाहि तिखा ढुङ्गा र चिप्लो लेउमा पनि माछा नमारी कार्यक्रम स्थल पुगियो। कार्यक्रम आयोजक संस्था नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठलगायत अरू थुपै्र हाम्रो स्वागतार्थ प्रतीक्षारत थिए। कार्यक्रमलाई औपचारिकतामा रूपान्तरण गरियो। प्रतिष्ठानका सचिव निश्चल अधिकारीले कार्यक्रम सञ्चालन गर्दै आसनग्रहण गराए। विष्णु सापकोटाको स्वागत मन्तव्यपछि स्थानीय संस्कृतिविद् स्व. माधवलाल प्रधानको स्मृतिमा मौन धारण गराई कार्यक्रम प्रारम्भ गरियो।

उताबाट आएका र यताबाट गएका कविहरूले गच्छेअनुसारका कविता, गजल, मुक्तक, ठोक्तक वाचन गरी बगरलाई साहित्यमय तुल्याइदिए। राधेश्याम लेकाली, रामप्रसाद पन्त, उज्ज्वल जिसी, खिमानन्द पोखरेल, उत्तम थापा, बमबहादुर थापा, नरेन्द्रराज पौडेल, धर्मराज बराल, रामकृष्ण भट्ट, वैरागी जेठो, रमेशजङ सिजापती, थरेन्द्र बराल, कृष्ण प्रसाईं, महेश पौडेल, कृष्ण अविरल, मुक्ति घिमिरे, भीमसेन पाडे, विष्णु सापकोटा, दिव्य गिरी, भीष्म उप्रेती, रामराज पन्त, प्रक्षेपण प्रस्ईं, तुलसीहरि कोइराला, सन्तोषी अधिकारी, धर्तीचन्द्र यात्री, दीपक सापकोटा, छविरमण सिलवाल, सुरेश हाचेकाली, सुमन सौरभ, टोया, पुष्कर लोहनी आदिले आआना रचना वाचन गरे। रमाइलो वातावरणमा कविता वाचन श्रवण भयो। त्यहा आकाशमा कावा खादै गरेका चराचुरुङ्गीको चिरबिर तथा जमिनमा गर्दन फुलाएर बसेका भ्यागुताको ट्वारट्वारसमेत कवितामय भएभैक लाग्थ्यो अनि लाग्थ्यो खोलाका माछासमेत मन्त्रमुग्ध भएर हलचल नगरी कविता श्रवण गरिरहेेझै।
कवितावाचन सकिएपछि कार्यपत्र प्रस्तुत गर्ने काम सुरु भयो। प्रमोद प्रधानले नेपाली यात्रासाहित्यबारे रचना पत्रिकामा प्रकाशित आ8नै लेखलाई कार्यपत्रका रूपमा प्रस्तुत गरे। कवितामय वातावरण एक्कासि कार्यपत्रमा रूपान्तरित हुदा वातावरण निकै नीरस हुने नै भयो। कोइलीको सुरिलो कुहुकुहु सुनेर आनन्द लिइरहेका बेला कागको कर्कश धोत्रे आवाज सुन्नुपर्दाको हविगत श्रोताको भयो। कावा खाइरहेका चराचुरुङ्गी र पुच्छर हल्लाउन बिर्सेका माछाको त के कुरा हाम्रा कविजीहरूसमेत कुर्सी खाली गर्दै थिए। प्रमोदजीले पनि पाच मिनेटमा सिध्याउछु भन्दै पत्रिकाको लेख धेरजसो पढेर लामै समय खाइदिए। उता श्रोता दीर्घामा बसेका कविहरू निकै परपर प्रकृतिमा रमाउन थालिसकेका थिए। बाख्राको पुच्छर खाएका हाम्रा कविहरूमा आ8नो रचना वाचन गरिसकेपछि अर्काको रचना सुन्ने धैर्य त के बानी नै छैन।

