बोताहुदै रोतासम्म

- रामप्रसाद पन्त

गोरुचौर, अर्थात् नाग्म-गमगढी सडकको ३७ किलोमिटर दूरीमा विराट पहाडको फेदीमा बसेको सानो गाउ । जहा सडक बनाउनका लागि नेपाली सेनाको एउटा इञ्जिनियरिङ क्याम्प बसेको छ । त्यसै क्याम्पमा हिजोको रात बिताएर आज बिहानै उठेको छु म ।
आज, अर्थात् अडसठ्ठी सालको जेठ सात गते । आज म राराको लागि प्रस्थान गर्दैछु । छ दिनदेखि सागसागै भएका मेजर सञ्जय केसी आज बिछोडिनुहुनेछ । तर उहाले मलाई एक्लै पार्नुहुने छैन । मेरो साथमा हुनेछन्- क्याप्टेन बोधिराज शाही, उनी श्रीमती शीताष्मा र दुई जना सिपाहीहरु ।
गोरुचौरदेखि उत्तर-पश्चिम दिशामा एउटा अग्लो डाडो देखिएको छ – धौलाभीर । त्यस डाडोलाई दाया पारेर बाया पाखोबाट सोझो तर ठाडो उकालो बाटो उक्लिने कि बाया पारेर अलि सजिलो र फेरो बाटो समाउने ? यसबारे हिजै छिनोफानो भइसको छ । हामी फेरो भए पनि सजिलो बाटो जाने छौ । सजिलोलाई अझ सजिलो पार्ने अर्का उपाय पनि अवलम्बन गरिने भएको छ, अर्थात् मोटर जानसक्ने बाटोसम्म हामी मोटरमै जानेछौ । त्यसो गर्दा बाटोको दूरी करिबकरिब उस्तै पर्नेछ ।
तर जतिसुकै चाडै हिड्नेभन्दा पनि आखिर नौ बजिहाल्यो । मेजर केसीको आदेश अनुसार हाम्रोलागि केही बोतल पानी, चियाको थर्मस, प्लाष्टिकका गिलास, उसिनेका आलु, अचार, बिस्कुट, चाउचाउ र निम्कीहरु राखिएको छ । रोटीको बन्दोवस्त गर्ने कुरा भए पनि बनाउन भ्याएनन् जवानहरुले ।
मोटर पुग्नसक्ने ठाउसम्म हामीलाई पुर्‍याउनका लागि मेजर केसी पनि जानुहुनेभएको छ । पुर्‍याउनैका लागि दुःख दिने पक्षमा थिइना म तर उहााले अर्का बहाना पनि बनाउनुभएको छ – ‘मैले बनिरहेको बाटो अवलोकन पनि गर्नुछ र स्थानीय जनतालाई पनि भेट्नुछ ।
हामी गाडीमा चढ्छौ, सलोट मार्छन् सिपाहीहरु ।
गाडी क्याम्पबाट बाहिर निस्क्यो र सागै बसेको ‘दातेओखर’ गाउलाई पार गरेर हाट सिजातिर तेर्सियो । हामी विराट गाविस नाघेर कनकासुन्दरी गाविसमा प्रवेश गर्‍यौ ।
हिाजो गएर दर्शन गरी र्फकेको कनकासुन्दरी माताको मन्दिर नजिकै देखिादैछ । तर म गुडिरहेको चट्टाने भीर र कनकासुन्दरीको बीचमा हीमा नदीले काटको गहिरो खोच छ । बडो सुन्दर देखिदैछ – खोचको गहिराइबाट बगेको नदीको दृश्य ।
गजब छ, अद्भुत छ, प्राकृतिक बनोट । त्यही मुनि त्यस्तो सुन्दर फाट यही यस्तो खोच  अगाडि देख्छु- आकाश छुन तम्सिएको डाडो र कहालीलाग्दो पहरो । अब हाम्रो नजरबाट सिजा नदेखिने भएको छ र कनकासुन्दरी गाउ पनि पछाडि परेको छ । मेजर केसी भन्दै हुनुहुनछ – अब हामी बोतामालिका गाविसमा प्रवेश गरिसक्यौ।’
