एक हातको तालीको अन्तरङ्ग विश्लेषण

-डा. विष्णुप्रसाद पौडेल

युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्दि्रत छ ।यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, द्वितीय र तृतीय महत्त्वका निबन्धमा छुट्याइएको छ । छुट्याउने आधार विषय र विचार वा भावको सघनता अनि प्रस्तुति र शिल्पको कलात्मकतालाई मानिएको छ । ती बीचको सुसंश्लेषण भएका प्रथम, सुसंश्लेषण त्यति हुन नसकेका द्वितीय र विचार वा भावको सघनता नरहेका, प्रस्तुति र शिल्पको कलात्मकता पनि सामान्य रहेकालाई तृतीय महत्त्वका मानिएको छ । यस आधारमा सङ्ग्रहका अठार हजार जाबो, तिम्रो घरमा देउता, पुलमुनिका घर र एक हातको ताली गरी चारवटा प्रथम महत्त्वका, प्रलयको नाम सुनामी होइन, ध्वाँसो मुनि डेरिडा, सडक स्वाद, चुराको छलाङ, पैराको धावा, कोरसमा एउटा स्वर, जयमाया अर्थात् नेपालीहरू र कोतपर्वको दर्शक गरी आठवटा द्वितीय महत्त्वका अनि अरू तृतीय महत्त्वका देखिएका छन् ।  यस लेखमा तिनलाई व्यष्टि र समष्टिपरक अन्तरङ्ग विश्लेषण गरी अन्त्यमा उपसंहारका बुँदाहरू पनि प्रस्तुत गरिएको छ । यस क्रममा विवेच्य सङ्ग्रहका निबन्ध मूलतः समकालीन सङ्कटग्रस्त नेपाली जीवनसँग सम्बन्धित छन् र ती कतिपय निबन्ध निबन्ध्ाकारका निजीभाव वा दृष्टिको सघनताद्वारा बुनिएका हुँदा निकै महत्त्वका बन्न पुगेका छन् भन्ने निष्कर्ष निस्किएको छ ।)

१.    विषय प्रवेश
साहित्यको एउटा महत्त्वपूर्ण रचना प्रकार वा विधा निबन्ध हो । यसमा लेखकका विचार वा भावनाले बढी सजिलै अभिव्यक्ति पाउने मानिन्छ । अरू विधाको जस्तो उपकरणगत जटिलता निबन्ध्ाले सहनुपर्दैन तर यो फेरि उपकरण शून्य संरचना पनि होइन । सोह्र्रौँ शताब्दीका प|mान्सेली मोन्तेन र अठारौं शताब्दीका बेलायती बेकनले यसलाई क्रमशः आत्माभिव्यक्ति र विकीर्ण चिन्तनका रूपमा परिभाषित गरिदिए पछि स्रष्टाले आफ्नो वरिपरिको परिदृश्य देखेभोगेर अनुभूत गरेको भावात्मक वा वैचारिक संवेदना सर्सर्ती गद्य भाषामा पस्किँदै निबन्ध निर्माण गरेको पाइन्छ । तसर्थ पर्याप्त अन्तसंवेदना साक्षात्कार गर्न नसक्ने र गरेर पनि त्यसलाई एक बसाइमा पढेर सकिने गद्य रचनामा ढाल्न नसक्ने मानिसले निबन्ध लेख्न सक्तैन । विधाको प्रविधिगत जटिलता यसमा कम भए पनि साहित्य सिर्जनाका लागि चाहिने पर्याप्त बौद्धिक वा भावनात्मक संवेगको गाढापन भने निबन्धमा अत्यधिक चाहिन्छ नै किनभने त्यसले नै निबन्धका पाठकलाई बढी सम्मोहित तुल्याउने हो । तिनै भावना वा विचारका चास्नीमा वर्तमान समाज, अर्थ, राजनीति, शिक्षा र लोक जीवनका व्यवस्थाहरू तथा इतिहास संस्कृतिका सन्दर्भहरू विषय बनेर आउन सक्छन् । तिनलाई उपस्थापन गर्ने शिल्प वा भाषाशैली पनि यही क्रममा आउँछ तर यी सबैको केन्द्र भनेको मान्छे नै हो । त्यसैलाई लक्षित गरी कलात्मक अभिव्यक्ति निबन्धले पनि गरिरहेको हुन्छ । एकै दृश्य र एकै अनुभवलाई पनि सर्जक संवेदनाले अनेकन रूपमा प्रस्तुत गर्न सक्छ भने एकै दृश्यका फरक-फरक अनुभवलाई त उसले झन् सहजै भिन्नभिन्न मौलिकताका साथ प्रस्तुत गर्छ नै । निबन्ध स्वभावतः स्थिर, शाश्वत र सार्वभौम मूल्यसँग भन्दा पनि वैयक्तिक मूल्यसँग बढी संयुक्त हुने सम्भावना रहन्छ किनभने यो लेखकका भावना वा चेतना बढी मुखरित हुन पाउने विधा नै हो । उत्तरआधुनिक अहिलेको लेखनले त व्यक्ति चेतनालाई नै सबै विधामा अग्रस्थान दिइ नै रहेको छ । यही पृष्ठभूमिमा २०६५ सालको मदन पुरस्कार पाउन सफल भई बढी चर्चामा तानिएको ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहको यहाँ अन्तरङ्ग विश्लेषण गर्ने काम भएको छ ।

२.    विषय विस्तार र विश्लेषण
‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धकार युवराज न्ायाँघरे -२०२६) हुन् । यिनी समकालीन युवा पुस्ताका निबन्धकार हुन् । यिनले निबन्ध बाहेक कविता विधामा पनि कलम चलाएका छन् । यिनको प्रस्तुत निबन्ध सङ्ग्रह सातौं सङ्ग्रहका रूपमा आएको देखिन्छ । यसमा जम्मा २३ वटा निबन्धहरू सङ्कलन गरिएका छन् । तिनलाई समग्र निबन्ध कलाको प्रभावकारी संश्लेषणको मात्राका दृष्टिले विभिन्न तहमा विभाजित गरेर हेर्न सकिन्छ ।

२.१    प्रथम महत्त्वका निबन्धहरू
यस सङ्ग्रहका प्रथम महत्त्वका निबन्धहरू “अठार हजार जाबो Û” “तिम्रो घरमा देउता”, “पुलमुनिका घर” र “एक हातको ताली” हुन् । यीमध्ये सङ्ग्रहको पहिलो निबन्ध ‘अठार हजार जाबो’ हो । यसमा काठमाडौंको कोटेश्वरबाट कलङ्कीसम्म माइक्रो बसको अघिल्लो सिटमा चालकसँग बसेर यात्रा गरिरहेको संवेदनशील यात्रु वा लेखकले विशेषतः चालकका जेजस्ता गतिविधि देख्छ र अनुभव गर्छ त्यसैलाई विषयवस्तु बनाइएको छ । निबन्धको थालनी नै “महँगो युगमा महा सस्तो मान्छेको मूल्य ।” -पृ.१) भन्ने विचार वाक्यबाट भएको छ । महा सस्तो मान्छेको मूल्य निर्धारण गर्ने काम चालकले गरेको छ । उसले चाहेको मान्छेलाई किचेर मारिहाल्यो भने तिर्नुपर्ने अठार हजार मात्र हो । कोटेश्वरबाट कलङ्कीसम्मको यात्रामा यस्तो संयोग चालकलाई धेरै पटक जुट्छ । ऊ “काउछो मिसिएको बोलीको धनी छ” -पृ.११) मान्छेमा हुनुपर्ने थोरै गुणसमेत त्यस श्रमिक चालकमा नदेखेर वा उसको क्रूरता देखेर संवेदनशील यात्रु सन्त्रस्त बनिरहेको छ । “हाम्रो ज्यान कति सस्तो” -पृ.४) भन्ने अनुभूति उसमा छड्किरहेको छ । चालकको चर्काे तथा अनियन्त्रित हकाइ र बारम्बार उसको “अठार हजार त हो जाबो” भनाइले त्यो सन्त्रास झन् झन् सघन बनिरहेको हुन्छ । बल्लतल्ल यस्तो हतार किन गरेको भनेर चालकलाई सोध्दा “लाइसेन्स भोलि पाउँछु । आज बेलुका हवलदारसँग केही खाइपियाइ गर्नु छ, अनि हतार नगर्नु त ?” -पृ.११) भन्ने उसको भनाइ सुनेपछि त यात्रु झनै सन्त्रस्त हुन्छ र निबन्ध टुङ्गन्िछ ।
