आमा र अस्पताल

- शुषमा मानन्धर
क्याबिन बाहिरको कोलाहलपूर्ण कोरीडोर थाकेपछि
अलिकति झप्की लाग्न पाएको हुन्न
काखीमुनि थर्मामीटर घुसाउँदै
ऊ झस्काउँछे
“आमा, ज्वरो नाप्नु प¥यो ।”
मध्यरातमा बल्लबल्ल लाग्न थालेको
पातलो निँद्रा पनि
अस्पतालकोएडजस्टेबल बेडबाट
छताछुल्ल पोखिन्छ,
पर परसम्म ।
सोहोर्दै थोपाथोपा
पटकपटक आँखाभित्र भिजाउन खोज्छु
तर परेलीमा नलाग्दै,
निँदसुकिसक्छर काँडा बनेर,
अर्को दिनभरि बिझाइरहन्छ ।
बेडअघिल्तिर उभिएकीभर्खरकी नर्स
मेरो पाखुरीमा पट्टी बाँधेर
ब्लडप्रेशर नाप्छे,
“ज्वरो सँग प्रेशर पनि छ आमा” ।
दुइटा चक्की, पानीसँग निल्न लगाई
उसलेछोडेर गएकी एक्लोपना,
प्राइभेट क्याबिनभित्र फन्फनी घुमिरहेको
सिलिङ फ्यानले पनि उडाउन सक्दैन ।
बरु अझै दुखाउँछतीखोसँग
सलाइनको लागि,नाडीमा घोपिएको नोजलसरि ।
इन्जेक्शन रोपिने मैदान बनिरहेका
पाखुरीका दुखाइले मात्र हैन,
आफैले हल्लाउन नसक्ने हर
रअक्सिजनको भारी सिलिण्डरले
अझ भारी बनाइरहेछन्
पल्टिरहनुको पीडालाई ।
राउण्डमा आउने डाक्टरहरु
सिटिस्क्यान नियाल्छन् ।
ढाड र करङकोे एक्सरेऔँल्याउँछन््,
“नआत्तिनुस् आमा, अझै केही समय लाग्छ” ।
उनीहरुले औल्याएकाबुढी हड्डीका कैफियतभित्र
सान्त्वनाभन्दा बढी पट्याईँ देख्छु ।
अनि देख्छु,
नर्सले अघिबिहान छाडेर गएकी
डाक्टरहरुले सँगै लान नसकेका
एक्सरेमा नदेखिने
नेबुलाइजरको बाफले नभिजाउने
कसैसित बाँडेर बाँड्न नसकिने,
चिसोएक्लोपना देख्छु।

sumisayemi@gmail.com

प्रतिक्रिया दिनुहोस्

*