नेपालीका प्रथम मौलिक उपन्यासकार गिरीशबल्लभ जोशी

— प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

गिरीशबल्लभ जोशीको जन्म राजवैद्य गङ्गानाथ जोशीका कान्छा छोराका रुपमा वि.सं. १९२४ मा काठमाडौंको वटु टोलमा सम्पन्न परिवारमा भएको हो । पुख्र्यौली पेसालाई निरन्तरता दिन वनारसमा वैद्यक विषयको उच्च शिक्षा हासिल गरेका गरीशबल्लभलाई आयुर्वेदको राम्रो ज्ञान थियो ।

मोतीराम भट्टका समकालीन गिरीशबल्लभ जोशीको भेटघाट वनारसमा मोतीराम भट्टसग नभए पनि यिनको साहित्य सिर्जनाका थालनी त्यही भएको देखिन्छ । सम्पन्न परिवारमा जन्मी हुर्किएका गिरीशबल्लभ जोशीको जिउडाल निकै भीमकाय रहेको जानकारी पाइन्छ । उनी आनो अतिशय स्थूल देहका कारण हिंडडुल गर्न नसक्ने हु“दा उलिनकाठमा बसेर टोल, सहर घुम्थे । उनले कविराजको पैत्रिक पेसा अ“गाले पनि वैद्यखानाको जागिर भने निकै पछि मात्र खाएको बुझिन्छ । यिनको निधन ५६ वर्षको उमेरमा वि.सं. १९८० मा भएको हो ।

गिरीशबल्लभ जोशीद्वारा लिखित वीरचरित्र (१९६०) लाई नेपाली उपन्यासको इतिहासमा मौलिक उपन्यासको प्रवर्तन गर्ने महवपूर्ण कृति मानिन्छ । नेपालीका पहिला मौलिक उपन्यासकार बहुमुखी प्रतिभाशाली व्यक्तित्व जोशीले उपन्यास, कविता, निबन्ध आदि विभिन्न विधामा कलम चलाएको पाइन्छ । यिनका अधिकांश वृतिहरू १९९० सालको भुइचालोमा नष्ट भएको जानकारी पाइए पनि केही उपन्यास, नाटक भने उपलब्ध छन् ।

यिनका वीरचरित्र (१९५६ लेखन, १९६० प्रकाशन), बहादुरचरित्र (१९५७, लेखन), प्रारब्धदर्पण (१९६३ तिर लेखन), चन्द्रकला–आदित्यसेन (अपूर्ण), गिरीशवाणी (हिन्दी) जस्ता उपन्यास, सत्य नागचरित्र, पशुपति लीलाजस्ता नाटक, ईश्वरतव विवेक, योगसूत्र भाष्यजस्ता प्रबन्धमूलक कृतिहरू रहेको जानकारी पाइन्छ ।

गिरीशबल्लभ जोशीलाई नेपाली साहित्यमा प्रसिद्ध तुल्याउने विधा उपन्यास हो । नेपालीमा लेखिएका उनका प्राप्त चार उपन्यासमध्ये वीरचरित्र र प्रारब्धदर्पण प्रकाशित छन् भने बहादुरचरित्र र चन्द्रकला–आदित्यसेन अप्रकाशित छन् । यी चार उपन्यासमध्ये यिनको खास योगदानलाई प्रकट गर्ने र यिनलाई नेपाली उपन्यासकारका रूपमा प्रसिद्ध तुल्याउने उपन्यास वीरचरित्र हो ।

यस उपन्यासको लेखन १९५६ मा भए पनि यसको प्रथम भागको प्रकाशन १९६० मा र बाकी तीन भागसमेतको प्रकाशन २०२२ सालमा भएको हो । लेखनका दृष्टिले यो नेपालीको पहिलो मौलिक उपन्यास हो ।

रहस्य–रोमान्समूलक धाराको जासुसी, तिलस्मी प्रवृत्तियुक्त उल्लेख्य उपन्यास वीरचरित्रमा देवकीनन्दन खत्रीको उपन्यास चन्द्रकान्ताको सामान्य प्रभाव पाइए पनि यो वृmति उल्था वा अनूदित नभई लेखकको आनै सिर्जनशीलताबाट उत्पन्न मौलिक आख्यानात्मक संरचना हो । यसको कथानक आनै देशको सेरोफेरोमा घुमेको छ भने अधिकांशतः वर्गीय सहभागीहरूको निर्माण पनि नेपालीत्व झल्किने किसिमबाट गरिएको पाइन्छ ।

यसमा शासकलाई राक्षस र शासितलाई मान्छेका रूपमा प्रस्तुत गरी राक्षसको पराजय र मान्छेको विजय देखाई प्रतीकात्मक रूपमै भए पनि राणाकालीन शासकीय परिवेशको चित्रण गरिएको छ । त्यतिबेला सोझो पाराले यथार्थको अभिव्यक्ति गर्न नसकिने हुदा युगीन यथार्थलाई अभिव्यक्ति गर्नाका लागि जासुसी, तिलस्मीपनलाई अनुसरण गरिएको देखिन्छ ।

