समय

- रक्षा पोखरेल भट्टराई

कस्तो होला समयको फन्के भुमरी
बालापनले विदा माग्यो फर्केर नहेरी ।

पढ्ने खाने खेल्ने र जिद्दी गर्ने
जसरी नि आमा बाले जुटाइदिनु पर्ने ।

आमा बुबाको साथमा हुँदा बिते दिन हाँसी
हुर्किएँ म आज भएँ पराइको साथी ।

समयको डुंगा यस्तै हुन्छ कि त तर्न
थाहै नपाई व्यवहारको खाडलमा पर्न ।

जिन्दगीको सीमा रेखा कस्तो हुन्छ होला
आखिरीमा एक दिन त मरी जाने चोला ।

इटहरी, सुनसरी । हाल ः काठमाडौं

प्रतिक्रिया दिनुहोस्

*