केसीजी बाटो निर्माणका नियमहरु सुनाउदै हुनुहुन्छ – ‘हामी बाटोमा परेका जग्गाको मुआब्जा दिदैनौ । तर बाटोमा घर पर्‍यो भने, बाटो निर्माण गर्दा कुनै घरलाई क्षति पुग्यो भने, खेतीबाली नोक्सान भयो भने, रुख बिरुवाहरु मासिए भने त्यसको क्षतिपूर्ति दिन्छौा । कतिपय कुराहरुबाट जनतालाई दोहोरो फाइदा पनि हुन्छ – बाटो खन्दा निस्केका ढुङ्गाहरु र ढालिएका रुखहरु उनीहरुले नै प्रयोग गर्न पाउछन् ।’
कुरा गर्दागर्दै र प्रकृतिको भण्डारमा आखा दौडाउदादौडाउदै पुगिएछ त्यो विन्दुमा, जहाबाट मोटर अघि बढ्न सक्तैन । अगाडि डोजरले पहाड फोर्दैछ, नेपाली सेनाका जवानहरु बाटो सम्याउन, पर्खाल लगाउन र रुखपातहरु तह लागाउनमा व्यस्त छन् । तिनीहरुलाई निर्देशन दिने काम मेजरसापले पछि गर्नुहुनेछ । हामी भने अब मोटरलाई त्यही छाडेर बनिरहेको मोटरबाटो मुनिको गोरेटो बाटो समाउछौ ।
अलि परतिर पुग्दा हराउाछ त्यही गोरेटो बाटो पनि । माथिबाट डोजरले फालेको ढुङ्गा माटोले पुरिएर पखेराको बाटो मेटिएको छ । भीरमा अडिएको माटो माथि मानिस हिाडेका पदचिहृनहरु मात्र देखिएका छन् ।
आम्मै Û कसरी अडिन सकिएला यस भीरमा ?
मेजर साप अगाडि लागेर पाइतालामा पाइताला राख्ने बाटो बनाउनुहुन्छ र सतर्कतासाथ अगाडि बढ्ने सल्लाह दिनुहुन्छ । म उहााकै पाइतालामा पाइताला पछ्याउाछु । अरुले पनि पछ्याउलान् Û तर क्याप्टेनपत्नी शीताष्मा कसरी आउाछिन् यस बाटोमा ?
माटोसागै बगियो भने र अलिकति जोगिन सकियो भने सय डेढसय फिट तल अडिन पुगिएला, नत्र त खसिन्छ तलै हीमा नदीमा । त्यसपछि त राराका सारा सपना हीमा नदीमा स्वाहा Û
म आˆनै बाल्यकालतिर र्फकन्छु एक पटक । मैले चढ्ने गरेका ती रुखपातहरु, मैले चहार्ने गरेका ती पाखापखेराहरु र मैले हाम फाल्ने गरेका ती उरिम-कटेराका छानाहरुको अगाडि यो जाबो के कुरा हो र Û तर उमेरले पो धोखा दियो त Û
हो, त्यही आाटले पनि काटेहुाला बाटो मेटिएको त्यो पखेरो । अरुले पनि काटे त्यसैगरी । तर शङ्का लागेजस्तै शीताष्मा पखेराको पल्लोछेउमै छिन् । क्याप्टेन शाहीले डोहोर्‍याएका छन् एउटा हात समाएर । कति माया होला सैनिक जीवनमा मौकाले क्षणिक समयको लागिमात्र भए पनि भेटिएकी श्रीमतीको Û उनी तीन हातखुट्टा टेक्दै र सावधानीपूर्वक पाइताला अड्याउादै बल्लतल्ल सर्दैछिन् ।
