फाटेको मन

-शान्ता गौतम

फाटेको मनलाई सिलाइदेउ,
बाच्छ भने अमृत पिलाइदेउ।

खाल्टाखुल्टी किन जताततै,
डोजर लगाई मिलाइदेउ।

पर्दाबाट चिहाउनेलाई,
भरपेट मीठो खिलाइदेउ।

बहानामा निदाउनेलाई,
तताई झीर यो छिराइदेउ।

फिदिम, पाचथर ।

1 प्रतिक्रिया

  1. सुदिन थापा says:

    निक्कै राम्रो लाग्यो भावना कविको

प्रतिक्रिया दिनुहोस्

*