विज्ञान : कविताको सन्दर्भमा

-डा. ईशान गौतम

आज विश्वका अन्य विशेषतः विकसित मुलुकहरूमा विज्ञान कविताले आङ्गनो भिन्नै धार स्थापित गरेको छ।  द वर्ल्ड टरेजरी अफ फिजिक्स, अस्टरोनोमी एन्ड म्याथेम्याटिक्सका सम्पादक टिमोथी फेरिसकाअनुसार विज्ञान कविता हुन्छ भने विज्ञानको पनि कविता हुन्छ।

विज्ञान (वा) विज्ञानको उद्भव भएको प्रकृतिक चिन्तन दर्शनले कविहरूलाई ती सामग्री प्रदान गरेको छ, जसले केहीलाई वैज्ञानिक चिन्तन, सोच वा ज्ञानको प्रशंसा गर्न र अन्यलाई त्यसप्रति विपरित प्रतिक्रिया व्यक्त गर्न प्रेरित गरेको छ। मिल्टन, विलियम ब्लेक, विलियम वर्डस्वर्थ, गेटे जस्ता महान् चिन्तक र कविहरूले पनि विज्ञान र कविता वा दुवैको सम्मिश्रणको प्रशंसा गरेका छन्। बिसौँ शताब्दी सम्म पनि यस शृङ्खलालाई वल्ट व्हिटमन, एमिली डिकिन्सन, मारिआने मूर, रबिन्सन जेफर्स आदि जस्ता कविहरू सम्म पुगेर वैज्ञानिक विषयहरूमा काव्यात्मक अभिव्यक्तिको आलोकमा लम्ब्याउन सकिन्छ। विज्ञान कविता एक विशिष्ट काव्यात्मक उद्भव हो, जसले आङ्गनो विषयका रूपमा विज्ञान र विज्ञान सम्बद्ध प्रश्न र मुद्धाहरूको प्रयोग गर्दछ। वैज्ञानिक वा गैह्रवैज्ञानिक व्यक्तिहरू र्‍ारा लिखित भएपनि विज्ञान कविताका पाठक विशिष्ट र विज्ञान र वैज्ञानिक विषयवस्तुका प्रशंसक हुन्छन्। विज्ञान र कविता दुवै सौन्दर्य शास्त्रीय र तार्किक हुन सक्छन्, जुन कविताको प्रकारमा निर्भर गर्दछ। तसर्थ वैज्ञानिकहरूले कविहरूलाई छुटाउनु वा कविहरू विज्ञानप्रति उदासीन हुनुभन्दा एक अर्काको आवश्यकतालाई सघनता वा गहिराईमा अनुभव गर्नु पर्दछ, किनभने समाजलाई दुवैको आवश्यकता छ।

विज्ञान कविताले आङ्गनो विषय वैज्ञानिक मापन देखि वैज्ञानिक प्रतीक, दिक् र काल, जीवविज्ञान, रसायनविज्ञान, भौतिकविज्ञान अनि खगोलविज्ञान, भूविज्ञान देखि जलवायुविज्ञान, वातावरणविज्ञान, कम्प्युटर विज्ञान र अभियान्त्रिकी (इन्जिनियरिङ) सम्मबाट लिन वा उठान गर्न सक्छ। यसले आङ्गनो विषय वैज्ञानिकहरू आर्यभट्ट देखि आइन्सटाइन, ग्यालिलियो देखि स्टेफन हकिङ वा डार्विन देखि लुई पास्चर सम्मलाई बनाउन सक्छ। विज्ञान कविताले विशिष्ट वैज्ञानिकलाई पनि सामान्यीकरण गर्न सक्छ, गेटेले टरु इनफः टू द फिजिसिस्टमा गरे जस्तै। विज्ञान कविताले गीत देखि सोनेट, डरामेटिक मोनोलग देखि मुक्तक, हाइकू जस्ता कैयौँ रूप वा प्रकारलाई उपयोग गर्न सक्तछ। कन्टेम्पोरेरी पोएटरी एन्ड कन्टेम्पोरेरी साइन्सका लेखक रबर्ट क्रफोर्ड लेख्छन्, कविताको अन्य विषयसँगको अन्तर्सम्बन्ध नयाँ र महत्वपूर्ण विषय हो। अनि अर्को तिर महान् वैज्ञानिक नेल्स बोहर भन्छन्, अणुको कुरा गर्दा भाषालाई कवितामा जस्तो मात्र प्रयोग गर्न सकिन्छ,