यसरी यस निबन्धमा मुख्यतः समकालीन हाम्रो शहरी समाजमा देखिने ट्राफिकको अवस्था, प्रशासकको गतिछाडा प्रवृत्ति, त्यसैका आडमा विकास भएको चालकको एकदमै अनुत्तरदायी र क्रूर कर्मका पृष्ठभूमिमा मूल्यहीन साबित हुँदो वा नगण्य मूल्यमा साटिँदो हाम्रो जीवन देखाइएको छ । यस्तै “दुर्घटनाको खबर नबनौं भन्ने सूचनापाटी मुनिबाटै बाटो काट्ने मानिसहरूको भीड देखाएर चालक मात्रै होइनन्, हाम्रा समाजका सदस्यहरूमा पनि सहरी अनुशासन कायम हुन नसकेको स्थिति सङ्केत गरिएको छ । “हरेक मानिसले देश बोकेको हुन्छ” -पृ.६) भन्ने चेतनाले समाजका यस किसिमका दुवर्ृत्तिहरूको आलोचना निबन्धमा गरिएको छ । यस दृष्टिले निबन्ध निकै सफल पनि छ तर बस चालकको गतिछाडा प्रवृत्तिसँगै राष्ट्रका सञ्चालकको गतिछाडा प्रवृत्तिलाई पनि अलिमुखर ढङ्गमा अभिव्यञ्जित गर्न सकेका भए निबन्ध झनै सबल बन्थ्यो भन्ने लागि रहन्छ ।
दोस्रो निबन्ध “तिम्रो घरमा देउता” हो । यो द्वन्द्वकालीन सन्त्रस्त परिवेश चित्रणमा केन्दि्रत छ । “खोजेजस्तो छैन खबर” -पृ.१२) यसको पहिलो वाक्य हो र यो नै विचार वाक्य पनि हो । त्यसैको पुष्टिका लागि यस्ता खबर आएका छन्-
धागो बाँधिएका चिठी साथ आएका आएकै छन् जब्बर सूचनाहरू । -पृ.१२)
आजभोलि साँझ नपर्दै ठेलिन्छ दैलो । -पृ.१३)
मर्नेको सङ्ख्या सीमाहीन र बेगिन्ती । सौन्दर्य गुमाएका आइमाईहरूको अवस्थिति छ बस्तीभन्दा  बढी । -पृ.१३)
बाली सप्रेको गरामा गाडिन्छन् फरफर झण्डा । -पृ.१४)
हेर बाबु, बाली लाउनु मात्र पर्‍यो, धनी अर्कै हुन थाले । खटाएको मानो खान सक्छौँ । खटाएको जीवन बाँच्न साह्रै गाह्रो । -पृ.१६)
छिटो मर, हामी मलामी जान आतुर छाँै भनी-भनी चिच्याइरहेको हुललाई छिमेकी मानेर बसिरहन सकिन्छ र ? -पृ.१७)
बाबु, खेत-खेतमा गाडिएको छ मौलो । आफ्नै आँगन आहाल देखिन्छ । -पृ.१८)
हाम्रो घरमा पिशाच छन् । तिम्रा घरमा देउता । -पृ.२०)
यसरी द्वन्द्वकालमा विशेषतः माओवादीले मच्चाएको आतङ्क र सन्त्रासको बयान यहाँ गरिएको छ । राज्यपक्षले मच्चाएको सन्त्रास पनि नआएको चाहिँ होइन । जस्तै- “सुकुम्बासी थियौं । अलिकति पाएको जग्गामा कटेरो बनाएथ्यौँ । जालीहरूले हात्ती लगाएर भत्काइदिए टहराहरू” -पृ.१६) यस्तो विद्रोही र राज्य पक्षको द्वन्द्वले उजाडिएको बस्तीको कथा यहाँ आएको छ । उनीहरूको अन्तरिक शरणार्थी बन्नुको पीडा निबन्धमा छाएको छ । उनीहरूका लागि सहर देवता बस्ने थलो जस्तो शान्त र सुरक्षित छ तर सहरकै बासिन्दालाई भने त्यो अनुभूति छैन । आतङ्क र सन्त्रास नमडारिएको कुनै ठाउँ छैन । त्यसैले भनिएको छ- “देश सानो छ तर फोहोरी हात कति कति ।” -पृ.१७)  यही द्वन्द्वकालीन पीडा कथन यस निबन्धको मेरुदण्ड बनेको छ ।
सङ्ग्रहको चौथो निबन्ध “पुलमुनिका घर” हो । यो काठमाडौंको वाग्मती नदीको पुल हो । यसको तलको र माथिको स्थितिले नेपालको राजधानीको वा सहरको अँध्यारो र उज्यालो स्वरूपलाई देखाएको छ । यो आधुनिक सभ्यतामा देखिएको विरोधाभासी चरित्र पनि हो । यहाँ एकातिर पुलमुनिका कुइगन्धे झुप्राहरूको स्थिति देखाइएको छ भने अर्कातिर अत्तर छर्किएर चिल्लाकारमा हिँड्ने पुल माथिको स्थिति निरूपित छ । यो निबन्ध पनि “दुर्गन्धको अर्काे नाउँ वाग्मती” -पृ.३०) कथनबाट सुरु भएको छ । यसले हाम्रो सांस्कृतिक ह्रासलाई मात्रै देखाएको छैन । मान्छे नै चरम दुर्गन्धमा साटिँदो अवस्थालाई सङ्केत पनि गरेको छ । मानिस हुनुको दुर्भाग्य यहीँ पुलमुनि देखिन्छ । सहरका विपन्न सीमान्तकृतहरूको आश्रय स्थल हो, यो । उनीहरूका व्यथा र चिन्तामा नै निबन्ध केन्दि्रत छ । उनीहरूको चिन्ता छ- “भेलले लादीभुँडी र फोहोर बगाउँछ तर दुनियाँले बस्न नमानेको यै ठाम बगायो भने …. ?” -पृ.१३७) यस्तो सन्त्रासमा पुलमुनिको जीवन बाँचिरहेको छ तर पुलमाथि “दगुरिरहेका छन् गरिबी निवारणका गाडीहरू । असहायलाई साथ दिने सपनाका गाडीहरू …. पुलमुनिका तन्नम आँखामा तिनको कुनै छाया पर्दैन ।” -पृ.३३) यही विडम्वनापूर्ण अवस्थाको अभिव्यक्ति निबन्धमा छाएको छ । निबन्धकार एकातिर त्यस्तो विद्रूप र वीभत्स परिवेशमा रहेर पनि उनीहरूको जीवप्रतिको अनुराग देखेर उत्साहित छन् भने अर्कातिर सभ्य भनाउँदाहरूप्रति गम्भीर हुँदै भन्छन्- “पुलमुनिका घरहरू हरेक सभ्यतालाई परीक्षा लिने सत्य हुन् ।” -पृ.३४) यो निबन्ध यस्तो व्यङ्ग्यात्मक रचनात्मताले युक्त छ । यसमा अँध्यारो जीवनको जिजीविषा र उज्यालो ठानिएको जीवनको समाजप्रतिको दायित्व शून्यता वा स्वार्थीपनलाई  गहनताका साथ संश्लेषण गरी प्रस्तुत गरिएको पाइन्छ ।
