तिम्रो मात सम्झें

- सूर्य चापागाईं

तारा खसेको रात सम्झें
माया बसेको बात सम्झें ।

धेरै भएछ नछामेको
सुकोमल तिम्रा हात सम्झें ।

भइएछ धेरै, धेरै टाढा
नछुट्ने तिम्रो साथ सम्झें ।

उठाएँ प्याला बुझेन मन
अधरको तिम्रो मात सम्झें ।

तारा खसेको रात सम्झें
माया बसेको बात सम्झें ।

धनकुटा, हाल : काठमाडौं

प्रतिक्रिया दिनुहोस्

*