भेटघाट
– उज्ज्वल जी.सी.
भेटघाट अवश्य होला नकराऊ दुई–चार दिन
हृदयको शान्त तलाउ नचलाऊ दुई–चार दिन ।
बदला लिने रहर भए मुटुमै किला ठोके हुन्छ
ऑंसुले लेखिएको पत्र नजलाऊ दुई–चार दिन ।
ईश्वर सम्झि दश औंलाले पूजा गर्दैछु आजसम्म
बिन्ती छ मनभित्र घृणा नफलाऊ दुई–चार दिन ।
अरू जस्तै मान्छे हू‘ म जवानीले कतै मातिन सक्छु
हो,प्यास मेटाउन आए‘ भने नडराऊ दुई–चार दिन ।
तिम्रा भूmटा आरोपहरू चु‘क्क नबोली सहेकै त छु
भो, मानसिक यातनाले नगलाऊ दुई–चार दिन ।
००