मीठो सम्झनाभित्र सृजना उत्सव र सृजनाका पाइलाहरु

- आचार्य प्रभा

 कति घटना, कति कुराहरु लेख्न लायक र लेख्न अप्ठ्यारा लाग्ने हुन्छन्। लेखौं भन्दापनी लेख्न सकिन्न, हुनत मान्छेका जिन्दगीमा धेरै कुराहरु सम्झना गर्न मन लाग्ने,सम्झना गर्दा नै मन कुँडिने वा सम्झनै मन नलाग्ने हुन्छन् तर मलाई भने आफुले गरेका धेरै यात्राहरु मध्ये भर्खरै गरेको साहित्यिक यात्रा अर्थात बोस्टनबाट “सृजना उत्सवले”न्युयोर्कबासी “सृजनाका यात्राहरुलाई”निमन्त्रणा गरेको सन्दर्भबारे हामीले तय गरेको यात्राको सम्झना र बोस्टनबासी साहित्यिक सर्जकहरु र साहित्य अनुरागीहरुले हामीलाई गर्नु भएको आतिथ्य सत्कारको सम्झना अनि सद्भाव मनमा ताजा रहेकोले मेरो मनको उद्वेगलाई थाम्न नसकी एउटा मीठो संस्मरण बनाएर लेख्न मन लाग्यो र,लेख्दैछु यसरी।
हुन त हामी कोलोराडोबाट आएको भर्खर तीन महिना पुरा भयो । न्युयोर्क आइेपुगेकै भोलिपल्ट अर्थात अक्टोबर ६ तारिखबाट कलमी खेतीको खेताला भएर हिँड्न थाल्यौं दुई दम्पती नै । सृजनाका यात्राहरुले बन्धक बनाइे हाले हामीलाई । यो स्वभाविक पनि थियो । सृजनाका यात्राहरुका यात्रीहरु सहदेव पौडेल,मणी बाङ्देल,मनु लोहोरुङ,बुद्ध चेम्जोङ यी सबै मेरा लङ्गौटे मित्रहरु हुन् बिगत ४ बर्षदेखी । अब के छाड्थे त यिनीहरुले हामीलाई ? हामीपनी कुन ड्याङका हौं र ? कलमी खेती गर्न पाए र यस्ता संगत पाए अब के चाहियो र ? र्‍याङको ठ्याङ मिलेपछी हामी एकै थलोमा समाहित हुन थाल्यौं। हर कार्यक्रमहरु छाडेका छैनौं बरु खान,पान छाडिएला कवि गोष्ठी भनेपछी त हिउँ,पानी,आँधीबेर्‍ही सबैलाई पो च्यालेन्ज गरेर पुगिन थालियो त !
यही शिलशिलामा कवि मणी बाङ्देलजीले हामीलाई पनि आव्हान गर्नु भयो कि बोस्टन “सृजना उत्सवले”न्युयोर्क सृजनाका यात्राहरुलाई यस्पटकको “सृजना उत्सव” कार्यक्रममा जाने निम्तो गरेको छ भनी । हामी सबैले एकापसमा सल्लाहा गर्‍यौं उक्त कार्यक्रममा जानलाई ।जनवरी १८ तारिख १.३०को बसमा जाने निधो हाम्रा नाइेके मणीबाङ्देलज्युबाट उद्घोष भयो । हामी न्युयोर्कबासीहरु मध्ये हामी ६ जना सहदेव्,प्रतिमा,सुनिता,कमला,केशव,मणी र म त्यो दिन जाने तयारीमा भयौं भने मनु र गीता पन्थ १७ तारिख नै हुइँकिएछन् । अन्य महानुभावहरु आ-आफ्ना सुबिधा मिलाएर जानु भो । १८ तारिख शनिबार बिहानै उठियो । दिन धुम्म भएपनी मन कंचन नै थियो । मणीज्युको आदेशानुसार् ११.३० मा ज्याक्सन हाइेटको ७४ को स्टेसनमा भेट्ने भन्ने थियो । हामी सोही समयमा ठ्याक्क उक्त ठाउँमा पुग्यौं तर हाम्रा कवि मणीज्युको बास स्थान अलिक टाढा पर्ने हुनाले वहाँ आउन अलिक ढिला भो । कमला र सुनिता अघी नै आएर कफी पिउँदै रहेछन् । भेट भयो ।
