सानो मुखले ठूलो कुरा नगर्नू

प्रा. रुद्र पौड्याल, भानु पुरस्कार विजेता, सन् २०१३

साहित्यको क्षेत्रमा कहिलदेखि प्रवेश गर्नुभयो ?

साहित्यक्षेत्रमा कहिले प्रवेश गरेँ, त्यो मलाई थाहा भएन । तर, बाल्यावस्थामा पिताजीले घरमा गाउँका युवा–युवतीसँगै दाजुहरूलाई पढाउँदा भनेका श्लोकहरू र हरेकीर्तन समाज (बाबाकै अगुवाई) मा बेलाबखत बस्न पाउँदा सायद साहित्यको बीज बस्यो होला ।

यहाँको पहिलो रचना ?

पहिलो रचना यो हो भनेर मलाई भन्न गाह्रो छ । कञ्चनजङ्घा पत्रिकामा सर्वप्रथम के छापिएको थियो अनि प्रगतिमा खै कुन कविता छापिएको थियो अहिले मैले बिर्सिएँ ।

यहाँ एक चर्चित गीतकार पनि हुनुहुन्छ । तपाईंका गीतलेखन कसरी सुरु भयो ?

मूल रूपमा गीतसम्बन्धमा भन्नुपर्दा मलाई गीत लेख्न लगाउने प्रथम प्रेरक सुश्री शान्ति ठटालज्यू हुनुहुन्छ । कुरा अलिक अनौठोे छ । प्रसङ्गमा भनिहालौँै सन् १९७७ सालमा गान्तोकमा कलेजको स्थापना भयो । म त्यहाँ नेपाली विषय पढाउने प्राध्यापक छानिएँ । कलेजको वार्षिक उत्सव मनाउने प्रसङ्गमा २०/२१ अगस्त हुँदो होे, हाम्रा प्रिन्सिपल महोदय डा.ए.के.सिन्हाले मलाई उहाँको अफिसमा बोलाउनुभयो । उहाँले कलेजको वार्षिकीमा सांस्कृतिक कार्यक्रम गर्नुपर्छ भन्नुभयो ।

त्यसपछि झट्ट मलाई लक्ष्मीप्रसाद देवकोटा जान्नुहुन्छ भनी सोध्नुभयो । उहाँ रसायनशास्त्रको विद्वान्, नेपाली बोल्नै नजान्ने । हामीसित अङ्ग्रेजीमै कुरा गर्ने । महाराष्ट्रको व्यक्ति, बङ्गाली मातभृाषा । यति हुँदाहुँदै पनि देवकोटाबारे मलाई सोध्दा म छक्क पर्दै भनेँ, ।।।कवि देवकोटा ! अँ म जान्दछु ।’ यतिमात्र होइन, अभिमानसँग भनेँ ‘मैले उहाँका जम्मै कृति पढेको छु ।’ म भखर्र २७ वर्ष लागेको थिएँ । ममा थुप्रै तन्नेरी लक्षणहरू थिए । उहाँले अब तिनै देवकोटाको गीतिनाटक ‘म्हेन्दू’ गर्नुपर्छ भन्नुभयो । मलाई अप्ठ्यारो प¥यो ।

मैले म्हेन्दू खण्डकाव्य सुनेको मात्र थिएँ, पढेको थिइनँ । तर पनि ।।।हुन्छ, हवस्’ भनेँ । । तपाईंलाई यो कुरा कस्ले भन्यो’ भनेर सोधेँ । ।।।नाजिमा, ग्रीन होटल, उनले भनेको’
भन्नुभयो । म तुरुन्तै नाजिमा दिदीकहाँ गएँ र सोधेँ, ।।।म्हेन्दू नृत्यनाटिका गर्नू भन्नुभएछ, तपाईंकहाँ पुस्तक छ ?’ नाजिमा दिदीले शान्ति दिदीहरूले लोरेटो कलेजमा यो प्रदर्शित गरेको कुरा गर्नुभयो । शान्ति दिदी केन्द्रीय विद्यालयमा सङ्गीत शिक्षिका भएर आएको कुरा गर्नुभयो । भोलिपल्ट केन्द्रीय विद्यालय गएर दिदीसँग परिचय गर्नासाथ मेरो समस्या भनेँ । उहाँले अर्को दिन कलेज आउने कुरा गर्नुभयो ।