कविलाई दर्शन, विज्ञान र वातावरण अनि ऐतिहासिक घटनाबाट विच्छिन्न गर्न सकिँदैन। विज्ञान कविता ती सबैका निम्ति पठनीय हुनसक्छ जो दर्शन र विज्ञान र कलामा अभिरुचि राख्दछ,  जिज्ञासा राख्दछ। मस्तिष्क, जिन र मानव विकासक्रमका बारेमा ज्ञान भएपनि मानव हुनुको अर्थ के हो त्यो साहित्य दर्शनले व्याख्या गर्दछ। प्राचीनकालदेखि नै मानव मस्तिष्क सृष्टि रचनाप्रति जिज्ञासु हुँदै आइरहेको छ र त्यही जिज्ञासाले सभ्यताको आरम्भदेखिको बौद्धक विकाससँगसँगै मानवको दार्शनिक चिन्तनलाई पनि निर्देशित गरेको छ। हाम्रा मनमा  ब्रह्माडको उत्पत्तिसम्बन्धी अनेक जिज्ञासा छन्, जसकाबारेमा शास्त्रहरूमा कल्पना र विवेचना पाइन्छ। कालक्रममा विज्ञानको विकाससँगै ब्रह्माडका अनेक पाटाहरूको वैज्ञानिक विवेचन भइरहेको छ र ब्रह्माडको उत्पत्तिसम्बद्ध नयाँ पुराना गम्भीर प्रश्नहरूको उत्तर प्राप्त भइरहेको छ। भौतिक विज्ञानको विकासले भूमडलको प्रादूर्भावका बारेमा मानव चेतनालाई परिवर्तन गरिदिएको छ। आनुवंशिकीका क्षेत्रमा भएको उन्नतिले हामीलाई हाम्रा बारेमा बुझ्न र ब्रह्माडसँग हाम्रो सम्बन्ध चिन्न मदत पुर्‍याएको छ। वैज्ञानिक सिद्धान्तहरूमा नयाँनयाँ कुराहरू जोडिएका छन्, थपिएका छन्, र नयाँनयाँ ज्ञानको सिर्जना भइरहेका छन्। ज्ञानको पर्वत उँचो हुंदै गएको छ। विज्ञानले मानिसको ज्ञान बढाएको मात्र होइन प्रकृतिमाथि मानिसको नियन्त्रण पनि वृद्धि गर्न थालेको सामान्य मानिसले पनि अनुभव गरेको छ । तसर्थ आजको परिवर्तित विश्व, समाज र मनुष्यमा त्यसको प्रभाव कवितामा प्रतिविम्बित हुनु आवश्यक छ।

विज्ञान ज्ञानको सिर्जना हो, सत्यको खोज गर्ने प्रक्रिया हो र सिर्जनाको सौन्दर्यपरक कार्य वा
विधि हो। यो रोइ मर्दैन। यो त मर्दै मर्दैन। विज्ञान कविता एक सौन्दर्यात्मक अनुभव हुन
सक्छ। यसले प्रकृतिलाई मानवीकरण गर्न सक्छ र यो अर्थपूर्ण, गहिरो र आलोचनात्मक पनि
हुन सक्छ। यसका अतिरिक्त अवलोकन केन्द्रित, कल्पनाशीलता वा भावना संवेदनशीलता
केन्द्रित पनि हुन सक्छन् विज्ञान कविता। यस्ता कविता पढ्दा वा सुन्दा परम्परित वा आधुनिक
दुवै विज्ञान जीवन्त हुन्छन्। विज्ञानले हरेक कुराको गहनतापूर्वक विश्लेषण गर्दछ,
अन्धविश्वासको निराकरण गर्दछ। प्रयोग वा तर्कले प्रमाणित हुने कुराहरूलाई विश्वास गर्दछ।
कविले पनि आफ्ना कवितामा विश्व र समाजलाई प्रतिविम्बित गर्दछ। कविको जीवन र जगत
अनि प्राकृतिक विश्वको अवलोकन  सिर्जनात्मक लेखनमा रुपान्तरण हुन्छ। तसर्थ कवि र
वैज्ञानिक विश्व र त्यसमा आङ्गनो स्थानलाई बुऒढने र अर्थ दिने व्यक्ति हुन्।