हामी सबै भेला भएर पहिलो यात्रा ट्रेनबाट शुरु गर्‍यौं । त्यस्पस्चात बोष्टनको बस स्टपतिर लाग्यौं ।बस चढ्ने स्थानमा सहदेवजी र प्रतिमा बैनीलाई पनि भेट्यौं । सबैजना बसमा आ-आफ्नो यथा स्थानमा बस्यौं । बस आफ्नो रफ्तारमा गूड्न शुरु भयो । प्राय सबै सँगसंगै बसेकाले हामी ६ जनाले मीठा मीठा हँसी,ठट्यौलीका कुराहरु गर्दै गयौं । कमला बैनीले निक्कै खानेकुराहरु बोक्नु भएको रहेछ । बस चालु हुन नपाइे नै हामीले ती खाने कुराहरु बुक्याउन थाल्यौं । बस गुडेको लग्भग १ घण्टा मात्र के भएको थियो । मणीजी उठेर खुट्टा सोझ्याउन थाल्नु भो । केशबजीले के भयो मणीजी भनेर सोद्ध्दा अलिक अप्ठ्यारो भयो भन्नु भो । आफ्नो छेउमा आफ्नो जस्तै ज्यान भएको मान्छे परेछ त्यही भएर मणीजीलाई असजिलो भएछ । केशबजीले ल’न त ठाउँ चेन्ज गरौं भनेर दुइजनाले सिट चेन्ज गर्नु भो । मणीजी मेरो छेउमा आएर बस्नु भो । मैले सोधें के भो ? भनेर म जत्रै मान्छे परेछ अलिक अप्ठ्यारो भयो भनेर भन्नु भो । मैले पनि मौका पारेर भनी हालें । “कस्तो लाग्यो त ? आखिर त सानो मान्छे नै काम लाग्छ नि” भनेर,किन कि मैले यसो भन्नुको पछाडि पनि किस्सा छ । त्यो पछी थाहा होला ।हामी लग्भग ५.३० बजेतिर बोष्टन बस स्ट्याण्डतिर पुग्यौं ।
हामी पुग्नुभन्दा अघाडी नै महेश्वर पन्तजी हामीलाई कुरेर बसिरहनु भएको रहेछ । हामी ४ जना महेश्वरजीको साथ लाग्यौं भने मणीजी र केशबजी बिष्णु माया परीयारजीको साथ लाग्नु भयो । हामी लग्भग ७ बजेतिर गन्तब्य स्थान अर्थात रात्री भोजको साथमा परिचायत्मक कार्यक्रमकोलागी तयार गरिएको स्थान फिस टेल रेष्टुरेन्टमा पुग्यौं । अन्य बोष्टनका सर्जकहरु लगायत गोबर्द्धन पूजाजी हामीलाई कुरेर बस्नु भएको रहेछ । मीठो भेटघाट र परिचयको साथमा रात्री भोज भयो । त्यो समय मलाई यस्तो अनुभव भयो कि तारे होटलको बास र खाना तर पाहुना सत्कारमा लापर्वाही भएर तारे होटलको शान दिनु र पाउनु भन्दा त्यो सानो नेपालीले संचालन गरेको रेस्टुरेन्टको साग/भात र न्यानो सद्भावपूर्ण आतिथ्य सत्कारले मन नै प्रफुल्ल बन्यो । रेस्टुरेन्टका साहु कति हँसिला ? न्युयोर्कमा करिब ३ महिना अँध्यारो अनुहार (आफ्ना नजिकका मित्रहरु बाहेकका )देखेर मन खिन्न भएको बेला त्यो रेष्टुरेन्टका
