कविता यस्तो होस अब

– जय प्रकाश विवश

अचेल संसार एक्लो छ

रित्तो रित्तो छ

किन मनले यसरी हतासिएको अनुभूति गर्छ

खाली सन्नटा र रित्ततामा चलेको छ

मेरो आफ्नो संसार।।

होला तिमी हाँसेर बसेको देखेर आज म पनि मुस्कुराएको

होला तिमी रमाएको देखेर म पनि रमाएको

तर रित्तो संसारमा

खोक्रो आडम्बर बोकेर बाँचेका कैले नभोगेकाले

कसरी गर्छ र अनूभूति पनि?

बस यस्तै छ यँहा

बस, यस्तै।।

मान्छेको भिडमा मान्छेजस्तै छु

मन खै किन आँफूमा नभएको सोचेर

शिशिर छाएको महसुस गर्छु

बस जिन्दगी यस्तै चल्दैछ।।

अस्ति सुनकोशी थुनिन्दाँ मन भक्कानियो

हिजो बाँके डुब्दा, सुर्खेतमा पहिरो जाँदा आँखाले थाम्न सकेनन् भेल

भावनाको सँधै बग्ने खहरे पनि थिएन त्यो

एउटा विपत्ति र संकटमा थाम्न गा¥हो मन

बस यहि मन त छ एउटा

त्यहि पनि यस्तै संकट र खडेरीहरुमा बग्छ

र रुन्छ धरधरी

खै रुनुपर्ने नरोए पछि

सोच्नेले नसोचेपछि अर्थ त नलाग्ला

तै पनि जनताका आँशुमा कम्तिमा मल्हम लागोस्

भोका भएका पेटमा माड परोस्

चिसोमा आँगहरु नाङ्गो नरहुन्

बस यत्ति होस् यँहा

यत्ति होस।

आँखिभुई —८, संखुवासभा

प्रतिक्रिया दिनुहोस्

*