धन्न आाट गरिन् र पार पनि भइन् । आखिर सैनिकपत्नी त परिन् । डेढ दुई वर्षअघि मात्र विवाह गरेकी, सन्तान उत्पादनमा जाागर चलाइनसकेकी, एमए पढ्दै गरेकी, रुरल डेभलपमेन्ट सम्बन्धी शोधपत्र तयार गर्ने सिलसिलामा श्रीमान्सागै जुम्ला/मुगुका गाउाहरु हेर्न पुगेकी शीताष्मा ।
हामीले बोतामालिकाको त्यो पखेरो काटेका छौा र गाउा नजिकिदै छौा । हामी अगाडि देखिन्छ एउटा द्वार । लेखिएको छ- बोतामालिका गाउाविकास समिति । त्यस्तो गाउाठाउाका मानिसहरुले पनि गाउा पस्ने द्वार बनाउन जाागर चलाएका Û खुसी लाग्यो ।
त्यसबाट छिरेर हामी आठ/दश घर भएको एउटा सानो गाउामा प्रवेश गर्‍यौा । मेजर सञ्जयलाई गाउालेहरुले घेरिहाले । थुप्रै गाउालेहरुको नमस्कार खानुभयो केसीजीले । अरु कुरा थााती राखेर उहााले दुई/चारवटा लौरा माग्नुभयो । दुईजना बूढाहरुले लौरा बनाएर ल्याइहाले चाहिनेजति ।
मेजरसापले मेरो परिचय गराएपछि मैले पनि उनीहरुको नाम सोधेा -रामपति बुढा र रत्नलाल बुढा ।
बुढा त बूढा नै रहेछन् तर उमेरका बूढा नभएर थरका बुढा ।
सााच्चै नै बुढाहरुलाई मैले आफूभन्दा बूढै सम्झेको थिएा, तर होइन रहेछन् । मभन्दा चार/पााच वर्षले कान्छा ।
किन यस्तो देखिएको होला यिनीहरुको उमेर ?
मैले पछि मेजरसापलाई सोधेको थिएा – ‘यिनीहरुले उमेर ढााटेका त होइनन् ?’
‘होइन ।’ – उहााले भन्नुभयो ।
मैले बुझेा, उनीहरुको उमेर त्यस्तै देखिादोरहेछ । बीस/बाइस वर्षको हो कि भनेर अनुमान गर्‍यो, पन्ध्र/सोह्रको । साठी नाघेको हो कि भन्ने सोच्यो, चालिस/पैातालिसको । त्यसै भएर त उमेरमै बूढा हुादा रहेछन् जुम्लीहरु र मर्दा रहेछन् अधिकांश पचास/साठी नकाट्दै ।
म कारण खोज्दै थिएा र आत्मनिर्णय गर्दै थिएा – अलिकति रक्सी, अलिकति चुरोट-तमाखु र अलिकति हावापानी ।
चिया खान कर गर्दै थिए बुढा बन्धुहरु । तर हामीले उनीहरुलाई धन्यवाद मात्र दियौा र उकालो लाग्यौा लौरा टेक्तै ।
अब बल्ल सुरु भयो सााच्चैको यात्रा/पैदल यात्रा ।
‘हामी जति सक्छौा हिाड्छौा र नसक्दा घोडा चढ्छौा ।’
तर घोडा छन् दुईवटा मात्र । एउटा मेरा लागि, अर्काे शीताष्माका लागि ।
मेजरसाप भन्दै हुनुहुन्छ – ‘ती घोडाहरु हाम्रै प्रतीक्षामा बसिरहेकाछन् यहीा माथिल्तिर ।’
भन्दानभन्दै देखिहाल्यौा हाम्रो प्रतीक्षामा उभिइरहेका ती घोडाहरु ।
डोरी समातेर घोडासागै उभिएका सयसहरुले नमस्कार गर्छन् हामीहरुलाई र चढ्न अनुरोध गर्छन् ।