विज्ञानले सिर्जनात्मक गैहरआख्यान, आख्यान र कविताका लागि सामग्री प्रदान गर्दछ। विज्ञान र वैज्ञानिकहरूको आत्मकथाको पठनले मत, राय वा ज्ञान, चरित्र वा गुण र परिस्थिति निर्माण गर्दछ, जसले भाषामा पनि नवीनता आउँछ। स्नायु, भौतिक वा जीवविज्ञानमा भएका समकालीन अनुसन्धानबाट सिर्जित ज्ञानले लामो समय वा कालसम्म विद्यमान पहिचान, दिक् र कालसम्बन्धी दार्शनिक चिन्तनलाई परिवर्तित गरिदिएको छ। कविताका माध्यमबाट यसता पक्षह194रू प्रतिविम्बित हुनु एक अवसर हो। कविह194रू पनि वैज्ञानिक 194झँै अवलोकनकर्त्ता195183निरीक्षक हुन्। उनीह194रूका निम्ति कविताको संसार र वैज्ञानिक सोचको तरिकाबीच समानान्तर वा सेतु निर्माण गर्ने कार्य रोचक र नयाँ हुन सक्छ र यसले कविता विधामा पनि नयाँ भाषा, शैली, सोच, दृष्टिकोण, दर्शन, शिल्प र कलात्मकताको प्रादूर्भाव, निर्माण हुन सक्छ। कविहरू जीवन र जगतमा घटित प्रत्येक घटनाहरूप्रति, वर्तमान प्रति सजग रहन्छन्। वैज्ञानिक सोच, खोज एवं आविष्कारले मानव, समाज र वातावरणमा पर्ने प्रभावका बारेमा पनि कवि निरपेक्ष रहन सक्तैन। मानवजातिप्रतिको वैज्ञानिक प्रयोगका नतिजा, परिणामप्रति कविहरू निरपेक्ष रहन सक्तैनन्। कविहरूको जिज्ञासु प्रवृत्ति, उत्सुकता र जागरुकताका कारण विश्वमा त्यस्तो केही पनि छैन, जुन रोचक नहोस् र त्यसप्रति निरपेक्ष रहन सकियोस्। तसर्थ कविताका माध्यमले विज्ञानसँगको फलदायी सम्वाद सम्भव छ। यो एकतर्फी सडक होइन जसमा कविहरूले मात्र विज्ञानबाट सिक्नु पर्ने र विज्ञानको बुझाई वा जानकारीले उनीहरूको कार्य निर्देशित गर्ने। यो दोहोरो टराफिक व्यवस्था हो।

नेपाली कविता साहित्यमा विज्ञान र प्रविधिको प्रगति र त्यसको फलस्वरुप उत्पन्न प्रभावहरूको चेतना बोकेका राम्रा कविताहरू लेखिएका छन्। अनि यस गोष्ठीमा समाविष्ट कविताहरूले वर्तमानप्रति सुन्दरताका साथ आङ्गना धारणा अभिव्यक्त गरेका छन्। यसबाट यस विषयमा पनि प्रचूर सम्भावनाको क्षितिज खुलेको सङ्केत पाइन्छ।

अन्ततःगत्वा सिर्जनाले मानवको संवेदनशीलतालाई स्पर्श गर्दछ। आर्थर जे स्टेवार्ट भन्छन्, विज्ञान उपमा, लक्षणमा आश्चर्यजनक रूपमा अद्भूतताको धनी छ र यो कवितात्मक उत्प्रेरणाको अति बृहत् स्रोत हो।  विज्ञान कविता सौन्दर्यात्मक अनुभव हुन सक्छ, कविहरूको अवलोकन, निरीक्षणलाई संवेदित गर्ने कल्पनाशीलताको वृद्धि गर्ने र भावनाको प्रसार गर्ने। यस बाहेक हामी अहिले कसरी बाँचिरहेका छौँ भन्ने प्रश्नको विज्ञान र प्रविधि एक अत्यावश्यक अवयव हो भने, विज्ञान केन्द्रित कविताले विश्वका बारेमा प्रेरणादायी, प्रभावी र प्रबल गतिमा गतिशील अवधारणा वा विचारसँग मानिसलाई प्रत्यक्ष जोड्दछ।