सङ्ग्रहको तेह्रौ निबन्ध ‘एक हातको ताली’ हो । यसलाई सङ्ग्रहको शीर्षक चयनमा छनोट गरी विशेष महत्त्व दिइएको छ । यसमा २०३६, २०४६, २०६३ सालमा भएका मुलुकका ठूला राजनीतिक परिवर्तनमा जनसामान्यको उत्साहजनक सहभागिता रहे पनि उनीहरूले यथार्थमा केही पाएनन्, पाउने नेताजन मात्रै भए भन्ने गुनासो र आक्रोश व्यक्त गरिएको छ । यहाँ झापाली न्याङरुङे कटुवाल निम्नवर्गीय श्रमजीवी चरित्रका रूपमा देखिएको छ । यो टुँडिखेलमा सामान्य चिया दोकान चलाएर जीवन निर्वाह गर्दछ । यसले लामो समयदेखि एक हातले चिया फिट्ने र अर्काे हातले त्यहाँ परिव्ार्तनका पक्षमा भाषण गर्ने नेताहरूका समर्थनमा ताली पिट्ने गर्छ । यसको यस्तो व्यवहार र परिदृश्यलाई यस निबन्धमा निकै महत्त्वका साथ प्रस्तुत गरिएको छ । कटुवाल सरदर नेपालीहरूको प्रतिनिधि पात्र हो । ऊ जस्ता सर्वसामान्य नेपालीहरू नै आफ्नो जीवनमा सकारात्मक परवर्तन र समृद्धि आउला भन्ने आसले ज्यान हत्केलामा राखेर आन्दोलनमा सहभागी भएका थिए । त्यही कारणले कतिपयले अङ्गभङ्ग भएर बस्नुपर्‍यो र कति त मरे पनि । “देशैमा पहिरो गइरहेको बेला मेरो घर पहिरोमा पुरियो के भन्नु” -पृ.११३) भन्दै कटुवालहरू टुँडिखेलमा नेताहरूले बेचेको सपनामा नै अल्भिmरहे । उनीहरूको एकनिष्ठताले देशमा क्रान्तिहरू पनि भए । तर ती सीमान्तकृत श्रमिकहरूको जीवनमा “कुनै उत्साह र प्रफुल्लताको एक गाँस भातको डल्लो आइसकेको थिएन ।” -पृ.११६) त्यही भएर निबन्ध स्वयं बोलेको छ-
चण्ड, प्रचण्ड, अचण्डहरूले पासा फ्याक्न छोडेनन् । मानिसको आँसुको कहिल्यै मूल्य नभएको देशमा कटुवालहरूले फिराद गर्ने ठाउँ थिएन, ठ्याम्मै थिएन ।-पृ.११६)
कटुवालहरूले एक हातले ताली बजाउन कुनै सम्झौता गरेनन् । तामदान चढेर प्रजातन्त्रको वर्णसङ्कर ठिम्मिले सन्तान आउजाउ गरिरहयो ….. गरिरह्यो । तर व्यथाको विसर्जन हुने सङ्केत कही देखिएकै होइन । -पृ.११८)
झण्डा फेरिए पनि आँसुले रङ फेर्न पाउनुपर्ने कुनै नजिर थिएन, ठ्याम्मै थिएन । नारा फेरिए पनि दुःखले साँध पाउनुपर्ने कुनै बाँध कतै थिएन । -पृ.११९)
समयले ठुँगेर रगताम्मे पारेको अनुहारमा न्याङरुङेले लगाउने कुनै लेप-ओखती छैन देशको दिल छ टाटउल्टाइ, भयानक र हरितन्नम । -पृ.१२०)
सपना बेच्नेहरूले टुँडिखेलमा गरेका गर्‍यै छन् पाल्सी कुरा । बेइमानहरूको सक्कली अनुहार धेरै दिनदेखि छोपिन थालेको छ लाली-फाले । -पृ.११२)
टुँडिखेलमा यस्ता महँगा सपना किस्ताबन्दीमा बेच्ने अगुवाहरू देखेकै हो दिनहुँ । -१२१)
भोका नाङ्गालाई क्यास गर्ने दरिद्रयाइँको अभिनय गर्छन् अति मार्मिक । दुर्भाग्य ताली पिट्ने कटुवालहरू जिल्लिएका छन् यहीँनिर । -पृ.१२१)
यसरी प्रस्तुत निबन्धले एकातिर समकालीन नेताहरूको राजनीतिक बेइमानीको भण्डाफोर गरेको छ भने अर्कातिर राजनीतिका नाममा जनसामान्यले व्यहोरेको व्यथालाई पनि देखाएको छ । त्यस्तै राजनीतिलाई समर्थन गर्ने नाउँमा सधैँ नेताहरूको पिछलग्गू मात्रै हुनुभन्दा पूर्णकालीन कार्यकर्ता भएर त्यसमा सकारात्मक परिवर्तन ल्याउन प्रयत्नशील हुनुपर्ने भित्री आसय पनि यसमा झल्किन्छ । तर नेतृत्व वर्गले आफ्नो स्वार्थका लागि “दुवै हातले ताली नबजाउन् न्याङ्रुङेहरूले” -पृ.१२१) भन्ने उर्दी जारी गरेका छन् । एक हातको ताली शीर्षकले पनि नेताहरूको त्यही एकतर्फी स्वार्थलाई सङ्केत गरेको छ जस्तै- “आज टुाडिखेलमा बोल्ने आवाजहरू पसेका छन् महलतिर । ती झन्डाहरू गहनामा जडिएर आभूषण भएका छन् । नाराहरू गीत भएका छन् ।” -पृ.१२१) ।
यसरी देशको समय समयको राजनीतिक लहरको अवसान के-कस्तो अर्थहीन ढङ्गमा भएको छ भन्ने समकालीन यथार्थलाई यस निबन्धले एकातिर निकै राम्रैसँग व्यक्त गरेको छ भने अर्कातिर त्यसले जनसामान्यमा ल्याएको निराशा छटपटी र गम्भीर विषादमूलक स्थितिलाई पनि उजागर गरेको पाइन्छ ।

२.२    द्वितीय महत्त्वका निबन्धहरू
यस सङ्ग्रहमा देखिने द्वितीय महत्त्वका निबन्धहरू हुन् “प्रलयको नाम सुनामी होइन”, “ध्वाँसो मुनि डेरिडा”, “सडक स्वाद”, “चुराको छलाङ”, “पैराको धावा”, “कोरसमा एउटा स्वर”, “जयमाया अर्थात् नेपालीहरू” र “कोतपर्वको दर्शक” । यीमध्ये “प्रलयको नाम सुनामी होइन” मा इन्डोनेसियाको आचे प्रान्तमा केही समयअगि आएको सुनामीको प्रकोपले दुई लाख मान्छे र अरबौंको सम्पत्ति नष्ट भएको विषय आएको छ । त्यस महाविनाशको घटनाका कारण मानिसहरूले सुनामीलाई प्रलयको प्रतीकका रूपमा लिन थाले तर  लेखकले त्यसलाई त्यस रूपमा नलिई त्यो मानवले नै निम्त्याएको वातावरणीय विनाशको प्रतिफल र प्रकृतिको लीलामा आधारित थियो भन्ने विषय प्रस्तुत गरिएको छ । प्राकृतिक यस महाविपदाले मान्छेका दर्शनहरूलाई ठेगान लगाइदिएको छ । “जीवन जतिसुकै अर्थ र दृष्टिहरूको जन्जालमा परोस् समयको व्याख्यानभन्दा अर्काे हुँदै होइन ।” -पृ.५७) “वातावरण विद्हरूले बोल्ने गरेको पुरानो फाइलको रङ खुइलिसकेको छ । रङ खुइलेको सिद्धान्तमा परिमार्जन र परिष्कृत तर्कहरू आचे प्रान्तका परेली पुछ्न सक्षम भएको देखिएन, देख्दै देखिएन” -पृ.६२) भन्ने सामयिक तर्कपूर्ण दृष्टि लेखकको छ । त्यस्तै विपद्का घडीमा मान्छे नै मान्छेको सहानुभूतिशील सहयोगी बन्न खोजेको देखेर लेखक निकै सन्तुष्ट पनि देखिएका छन् । अन्त्यमा “प्रकृतिलाई नोक्सान गर्ने चेष्टाको प्रतिफल हो सुनामीको छाल । मानिसको विवेकमा परिवर्तन आवश्यक मात्र होइन, अत्यावश्यकै छ । अन्यथा प्रलयहरूको क्रम बढ्ने छ, महा प्रलय मच्चिने छ” -पृ.६३) भन्ने पूर्व सावधानीको रचनात्मक भाषा पनि निबन्धमा बोलिएको छ ।