‘तर हिाडाइको मजा नलिएसम्म, खलखली पसिना नआएसम्म, श्वाासप्रश्वाास बढेर गति नरोकिएसम्म र बेस्सरी नथाकेसम्म हामी हिाड्नेछौा’ – मेरो दृढ अठोट यस्तै छ र हिाड्नमा कमजोर ठानिइएकी शीताष्मको भनाइ पनि अहिले यस्तै छ ।
हामी अलिकति उकालो उक्लिएर अलिकति तेर्साे हिाड्छौा । पल्लो डााडोमा देखिन्छ मोटरबाटोको खलिकति खण्ड । उताबाट बन्दै गरेको मोटरबाटो जोडिएको छैन यस खण्डमा ।
मेजर केसी भन्दै हुनुहुन्छ- ‘यसरी नै ठाउाठाउामा खण्डखण्ड गरेर बनेको छ मोटर बाटो । बनाउादा बनाउादै विष्फोटक पदार्थ वा अन्य कुनै पदार्थ आवश्यक हुने भयो र तत्काल त्यो सामान उपलब्ध हुन सकेन भने खाली बस्न त भएन नि Û सजिलो ठाउामा खन्दै गर्नुपर्‍यो । यस्तै खण्डहरु छन् धेरै ठाउामा । बन्न बााकी बाटोको हिसाब गर्दा अब नाग्म-गमगढी सडकको ९१ कि.मि. मध्ये १६ कि.मि. जति बााकी होला Û समय परिस्थितिले साथ दियो भने हामीले यसै वर्षको अन्त्यसम्म लक्षित योजनाभित्रै सम्पन्न गर्नेछौा ।’
पारिपट्ट िदेखिएको त्यो टुक्रो मोटरबाटोलाई मात्र क्यामेरामा कैद गर्न मन लाग्छ मलाई । तर त्यस बाटोको राम्रो चित्र म हिाडिरहेको गोरेटोबाटोसाग टाासिएको एउटा घरको छतबाट आउनसक्छ Û यस्तै सम्भावना देख्छु र टेक्न पुग्छु त्यसै छतमा  ।
त्यहाा मैले नसोचेको हुन्छ । म ठूलो दुर्घटना हुनबाट बच्छु । सायद दुर्घटना भनेकै यस्तै हो क्यार Û नसोचेको, नपत्याएको, कल्पनादेखि बिल्कुल बाहिरको । नत्र मानिसले दुर्घटनाको कल्पनामात्र गर्‍यो भने पहिले नै सतर्क हुन्थ्यो र पाइला अगाडि बढाउादैनथ्यो ।
छतमा पाइला राख्नेबित्तिकै छतको पल्लो छेउमा बसेको कुकुर ‘हाउ……’ गर्दै आइपुग्यो दुई जम्पमा म नेर ।
म पछाडि भएका सैनिकहरुले ‘हेइ….’ भनेर नकराएको भए र लौरो नताकेको भए सायद मेरो पिाडुलाको मासु क्याप्पै पारेर निलिदिन्थ्यो । र, म रारातिर होइन, मोटर बोलाएर र्फकने थिएा उही बाटो र लाग्ने थिएा जुम्लाको खलङ्गातिर ।
धन्य भगवान् Û म ठूलो दुर्घटनाबाट बचेा ।
पछि पो राम्रोसाग हेरेा, सााच्चै डरलाग्दो थियो त्यो कुकुर- कालो, मोटो र ठूलो ज्यान भएको ।
अलिकति अगाडि बढ्दा देखियो एउटा जलविद्युत् योजना । त्यहााबाट उत्पादित बिजुलीले बोतामालिका झिलिमिली भएको रहेछ । सिाजामा नभएको बिजुली बोतामा ।
लगत्तै भेटियो एउटा स्कुल । दुई पहाडको फेदीमा बनेको कति राम्रो स्कुल Û मेजर केसीले मलाई भित्रै लगेर देखाउनुभयो । राम्रै रहेछ स्कुलको संरचना । नाम रहेछ ………….।
