ख्याक
मनोज प्रधान
म सानो छँदा
हजुरमाले भन्नु हुन्थ्यो
छिँडीमा नजाउ
छिँडीको भर्याङ मुनि
ख्याक छ
जस्ले
छिँडी चढ्डा खेरी
पाइताला समातेर लँडाउँछ
माथि मात्र
बसीराख बाबू
त्याँहा ख्याकहरू छैनन्
छिँडी चढ्डा खेरी मात्र छन्
छिँडी उक्लिँदा खेरी मात्र छन्
आज
म ठूलो छँदा
थाहा पाँए
जीन्दगीको हरेक छिँडीहरूमा
ख्याकै ख्याक रहेछन
ख्याकै ख्याक रहेछन ।