शहिद म

- किरण पौड्याल, कुवेत

छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म
बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म
भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म
आँखा काला, नियत खराब, हिंडे फोडी म |

काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म
खुँडा, भाला, कर्द गर्जन, सिंहनादै म
बाण तिखा, गोलि ताता, थाप्थें छाति म
बिछ्याई लहु भेल सरि, बढ्थें उर्ली म ||

निर्मित नेपाल लडी मैले, भएँ धुलो म
बलिदानै उपहास, भएँ पात्र म
युद्ध मेरा बिलिन कता, देख्छु आज म
पुछ्ने सिन्दुर छोरो आफ्नै, जल्छु भित्र म |

हाँसी खुशी बेच्छन आमा, भएँ बिबस म
रुन्छिन आमा कोक्याउँदै,  हुन्छु पिडित म
छैनन कोहि सुन्ने उनको, तड्पिई बस्छु म
मलामी छन् खुशी सारा, भएँ अबोध म ||

कुलंघार, कलंक नै, बुझ्छु हावि म
रगत मेरो शहिदको, भएँ पानी म
इतिहासमा धमिराको, भएँ धुलो म
पन्छ्याईएको, बिर्सिएको, भएँ शहिद म |

 


रचना: २१ अगष्त २०११

प्रतिक्रिया दिनुहोस्

*