त्यसपछि मुख्य सचिवको कार्यालय सहायिका (नाम बिर्सिएँ)ले उस बेला म्हेन्दू खेलेको थिइन्, तिनीसँग जाऊ भन्नुभयो, त्यहाँ गयौँ । केही कथानकबाहेक केही पाएनौँ । चौथो दिन दिदी कलेजमा आएर हार्मोनियम बजाउँदै उत्तम प्रधान र विमला प्रधानलाई बोलाउनुपर्छ भन्नुभयो । उहाँहरू पनि कलेजमा आउनुभयो र म्हेन्दूचाहिँ साँच्चै मिन्दू थियो । दिदीले भनेको कथाको आधारमा तीनवटा गीत त्यहाँ बनाइहेरेँ र दिदीलाई दिएँ ।

फुर्सदको समय दिदीले स्वर भर्नुभयो र राम्रो भयो भाइ, तपाईं लेख्न सक्नुहुँदोरहेछ, लेख्नुहोस् । भोलिपल्टसम्ममा १० वटा अरू गीत लगेर बिहान उहाँलाई दिएँ । जादु गरेझैँ उहाँले सबै गीतको स्वरवद्ध गरी तेस्रो दिनमा समग्र म्हेन्दूको गीतखण्ड समाप्त भयो । पछि ७ दिन बाँकी रहँदा दार्जीलिङबाट श्री देवदत्त ठटालजीलाई मेरा श्रद्धेय दाइ डा.सि.बी. सुनुवारले ल्याउनुभयो ।

४ दिनभित्रमा उहाँले यी गीतहरूमा नृत्य सिकाएर छैटौँ दिन हामी प्रदर्शनीका निम्ति तयार भएथ्यौँ । ५ सितम्बरका दिन कलेजको स्थापना दिवस भयो । डराउँदै प्रदर्शन ग¥यौँ । सबैले साह«ै मन छ पराए । जनाकाङ्क्षाअनुरूप दोस्रोचोटी पनि देखाइयो । पछि ।।।सङ्गीत नाटक एकांश’ संस्कृति विभागले खोल्यो । त्यसमा शान्ति दिदी, उत्तम प्रधान, विमला, सूर्यवीर तुलाधर, नरेन्द्र गुरुङहरू नियुक्त भए । म्हेन्दू सांस्कृतिक आदान–प्रदान कार्यक्रममा भारतका धेरै शहरहरूमा संस्कृति विभागले लग्यो ।

त्यसपछि प्रत्येक वर्ष एउटा गीतिनाटक तयार पार्ने ग¥यौँ । म गीत लेख्थेँ, दिदी सङ्गीत भर्नुहुन्थ्यो । उत्तम प्रधान र विमला प्रधान गाउने, बजाउने, गुरुजी नृत्य निर्देशन गर्ने हुँदै चाण्डालिका, कुञ्जिनी, वासवदत्ता, बिर्सिएको कथा आदि धेरैवटा गीतिनाटकहरू गर्दै गयौँ । यसमा शान्ति ठटाल, उत्तम प्रधान, विमला प्रधान, नरेन्द्र गुरुङ आदि धेरै गायकगायिकाहरू समाविष्ट छन् ।

यसबाहेक मेरो भतिज सागर गौतमको सङ्गीत रचनामा काठमाडौँका धेरै कलाकारहरूले गाएका चौधवटा गीतको सी.डी. तयार भएको छ ।
दिदीकै सङ्गीत लिएको मेरो देशभक्त गीतहरूको सँगालो ‘चेतना’ भारतीय नेपाली÷गोर्खा भाषाको पूर्ण देशभक्ति गीतको प्रथम एल्बम भन्ने सुनेको छु ।

तपाईं सशक्त नाटककार पनि हुनुहुन्छ । तपाईंका कुनकुन नाटक कहाँकहाँ मञ्चन भए ? बताइदिनुहुन्छ कि !