अब फेरि हामी उकालो लाग्यौा । झोला बोकेर पछिपछि आइरहेका छन् सिपाहीहरु, घोडा डोर्‍याएर हिाडिरहेका छन् सयसहरु, घोडाभन्दा पनि पछाडि परेकी छन् शीताष्मा र उनलाई साथ दिादै छन् क्याप्टेन शाही । तर हिम्मत गरेकी छन् शीताष्मा, घोडा नचढी हिाडेर ।
मेजर सञ्जय मलाई एउटा अनौठो गाउा देखाएर छक्क पार्ने सुरमा हुनुहुन्छ । भन्दै हुनुहुन्छ- ‘त्यो गाउा देखेर सरले पक्कै पनि अनौठो अनुभूति गर्नुहोला Û’
कुरा गर्दागर्दै हामी डााडोको एउटा छेाडोबाट छिर्‍यौा र देख्यौा त्यो गाउा । छोटकरीमा ‘बोता’ तर नामले चिनिने त्यो बोतामालिको संरचना सााच्चै अनौठो लाग्यो मलाई । कुन अनकन्टार पहाडतिर चढ्दै छौा भन्ने सोचाइमा हिाडेका मानिसलाई त्यहाा त्यति घना गाउा होला भन्ने कल्पना नै हुादैन ।
बोता गाउा देखेर मेरो मनमा लाग्दैछ, यस्तै लुकेर बसेका गाउाहरु कणर्ाली अञ्चलमा धेरै होलान् Û केही दिन अघिमात्र रेडियोबाट सुनेको कुरा म सम्झादै थिएा – बर्दियाको कुनै घना जङ्गलको बीचमा एउटा गाउा भेटियो रे Û  कस्तो अचम्म Û बर्दिया जस्तो तराईको जिल्लामा त नयाा नयाा गाउाघहरु भेटिादैछन् भने कणर्ालीजस्तो दुर्गम र हिमाली जिल्लाका पाखापखेराहरुमा नदेखिनेगरी कति बस्ती बसेका होलान् Û यस्तो भौगोलिक स्वरुप भएको मेरो नेपालको अठसठ्ठी साले जनगणना विवरण कस्तो आउला ?
बाटो निर्माणकै सिलसिलामा कतिचोटी आएका मेजर सञ्जयलाई त्यस क्षेत्रका बारेमा धेरै कुरा थाहा छ । भन्दै हुनुहुन्छ – ‘बोता गाविसका सात वडा यसै बस्तीका २५० घरमा सीमित छन् र यस बस्तीमा १७०० जनसंख्या छ ।
तीन तिरबाट पहाडले घेरिएर बसेको त्यो बस्ती  म उभिएको ठाउाबाट अलिकति माथि देखिन्छ । प्रायः सबैजसो एकतले ती घरका छानाहरु म देख्न पाउादिन, तर उाधोतिर मोहोडा भएका ती घरहरुको ढोका गुफाका द्वारजस्ता देखिन्छन् ।
हामी लम्कन्छौा त्यसै गाउातिर तर गाउाभित्रै नपसेर एक छेउबाट लाग्छौा उकालो र एउटा घुम्तीमा पुगेर हेर्छौा ती घरका छानाहरु पनि ।
अघि देखिएको बस्ती र अहिले देखिएको बस्ती एउटै भएर पनि स्वरुप एकदमै भिन्न देखिन्छ । तलबाट हेर्दा प्वालैप्वाल देखिन्थे, माथिबाट हेर्दा कान्लाकान्ला परेको खेतको बााझो फााट ।
जुम्लाका मध्यम र निम्न वर्गका मानिसहरुको घर निर्माण प्रक्रिया एकैखालको देखेा मैले । ढुङ्गा माटो र काठ प्रयोग गरी बनाइएका घरहरुको छानो पनि माटोकै हुनुचाहिा अनौठो लाग्यो मलाई ।
माटोले छाइएका छानाबाट पानी छिर्दैन ? मैले जिज्ञासा राखेको थिएा ।
‘छिर्दैन ।’ मैले उत्तर पाएको थिएा ।
‘कसरी ?’