उनीहरू आ8नो रचना वाचन गरिसकेपछि सारै व्यस्त हुन्छन् र अर्कै वाचनस्थलको खोजीमा हिडिहाल्छन्। यो क्रम राजधानीतिर त सामान्य नै हो तर मोफसलको बगरमा समेत देख्दा अचम्मै लाग्यो। राजधानीबाट गएकाले आ8नो बानी छोड्ने कुरै भएन। उताका पहिले नै रचना वाचन गरी टाप कसिसकेका थिए। कविजीहरू गोधूलिको दृश्यावलोकन गर्न र भ्यागुते माछा जिस्क्याउनतिर लागे। यसो गर्न बालकविले समेत बाकी राखेनन्। कृष्णको छोरो र तृष्णाकी छोरीसमेत माछा मार्न हानिएछन्। यता प्रमोदजी भने दनादन कार्यपत्र सुनाइरहेका थिए। आफूचाहि विशिष्ट अतिथिको आसनमा विराजमान भएकाले माछा मार्न हिड्ने कुरै भएन, कुशल श्रोता भएर आखा मिच्दै सुन्न बाध्य भइयो। युवराजले प्रमोदजीका कार्यपत्रको टिप्पणी गरिरहदा राजकुमारचाहि चौरमा पल्टिरहेका देखिन्थे।

यसपछि कार्यपत्र प्रस्तुत गर्ने पालो मेरो आयो। गोधूलिको मनोहर दृश्यका सामु मैले गाउमुखी साहित्यबारे कार्यपत्र प्रस्तुत गर्नु थियो। म कार्यपत्र प्रस्तुत गर्न उठेर सम्बोधन गर्न थालेपछि यताउति दृश्यावलोकन गरिरहेका हाम्रा कविहरू खासखुस गर्दै फर्किए र कुर्सीको शोभा बढाए। तिनीहरू किन फर्किए थाहा भएन तर जेहोस् फर्किए। म पनि के कम, बोल्ने पेसाकै मान्छे। मेरो कार्यपत्र त सूत्रपत्र छ है धन्दा नमान्नोस् भन्दै कविहरूलाई ढाटेर म त्यसै कार्यक्रममा वाचित रचनामाथि टिप्पणी गर्नतिर लागे, कसैलाई उचाल्दै कसैलाई पछार्दै…।  वास्तवमा कार्यक्रम पछार्नभन्दा उचाल्नै लायक थियो र धेरजसो त्यसै गरियो पनि। कविहरूलाई उचालिसकेपछि बल्ल कार्यपत्र सुरु गरियो। मैले सूत्रपत्र भन्दै सुरु गरेको कार्यपत्र गाउमुखी साहित्यबारे आखा देखिउन्जेल भाषण ठोके। प्रमोदजी र अरू एकाध पालबाहिर चौरिनुबाहेक अरू सबै कुर्सीमै थिए। मेरो कार्यपत्रमाथि सुरेश हाचेकालीले प्रशंसात्मक टिप्पणी गरे।
उता खाजा पस्किसकेको थियो भने यता दिनेशराज पन्त र श्रीराम श्रेष्ठको भाषण सुन्न बाकी नै थियो। खाजाका साथसाथ भाषण सुन्ने काम पनि सकियो। अनि सुरु भयो खानपिनको कार्यक्रम। खानपिनमा सब लोकल…। मुला, कुखुरा मात्र होइन कोदे जुस पनि लोकल। लोकल बगरमा सबथोक लोकल। केही क्षणमा  अर्धचन्द्र टाढिएर मौसम अध्यारिदै र लोकलले तातिदै गएपछि सबलाई एकसेएक गीत फुर्न थाल्यो। ओजनअनुसारको भोजन गरिसकेपछि त कविजीहरूको त के कुरा, गाउने र नाच्नेको ओइरो…।