त्यस्तै “ध्वाँसो मुनि डेरिडा” निबन्धमा गाउँबाट सहर पसेको विपन्न विद्यार्थी दयानिधिले सहरमा भोगेको सङ्कटको बयान गर्दै परिवेश पाएका भए ऊ पश्चिमी विनिर्माणवादी सिद्धान्त प्रतिपादक डेरिडा जस्तै हुने थियो तर यस ठिमाहा परिवेशमा बाँचेको हुँदा ऊ व्यक्तित्व शून्य बनेको छ भन्ने आशय व्यक्त गरिएको छ । निबन्धमा आएका “के निमुखालाई बचाउने शासन कतै छैन ?” -पृ.६९), “आखिर लडाइको सन्त्रास सानाहरूका लागि जहिल्यै रहेछ ।” -पृ.७०) जस्ता कथनले विपन्न वर्गको पीडाको छटपटीलाई झल्काएका छन् । त्यस्तै चाक्सीबारीमा क्रान्तिको उद्घोष गर्ने नेताले उसको डेरामा गएर मिठो मसिनु पकाउन लगाई उसको मासिक बजेट नै असन्तुलित तुल्याइदिएको स्थिति देखाएर नेतृत्व वर्गको शोषणको शैलीलाई पनि सङ्केत गरिएको छ । यस निबन्धको सामान्यीकृत डेरियाले देवकोटाको असार पन्ध्र निबन्धका कालिदास, वाग्नर, सेक्सपियरहरू पनि सम्झाउँछ ।
यस्तै “सडक स्वाद” निबन्धमा सडक बालबालिकाहरूसँग दशैंको भोज खाएको प्रसङ्गसँगै “भोकले रन्थनिएपछि मान्छेले गर्न बाँकी केही राख्दो रहेनछ ।” -पृ.७५) भन्ने कुरा पुष्टिका लागि भोक मेट्न मानिसहरूले अर्काको बान्ता खाने, दशैको टीका खाने, तीन डल्ला भातसँग नारी अस्मिता नै साट्ने जस्ता कर्मको बयान गरिएको छ । यस्तै सानीमाको चुटाइ र रक्स्याहा बाबुको पीडा भोगेर भात खान सहर पसेका सडक बालबालिकाका सन्दर्भ पनि यहाँ आएका छन् । निबन्धको पूर्वार्द्धमा विवरणहरू बढी आएका छन् भने उत्तरार्द्धमा वैचारिकता आएको छ । भोकाहरूका नाममा अघाएकाले नै हसुर्ने आम राजनीतिक प्रवृत्तिप्रति निबन्धको चर्काे असन्तोष रहेको छ । भनिएको पनि छ “सबै युद्धको मूल सार एउटै छ कसले धेरै खाने ?” -पृ.८०), “सबै युद्धका नाइकेहरूले अर्काे युद्धका लागि तिनै भोकाहरूको मरणलाई तातो विषय बनाएर बिगुल फुकिरहेका छन् अहोरात्र ।” -पृ.८०)
यस्तै “चुराको छलाङ्ग” निबन्धमा समाजमा नारीप्रतिको परम्परित धारणामा ह्वात्तै परिवर्तन हुनुपर्ने वा छलाङ मार्नुपर्ने धारणा व्यक्त गरिएको छ । परम्परित नेपाली समाजमा नारीप्रति प्रशस्त अन्धविश्वास रहेका -जस्तै परसरेकी बहिनीलाई हेर्न नहुने, विधवाले वरमाला गाँस्न नहुने, परिवार नियोजन गरेका नारीले पिण्ड बटार्न नहुने, अविवाहिता नारीले साइकल चलाउन नहुने आदि) तर त्यस्ता अन्धविश्वासलाई नकारी नारीले सैलुन खोल्ने, टेम्प्ाो चलाउने, हलो जोत्ने जस्ता पुरुषले मात्रै गर्ने ठानिएका काम गर्न थालेका हुँदा नेपाली महिलाको सोच र व्यवहारले छलाङ मार्न थालेको कुरा देखेर निबन्धकारले सन्तोष व्यक्त गरेका छन् । पश्चिमी म्याडोनाले आफ्नो कोख भर्ने बलियो र तागतिलो पुरुषको वीर्यको आह्वान गरिसकेकी हुँदा हाम्रा नारीमा पनि युग सापेक्ष चेतनाले विस्तार पाउनुपर्छ भन्ने अभिप्राय यसमा देखिन्छ । साथै माओवादी र राज्यपक्षको द्वन्द्वको चपेटामा परेर पति र पुत्र गुमाई जीउ बेचेर भुँडी भर्ने पेसामा लाग्न बाध्य नारीलाई पनि सैलुन खोल्ने, टेम्पू चलाउने जस्ता रचनात्मक काममा लगाउनुपर्ने रचनात्मक आग्रह पनि निबन्धमा देखिएको छ ।
यस्तै “पैराको धावा” निबन्धमा त्रिशुली राम्चेको मनोहर ग्रामीण परिवेशको चित्रण गर्दै बाटाको नजिक भीरको कोचेरोमा सानो भट्टी पसल गरेर बसेकी वृद्धा मामको जीवनको आफ्नै किसिमको जटिलता देखाइएको छ । भनिएको पनि छ-
मामको आफ्नै खाले दुःखको रङ छ ।
त्यो दुखाइमा माक्र्स, प्रजापरिषद्, एर्साद हुसेन, डा. महाथ्ािर मोहम्मद, मार्काेस वा मार्गरेट थ्याचरको सहानुभूति छैन । छदै छैन, ठयाम्मै छैन । -पृ.९२)
२०६० साल साउन ३० मा राम्चेलाई स्वात्तै पैरोले बगाउँदा माम लगायत त्यस क्षेत्रका बासिन्दाले बेहोर्नुपरेको त्रासदीयता वा पहाडी क्षेत्रको बेलाबेलाको बाढी पैह्रोले सिर्जना गर्ने गरेको जनधनको क्षति र त्यसबाट विद्रूप बनेको जीवन देखेर निकै संवेदनशील भएका निबन्धकारको मनोदशाको बयान पनि यहाँ रहेको छ ।
यस्तै “कोरसमा एउटा स्वर” निबन्धमा काठमाडौँ सहरको अर्थशून्य भीडैभीडले वाक्क भएको लेखकको मनोदशालाई बयान गरिएको छ । सहर यहाँ नैतिक मूल्यशून्य, बेइमान कुरूप, अश्लील, क्रूर, विलासी, विपन्न, विरानोपन युक्त, चरम स्वार्थी र वीभत्सताको प्रतिरूप देखिएको छ । त्यस्तो “कुरूप भद्दा र विकृत भीडले मलाई खान थालेको धेरै भो । यो सलहले मेरो समाजलाई मेरो देशलाई खाएको खाएकै छ ।” -पृ.१२९), “अब भीडले लुछेर खाने भो मेरो तागत, रगत र जवानी । कठै मेरो स्वतन्त्रता π π π” -पृ.१२९) भन्ने चिन्ता र सन्त्रास निबन्धकारको पाइन्छ । भीडको विषाक्तताले ग्रस्त निबन्धकार आर्यघाटमा पनि लासकै भीड देख्छन् । घरखेत बेचेर साउदी अरब कमाउन पुगेको मानिसको लासको बाकस पनि त्यही देखिन्छ । त्यसलाई देखेर कतिले भन्छन् “नेपालीहरू सुनका बाकस कमाउन हतारिएर अरब जान्छन् । उल्टै बक्सामा तिनको कोच्चिएर ज्यान फिर्छ ।” -पृ.१२५) निबन्धकारलाई त त्यो अझै लाग्छ “सढेको नेपाली वीरता ।” -पृ.१२५) यस्तो स्थिति सिर्जना गर्ने को त भन्दा अन्ततः शासक-प्रशासक नै ठहरिन्छन् तर तिनका विरुद्ध “व्यक्ति उम्लेर क्यै नहुने, उम्लनुपर्ने देशैका पाटपुर्जा रै छन्” -पृ.१२५) भन्ने विद्रोह चेतको भावना पनि यसमा देख्न सकिन्छ ।