‘छानाको तलपट्ट िदियार सल्लाका फल्याकहरु छापिएको हुन्छ, त्यसमाथि सल्लिबिरल वा भोजपत्रहरु राखिएको हुन्छ र माथिबाट कालो लेसिलो माटोले छापेर सिनित्त पारिएको हुन्छ । यतातिर पानी धेरै नपर्नेहुादा छानामा पानी अडिन वा भिजिरहन पाउादैन । हिउा पर्दा भने भारी भएर भत्किने डर हुन्छ । र त्यो सङ्कट आउन नदिनका लागि कोराहा लगाएर हिउा फालिरहनुपर्छ । अब भने पानी बढी पर्न थालेको छ, यसरी पानी परिहृयो भने छानाले थेग्न सक्दैन । जुम्लीहरुको समस्याको विषय बन्छ ।’
सिाजातिर नदेखिएको काठका चप्राहरुले छाइएको टहरो पनि देख्दैछु म त्यहाा । तिनमा प्रायः घाास दाउरा राख्ने गरिादोरहेछ र भनिादोरहेछ ‘नारे’ ।
नारे, अर्थात् हामीले बोल्ने भाषामा कटेरा वा कट्कुरा ।
यसरी ठाउाठाउामा उभिदा र दृश्यहरुमा दृष्टिपात गर्दा एकछिन थकाइ पनि मेटिादोरहेछ र केही जिज्ञासाहरुको जवाफ पनि प्राप्त हुादोरहेछ ।
त्यहााबाट अलिकति माथि उक्लिएर हामी एउटा डााडामा पुग्छौा । त्यहााबाट हामी उक्लिएर आएको बोताको उकालो र दुई डााडोको पुच्छारमा बसेको स्कुल पनि देखिादोरहेछ । यसैगरी माथि हेर्दा दुई डााडा बीचमा एउटा भञ्ज्याङ पनि देखिादोरहेछ । जुन भञ्ज्याङबाट हामीले जुम्लालाई छाडेर मुगु जिल्लाको रोता हुादै रारा जाादा रहेछौा ।
मेजर केसीलाई पसिना पुच्छै उकालो उक्लेर यहाासम्म आउनुपर्ने आवश्यकता थिएन । तर मायाले तान्यो, मलाई छाड्न सक्नुभएन र यहाासम्म आउनुभयो । अब भने उहाा पनि र्फकन तयार हुनुभएको छ र मेरो थकित शरीरले पनि घोडा चढ्ने मन गरेको छ ।
म देख्दै छु, शीताष्मा त घोडा चढिसकिछन् । उनी हामी छेऊ आएर मेजरसापसाग बिदा भएर पनि अगाडि बढिसकिन् ।
मेजर केसीलाई शङ्का छ, कतै केही त्रुटी भयो कि Û गर्नपर्ने केही कुरा गर्न सकिएन कि Û गर्नपर्ने कुनै कुरा बााकी रहृयो कि Û केन्द्रमा मेरो कमजोरीको सिकायत पो हुने हो कि Û
मसाग क्षमा माग्दै हुनुहुनछ केसीजी ।
म भन्छु – ‘मेरो निम्ति तपाईंले जति दुःख गर्नुभयो, मैले तपाईंलाई दिएको दुःखप्रति म क्षमा माग्छु ।’
त्यसपछि उहााले विनीत भएर भन्नुभयो- ‘सरको उदारताप्रति म कृतज्ञ छु ।’
दुई हात जोडेर उभिइरहेका मेजरसापलाई म अागालो मार्छु र काठमाडौामा भेट्ने वाचासहित बिदा हुन्छु ।
घोडा उभिएको छ मलाई बोक्न ।
मैले घोडा चढेर लामो यात्रा गर्न पाएको छैन । त्यस्तो अनुकुल परिस्थिति पनि बनेन । तर कसरी चढ्नुपर्छ भन्ने थाहा छ मलाई । तै पनि सयसले मलाई आड दिएर घोडाको पिठ्युामाथि बसाउान मद्दत गर्छ ।