स्टाफहरु र मालिकको हँसिला मुहारले मभित्र त छुट्टै आनन्दको तरङ संचार भइेरहेथ्यो ।

बेलुका रमाईला गफहरु भए यही बिचमा ३/४ जना भुटानी नेपाली समुहका भाइहरु पनि त्यँहा आइेपुगे । मलाई भने ती भाइहरुको आगमनले छुट्टै हर्ष भयो किनकी म बिगतमा भुटानिज समुहका भाइहरुसँग निक्कै रमाएकी थिएँ दमक झापामा हुँदा । मेरो निक्कै संगत थियो । मलाई कतिखेर उनिहरु नेपालका कुन क्याम्पबाट आएका हुन्? भन्ने प्रश्न सोध्ने अभीप्शा थियो।त्यहीबिचका एकजना भाइले आचार्य प्रभा दिदी होइेन ? भनेर सोधी हाले । मैलेपनी उत्साहित हुँदै सोधें कसरी थाहा भो भाइ?उन्ले भने म सानो नै थिएँ हाफ्पेण्ट लाएर कुद्ने त्यो समयमा भुटानिज गजल मन्चले दमक नगर पालिकामा कार्यक्रम गर्दा तँपाइेलाई देखेको भनेर भने । त्यो कार्यक्रम त मलाई थाहा थियो तर त्यो भाइ सानै भएकोले मैले के चिन्ने र ? यो भेट्मा त उनी वयस्क भइेसकेका रहेछन् र साहित्यका रथ हाँक्न सक्ने भएका रहेछन् ।

मैले यसैबिचमा सोधें भाइको नाम के हो ? हामी फेसबुकमा साथ छौं ? भनेर उन्ले अलिक मलिन मुहार लाएर भने मैले निक्कै अघाडी नै रिक्वेस्ट पठाएको थिएँ हजुरले एक्सेप्ट गर्नु भएन त्यसैले मैले क्यान्सिल गरें । मैले उन्लाई ढाडस दिएँ । मलाई थाहा भएन म आँफै रिक्वेस्ट पठाउँछु भनेर ।मैले फेरि उन्को नाम सोधें । उन्ले मेरो नाम उमेश आचार्य भनेर भने । मलाई मनभित्र खिन्नता जागेर आयो । मैले कस्तो याद गरिनछु भनेर किनकी भुटानिज् समुहको हरेक कार्यक्रममा म दमकमा हुँदा जाने। उनिहरुलाई हल्का प्रेरणा दिने काम पनि मैले गरेकी नै हुँ तर यही समुहको एक कलमकर्मिलाई कसरी छुटाउन पुगेछु भनी । खैर जे होस् त्यो ठाउँमा ती भाइहरुलाई भेट्दा मलाई भित्री खुशी भयो भने झापाका शिविरहरुको द्रिष्यपनी आँखाभरी सल्बलाएर अतितले बिथोल्न पुग्यो । त्यो प्रिय दमक अनि बेल्डाङी,पथरी,टी माइे शिविरका द्रिश्यहरु ।मीठा मीठा साहित्यिक गफ,हँसी मजाकको साथमा बेलुकाको भोजन गज्जबले गरियो । पिउनेहरुले अलिअलि दुरुङ पानी पनि पिए क्यार!ओहो!दीपा राइे पुन र गोबर्द्धन पूजाजी त पक्का आतिथ्य सत्कारमा समर्पित हुनुहुन्थ्यो । घुमीघुमी थपी दिने कस्ले चिसो खान्छ?कस्ले तातो आदी,इेत्यादी । त्यती मात्र कहाँ हो र ? रेस्टुरेन्ट मालिक पनि घुमी घुमी सोध्न हाजिर । जे होस् रात्री भोज बडो आनन्दले सुखको मानोको उदाहरण स्वरूप खाइेयो । बोष्टनका अन्य सर्जकहरु ममता कर्माचार्य,अनु शाह अनि पूजाजीकी धर्म पत्नीको पनि आगमन भयो । महेश्वर पन्तजी त खडा नै हुनुहुन्थ्यो हाम्रालागी । मानौं हामी कुनै स्पेशल पाहुना नै हौं त्यो समय बोष्टनको झैं ।
