किन होला ?

- रविन गिरी

लाग्छ,
म तिम्रै न्यानो ओढिरहेछु
तिम्रै सास फेरिरहेछु
तिम्रै आवाज बोलिरहेछु
तिम्रै दृष्टि देखिरहेछु

बाँचेको त म यसरी पो रहेछु !

किन होला,
मलाई म पाउन तिमी चाहिएको ?
मलाई मै बुझ्न तिमी चाहिएको ?

प्रतिक्रिया दिनुहोस्

*