बाँदरको सल्लाह

श्रीबाबु कार्की उदास

शिशिर ऋतुको समय थियो । लामो समयको खडेरीले वनजङ्गलमा कुनै जङ्गली फलपूmल र कुनै कन्दमुल बाँकी थिएन । हरियाली कहीँ कतै बाँकी नरहेकोले जङ्गल रूख्खा–सुख्खा र उराठलाग्दो भएको थियो । त्यही उराठलाग्दो जङ्गलको आश्रयमा लामो समयदेखि एक हुल बाँदर बसेका थिए ।

त्यस जङ्गलको बीचमा एउटा पानीको मुहान थियो । त्यही पानीको स्रोतबाट नजिकै एउटा पानीको पोखरी बनेको थियो । चर्को घाममा बाँदरहरू त्यही पोखरीमा पौडी खेलेर रमाउँथे । नजिकैको जङ्गलमा जङ्गली फलपूmल, कलिला मुना र गिठ्ठा, भ्याकुर, तरूलजस्ता कन्दमुल खोजेर बाँदरहरूको भोक टर्ने गरेको थियो ।

तर यो पटक लामो समय खडेरी प¥यो । खडेरीकै कारणले जङ्गल उराठलाग्दो भयो । बाँदरहरूले जङ्गलमा खानेकुरा केही पाउन छाडे र धेरै दिनदेखि बाँदरको हुल खान नपाएर आकुल व्याकुल थिए ।

खान नपाएका बाँदरहरूलाई विहान चाँडै निद्राले छाड्न थाल्यो । विहान झिसमिसेमै नजिकै रहेको गाउँघरका वारीमा पुग्थे, वारीमा पनि बाँदरले खानेकुरा केही भेट्टाउँदैनथे । हिउँदको याम भएकोले वारी पनि खाली–खाली हुन्थ्यो ।

बाँदरहरू वारीका डिलबाट मानिसहरूले घर अगाडि बनाएको मकैका थाङ्ग्रा हेरेर घुटुघुटु थुक निल्थे । ति मकैका थाङ्ग्राबाट मकैका झुत्ता चोर्ने अनेक दाउ गर्थे तर मानिसहरू बाँदरको हुल गाउँमा पसेपछि सबै जम्मा भएर बाँदरलाई धपाउन हा..हा..हो…हो… गर्दै ढुङ्गा–मुडा गर्न थाल्थे । विचरा ! बाँदरहरूको केही लाग्दैनथ्यो ।

आक्कलझुकल मात्र बाँदरहरूले मानिसका घरबाट मकैका घोगा उम्काउन सफल हुन्थे । त्यो थोरै घोगाले भोका बाँदरहरूको अचाक्ली भोक साम्य हुँदैनथ्यो ।  धेरै समयसम्म बाँदरहरू वारीका नावो आलु, सुकेका मकैको ढोंड, वारीमा झरेका कोदोका वाला र खेतमा झरेका धानका गेडा टिपेर खान्थे ।

त्यसले पनि बाँदरका भोक मर्दैनथ्यो । शिला खोजेको खानेकुराले कति दिन भोक टथ्र्यो र ? साँझ जङ्गल फर्कनु र कंकलासवात गर्दै झगडा गरेर बाँदरहरूको रात बित्ने गर्दथ्यो । बाँदरहरू आपूm केही जोहो नगर्ने । अर्काले गरेको पनि देखिसहँदैनथे ।

उपद्रो गर्नु, विगार गर्नु र ध्वंस गर्ने बानीले बाँदरलाई मानिसहरू पटक्कै मन पराउँदैनथे । “बाँदरले आफ्नो पनि घर बनाउँदैन र अर्काको घर पनि बाँकी राख्दैन” भन्ने उखान मानिसहरूमा प्रसिद्ध छ ।