बेझिझकसँग हामीलाई बोष्टनका सर्जकहरुले न्यानो आतिथ्य सत्कार गरेको सम्झिँदा अझपनी मनभित्र कता कता सुनाखरी फुल्छ । आफ्नो हरेक मिनटको महत्वपूर्ण समयलाई बिर्सेंर अरुको सेवामा लाग्नु भनेको प्रवासमा त्यो पनि अमेरिकाको ब्यस्त समयमा वहाँहरुको साहित्य र सृजनाप्रतिको समर्पण नै मान्नुपर्छ । हरेक घण्टाको डलरको हिसाब गरेर बस्ने हामी गुलामीहरु बिना लालच पाहुना र साहित्यकोलागी आ-आफ्ना गोजीबाट त्यसरी पैसा खर्च गरिगरी कार्यक्रम आयोजना गर्नु मनको हिसाबले सगरमाथा नै हुनुपर्छ ।
त्यहिबिचमा म रेष्टुरेन्टको मालिकको हँसिलो मुहार,मीठो बोली,नहाँसी नबोल्ने बानी त्यत्ती रात भइेसक्दा पनि समयको पाबन्दी नराखी आतिथ्य सत्कारमा लागिरहेको देख्दा परिचय गर्न मन लाग्यो । मेरो श्रीमान भने अघिदेखी वहाँसँग बोलिराख्नु भएको थियो र मपनी नजिक गएँ र नमस्ते गरें । मैले वहाँलाई धन्यवाद भनें वहाँको हामीप्रतिको सेवाकोलागी । यहीबिचमा मेरो श्रीमानले भन्नु भयो । ओहो!वहाँलाई त कस्तो नराम्रो समस्या परेकोरहेछ भनेर । मैले कस्तो समस्या भनेर सोधें । वहाँले भन्नु भयो मेरी श्रीमतीलाई ब्रेष्ट क्यान्सर भएको छ । फोर्थ स्टेप भईसकेछ । डाक्टरले अब कुनैपनी बेला उस्को मृत्‍यु हुन सक्छ भनेको छ भनेर भन्नुभयो । म निशब्द बनें । ओहो!कस्तो दु:खद कुरा ?तरपनी तँपाइले हाँसी हाँसी यहाँ काम गरिरहनु भएको छ । हामीलाई यस्तो सेवा गरिरहनु भएको छ भनेर भन्दा वहाँले हाँसी हाँसी नै जवाफ दिनु भो के गर्ने त ? अमेरिका जस्तो ठाउँमा पनि यो रोगको उपचार हुन नसकेपछी कसैको केही नलाग्दोरैछ । कति सम्म पो गरिएन र ?त्यो घट्ना सुनेपछी मलाई धेरै दु:ख लाग्यो । मनभरी नराम्रो पीडा भरिए झैं लाग्यो । यत्तिकैमा सुत्न जाने तयारीमा लाग्यौं ।
सबैजना त्यो साँझ बिदा भयौं भोली कार्यक्रममा भेट्ने भनी । हामीलाई महेश्वर पन्तजीले नै मोटेलसम्म पुर्‍याइेदिनु भो । त्यो ठाउँबाट लग्भग एक घण्टा नै लाग्ने मोटेल बन्दोबस्त गरिएको रहेछ । हामी बाँडियौं त्यँहाबाट । गीता पन्थ पूजाजीकोतिर । मणीजी बिष्णु मायाजीकोतिर हामी सहदेव,प्रतिमा,कमला,सुनीता,केशबजी र म मोटेलतिर लाग्यौं महेश्वरजीसँग ।