यसको प्रमुख सहभागी अग्निदत्तलाई क्रान्तिकारी व्यक्तित्व प्रदान गरी उसलाई न्यायप्रेमी र विवेकशील ढङ्गमा प्रस्तुत गरिएको छ । वनझाक्री, सुनझाक्रीजस्ता दानवको अत्याचारका विरुद्ध लडेर विजय प्राप्त गर्ने अग्निदत्तले क्रान्तिबाटै न्यायको स्थापना हुने जनाएको छ ।

उपन्यासको प्रमुख सहभागी अग्निदत्तले विभिन्न अन्यायी, अत्याचारी र दुराचारी शासकका विरुद्ध लडेर विजय प्राप्त गरेको र न्यायपूर्ण शासन व्यवस्था स्थापनामा राजाको भूमिका महवपूर्ण रहेको चित्रण पनि यसमा पाइन्छ । वर्गीय ढाचाका सहभागीका माध्यमबाट प्रतीकात्मक ढङ्गले तत्कालीन नेपालको चित्रण गरिएको यस कृतिमा अग्निदत्तको साहसिक जीवनकथाका साथै उसका बाबु र छोरास“ग सम्बद्ध घटना पनि समाविष्ट छन् ।

तन्त्रमन्त्र र विज्ञानको समन्वय गराउने प्रयत्न गरिएको यस उपन्यासमा तन्त्रमन्त्र, जादुटुनाका अनेक सन्दर्भहरूका साथै जहाज उडाउने, बमगोला पड्काउने, क्लोरोफर्म सु“घाउनेजस्ता विज्ञानसम्मत प्रसङ्गहरूको पनि चित्रण गरिएको छ । परिवेशगत व्यापकता पाइने यस उपन्यासमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको स्वदेशी परिवेशका साथै स्थानीयताको समेत दिग्दर्शन गरिएको छ ।

सत्यको विजय र असत्यको पराजय तथा न्यायपूर्ण स्वस्थ समाजको सिर्जना गर्ने उद्देश्यद्वारा अभिप्रेरित यस उपन्यासमा त्यसैअनुरूप घटनाको विन्यास गरिएको छ । गिरीशबल्लभ जोशीको वीरचरित्रले नेपाली उपन्यास विधालाई लोकप्रिय तुल्याउने विशिष्ट भूमिका खेलेको यस कृतिको लोकप्रियताले नेपाली उपन्यासको विकासमा विशेष सहयोग पुयाएको छ ।

यसको प्रथम भाग प्रकाशित भएपछि अन्य भागका लागि अत्यन्त माग आएको हुदा जोशी स्वयंले समयसमयमा यस उपन्यासको हस्तलिखित प्रतिलिपि तयार गराई दरबार तथा बाहिरका पाठकलाई दिनु परेको तथ्यले पनि यसको लोकप्रियता प्रमाणित हुन्छ । वीरचरित्र उपन्यासमा जासुसी, तिलस्मी, ऐयारी आदि अद्भुत तवको अतिशयता, काल्पनिकताका साथै सामाजिकता पनि पाइन्छ । सरल, सहज, रोचक र पठनीय भाषिक विन्यास पाइने यस कृतिलाई नेपालीको महवपूर्ण उपन्यास मानिन्छ ।

यी विविध दृष्टिकोणबाट हेर्दा यो उपन्यास अन्य रचनाको अनुवाद नभई मौलिक रहेको देखिन्छ । घटनाको प्रस्तुति जासुसी, तिलस्मी ढङ्गबाटै गरिएको भए पनि यसमा प्रस्तुत सामाजिक राजनैतिक सन्दर्भअनुरूप यस कृतिलाई प्रगतिशील ढाचाको उपन्यास मान्न सकिन्छ ।

गिरीशबल्लभ जोशीको अर्काे उपन्यास बहादुरचरित्र लोककथात्मक स्रोतमा आधारित प्रेम र शौर्यमूलक कृति हो । चामत्कारिक घटनालाई रोचक ढङ्गले प्रस्तुत गरिएको यो कृति उपन्यासकै ढा“चामा संरचित छ । विभिन्न कथाहरूको संयोजन गरी लघु आयाममै भए पनि औपन्यासिक ढाचा प्रदान गरिएको यिनको प्रारब्धदर्पण दन्त्यकथामा आधारित चमत्कारपूर्ण घटनाको वर्णन गरिएको कृति हो ।

गिरीशबल्लभ जोशीका यी विभिन्न रचनालाई हेर्दा यिनी विषयवस्तुलाई औपन्यासिक ढाचामा रोचक ढङ्गले प्रस्तुत गर्नसक्ने व्यक्तिका रूपमा देखापर्छन् । यिनको खास पहिचान नेपालीका प्रथम मौलिक उपन्यासकार हुनुमा रहेको छ ।

त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर, काठमाडौ“, नेपाल

प्रतिक्रिया दिनुहोस्

*