एकदिनको कुरा हो, जङ्गलमा खानेकुरा केही नभएपछि बाँदरमध्येकी एउटी बूढी बाँदरर्नीले कसरी आफ्ना सन्तान र आफ्नो भोक मेटाउने भनेर स्थायी उपाय निकाल्ने कुरा सोच्न थाली । बूढी बाँदर्नीले धेरै उपाय लगाउँदा पनि बाँदरहरूको भोक मेटाउन कुनै सुत्र फेला परेन । उसलाई थाहा थियो, उपद्रोको अचाक्ली सहँदा सहँदा मानिसहरू पनि बाँदरहरूसँग चौपट्ट रिसाएका थिए ।

अन्ततः बूढी बाँदर्नीले आफ्ना सम्पूर्ण सन्तानलाई भोको नराख्ने उपाय निकाली । उक्त उपायले बूढी बाँदर्नीलाई आपूmहरू भोकै बस्नु पर्दैन भन्ने लागेको थियो । बूढी बाँदर्नीले आफ्ना सबै सन्तानहरूलाई जङ्गलमा आफ्नो कुरो सुनाउने निधो गरी । भोकले आकूल–व्याकूल बाँदरहरू पनि बाँदर्नीको छेउमा बसेर भोक टार्ने उपाय आउँछ कि भनी जिज्ञासु बन्न थाले ।

बूढी बाँदर्नीले आफ्नो उपाय बाँदरहरूलाई बताउन थाली– “सुन्, मेरा सम्पूर्ण आफन्तहरू ! हामी धेरै दिनदेखि भोका छौं । हाम्रा कति सन्तानहरू त अचाक्ली भोककै कारण मृत्युवरण गर्न पुगे, कति कुपोषणले ग्रस्त छन् । यसको लागि हामीले केही उपाय लगाउनु प¥यो ।”

बूढी बाँदर्नीले यति के बोलेकी थिई एउटा चङ्खे बाँदरले प्वाक्क बीचमै बोल्यो– “हैन खै त खानेकुरा ?”
चङ्खेलाई रोक्दै बूढीले भनि– “हतार नगर, अब यो जङ्गलमा पनि खानेकुरा केही
छैन । हामीले बाँच्ने उपाय त लगाउनै पर्छ कि कसो ?”
“हो…हो… सबै बाँदरले एउटै स्वरमा भने ।”

बूढी बाँदर्नीले थपी– “यो जङ्गल पनि पहिले हाम्रो पालाको जस्तो वाक्लो छैन । मानिसले हाम्रो वासस्थान (जङ्गल) पनि धेरै मासिदिए । हाम्रो खानेकुराको स्रोत पनि घटेर गयो । हामीले साकाहारी खानेकुरा मात्र खान्छौं, त्यसको लागि जङ्गली फलपूmल, कन्दमुल र वनस्पतिका कमिला मुना र डुकु नै हो । त्यो आज बाँकी छैन । अब के गर्ने त ?” बूढीले प्रश्न राखी ।

जङ्गलका सबै बाँदर चुप लागे । “हेर, अब चुप लाग्नु हुँदैन । दिनभरि जङ्गलमा चलेर, खेलेर बस्नु भन्दा यो जङ्गलमा धेरै भन्दा धेरै जङ्गली फलपूmल र कन्दमुलको विरूवा हामीले पनि रोप्नु प¥यो । लौ यो उपाय हामीले आजैबाट सुरू गर्न थालौँ । नत्र हामी र हाम्रो वंश विनाश हुने निश्चित छ ।”

बूढीले यत्ति के बोलेकी थिइ । बाँदरहरूले आफ्नो स्वभाव किन छाड्थे । एउटा बाँदरले बोलिहाल्यो– “हाम्रो काम मानिसहरूको जस्तो काम गरेर खाने होइन । हामीले त अर्काको आश्रयमा बाँच्ने हो । अर्काले लगाएको चोरी खाने र जङ्गलको भरमा बाँच्ने हो । हामीहरूको हजारौं पुस्ता यसरी नै वितेको छ, होइन र ?”