मोटेल पुग्यौं । महेश्वरजीले हामीलाई छाडेर फर्किनु भो । हामीलाई ३ वटा कोठा बुक गरिएकोरैछ । सहदेव जोडी एउटा कोठामा। सुनीता र कमला एउटा कोठामा हामी जोडी एउटा कोठामा । जाडो निक्कै थियो । हिउँको हैकमले हामीलाई निक्कै सजाय दिइेरहेको थियो । आ-आफ्नो कोठामा सबै लाग्यौं । कोठाभित्र पस्नासाथ जाडो महशुस भयो । ठुल्ठुला कोठा । मान्छे दुई भएको कारणले पनि मलाई चाँही निक्कै जाडो नै महशुस भयो । सुत्ने तर्खरमा लाग्यौं । रात निकै अघी बढेको र जाडी भएको कारणले सबैजना आ-आफ्ना कोठामा गुप्तबास बस्यौं हुन त हाम्रो योजना कस्तो थियो भने आधारात सम्म गफ्गाफ गर्ने। रमाइेलो गर्ने भन्ने तर अत्ती चिसो भएकोले त्यो सम्भव भएन तर पनि मैले सुनीतालाई कोठाबाट नै फोन गरें । कतै आउँछन् कि भनेर तर सुनीताले होस् आराम गरौं भन्ने इेच्छा ब्यक्त गरेकोले मैले पनि फोन राखेर कम्मलमा तातो हुने नै मन गरें ।
ओछ्यानमा पल्टिन त पल्टिइेयो तर निन्द्रा भने पटक्कै परेन कारण त्यो कोठामा यत्ती सार्‍हो गाँजा र सिगरेटको गन्ध आएको कि मानौं त्यो कोठाभित्र धुँवाको मुस्लो नै मण्डारिरहेको छ । अँह पटक्क निन्द्रा परेन । फेरि निन्द्रा नपर्दा भने मनमा अनेकौं कुरा खेल्छन् । मलाई भने उही रेष्टुरेन्ट मालिक दाइकै दर्दनाक कथाले सताइे रह्यो । म छट्पटिएँ बेस्सरी मानौं त्यो चोट मभित्र नै छ जस्तै ।

जसोतसो निदाउँदै रहेछु कसो कसो बत्ती अँध्यारो उज्यालो हुँदै पिलिक पिलिक गरेको मेरो बन्द आँखामा पनि पर्‍यो । मलाई यस्तो डर लाग्यो कि मनमा अनेकानेक शंखा,उपशंखा उब्जियो र मैले घुर्दै निदाएका केशबजीलाई उठाएँ तर त्यो मेरो मिथ्या भ्रम रैछ टि.भि.बिना आवाज खुल्लाई छाडिएको रैछ उज्यालोकोलागी। त्यो टि.भि झिपिक झिपिक भएको रैछ। त्यो डर त भाग्यो । अब अर्को कारण निन्द्रा नलाग्नुको के थियो भने हामीदेखी पल्लो कोठामा यत्ती ठुलो आवाजमा टि.भि अन गरेको कि सिनेमा हलको जस्तै । यही कारणहरुले निन्द्रा पटक्क लागेन । घरिघरी त झ्याल खोल्न पाए नि त्यो धुँवाको खारबाट बँच्ने थिएँ जस्तो पनि नलागेको थिएन तर आफ्नो असुरक्षाको कारणले पनि झ्याल खोल्ने कुरा नै आएन । यसरी त्यो रात अनिंदो मै बित्यो । कठै!हाम्रा बोष्टनका सर्जकहरुले खल्तिबाट कति पैसा निकालेर हाम्रो सजिलोकोलागी त्यती टाढा भएपनी हामीलाई मोटेल बुक गरिदिनु भएको थियो । यो कुरा सुनेर वहाँहरुपनी दुखी बन्नु भो तर यो दु:ख वहाँहरुबाट नभइे मोटेल को कम्जोरी नै थियो ।