“जयमाया अर्थात् नेपालीहरू” निबन्ध प्रवासी नेपालीहरूको पीडाबोधमा आधारित छ । इन्द्रबहादुर राईको “जयमाया आफू मात्र लिखापानी अइपुगी” कथामा जयमाया वर्माबाट परिवारसँग हिंडे पनि भारत आइपुग्दा एक्ली बनेकी थिई । त्यही जयमायाको जीवन कथालाई कृष्ण धरावासीले आफ्नो ‘शरणार्थी’ उपन्यासमा भुटान पुर्‍याएर त्यहाँबाट लखेटिंदै नेपालको भूटानी शरणार्थी शिविरमा पुर्‍याएका थिए । त्यही विचल्लीमा परेकी जयमाया जो सम्पूर्ण प्रवासका सङ्कटग्रस्त नेपालीको प्रतिनिधि चरित्र हो, उसैको पीडापूर्ण स्थितिको बोध गरी यस निबन्धको निर्माण गरिएको छ । निबन्धको सामथ्र्य भनेकै एकोहोरो ज्ायमायाको पीडाबोधको पक्षलाई अनेक कोण र सन्दर्भद्वारा लगातार व्यक्त गरिरहन सक्नु हो । अनि राई र धरावासीकी जयमायालाई निबन्धमा थप विनिर्माण गर्नु पनि हो । त्यस्तै शरणार्थी बनेर बाँच्नुपरेका नेपालीहरूप्रति नेपाली नागरिक र नेपाल सरकारले सोच्नै पर्छ भन्ने दृढोक्ति प्रकट गर्नु पनि हो ।
द्वितीय महत्त्वका निबन्धमा पर्ने पछिल्लो निबन्ध “कोतपर्वको दर्शक” हो । यसमा इतिहासमा पटक पटक रगतको खोलो बगाएर सन्त्रासै सन्त्रास विस्तार गरिएको स्थितिप्रति तीव्र गुनासो व्यक्त गरिएको छ । निबन्धमा विशेषतः माओवादी र राज्यपक्षको द्वन्द्वले मच्चिएको आतङ्क र सन्त्रासमय भाव निरूपण गरिएको छ र अन्ततः त्यो परिस्थितिबाट मुलुकले स्याथी निकास पाउनुपर्ने मान्यता अघि सार्दै टुङ्गएिको छ । निबन्धकै कथन छन्-
“कोतपर्वको फ्यास ब्याक हाम्रा नानीहरूका परेलीमा भित्र्याउने मुर्दा कुन हो ?” -पृ.१९१)
“नेपालले खोजेको रगत हैन, पसिना हो ।” -पृ.१९१)
“आउनोस् भोलिका लागि सही छाप गरौं π रगतका विरुद्ध रगतले शरीरमा नकुदोस् ।” -पृ.१९१)

२.३    तृतीय महत्त्वका निबन्धहरू
यस सङ्ग्रहमा देखिने अन्य सबै निबन्धहरू विषय र प्रस्तुतीकरण दुवै दृष्टिले वा कुनै एक -विषयको वा प्रस्तुतीकरणको हलुङ्गोपन) का दृष्टिले तृतीय महत्त्वका बनेका छन् । तीमध्ये “भेटौँला कफ्र्युमा” निबन्ध २०६२ चैत्र २४ देखि २०६३ वैशाख १२ को १९ दिने जन आन्दोलनको गम्भीर परिवेशमा केन्दि्रत रहेको छ । यसले “लोकतन्त्रमा नयाँ काँचुली नफेरोस् कफ्र्युले” -पृ.२९) भन्ने भविष्य दृष्टि पनि व्यक्त गरेको छ । तर यसमा सुत्केरी श्रीमतीलाई मासु किन्न गएको मानिस जुलुसमा साथीहरू देखेर उनीहरूकै लैलैमा लागेर गएको अनि पुलिसद्वारा समातिएर तीन दिनसम्म खुला आकासमा भिज्दै सुक्दै रहेको तथा सुत्केरीलाई किनेको आफ्नै खल्तीको मासु कुहेर गनाएको पनि थाहा नपाएको जस्ता अपत्यारिला र अतिशयोक्तिमूलक सन्दर्भहरू रहेका छन् । यस्ता कुराले निबन्धलाई हलुङ्गो बनाएको पाइन्छ । यस्तै “सट्टापट्टा” मा पुरुषले गर्ने मोटर साइकल वर्कसपको वा अन्य काम पनि नारीले गर्न थालेका र नारीमा सकारात्मक सोच वा स्वावलम्वी प्रवृत्ति विकास हुन थालेका कुराको प्रशंसा गरिएको छ । तर बलको सट्टापट्टा हुन सके पनि सिर्जनशील हृदयको सट्टापट्ट भने हुन नसक्ने, नारायण गोपाल, भूपि शेरचन जस्ता स्रष्टाका पत्नीहरूले पतिको सिर्जनशील कर्मको सट्टापट्टा गर्न नसक्ने, प्रकृतिले नै नरनारीमा गरेको विभेद मानिसले चाहदैमा नमेटिने जस्ता कुरा गरेर “नरनारी बराबरी- यो तर्कले हृदयतः स्थान नबनाएको ठानिराख्छु म” -पृ.४७) भन्ने निष्कर्षमा लेखक पुगेका छन् । पुरुषको सिर्जना नारीले पूरा गर्न नसके जस्तै नारीको सिर्जना पनि पुरुषले पूरा गर्न सक्तैनन् भने भन्न सकिएको छैन । पुरुष अहंका कारण यो निबन्ध एकाङ्गी जस्तो बनेको छ । यस्तै “जिउँदाको कुरा काट्दै” मा “मर्नेहरू बाँचेकाहरूका निम्ति मौन छन् भने जिउँदाहरूले मरेकाहरूका विरुद्ध बोल्ने किन ?” -पृ.५५) भन्ने कथ्य प्रस्तुत गर्दै मरेका वीरहरू वा महान् कर्मीहरूको नकारात्मक कुरा नकाटी सकारात्मक चर्चा गर्न सरसर्ती आग्रह गरिएको छ ।
यस्तै “धरहराको लेफराइट” निबन्धमा एकातिर भीमसेन स्तम्भका रूपमा रहेको धरहराको ऐतिहासिकता र त्यहाँ चढेर सहरी सौन्दर्य हेर्दाको आनन्दात्मक अनुभूतिको बयान गरिएको छ भने अर्कातिर काठमाडौंको फोहोर, उत्ताउलो वा भडि्कलो जीवनशैली र भित्रभित्रै फस्टाएको कुरूप यौन संस्कृतिजस्ता विकृति विसङ्गतिहरूलाई पनि प्रवाहपूर्ण ढङ्गमै व्यक्त गरिएको छ । यस्तै “एक भन्ज्याङ पीर” मा मुख्यतः काठमाडौंको तलेजु मन्दिरको सेरोफेरोबाट त्यस सहरका अनेक विकृति र कुरूपताहरूलाई नियाल्दै देशकै अस्तव्यस्तता, अराजकता, द्वैध चरित्र र गन्तव्यहीन यात्राप्रति सङ्केत गरिएको छ । यसमा शङ्कर लामिछानेको “औपन्यासक पात्र जीवनको पृष्ठभूमिमा” निबन्धको जस्तै अमूर्त वा विशृङ्खलित लेखन प्रस्तुत गर्न खोजिएको पनि देखिन्छ । यस्तै “शर्मिला, पार्कर र धानबारी” मा लेखक कलाकारप्रति राष्ट्रले गरेको उपेक्षाप्रतिको गुनासो देख्न सकिन्छ ।