– बूढी बाँदरर्नीले सम्झाउन थाली, “हेर नानी बाबुहरू हो ! अब पनि अर्काको भरमा परनिर्भर जीवन बाँचेर हुन्छ ? अर्काले लगाइदेला र खाउँला भन्ने जमाना गए । अब त जसले आपैmँ कर्म गरेर खाँदैन ती जीव जनावरको जीवन अस्तित्वको सङ्कटमा पर्छ, हो कि होइन ?

– बूढीआमाले ठीक भन्नुभयो । अब हामीले पनि आपैmँले श्रम गरेर खानु पर्छ । यो वर्ष जसोतसो खाउँला । अर्को वर्षका लागि त वनमा हामीले पनि जङ्गली फलपूmलका विरुवा वृक्षरोपण गर्नु प¥यो । जङ्गलमा धेरै फलपूmलको बोटविरूवा भयो भने हामी मानिसहरूले लगाएको अन्नबाली चोर्न गाउँघर पस्नु पर्दैन, होइन र ? भीडबाट एउटा बाँदरले भन्यो ।

बूढी बाँदरर्नीको जङ्गलमा वृक्षरोपण गर्ने कुरामा धेरै बाँदरहरू सहमत भए । प्रक्रिया अघि बढ्यो । आफ्ना भावी सन्ततीका लागि भए पनि बाँदरहरूले जङ्गलमा लप्सी, बकैनो, क्यामुना, सरिफा, चिउरी, जामुनो, एैंसेलु, काफल, चुत्रो, बयर लगायतको फल लाग्ने विरूवा लगाउने निधो गरे । ती फलपूmलका विरूवा वर्षायाममा लगाउन सबैले खोजी गर्ने निर्णय भयो ।

नभन्दै धेरै जातका जङ्गली फलपूmलका विरूवा सङ्कलन भयो । बूढी बाँदरर्नीले सबैले खोजेको विरूवा खडेरीबाट बचाउन नजिकैको तलाउ छेउछाउमा गाड्ने र वर्षा लागेपछि सबै मिलेर वृक्षरोपण गर्ने जानकारी गराई ।

भोकले आकूल व्याकूल बाँदरहरूलाई खानकै समस्या थियो । बाँदरहरूको शब्दकोषमा सञ्चित गरेर खाने भन्ने शब्दै थिएन । अगाडि जे भेट्टाइन्छ त्यो खाने हो । भविष्य सोच्ने फुर्सद कहाँ थियो र बाँदरलाई ।

एकदिनको कुरा हो एउटा बाँदर पानी खान तलाउको छेउमा पुगेको थियो । उसले छेउमा हुर्काएका विरूवामा आँखा लगायो । विरूवामा चिसोले गर्दा विस्तारै मुना पलाउन थालेको थियो । उसले सोच्यो, “यो विरूवा कहिले रोप्ने, कहिले फल्ने र खान पाउनु, बरू यो मुना भाँचेर आजै भोक मेटाउनु प¥यो ।”

उसले धमाधम विरूवा उखेल्दै मुना खान थाल्यो । उसले खाएको देखेर एकाएक धेरै बाँदर मुना खान रूखबाट ओर्लिए । विरूवाको मुना खान सबै बाँदरमा हानाथाप प¥यो । निक्कै समय ङ्यार–ङ्यार ङुरङुर गर्दै सबैले एक–एकओटा विरूवा बोक्दै कुद्न थाले ।

हेर्दाहेर्दै तलाउको खडेरीबाट जोगाउन राखेका विरूवा सखाप भयो । बाँदरहरू हल्लीखल्ली गर्दै विरूवाको डाँठसम्म टोक्न थाले । विचरी चञ्चली बूढी बाँदरर्नी आफ्नो सल्लाह एकक्षणमै चकनाचुर भएकोमा दुःखी भई । लोभी बाँदरहरुले भविष्यको लाग नसोचेकामा ऊ थप चिन्तित बनी ।

प्रतिक्रिया दिनुहोस्

*