बिहानको ११.०० बजे ठ्याक्क महेश्वरजी हामीलाई लिन आइेपुग्नु भो । दिनपनी त्यती खुलेको थिएन।जाडो नै थियो । त्यो जाडोमा एक कप कफी या चिया केही पिउन पाए हुन्थ्यो भन्ने चाहनामा थियौं हामी । महेश्वरजीले डन्की डोनटमा लगेर कफी र डोनट पनि खुवाउनु भो । हामी त्रिप्त बनेर लाग्यौं । हिजो बेलुका भेला भएकै रेष्टुरेण्ट “फिस टेल”मा।साथीहरु सबै जम्मा हुँदै रैछन् । मनु र दीपा कार्यक्रमको तयारीमा लागेका रहेछन् । गोबद्धर्नजी पनि ब्यस्त हुनुहुँदो रहेछ । करिब ३ बजे तोकेकै समयमा कार्यक्रम शुरु भयो । सबैजना लाग्भग आइेसकेका थिए । कोही आउँदै थिए । यही समयमा न्युयोर्कको प्रशिद्ध च्यानल व्हाइेट हिमाल टेलिभिजन पनि यो कार्यक्रमलाई आफ्नो च्यानलमा कैद गर्न त्यँहा आइेपुगेको थियो । उक्त च्यानलका कार्यक्रम प्रस्तोता शैलेस श्रेष्ठज्युले कार्यक्रम संप्रेषणकोलागी श्रष्टाहरुलाई सानो अन्तर्वाता पनि लिनु भो त्यस्मा म पनि परेँ । त्यो समय हामीलाई दुइवटा मौका मिल्यो भन्नुपर्छ ।
कार्यक्रममा अल्फाबेट अनुसार रचना बाचन गर्न बोलाइेयो । सबैभन्दा अघाडी मेरै नाम आयो मैले दुइेवटा रचना वाचन गरें । यसरी सबैले बिना होहल्ला आ-आफ्ना रचनाहरु प्रस्तुत गरे । कार्यक्रम बडो भद्र र शान्तसँग चल्दैथ्यो । उक्त कार्यक्रमलाई व्हाइेट हिमाल टेलिभिजन सँगै भुटानिज् समुहको तर्फबाट र सृजनाका पाइेलाहरुका एक संस्थापक सहदेव पौडेलज्युले पनि आफ्नो क्यामेरामा कैद गरिरहनुभएको थियो । कार्यक्रममा न्युयोर्क,बोष्टनभित्रकै अन्य शहरहरु लगायतका धेरै श्रष्टाहरुले पनि आफ्ना रचनाहरु बाचन गर्ने अवसर पाए ।
कार्यक्रममा हामीले मोदनाथ प्रश्रितज्युको २०१८ साल ताकाको रचना र वहाँका केही मन्तब्य सुन्ने पनि मौका पायौं । जे होस् कार्यक्रम साहित्यमय भएर शान्त तवरले सम्पन्न भो । सोही कार्यक्रममा अर्को खुशीको कुरा के लाग्यो भने फेसबुक मित्र शेखर ढुङेलसँग कुरा गर्ने मौका मिल्यो । त्यो दिनदेखी म वहाँसँग ज्यादै इम्प्रेसिभ भएँ कारण वहाँ मैले सोंचेभन्दा खुल्ला हृदय र फ्र्याँक हुनुहुँदो रहेछ। त्यस्तै गरेर अर्का फेसबुक मित्र जि पि एस,हरी थापा ज्यु वहाँहरु आँफै आएर परिचय दिनु भो । यसरी ओछ्यानमा पल्टिन त पल्टिइेयो तर निन्द्रा भने पटक्कै परेन कारण त्यो कोठामा यत्ती सार्‍हो गाँजा र सिगरेटको गन्ध आएको कि मानौं त्यो कोठाभित्र धुँवाको मुस्लो नै मण्डारिरहेको छ । अँह पटक्क निन्द्रा परेन । फेरि निन्द्रा नपर्दा भने मनमा अनेकौं कुरा खेल्छन् । मलाई भने उही रेष्टुरेन्ट मालिक दाइकै दर्दनाक कथाले सताइे रह्यो । म छट्पटिएँ बेस्सरी मानौं त्यो चोट मभित्र नै छ जस्तै ।