अब यात्राको अर्काे क्रम सुरु हुन्छ मेरो घोडायात्रा ।
ट्याक्सी यात्राबाट सुरु भएको मेरो यात्रा विमान, मोटर, मोटरसाइकल, फेरि विमान, फेरि मोटर र पैदल हुादै घोडायात्रामा पुगेको छ । सोच्दैछु, अब मैले यी सवारीसाधन बाहेक अरु प्रयोग गर्नुपर्ने छैन । तर सम्भावना देख्दैछु- रिक्सा र टाागाको पनि ।
सयसले घोडा डोर्‍याएर अगाडि हिाडिरहेको छ, म घोडामाथि बसेर ढल्किएको छु । यसैगरी म अगाडि ढल्किदै गरेकी शीताष्मालाई देख्दैछु । पछिपछि आउादैछन् पिठ्युामा झोला बोकेर लुरुलुरु क्याप्टेन शाही र अझ पछिपछि आउादैछन् मेरो र शीताष्माको झोला बोकेका सिपाहीहरु ।
मेरो अनुमान छ, शीताष्माको घोडा चढ्ने व्यवस्था र मेरो घोडा चढ्ने व्यवस्था बेग्लाबेग्लै छ । तर मैले सोधेको छैन र सोध्ने आवश्यकता पनि देखेको छैन ।
सयस मलाई सतर्क बनाउादैछ – ‘सरले अगाडिपट्टकिो काठी बलियोगरी समाउनुहोला Û ठाडो उकालो चढ्दा अगाडि झुक्नुहोला र ओरालोमा खुट्टालाई अगाडि तन्काएर गर्धन पछाडि झुकाउनुहोला ।’
अगाडि चट्टाने बाटो देखिादैछ । सोच्दै छु, मान्छे नै चार हातखुट्टा टेकेर उक्लनुपर्ने बाटोमा घोडाले कहााकहाा टाप अड्याउाछ र उक्लन्छ ? शीताष्मा खै कसरी गइन् देखिना । प्रश्न गर्छु सयससाग – ‘ओर्लनु पर्छ कि ?’
‘पर्दैन, गइहाल्छ नि Û’ – ऊ भन्छ ।
तर डर लाग्छ मलाई तलतिर भीर देखेर । कथं कदाचित् घोडाले ठाडो चट्टानमा टाप अड्याउन सकेन भने र घुाडा टेक्न पुग्यो भने के हुन्छ ? म मनमनै सशङ्कित हुन्छु ।
तर सयसले फकाउादै घोडालाई उकालिछाड्छ – खत्रक् खत्रक् खत्रक् ।
म सयससाग प्रश्न गर्छु – ‘यसरी घोडा चढेर हिाड्दा घोडा र मान्छे एकैचोटि गुल्टिएका घटना छन् कि छैनन् ?’
‘छन्’ – ऊ सजिलै भन्छ ।
मेरो सातोपुत्लो उड्छ ।
पछि सोच्छु, मैले गर्न नहुने प्रश्न गरेा । यो प्रश्न मैले गर्न हुादैनथ्यो । शीताष्माले यस्तै प्रश्न गरिन् र सयसले यस्तै जवाफ दियो भने उनको नारीहृदयमा कति कम्पन होला Û मेरो जिन्दगी आधा उकालो लागिसके पनि उनको जिन्दगी त भरखर सुरु भएको छ नि Û
अलिकति तेर्साे हिाडेपछि थोरै ठाडो ओरालो ओर्लनु पर्दाेरहेछ । म देख्दैछु, शीताष्मा त्यस ओरालोमा अडिन नसक्ने देखेर ओर्लन खोज्दैछिन् र उनलाई सयसले बडो जतनसाथ समातेर ओरालेको छ । तर म भने नओर्लने पक्षमा छु ।
सयस भन्दैछ – ‘यस बाटोको सबैभन्दा अग्लो ठाउा चुच्चेमाराको टाकुरामा पुग्दासम्म ओरालोबाटो यतिमात्र हो ।’
‘यसै हो भने जाबो यति ओरालोमा म किन ओर्लुा ?’