वातावरण पूरै गायन र नर्तनमय भयो। त्यहा भुसतिघ्रे डा. टोया र पातले डा. खलु नाच्दा वातावरणको रौनकै फेरियो। त्यसपछि एकल र सामूहिक गायन र नर्तनका फोहरा छुटे। रेसम फिरिरी हुदै अनेक टुक्राटाक्री गीतको सर्वस्वहरण अनि माछामाछीको निदहरण भयो। कोदे जुसले लोकल भातलाई भुस बनाइदियो। तैपनि मध्यराततिर जसोतसो मुखमा हात जोड्दै सुतियो। सामूहिक सुताइ अनौठै थियो। जितालीको घुराइले बाघ आएको आशङ्कामा केही बेर त सब त्राहिमाम। उनको घुराइका सामु विचरा बाघको के लाग्थ्यो र ? बार हात परैबाट टाप कस्ने स्थिति भएकाले उसले त्यता फर्केर हेर्ने साहसै गरेन
रिमरिम उज्यालिएपछि चराको चिरिबिरीसगै उठ्ने क्रम सुरु भयो।

सबैजसो साहित्यकारहरू तादीको बगरमा टुक्रुक्क बसी जोखना हेर्दै कविता फुराउन थाले। यसो पञ्चस्नान गर्ने काम खोलातिरै भयो। साढे छ बजेतिर आआ8ना पोकापुन्तुरा च्यापी प्यान्टलाई कट्टु बनाएर जुत्ता हातमा बोकी बगरका चराचुरुङ्गी र माछाहरूलाई बाइबाइ गर्दै हाम्रो टोली अगाडियो। पानीभित्रका तिखा चिप्ला ढुङ्गा कुल्चदाको अनुभूति अद्भुतै थियो। अलिअलि रगत पानीमा मिसाउदै खोल्साखोल्सी पार गरेर जुत्तामा खुट्टा हुलियो। हामी मोटरबाटोमा पुग्न नपाउदै ठूलै पानी पर्‍यो। राती पानी परेको भए बगरमा हाम्रो के हालत हुन्थ्यो भन्दै राती पानी नपारिदिएकोमा ती पानी नपारिदिनेेप्रति सबजना कृतकृत्य देखिन्थे।

त्रिशुली बजारमा चियापान गरी हाम्रो टोली नुवाकोट दरबारतर्फ प्रस्थान गर्‍यो। जङ्गलका बीच निकै उकालो र साघुरो बाटो उक्लिदै बस नुवाकोट दरबार छेउमा पुगेर रोकियो। हामी सबै जीर्ण दरबार हेर्न त्यतैतर्फ लाग्यौ। दरबारको सुरक्षाका लागि खटाइएका बन्दुकेको सुरक्षास्थल नै अलि ठूलो हावा आउदा नै लड्लाजस्तो देखिन्थ्यो। त्यति अग्लो ठाउमा अवस्थित दरबार हेर्दा तत्कालीन शासकहरूको सुरक्षाप्रतिको सचेतता भने स्पष्टै झल्कन्थ्यो। दरबार अगाडिको ठूलो घन्ट, अलि परको भैरवी मन्दिर, छेउछाउका पुराना घर सबैजसो हेर्न लायककै थिए।

ती सबलाई क्यामेराभित्र हुलिसकेपछि केही बसमा र केही हिडेरै उकालो लागियो। मचाहि हिड्नेमा थिए। मसग जर्मन डाक्टर टोया र पत्रकार भाइ मधु पाठक थिए। दुवै निकै ज्यानदार भए पनि हिड्नचाहि कम थिएनन्, मसगसगै हिडिरहे। बसमा जानेभन्दा पहिले हामी नै अन्तिम गन्तव्य महाम8डलको डाडामा पुग्यौ। त्यहाबाट हेर्दा उपत्यकाजस्तो लाग्ने त्रिशुली बजार निकै मनोरम देखियो। तन थकित र ज्यान भोकित भइसकेकाले दृश्यावलोकनबाट मनले धेरै आनन्द लिनसक्ने स्थिति थिएन। महाम8डलकै डाडामा एकजना स्थानीय व्यक्तिले हामीलाई आ8नै बारीमा लटरम्म फलेका रूखमै लगेर लिची खुवाए। गर्मालु भोकको ऒ्ढवाकमा लिची प्रशस्तै ओइराइयो। ज्यानलाई के गर्ला भन्ने नसोची ओइराएको लिचीबाट प्राप्त आनन्दानुभूति अकल्पनीय थियो।