जसोतसो निदाउँदै रहेछु कसो कसो बत्ती अँध्यारो उज्यालो हुँदै पिलिक पिलिक गरेको मेरो बन्द आँखामा पनि पर्‍यो । मलाई यस्तो डर लाग्यो कि मनमा अनेकानेक शंखा,उपशंखा उब्जियो र मैले घुर्दै निदाएका केशबजीलाई उठाएँ तर त्यो मेरो मिथ्या भ्रम रैछ टि.भि.बिना आवाज खुल्लाई छाडिएको रैछ उज्यालोकोलागी। त्यो टि.भि झिपिक झिपिक भएको रैछ। त्यो डर त भाग्यो । अब अर्को कारण निन्द्रा नलाग्नुको के थियो भने हामीदेखी पल्लो कोठामा यत्ती ठुलो आवाजमा टि.भि अन गरेको कि सिनेमा हलको जस्तै । यही कारणहरुले निन्द्रा पटक्क लागेन । घरिघरी त झ्याल खोल्न पाए नि त्यो धुँवाको खारबाट बँच्ने थिएँ जस्तो पनि नलागेको थिएन तर आफ्नो असुरक्षाको कारणले पनि झ्याल खोल्ने कुरा नै आएन । यसरी त्यो रात अनिंदो मै बित्यो । कठै!हाम्रा बोष्टनका सर्जकहरुले खल्तिबाट कति पैसा निकालेर हाम्रो सजिलोकोलागी त्यती टाढा भएपनी हामीलाई मोटेल बुक गरिदिनु भएको थियो । यो कुरा सुनेर वहाँहरुपनी दुखी बन्नु भो तर यो दु:ख वहाँहरुबाट नभइे मोटेल को कम्जोरी नै थियो ।

कार्यक्रममा अल्फाबेट अनुसार रचना बाचन गर्न बोलाइेयो । सबैभन्दा अघाडी मेरै नाम आयो मैले दुइेवटा रचना वाचन गरें । यसरी सबैले बिना होहल्ला आ-आफ्ना रचनाहरु प्रस्तुत गरे । कार्यक्रम बडो भद्र र शान्तसँग चल्दैथ्यो । कार्यक्रममा हरिमाया खतिवडाले सागर खतिवडाज्युको तबला बादन र महेश्वर पन्तज्युको हार्मोनियमको साथमा दुइेवटा गजलहरु संगीतमय धुनमा गाएर सुनाउनु भो जुन रोचक र माधुर्य आवाजमा घन्किएको थियो ।  उक्त कार्यक्रमलाई व्हाइेट हिमाल टेलिभिजन सँगै भुटानिज् समुहको तर्फबाट र सृजनाका पाइेलाहरुका एक संस्थापकतथा हिमाली स्वरहरुका रेडियोकर्मी  सहदेव पौडेलज्युले पनि आफ्नो क्यामेरामा कैद गरिरहनुभएको थियो । कार्यक्रममा न्युयोर्क,बोष्टनभित्रकै अन्य शहरहरु लगायतका धेरै श्रष्टाहरुले पनि आफ्ना रचनाहरु बाचन गर्ने अवसर पाए ।यसरी सृजना उत्सवले अल्पपरिचित मित्रहरुसँग नजिक हुने अर्को मौका पनि दियो ।
कोही जाने तर्खरमा थिए भने हाम्रो भने ८.३० को बसको टिकट थियो । मनु र गीता चाँही हिँडी हाले । सहदेवजी र प्रतिमा बैनी लगायत केही न्युयोर्कबासीहरु भने भोलिपल्ट मात्र फर्कने भन्ने थियो । हामी भने कार्यक्रमको अन्तिमसम्म बसेर मणीजी,केशबजी,सुनीता,कमला र म चाँही एकैचोटी फर्क्यौं ।