मेरा त्यति धेरै नाटक छैनन् । मैले सन् १९७३ तिर एउटा नाटक लेखेको थिएँ, ‘टुङ्गोको खोजीमा’ । जुन यो रङ्गेली बजारमा त्यतिबेलै मञ्चन भएथ्यो । पछि सन् १९७७ सालमा नाम्चीमा प्रदर्शन गरेका थियौँ । पूर्वमन्त्री जी.एम.गुरुङले पनि अभिनय गर्नुभएको यो नाटक उहाँ खोजी गर्दै हुनुहुन्थ्यो, फेला पार्नुभयो भने फेरि पनि मञ्चन गरौँला । ‘कर्म’ अर्को नाटक, बेलाबेला कताकता मञ्चन भएको सुन्छु । ‘मारा’ भन्ने नाटक गान्तोकमै प्रदर्शन गरेका थियौँ, संस्कृति विभागको तŒवावधानमा ।

यहाँको परिवारको छोटो परिचय पाउन सकिन्छ ?

मेरो परिवार अत्यन्त ठूलो छ । तर, तपाईंले सोध्नुभएको लक्ष्य गर्ने हो भने मेरी गृहिणी श्रीमती सीता पौड्याल तादोङ सरकारी उ.मा.वि. बाट भर्खरै अवकाश प्राप्त गरेर घरमै नातिहरूको हेरचाह गर्छिन् । एउटी छोरी अल्पायुमै दिवङ्गत भइन् । मेरो तेस्रो एल्बम यसै वेदनाको उपज हो । दुई पुत्ररत्नहरू छन् । शरद् शिक्षण पेसामा र वसन्त तकनिकी पेसामा सरकारी जागिरे छन् भने पुत्रवधुद्वय रोशनी प्रशिक्षिका, शिक्षक तालिम केन्द्र गान्तोकमा र ज्योति लेबर इन्सपेक्टर भई गान्तोकमा कार्यरत छिन् । दुई जना ससाना कूलदीपक नातिनीहरू छन् । बेलाबेला रोएर÷हाँसेर घर उज्यालो पार्छन् । यस्तै छ मेरो सानो परिवार ।

यहाँको मन परेको साहित्यिक विधा कुन होला ?

साहित्य र सङ्गीतका सबै विधाहरू मलाई उत्तिकै मनपर्छन् ।

साहित्यमा प्रवेश गर्ने प्रेरणा कहाँबाट पाउनुभयो ?

साहित्य अध्ययनको प्रेरणा कहाँबाट पाएँ भन्ने मलाई कठिन परेको छ । यसमा म मेरा पिताजी, आमा र मलाई पढाउने शिक्षक÷शिक्षिकालाई ग्राह्यता दिन्छु । साहित्य लेख्ने प्रेरणाको श्रेय भने मलाई मेरो श्रद्धेय गुरुवर प्रो. द्विजेन्द्रनाथ नर्गुणा, डा. रामकुवेर मालवीय र स्व. विश्वेश्वरप्रसाद कोइरालालाई धेरै दिन मन गर्छु ।

बौद्ध धर्मबारे तपाईंलाई धेरै ज्ञान छ । अहिंसा परमो धर्मबारे अलिकति भन्दिनुहोस् न ।

बौद्ध धर्म विश्वव्यापी धर्म हो । यो धेरै वैज्ञानिक छ । यसको मूल सिद्धान्त अहिंसा परमो धर्मले, जसको व्याख्या गर्न धेरै समय लाग्छ । बरु म यत्ति भन्छु कुनै पनि जीवनधारी जो जन्मन्छ, उम्रन्छ, बढ्छ र मर्छ । यस्ता कसैप्रति पनि कुनै प्रकारको आघात पु¥याउनु हो, यसबाट बच्नु नै धर्म हो, अहिले यति भनौँ ।

यहाँको जागिरे जीवन ?