त्यस्तै “सुन चुराको दान दिए” मा द्वन्द्वकालीन परिवेशमा चुरा फुटाएर बाँचेका महिलाको स्थिति सङ्केतित छ । यस्तै “टाउको पर्वको श्रोता” मा द्वन्द्वकालीन समयमा माओवादी र राज्य पक्षले मच्चाएको नरसंहारको त्रासदीयतालाई विषय बनाइएको छ । एकले अर्कालाई गिड्न सक्नुमा नै आफ्नो सफलता ठान्ने संस्कृति विकास भइरहेको त्यस समयमा नेपालीहरूको दिनचर्या गिडिएका टाउका गनेर बितिरहेको थियो । त्यतिखेर मकै पिस्ने हातहरू बन्दुक सफा गर्न र धान गोड्ने हातहरू एम्बुस जोड्न सक्रिय थिए । अछूत मनिएकाहरू मान्छे ठुन्क्याउने कलामा दक्ष बनिरहेका थिए । त्यसैले “चुपचाप देशको अँगालोमा पराजयको काव्य बर्सिरहन्थ्यो ।” -पृ.१६५) देश दुवै तर्फबाट हारिरहेको थियो । बारीको पाटोमा हलो जोत्दा गि्रनेड पड्केर होस् वा सर्चमा छरिएका गोलीको छर्राले होस् नेपालीकै क्षति भइरहेको पीडाबोध यसमा अभिव्यक्त भएको देखिन्छ । यस्तै “धने बौलाहा र डिस्को” मा विवश आमाको बेवारिसे बालक जो मान्छे नभई वस्तुका रूपमा सहरी समाजले चिन्ने गरेको छ – उसको व्यथा कथिएको छ । त्यस्तै “बाढी र बाउन्ने बुद्धिजीवी” मा बाढी विनाशको मात्रै प्रतीक नभई त्यसले नवनिर्माणको सम्भावना पनि देखाउने कुरा सङ्केत गरिएको छ । यस्तै तृतीय महत्त्वको पछिल्लो निबन्ध “किरियाबाजको दैनिकी” मा किरिया खाएर भने पछि जे कुरा पनि पत्याउने नेपाली समाज र जे पनि किरिया खाएर भ्रमको खेती गर्दै आफ्नो स्वार्थ पूरा गर्ने यहाँका राजनीति कर्मीप्रति तीखो व्यङ्ग्य पस्किएको  पाइन्छ । देशमा सामान्य मानिस नभई तिनै “किरिया खानेहरू गोलबन्द” -पृ.१८६) भइरहेकोमा लेखकको चिन्ता भाव प्रकट भएको छ किनभने “किरिया खाएर आफ्नो दुनो सोझो पार्नेहरूलाई न आमाको मूल्य थाहा हुन्छ, न बहिनीको स्नेहको अनुभव हुन्छ । किरियाबाजले आमा र बहिनी दुवैको शरीरमा काँचो बैंसको मौसम देखेको हुन्छ ।” -पृ.१८६) यस्तो व्यङ्गय भावले यो निबन्ध भरिएको छ ।
माथि चर्चा गरिएका तृतीय महत्त्वका मध्ये “शर्मिला पार्कर र धानवारी”, “सुनचुराको दान दिए”, “धने बौलाहा र डिस्को” अनि “बाढी र बाउन्ने बुद्धिजीवी” निबन्ध विषय र प्रस्तुतिका दृष्टिले अलि बढी नै दुर्बल देखिन्छन् । त्यसैले तिनलाई चौथो महत्त्वका पनि मान्न सकिन्छ ।

३.    समग्र विश्लेषण
प्रस्तुत निबन्ध सङ्ग्रहमा जम्मा २३ वटा निबन्ध सङ्कलन गरिएकोमा तीमध्ये चारवटा प्रथम महत्त्वका आठवटा द्वितीय महत्त्वका र अन्य तृतीय महत्त्वका रहेका छन् । तृतीय महत्त्वका मध्ये पनि चारवटा अझ बढी नै दुर्बल देखिएका छन् । ती सबैमध्ये प्रथम महत्त्वका ठानिएका आठहजार जाबो, तिम्रो घरमा देउता, पुलमुनिका घर र एक हातको ताली निबन्ध आयामका दृष्टिले सङ्ग्रहका लामै निबन्धमा पर्दछन् । ती ९ देखि १२ पृष्ठसम्मका छन् ।  तिनमा क्रमशः निम्न विषय र भावको प्रबलता रहेको छ-
क)    जीवनको मूल्यहीनता, नगण्य पैसामा साटिंदो जीवन र सहरी सन्त्रास,
ख)    द्वन्द्वकालीन आन्तरिक शरणार्थीहरूको पीडा र सन्त्रास,
ग)    सभ्य भनाउँदो समाज र सरकारको एकदमै पहुँच भएको राजधानीमै सीमान्तकृत वर्गको वीभत्स जीवनको त्रासदीयता अनि
घ)    राजनीतिक पार्टी नेतृत्वको पटक पटकको हीनतर प्रवृत्तिबाट आहत सर्वसामान्यको पीडा र निराशा ।
सङ्ग्रहका द्वितीय महत्त्वका ठानिएका प्रलायको नाम सुनामी होइन, ध्वाँसो मुनि डेरिडा, सडक स्वाद, चुराको छलाङ, पैराको धावा, कोरसमा एउटा स्वर, जयमाया अर्थात् नेपालीहरू र कोतपर्वको दर्शक निबन्धमा क्रमशः निम्न विषय र भावको प्रवलता पाइन्छ-
क)    आफूले नै गरेको वातावरणीय विनाशले आफै सङ्कटको भुमरीमा पर्न थालेको मान्छेको दारुण स्थिति र जीवन जगत् भनेको समयको खेल हो भन्ने दर्शन,
ख)    नेतृत्वको स्वार्थी र शोषणमूलक प्रवृत्तिले गर्दा अनेकन सम्भावना बोकेका विपन्न नेपाली प्रतिभाको दुर्दशापूर्ण स्थिति,
ग)    सीमान्तकृत वर्ग र सडक बालबालिकाको पीडा अनि भोकाहरूका नाममा अघाएकाहरूले नै हसुर्ने सचेत भनाउँदाहरूको आम प्रवृत्ति,
घ)    द्वन्द्वको चपेटामा परेर पेटका लागि जिउ बेच्न विवश नारीको कारुणिकता र परम्परित नारी सोचमा परिवर्तन ल्याई उनीहरूको सबलीकरणको अपेक्षा,
ङ)    पहाडी ग्रामीण क्षेत्रका विपन्नहरूको जीवनलाई प्राकृत विपदाले झन् वीभत्स तुल्याइदिएको मार्मिकता,
च)    सहरी समाजको भीडतन्त्र र त्यसमा व्यक्तिले अनुभव गर्ने एक्लोपन अनि सड्दै गएको नेपाली वीरता वा अन्तर्राष्ट्रिय छवि,
छ)    प्रवासी नेपालीहरूको शरणार्थी बन्नुको पीडा र नेपालको निरीहता अनि
ज)    द्वन्द्वकालीन आतङ्क र सन्त्रासबाट आहत मनोदशा ।
यस्तै तृतीय महत्त्वका ठानिएका निबन्धमा मुख्यतः जनआन्दोलन-२ को परिवेश, सिर्जन सामथ्र्यको सट्टापट्टा हुन नसक्ने वैचारिकता, आदर्श चरित्रको गुणगान, काठमाडौंको साँस्कृतिक सम्पदा र त्यसमै फस्टाएको यौन विकृति, कुसंस्कार, व्यापारिक मानसिकता, सडक बालबालिकाको पीडा, द्वन्द्वकालीन विद्रोही र सत्ता पक्षले मच्चाएको सन्त्रास, बाढीले मच्याएको विनाश र नयाँ सम्भावनाजस्ता कुरा आएका छन् ।