नओर्लने निर्णय त गरेा तर साह्रै गाह्रो हुादोरहेछ ओरालोमा घोडा चढ्न । बलै गरेर, सासै रोकेर अडिनुपर्ने ।
बोताको डााडोबाट देखिएको भञ्ज्याङ अब हामीभन्दा माथि धेरै माथि देखिएको छ । त्यतैतिरबाट छङछङाएर ठाडै उाधोतिर लागेको घट्टेखोला नाघेर हामी त्यहीा भञ्ज्याङ ताकेर उक्लिन थालेका छौा । गोलागोला ढुङ्गैढुङ्गा छापिएको देखिादैछ माथिसम्म । बाटो यही नै हो भन्ने कुनै आधार छैन । ढुङ्गाको कुना काप्चा जतातिरबाट उक्लियो, त्यही बाटो ।  सयस हिाडेको बाटो र सयसलाई घोडाले पछ्याएको बाटो नै मूलबाटो ।
अब बल्ल म सयसको नाम सोध्दैछु ।
ऊ भन्छ – ‘पूर्णबहादुर विश्वकर्मा ।’
मलाई मनमनै हाासो पनि लाग्छ, म सम्झन पुग्छु मित्र अर्जुन विरक्तिलाई । उहाा भूमिगत छादा ‘पूर्णबहादुर विश्वकर्मा’ले चिनिनुहुन्थ्यो र त्यसै नामबाट लेख्नुहुन्थ्यो ।
म सोध्छु- अर्काे साथीको नाम Û
ऊ भन्छ – ‘गगन राउत ।’
‘घर नि ?’
‘दुवैको बोतामालिका ।’
घोडाको पनि त नाम होला Û के राख्नुभएको छ घोडाको नाम ?
‘टीके ।’
अर्काे घोडाको नाम नि Û
शीतल ।
वा….शीताष्माले शीतल घोडा पाइछन्, मैले भने टीके । कति नराम्रो नाम Û
यसरी हामी उक्लिदै जान्छौा र त्यस भञ्ज्याङमा पुग्छौा, जहाा नौमुलीको उकालो समाप्तीसागसागै जुम्ला जिल्ला पनि सकिन्छ र मुगु जिल्लाको रोता पुगिन्छ ।
माथि देखिने त्यो भञ्ज्याङ वा घााटीपछि आउने भूमि कस्तो होला Û अर्काे कुनै नाङ्गो पहाड चढ्नुपर्ने हो कि, जङ्गलको बाटो हिाड्नुपर्ने हो भन्ने उत्सुुकता बढिरहेको बेला म देख्छु – समथर घाासे मैदान । फराकिलो पनि छ लामैगरी तन्केको पनि छ ।
शीताष्मा र म त घोडा चढेका छौा तर यति लामो ठाडो उकालो उक्लिदा अरुलाई त थकाइ पनि लागेको हेाला Û
समय हेर्छु एक बजेको छ ।
बिहान सामान्य चिया बिस्कुट खाएर निस्केको मलाई भोक पनि लागिसक्यो भने अरुलाई पनि त लागेको हेाला Û
शीताष्मा र म घोडाबाट ओर्लन्छौा । अरुलाई पर्खन्छौा । सबैजना जम्मा हुन्छौा । चउरमा टक्राकटुक्रुक बस्छौा । गोलभेाडाको चटनीमा डोबेर उसिनेका आलु खान्छौा । इच्छा हुनेले बिस्कुट र निम्की पनि खान्छौा र चियाले पूर्णता दिन्छौा ।

काठमाडौं, नेपाल

प्रतिक्रिया दिनुहोस्

*