एम.ए. दोस्रो खण्ड दिएर रिजल्ट हुुनुअघि रङ्गेली घरमा बसेकै बेला साथीहरूको अब हाइस्कुल खोलौँ भन्ने मनसायबमोजिम हामीले नयाँ श्रेणी बढाउन थाल्यौँ । सन् ०७५ मै सिक्किम भारतमा विलय भएपछि सरकारले शिक्षाको विस्तार गर्ने योजना बनाएछ ।

यसै प्रसङ्गमा तत्कालीन सहनिर्देशक डा.एन.के. जाँगिरा छुजाचेन जुनियर हाइस्कुल पुग्नुभएथ्यो । यो स्कुल हामी दसौँ श्रेणीको मान्यता दिन्छौँ तर तपाईंहरूले मलाई एउटा चिज दिनुपर्छ भन्नुभयो, स्व.टी.आर.दाइले जाँगिराज्यूलाई सोध्नुभयो — के दिनुपर्छ हामीले ? उहाँले हाँसेर भन्नुभयो, मेरो स्कुलमा नेपाली शिक्षक नहुँदा मेरा नानीहरू ठगिएका छन् । यो मान्छे मलाई मन प¥योमात्र भनेको हुँ भन्नुभयो । दाइले मलाई पेलिङ जान निर्देश गर्नुभयो । म सिधै पेलिङ गएर जोइनिङ रिपोर्ट दिएँ तर मेरो नियुक्तिको अर्डर थिएन ।

एकैचोटी तीन महिनापछि जाँगिरा स्कुलमा आएर सोध्नुभयो । मैले मेरो वेतनबारे सोध्दा उहाँले ए ! तिम्रो त एप्लिकेशन नै छैन भन्नुभयो । तुरुन्त एप्लिकेशन लेखेर दिएँ । दिदी रोजाबेला नाम्चु पनि सँगै हुनुहुन्थ्यो, उहाँले अर्डर बनाएर दिनुभयो । त्यसपछि म पक्का सरकारी कर्मचारी भएँ । केही दिनपछि मेरो एम.ए.को रिजल्ट आयो । मेरो मागअनुरूप म पी.जी.टी. बनाइएँ । १९७७ को फरवरीमा नाम्ची सवाधरामा ०७७ कै सितम्बरमा गान्तोकमा कजेल सुरु भयो । नोभेम्बर महिनामा म कलेज पठाइएँ तर विश्वविद्यालय अनुदान आयोगको नियमअनुरूप पछि मेरो स्थायी कारणको प्रक्रिया उत्तरबङ्गला विश्वविद्यालयद्वारा गराइयो । १९९५ मा म नाम्ची कलेजमा प्रिन्सिपल बनाइएँ ।

त्यहाँ कलेजको स्थापना गर्ने अवसर दिएर सरकारले पठाएकामा मैले पूर्ण योग्यताको प्रयोग गर्न पाएँ । २००० मा गान्तोक ओ.ए.डी. भएर शिक्षा विभागमा आएँ, अकादमी स्थापनाका निम्ति पठाइएँ । दुई वर्षको निम्ति सिक्किम अकादमीमा सचिवको पदमा काम गरेँ । त्यसपछि शिक्षा निर्देशक र प्रधान निर्देशक भएपछि सन् २०११ को मई महिनाभरि सरकारको आज्ञाबमोजिम काम गरेर १ जुन २०११ देखि अवकाश ग्रहण गरेँ ।

अहिलेका पिँढीलाई सुझाव ?

सुझाव दिन म त्यति योग्यको छैन, तर यतिचाहिँ भन्नुपर्छ, जीवनमा पलायनवादी भएर बाँच्नु राम्रो हुँदैन । कर्मठ भएर आफ्नो क्षमताले भ्याएको काम गर्दै आफ्नो परम्परा, जाति, समाज र देशको हितमा काम गरिरहनु राम्रो हो । कर्तव्यशील व्यक्ति हारेको कथा सायद छैन ।

अबको साहित्य कस्तो हुनुपर्ला ?

यो प्रश्न बडो जटिल छ । साहित्य यस्तो हुनुपर्ने भनेर किटान गर्नु राम्रो नहोला, यो स्वतन्त्र विधा हो । अनि यसको सीमा र सिद्धान्तभित्र अटाउने प्रवृत्ति छैन, सधैँ नयाँ रूप लिँदै जान्छ, समयसापेक्ष यसमा परिवर्तन हुँदै जान्छ । वर्तमानमा उत्तर आधुनिकतावादी साहित्य बढी चर्चामा छ । तर, यो स्थायी भन्न सकिन्न । सिद्धान्तमा बाँधिएको चीज फैलिन पाउँदैन, सीमा कोरिएको हुन्छ । सिद्धान्तबाट उन्मुक्त रहेर जान चेतनाअनुरूप अघि बढ्दै जान चेतनाअनुरूप अघि बढ्दै जाने साहित्य शृङ्खला कस्तो हुनुपर्ने भन्न
सायद नमिल्ला कि !