लिची खाई फुर्तीसाथ केही क्षणको ओरालो पैदल यात्रापछि हामी बस चढेर बजारतिर झर्‍यौ। त्रिशुली पावर हाउस छेउमा रहेको लेकाली होटेलमा राधेश्याम लेकालीलाई जिस्क्याउदै खाना खाइयो। त्यहाबाट हिड्ने बेलामा हाम्रा सहयात्रीमध्ये केहीले लौकालौकी र केहीले करेलाकरेली खरिदेको देख्दा काठमाड्यौली स्थिति र मानसिकता दुवै झल्कन्थ्यो। फेरि भेटौला भनी मायालु हात हल्लाउदै स्थानीय व्यक्तिहरूले हामीलाई बिदा गरे। हामीले पनि उनीहरूको मिठो आतिथ्य सम्झदै निकैबेरसम्म बिदाइका हात हल्लाइरफ्यौ।
साघुरो बाटोबाट हाम्रो यात्रा अगाडि बढिरफ्यो। बीच बाटोमा ठूलै पानी पर्‍यो। मोटरसाइकलमा आवतजावत गर्ने उज्ज्वल जिसी र खिमानन्द पोखरेल भिजेर मुसो भए। रानीपौवा नजिक हाम्रा केही साथीहरूले टउट माछा किन्ने सुर कसे। खुब महगो माछामा प्रचारित टराउटबारे जानकारी लिन हामी धेरजसो ओर्लियौ। केहीले माछा किने, केहीले फोटो खिचे अनि केहीले चाहि तमासा हेरे। एक्कासि पानी दर्किएकाले सब चिल्लबिल्ल भई दौडदै बसमा छिरियो। एकजना माछा क्रेताले यहा त दिनमै लाखौको माछा बिक्छ होला हगि भन्ने जिज्ञासा राखे। मैले त्यति पटक्कै बिक्दैन किनभने यहा सधै कवि आउदैनन् भन्ने जबाफ दिदा हासोको फोहोराले बस त के जङ्गलै थर्कियो।

रमाइलारमाइला गफगाफ गर्दागर्दै हामी साढे चार बजेतिर बालाजु माछापोखरी आइपुग्यौ। हामी बसबाट ओर्ली एकअर्कालाई बाइ गर्दै आआना झोला बोकेर आआनै गन्तव्यतर्फ लाग्यौ। म साढे पाच बजेतिर घरमा छिरे। घरमा छिर्नेबित्तिकै ठूलै पानी पर्‍यो। म नभिजी घर आइपुगेकोमा घरवाली पनि प्रसन्न भई। राजनजीले यात्राबारे राखेको जिज्ञासा पूरा गर्न नपाउदै खानाको उर्दी आयो। उताको लोकल सम्झदै यताको आप्रवासी दुई गास निली ओछ्यानमा पल्टिनेबित्तिकै भुसुक्कै निदाइएछ। ज्यान निकै थाकेको रहेछ, बिहान घाम झुल्केको पत्तै भएन।

जेहोस् यस पटकको महाम8डल साहित्ययात्रा निकै समयसम्म मष्तिष्कमा ताजै रहने पक्का छ। पर्यटकीय दृष्टिले पनि निकै सुन्दर र आकर्षक अनि खर्च र समयकै हिसाबले पनि खासै धेरै नलाग्ने त्यो ठाउ एक पटक घुम्नै पर्ने खालको रहेछ। जय होस् यस्तो सुन्दर यात्राको मेलो मिलाउनेहरूको, जय होस् महाम8डल साहित्ययात्राको अनि जय होस् महाम8डलेहरूको…।

 

प्रतिक्रिया दिनुहोस्

*