पृथ्वी हाम्रो घर हो। मानिस असीमित छ। उसको पृथ्वीका अन्य प्राणी र वनस्पतिसहित जटिल तन्त्रसँग सम्बन्ध छ। मानिस उच्च स्तरमा सिर्जनात्मक छ, तर सँगसँगै खतरनाक र विध्वंसात्मक पनि। प्रकृतिसँगको सह अस्तित्वको वर्तमान परिप्रेय, परिदृश्य ठूलो चुनौतीका रुपमा विश्व समाज सामू प्रकट भएको छ र यसका निम्ति प्राविधिक समाधान मात्र होइन हाम्रो सोच, दर्शन अनि व्यवहारमा गहिरो र गम्भीर रुपान्तरण हुनु आवश्यक छ। आज मानिसलाई पूरक वा अतिरिक्त आत्माको आवश्यकता छ, र त्यसलाई ढिलो हुनुभन्दा अगावै आफैँले तुरुन्त आर्जित गर्न प्रेरित हुनु पर्दछ। मानवताको आध्यात्मिक वा बौद्धिक निर्देशको लय बोकेकाहरूको यस दिशामा प्रयत्न गर्नु कर्तव्य हो। त्यसैले कविता त्यो पूरक शक्ति हुन सक्छ। प्रसिद्ध वैज्ञानिक र चिन्तक फ्रिजफ काप्राका अनुसार पारिस्थितिकी अर्थात् इकोलोजी र आध्यात्मिकता मूलभूत रूपमा परस्पर सम्बन्धित छन्, किनभने परिस्थितिकीसम्बन्धी गहिरो चेतना अन्ततः आध्यात्मिक चेतना हो।
जेओफ्राइ ए ल्यान्डिस भन्छन्, जीवविज्ञानमा पाइने अन्तर्दृष्टि, निरीक्षणले बढी मानव जीवनलाई प्रभावित गर्दछ र कवितात्मक र वैज्ञानिक दुवै क्यानभास वा फ्रेममा मानव जाति र समाज तथा विपरीत जैविक अवलोकनको तुलनाले आश्चर्यजनक दृष्टि प्रदान गर्दछ।
अन्त्यमा अल्बर्ट आइन्सटाइनको एक भनाईसहित बिदा हुन्छु।

( नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान सङ्ग्रहालय र्‍ारा संयुक्त रूपमा आयोजित विज्ञान कविता गोष्ठी २०६७ मा प्रस्तुत सङ्क्षिप्त कार्यपत्र )

1 प्रतिक्रिया

  1. anup Kirati says:

    मेरो विज्ञान-प्रविधि

    विज्ञान,
    प्रविधि,
    अनि म,
    दुनियनं आज,
    चिहाइरहेका छन् । संघारमा उभिएर

    अनि मेरै समिपमा उभिएर
    जिस्काईरहेका छन् ।
    भनिरहेका छन् । उत्ताउलिएर
    विज्ञानको युग हो ।
    प्रविधिको जमाना हो ।
    परिर्वतनका लागि विज्ञान र प्रविधि हो ।
    जंगली युगको बर्रबरता होइन ।
    विज्ञान प्रविधिको साम्राज्य हो ।
    यो दुनियां,
    छिन भर छिनमा
    आफुलाई दुनियामा
    अनेकन नयां-नयां अपडेडहरुमा
    दुनियांलाई खुम्चाई सागुरा गल्ली झै बनाइसको छ।
    यो विज्ञान,
    प्रविधिले आज ।

    आज,
    अनेकन अपडेडहरुमा,
    अनेकौं सुचनाहरुको माध्यमबाट,
    दुनियांलाई गाउमा परिणत गरिसकेको छ ।

    कतैं फेसबुक,
    कतै टियुटर,
    त कतै निम्बुज, र अनि,
    कयांै र्सच इञ्जिन र सामाजिक संञ्जालबाट,
    दुनियांका, दुनियांलाई
    दुनियांका नयां-नयां ,र्
    भर्सन, अनि अपडेडहरु,
    छिनभरमा आफुलाई
    नयां अनि झन नयांमा अपलोड गरिरहेको छ ।

    तर
    म,
    अनि,
    मेरो विज्ञान-प्रविधि
    अनि फेरी म………………………….।

    प्रकाश माकृहाङ 2068/12/01

प्रतिक्रिया दिनुहोस्

*