यसरी हेर्दा एकै विचार र भाव वा प्रवृत्तिका एकभन्दा बढी निबन्ध यहाँ आएका छन् तर गुणवत्ताका दृष्टिले ती समान छैनन् । विषय र विचारको सघनता अनि प्रस्तुति वा शिल्पको कलात्मकताले तिनलाई प्रथम द्वितीय र तृतीय महत्त्वका तुल्याएका छन् । हुन त यसको मापन गर्ने आधार सहृदयी पाठक वा भावकको चेतना र हृदय नै हो । त्यसैले यो यान्त्रिक तुलोले गरे जस्तो ठ्याक्कै मापन त हुने कुरा होइन । मेरै अर्काे पठनमा गरिने मापनमा अहिलेको स्तरमा सामान्य संशोधन पनि हुन सक्छ । संवेदनायुक्त मानवीय कला मापनको यस्तो जटिलता सर्वत्र देखिने कुरा हो । यही भएर पनि पछिल्ला समालोचनामा स्तर मापन र निणर्ायक निष्कर्ष कथनतिर नलाग्ने प्रचलन बढ्दै गएको छ । उत्तरआधुनिक अनिश्चितता, अर्थबहुलता, विनिर्माणजस्ता सन्दर्भबाट हेर्ने हो भने त यस्तो निर्धारणको झनै अर्थ नहोला तर यसो भनेर सुन र पित्तललाई एकै वा समान मूल्यका पनि मान्न सकिन्न । सिर्जनात्मक क्षमताको सम्मान र दुर्बलतालाई सुधार्ने अभिप्रेरणा सचेत भावकबाट सर्जकले पाउनै पर्छ ।
सङ्ग्रहका निबन्धको शिल्प-संश्लेषण हेर्दा धेरैजसो निबन्धमा त्यसको सहज स्वाभाविक आकर्षक सिर्जना गरिएको छ । निबन्धमा छोटा-छोटा, सरल र स्पष्ट वाक्य छन् । ती साहित्यिक सौन्दर्यले विमुख छैनन् । कतिपय त पूरै कवितात्मक छन् । देवकोटाको निबन्धको कवितात्मकताको झझल्को तिनले दिइरहेका हुन्छन् । वाक्यमा विशेषणमूलक क्रियाको बहुलता, क्रिया विहीनता र एक भावको तीव्रता जनाउन सोही किसिमका क्रियाको पुनरुक्ति ठाउँ ठाउँमा देखिन्छन् । जस्तै-
“खेदिएको, लखेटिएको, हेपिएको, दुत्कारिएको, पेलिएको र थिचिएको मूल्य थाप्लामा राखेर हिँडिरहेको स्थिति छ ।” -पृ.१)
“सस्तो, साह्रे सस्तो मान्छेको मूल्य ।” -पृ.१)
“सबभन्दा ठूलो सिद्धान्त मानिसको पक्षमा मानिस सक्रियै छ, मौन छैन ।” -पृ.६२)
“मानिसको विवेकमा परिवर्तन आवश्यक मात्र होइन अत्यावश्यकै छ ।” -पृ.६३)
“देखिएन, देख्दै देखिएन ।” -पृ.६२) “थिएन, ठ्याम्मै थिएन ।” -पृ.११६) आदि ।
निबन्धको भाषामा व्याकरणिक विचलन प्रचुर छ । त्यसले साहित्यको झन्कार सिर्जना गरिरहेको पाइन्छ । निबन्धमा अनुच्छेद योजना पनि छोटा छोटा छन् । सिङ्गो निबन्धै पनि ५ देखि १२ पृष्ठसम्म फैलिएका छन् । अधिकांश निबन्धमा प्रवाहपूर्ण भाषाको उपयोग रहेको छ । एउटै सानो विषय / विचार / भावमा केन्दि्रत भएर त्यसलाई अनेक कोणबाट व्यक्त गरिरहन सक्नु यहाँका महत्त्वपूर्ण निबन्धहरूको उल्लेखनीय सामथ्र्य मान्न सकिन्छ । व्यङ्ग्यको पुटले पनि निबन्धको शक्ति राम्रै बढाएको छ ।
यस्ता प्रशस्त रचनात्मकताले यो निबन्ध सङ्ग्रह भरिएको भए पनि कतिपय परिसीमाबाट यो मुक्त पनि देखिँदैन । यस्ता परिसीमामा पहिलो त कतिपय निबन्धमा विषयको प्रवाहपूर्ण प्रस्तुति नभई ठाउँ ठाउँमा विषय खजमजिन पुगेको छ । यसले पाठकलाई पढ्न र भाव सम्प्रेषण गर्न निकै गाह्रो मात्रै होइन कतिपय ठाउँमा त त्यो असम्प्रेष्य र असम्बन्धित गन्थनमात्रै पनि बनिरहेको पाइन्छ । यस्तै कतिपय निबन्धमा सामान्य पत्रपत्रिकामा आउने व्यवहारिक उपयोगिताको विषय बयान देखिन्छ । यो सामान्य सिकारू लेखकका लागि उपयोगी भए पनि स्थापित स्रष्टाका लागि भने उपयुक्त देखिंदैन । त्यस्तै केही निबन्धको विषय प्रस्तुृतिमा सामान्य प्रकृतिको गन्थन रहेको छ । भाव / विचारको गहनता, सूक्ष्मता र मसृणता त्यति विकास भइनसकेको अनि लक्षणा र व्यञ्जना सामथ्र्यको उपयोग पनि अलि घत लाग्दो किसिमको नदेखिएको स्थिति छ । त्यस्तै समकालीनताको बोध जति सघन बनेर आए पनि भविष्य दृष्टि भने त्यति सुस्पष्ट बनिनसकेको हो कि भन्ने देखिन्छ । यस्ता कलात्मक चुनौतीमा निखार आउन सके निश्चय नै नयाँघरेको निबन्ध सिर्जनाले वर्तमान पुस्ताको नेतृत्व सहजै लिन सक्नेछ ।

४.    उपसंहार
१.    युवराज नयाँघरेको सातौँ निबन्ध सङ्ग्रहका रूपमा २०६५ सालमा प्रकाशित भएको एक हातको ताली निबन्ध सङ्ग्रहका सबैजसो निबन्ध समकालीन नेपाली समाजका विविध सङ्कटग्रस्त परिस्थितिमा केन्दि्रत रहेका छन् । तिनमा जीवन मूल्यदेखि समाजमूल्यका बारेमा गहिरो चासो र चिन्ता अभिव्यक्त भएको छ ।
२.    सङ्ग्रहका सबै निबन्धहरूले निबन्धकारको निजी भाव र दृष्टिमै मुछिएर आकार ग्रहण गरेका छन् । एकै भाव र दृष्टिका तर फरक-फरक विषयले बुनिएका निबन्धहरू पनि यहाँ रहेका छन् ।
३.    सङ्ग्रहका निबन्धमा मुख्यतः द्वन्द्वकालीन त्रास, सहरी, ग्रामीण र अन्तर्राष्ट्रिय परिवेशको त्रास, राजनीतिक नेतृत्व र प्रशासनले सिर्जना गरेको त्रास, नारी तथा सीमान्तकृत वर्गले व्यहोरेको चरम पीडादायी परिवेशबाट उत्पन्न त्रासजस्ता कुराहरूबाट समग्रतामा निकै गम्भीर महासन्त्रास अभिव्यञ्जित भएको छ ।
३.१    माओवादीले ग्रामीण क्षेत्रका आफ्नो खेतीपाती गरेर दुई छाक जुटाएकाहरूको खेती, घर, जग्गा लुटेर उनीहरूलाई आन्तरिक शरणार्थीका रूपमा विस्थापति गर्ने, राज्यले माओवादीका नाममा विपन्न निमुखा सुकुम्बासीहरूका घर टहराहरूमा आगो लगाइदिने, विद्रोही र राज्य पक्ष दुवै एक अर्काको टाउको गिड्नै आतुर देखिने, त्यसैलाई आफ्नो पुरुषार्थ ठान्ने र त्यसका निम्ति सर्वसामान्यलाई मानव ढालका रूपमा उपयोग गर्ने, कतै माओवादीले बारीमा बिछ्याएको गि्रनेट पड्केर, कतै सुरक्षाकर्मीको सर्चमा छरिएका गोलीका छर्रा लागेर सर्वसामान्य घाइते वा अङ्गभङ्ग हुने, सेना र माओवादीले आफ्ना छोरो र श्रीमान् मारिदिएर नारी विचल्लीमा पार्ने, बाँच्नका लागि उसले शरीर बेच्नुपर्ने स्थितिमा पुर्‍याउने जस्ता द्वन्द्वकालीन त्रासका शृङ्खला यहाँ आएका छन् ।