फर्कँदा फेरि अर्कै नौलो अनुहारको गाडीमा बस स्ट्याण्डसम्म बस्न लगाइेयो । हामीपनी ढुक्कसँग आफ्नै गाडी झैं गरेर बस्यौं । बाटोमा परिचय भयो वहाँको नाम बिनोद नेपाल भने जस्तो लाग्छ तर वहाँ र म अल्पपरिचित रहेछौं फेस्बुक मित्र । वहाँले पनि कत्ती खुशीसाथ हामीलाई बस स्टपसम्म पुर्‍याइेदिएर ठुलो गुण लगाउनु भो ।सिता खरेल दिदी,मनु र गीता पन्थ चाँही पाँच बजेकै बसमा फर्किनु भयो। हामी ५ प्राणी चाँही  कवि मणी माङ्देलको अगुवाइेमा बसमा बिराजमान भयौं । बसभित्र मणी र म भने साहित्यकै कुरा गर्दै आयौं । कमलाजी र सुनीताजी के’के फुस्फुसाउँदै हुनुहुन्थ्यो कुन्नी ? केशबजी अर्धनिन्द्रामा हुनुहुन्थ्यो । म भने बसमा पनि जागै भएँ । करिब ४ घण्टा पस्चात हामी न्युयोर्क आइेपुग्यौं । लग्भग १.३० बिहानको भइे सकेको थियो । घरमा आइेपुगेर सुत्न लाग्दा त दुई नै बजिसकेको थियो ।

यसरी सृजना उत्सव बोष्टनले सृजनाका यात्राहरु न्युयोर्कलाई साहित्यिक आतिथ्य मात्र गरेन कि बिभिन्न ठाउँका श्रष्टाहरु माझ परिचित गराउने ठुलो गुणपनी लगाएको छ । निस्वार्थ र बिना लोभ लालचमा सृजनशिल मथिङलहरुलाई एकै थलोमा उभ्याउन सक्नु पनि यो प्रवासी रहर मात्र होइेन कर्तब्य पनि हो । यो कर्तब्य सृजना उत्सवले राम्रोसँग मनन गरेर हामीलाई यस्तो सुअवसर दियो । हामी कृतज्ञ छौं । हामी सबैले यो हातेमालोको शिक्षा सिक्न जरुरी छ । यसरी तन,मन,धन सबै नै समर्पण गरेर साहित्यिक कार्यक्रममा जुटेको र सफल भएको मैले यही बोष्टन सृजना उत्सव परिवारलाई देखें । यो मेरो नितान्त आफ्नो स्वबिचार हो । कसैलाई नरुच्न पनि सक्छ मेरो बिचार,यस्कोनिम्ती म क्षमाप्रार्थी छु । यसरी यो कार्यक्रम र यस कार्यक्रमका आयोजकका कृयाकलापहरु र मुहारहरु अझैपनी मेरो आँखामा झल्झली आइेरहेको छ । ती हाम्रा यात्राका एक एक पल र हामीमाझका भलाकुशारीहरु मनभरी तस्बिर झैं छाइेरहेको छ ।

सृजना उत्सव बोष्टनले एउटा नबिर्सने साहित्यिक यात्रा र कार्यक्रमको छाप बसाइेदिएको छ । जो अझै म सम्झिरहेछु ती हँसिला मुहारहरुका स्वागत र आतिथ्य सत्कारहरु र यसरी आज म संस्मरण बनाइे लेख्न लालायीत छु । धन्यवाद दीपा अनि गोबर्द्धन पूजाजी जो नेपालबाटै २५ औं बर्षअघिदेखिको चिन्जान र सामिप्यतालाई यो छोटो भेट्घाटले अझ दिर्घजिवी बनाइेदियो । यो संस्मरण मेरो हृदयको एक कुनामा अमीट लिपी भएर सधैं जिवन्त रहनेछ ।

         न्युयोर्क ( अमेरिका )

प्रतिक्रिया दिनुहोस्

*