भानु पुरस्कार प्राप्त हुँदा कस्तो अनुभव भइरहेको छ ?

सन् १९८५ मा भानुजयन्ती समारोह समितिको सचिव मलाई बनाइएको थियो, महानन्दजी अध्यक्ष हुनुहुन्थ्यो । हामीले चन्दा सहयोग गरेर एउटा राम्रो कोष बनाएका थियौँ । त्यसबेला वर्तमानझैेँ कुनै स्थायी संस्था नहुँदा कोष उभ्रिए वर्षभरि राखेर अर्को वर्ष नयाँ समिति भएपछि हस्तान्तरण गर्नुपथ्र्यो । हामी २–४ जनाले भानु पुरस्कारको कुरा झिक्यौैँ । सभामा समय थोरै छ, भ्याइँदैन भन्ने पनि भयो । हामीले उमेरमा माथि पुगेका, नेपाली भाषाका धेरै सेवा गरेका वयोवृद्ध काशीराज प्रधानलाई यो पुरस्कार दिने भनेर जिद्दी ग¥यौँ, सभाले स्वीका¥यो । रुपियाँ अलिक थोर भयो, हामीले आफैँले केही थप्यौँ र ५ को अङ्कलाई चारपल्ट दोहो¥याएर पुरस्कार राशी तयार पारेर प्रथमचोटी हामीले थालेको यो पुरस्कार यति गरिमामय होला भन्ने सोचेका थिएनौँ । बीचमा आएर यसको महŒव बढ्दै गयो । खुसी लाग्यो, आफू संलग्न भएर रोपेको वर झाङ्गियो । अहिले साहित्य परिषद्ले मलाई यो पुरस्कार दिने भनेको सुन्नासाथ खुसी लाग्यो । तर, मनमा एकप्रकारको खेद लागिरहेछ । यत्रो मर्यादा हासिल गरिसकेको यो पुरस्कार थापेर त्यसको मर्यादा बचाइराख्न सक्छु के ? भन्ने त्रास मभन्दा ठूलो भएको पाएँ ।

भविष्यमा हजुरको के पढ्न पाउनेछ नेपाली साहित्य वाङ्मयले ?

नेपाली वाङ्मयमा सिर्जित वस्तुहरू पढ्ने प्रयास गरिरहेको छु । पाठकको कमीको हल्लाको समयमा यति कायम गर्न सकेँ भने नै राम्रो होला । केही लेखेर प्रकाशन गर्ने रहरमा छु । समयले साथ दियो भने त्यो पनि रहरकै कुरा हो । योभन्दा धेरै मैले शिक्षण पेसाबाट मेरो कार्यक्षेत्र सुरु गरेको हुँ । आफूलाई शिक्षण पेसा साह«ै मनपर्छ । घरमा आएका छात्रछात्राहरूसँग नेपाली साहित्य तथा विश्वसाहित्यकै चर्चा–परिचर्चा गर्दै आएको छु । फुर्सदको समय यस्तै काममा लागिरहने रहर छ । सानो मुखले ठूलो कुरा नगर्नू भन्ने बाबाको उपदेश थियो, यति ठूलो वाङ्मयमा मेरो के देन होला र ? तर, यतिचाहिँ अवश्य हो, म नेपाली साहित्यलाई सधैँ श्रद्धा गरिरहन्छु ।

साहित्य विशेष पत्रिका शाल्मलि दसौं अंक सिक्किम विशेषका लागि लागि वार्ताकारहरूः खुसेन तिम्सिना/नवीन लामिछाने/चक्रपाणि भट्टराई

1 प्रतिक्रिया

  1. दुर्गा says:

    राम्रो छ आफू भन्दा ठूला बडा को कुरा सुन्न पाउदा खुसी लाग्यो

प्रतिक्रिया दिनुहोस्

*