केहि हाईकु
— जयप्रकाश विवश
यथार्थ
बजारभरी
बग्रेल्ती पाईन्छन
व्यापारी प्रेम।।
राजनीति
सपना बाँडी
सस्तो बजारभर
दाम कमाऊ।।
भोको
लाज पचाई
सम्मानका खातिर
उ बाँचेको छ।।
देश
गुँड रित्तियो
बचेरा उडेपछि
माउ छोडेर।।
नेता
जनतासँग
आँशु साटेर पनि
महलमै छु।।
आँखिभुईँ —८, संखुवासभा
भूकम्पले देश तहसनहस भएको परिवेसमा ५ हाइकु
जीवन
फेरि भूकम्प
अस्थीपञ्जर थुप्रो
जीवनको बाटो ?
कार्यकर्ता
मौरि फूलमा
पातहरूको नृत्य
फलको आश
निती निर्माता
शिंह दर्बार
बाँस, टाट हाम्लाइ
तिम्लाइ सुन
नेता
भाषण बाजी
आश्को पोको कुरून्तै
भान्साको मेसो
जनता
तिठ्लाग्दो छोरो
जुनको पार ताप्दै
सूर्योदय आश्
एउटा वाक्यलाई तीन टुक्रा पारेर हाइकु हुन्छ र?