३.२    सहरको ट्राफिक अव्यवस्था, चालकको आतङ्क, ऐतिहासिक साँस्कृतिक क्षेत्रमा छाएको दुव्र्यसन, वेश्यावृत्ति, वणिक् प्रवृत्ति, अश्लीलता, सर्वत्र देखिने भीडतन्त्र, भीडको विषाक्तता, सहरी संवेदनशून्यता, मान्छेको एकाकी / विरानोपन, चर्काे आर्थिक विभेद, सीमान्तकृतहरूको विद्रूप र वीभत्स परिवेश र त्यसले तुल्याएको ख्याउटे जीवन, प्रशासन र राजनीतिक नेतृत्वको चरम उदासीनता जस्ता सहरी सन्त्रास यहाँ आएका छन् ।
३.३    पहाडको ग्रामीण क्षेत्रको भौगोलिक विकटता, बेलाबेलामा बाढी पहिरोको प्राकृतिक विपदा, माओवादीको ज्यादती जस्ता त्रासद पहाडी ग्रामीण परिवेश यहाँ आएका छन् ।
३.४    अन्तर्राष्ट्रिय जगत्मा आएको डरलाग्दो प्राकृत विपदा वा सुनामीको महाविनाश, प्रवासी नेपालीहरूको शरणार्थीका रूपमा साटिँदो स्वरूप, घरखेत बेचेर जोखिमपूर्ण निम्नस्तरको कामदारका रूपमा गएका नेपालीले व्यहोरेको पीडा र ज्यान गुमाएको स्थिति जस्ता अन्तर्राष्ट्रिय त्रासदी यहाँ आएका छन् ।
३.५    पटक पटक ठूलो जोखिम सकारेर जनसामान्यको सहभागितामा ऐतिहासिक राजनीतिक परिवर्तन भए पनि नेतृत्वको सङ्कीर्णता, अदूरदर्शिता र चरम स्वार्थी प्रवृत्तिले गर्दा परिवर्तनलाई संस्थागत तुल्याउन नसकिएको हुँदा राष्ट्र सधै राजनीतिक सङ्क्रमणको भासमा परेर सर्वसामान्यदेखि प्रतिभाशाली कुनै पनि नेपालीले बाँच्न र आफ्नो क्षमता देखाउन सक्ने कुनै अवसर नपाएका, उनीहरूको जीवन झन् झन् विरूप बन्दै गएको, गृह प्रशासनको पनि उस्तै उदासीनताका कारण राजधानी लगायत देशका विभिन्न भागमा अनैतिक र अराजकहरूकै बोलबाला बढेको जस्ता राजनीतिक प्रशासनिक त्रासद प्रसङ्गहरू यहाँ आएका छन् ।
३.६    समाजमा नारी वर्गलाई हेर्ने परम्परित मानसिकता र द्वन्द्वको चपेटामा परेर लोग्ने तथा छोरा गुमाएकी नारीले पेटका लागि शरीर बेच्नुपरेको बाध्यता, भोकले छटपटाएका नारीले अर्काको छादका सिता र दशैका टीकासमेत खानुपरेको विद्रूपता अनि वीभत्स फोहोरी परिवेशले भरिएको वाग्मतीको पुल मुनि छाप्रा बनाएर बसे पनि बर्खाको भेलले बगाउने हो कि भन्ने नारी तथा सीमान्तकृत वर्गको त्रासै त्रासले भरिएको जीवन यहाँ देखाइएको छ ।
४.    सङ्ग्रहका कतिपय निबन्धमा पुरुष प्रधान नेपाली समाजका नारीहरूले व्यहोरेका अनेकन सङ्कटलाई सङ्केत गर्दै त्यसबाट मुक्तिका लागि युग सुहाउँदो नारी जागरणको भावना विकास गर्न खोजिएको छ । यही क्रममा कतिपय नारीले पुरुषले मात्रै गर्ने ठानिएका काम गरेर देखाउन थालेका हुँदा तिनलाई राम्रै सह्राइएको पनि छ ।
५.    विचार संश्लेषणका दृष्टिले यस सङ्ग्रहका निबन्ध हेर्दा समकालीन युगजीवनका चापबाट यहाँ विचार अभिव्यञ्जित भएको छ जसअनुसार जीवन नगन्य मूल्यमा साटिँदो, मूल्यहीन सावित हुँदो, विपन्नता र विरानोपनले भरिएको, निकै कहरपूर्ण, सन्त्रासै सन्त्रासले युक्त छ । जीवन व्यक्ति चेतनाको वशमा नभई समयको खेलका रूपमा देखिँदो छ । यति भएर पनि यहाँका सीमान्तकृत कुरूप चरित्रमा पनि जीवनप्रति अनास्था नभई आस्था वा जीवनेच्छा नै रहेको छ । समाज र जीवनका अनेकन विकृति विसङ्गति हटाउन व्यक्ति प्रयत्नले मात्रै केही नहुने त्यसका लागि देशका पूरै पाटपुर्जा चल्नुपर्ने -पृ.१२५), राष्ट्रमा जीवन नै समाप्त पार्ने हत्याहिंसाको खेल खेल्न नपाइने -टाउका पर्वको श्रोता) जस्ता जीवनवादी विचार निबन्धमा प्रकट भएका छन् ।
६.    निबन्धको शिल्प संश्लेषण सामान्यतः आकर्षक नै रहेको छ । विशेषतः यसका छोटा छोटा वाक्य र छोटा छोटा अनुच्छेद योजना अनि व्याकरणिक विचलनयुक्त सहज सम्प्रेष्य कवितात्मक भाषा जस्ता कुरा शिल्प सामथ्र्यका रूपमा परिचित हुन आएका छन् ।
७.    यति भएर पनि यस सङ्ग्रहका सबै निबन्ध समान महत्त्वका छैनन् । त्यस्तो प्रायः हुँदा पनि हुँदैन । कतिपयमा थोरै वा धेरै परिसीमा रहेका छन् । २०६५ सालको मदन पुरस्कार प्राप्त गरेको हुँदा यसको केहीले अधिमूल्यन र केहीले आग्रहपूर्ण ढङ्गमा अवमूल्यन गर्ने काम पनि हुन थालेको छ । तर पुरस्कार कृतिलाई तुरुन्तै चर्चामा तान्ने महत्त्वपूर्ण आधार त हो, कृति मापनको ठोस आधार चाहिँ होइन । किनभने पुरस्कार मुख्यतः सहभागी प्रतिद्वन्द्वीका सापेक्षतामा अनि कतिपय अवस्थामा प्राविधिक कारणले पनि छनोट हुने कुरा हो । अर्काे कुरा २०२६ सालमा मदन पुरस्कार पाएको ‘बेलायततिर बरालिदा’ निबन्ध सङ्ग्रहसँग पनि यसको तुलना गर्नु त्यति उचित हुनेछैन । त्यसरी हेर्न थालियो भने नेपाली निबन्धको स्तरले २०२६ सालपछि खासै ठूलो फड्को मार्न सकेको रहेनछ भन्ने बोध हुनेछ । यस्तो भयो भने पनि समकालीन कृष्णचन्द्रसिंह प्रधान, मदनमणि दीक्षित, दुर्गा भण्डारीजस्ता निबन्धकारहरूप्रति न्याय हुने छैन ।

सहप्रा., पृथ्वीनारायण क्याम्पस, पोखरा

प्रतिक्रिया दिनुहोस्

*