मेरो म

– तेजेश्वरबाबु ग्वंगः

म एक प्रवाह
आफ्नै गति भित्रको
म एक स्वाभाव
आफ्नै आचारण भित्रको ।

गतिशील निरन्तरताले
स्वच्छ पखालिएको आचरण मेरो
म एक मेलमिलाप
सद्भावपूर्ण मुटुको
म एक मानव मार्ग
नडगमगाएको पाइलाहरुको ।

सद्भावनाका मानव मार्गमा
नडगमगिने आचरण मेरो
आत्मबलकै थाँक्रो हाली
आफूलाई चढाएको
अन्तराल भित्रको आकार देखाउन
लबेदा सुरुवाल पहिरन गरेको ।

हातेमालो गर्नै निम्ति
यी पाखुरीहरु सोझ्याएको
मिलिजुली गन्तव्य पुग्न
सरल तरल पाइला चालेको
म मेरै मुटुको ढुकढुकीमा हुन्छु
म आफ्नै पाइलामा गन्तव्य चिन्छु ।

1 प्रतिक्रिया

  1. suresh kaphle says:

    it is good. I like it.

प्रतिक्रिया दिनुहोस्

*