देबकोटा मिल्किएका झिल्का

- डा.शास्त्रदत्त पन्त  
पाल्पाको सुन्दर श्रीनगर डाँडाको बिचममा ठाडोगल्लीबाट पद्योदय हाइस्कूल जाने बाटोमुनि उहाँको सानो घर थियो । तिनताक त्रिभूवन कलेजको आप्mनो घर थिएन । त्यही बिद्यालयमा बिहान कक्षा संचालन गरिएको थियो । कबि माधबप्रसाद देबकोटाले त्यही कलेजमा नेपाली पढाउनु हुन्थ्यो । म उहाँको बिद्ययार्थी हुन पाउँदा गौरब लागेको थियो । प्रवेशिकाको गद्यसंग्रहमा उहाँले लेखेका कबिता पाठ्यांशमा पढ्नु पर्दथ्यो । आफुले पढेका कबिता लेख्ने कबिलाई भेट्दा मलाई देवतै पाए जस्तो लाग्दथ्यो भने उहाँले नै पढाउने कक्षमा पढ्न पाउँदा कति भाग्मानी ठाने हुला बर्णन गर्न नै सक्दिन ।
कवि माधव प्रसाद देवकोटा आत्मसंम्मानी, सरल, सरस र आत्मप्रसंसा नरुचाउने स्वभावका हुनु हुन्थ्यो । त्यसकारण उहाँले लेखेका कृति, काव्य, कविता तथा प्राप्त गरेका सम्मान पुरस्कारका बारेमा प्रायः धेरैलाई थाहा नै छैन । पछि श्री चैतन्यराज देबकोटको लेख ‘बिर्सिने चलनः डरलाग्दो संस्कृति’ शिर्षकमा पढेपछि  (२०६७ फागुन, पूर्णाङ्क ५०१) थपजानकारी पाएँ जुन कवि देवकोटाले कहिल्यै कुनै प्रसंगमा भन्नु भएको थिएन । उहाँ आत्मप्रसंसा रुचाउनु हुदैनथ्यो, सायद त्यही  सोचले केही भन्नु हुँदैनथ्यो । उहाँको हिन्दुदर्शनमा आधारित संस्कृत भाषामा एउटा काब्य प्रकाशित भएको रहेछ । दुई शय पचास श्लोक भएको त्यस पुस्तकको नाम हो  “भारतीबैभवम्” । काशी विद्वत्सभाले त्यस काव्यलाई दुई पटक बिभूषित गरेको रहेछ । पहिलो पटक ‘विद्याभूषण’ र दोश्रोपटक ‘विद्वत्मणि’ बाट ।  पछि त्यही काव्यलाई अयोध्या संस्कृत परिषदले ‘कविरत्नम्’ पदवीबाट सम्मान गरेको र त्यस सम्मान सभामा भारतीय ख्यातीप्राप्त दार्शनिक  सर्बपल्ली राधाकृष्णन् रहेका रहेछन् । उनले देवकोटालाई त्यस पुस्तकका ६ श्लोक र गणेशवैभवम्का २ श्लोकको बिशेष अर्थ लगाउन घरमै लगेर राखेको कुरा पत्तो लाग्यो । राधाकृष्णन्ले ती श्लोकको ब्याख्या गरेर सन १९५३मा एक बृहद् ग्रन्थ तयार पारेको कुरा डा..टीकाराम पन्थीले चर्चा गरेकाछन् । त्यस पछि मात्र हामीलाई थाहा भएको हो । उनले राज्यको तर्फबाट २०३६ सालको महेन्द्र प्रज्ञा पुरसकार पाएकाछन् ।  त्यो पनि कविप्रेमी राजा भएको भएर मात्र दिइएको हो भनेर मान्न सकिन्छ । राजसंस्था भएका अवस्थामा प्रायः कोही कुनामा पर्दैन भन्ने उक्ती यसले पनि पुष्टि गर्दछ ।
उहाँका हुस्सुपथिक, जीवनदानम् लगायत थुप्रै फुटकर कविता प्रकाशित छन् । उहाँका अप्रकाशित कविता तथा अन्य कैयौं कृति हुनु पर्दछ । त्यसप्रति साहित्य अनुरागी कसैले पनि खोज गरेको पाइदैन । कसैले वास्ता गरेको पाइएन । कसैले चासो गरेको पाइउन । साहित्य पनि राजनीति र प्रशासन झैं झोले र ढोकेको मुठ्ठीमा त गएन भन्ने आसंका बढेको छ ।
देबकोटाले आत्मप्रसंसा नरुचाउने भएकै कारण आफ्नो कवित्वबारे कहिल्यै भन्न चानु भएन । उहाँले लेखेका पाठयक्रममा भएका कबिता पनि पढाउन  चाहनु भएन । मैले धेरै अनुरोध गरेपछि उहाले झ्यालबाट टुडिखेल तलपट्टिको उकालो देखउँदै कवि ऋदयबाट गरेको चित्रण कारुणिक थियो । तीनभारी बोकेकी दाउरेनी कवितामा अज्ञानता, गरिवी र प्रबृत्तिको मार्मिक चित्रण हो । उहाँका कबितामा गरीवी,  अज्ञानता हटाउने समाजलाई सुधार गर्ने, परिवर्तन गर्ने रहेको पाइन्छ  ।
उहा मिहनेतमा विश्वास गर्नु हुन्थ्यो । आश्रय लिएर होइन मिहिनेत गरेर जीवन संचालन गर्नु पर्दछ भन्ने अटुट आस्था थियो उहाँमा ।
म बिद्यार्थी संघमा भएका बखत एउटा पत्रिका निकाल्ने निधो भयो । मलाई चाहना त थियो त्यति अनुभव थिएन । उहाँले कुनै झिजो नमानी  तमामा सामाग्री व्यवस्थित गराएर मलाई जिम्मा लगाउनु भयो । पत्रिकाको नाम पनि आलोक राखिदिनु भयो । तिनताक पत्रिका छपाउन पनि भारत पुग्नु पर्दथ्यो । त्यसपत्रिकाकालागि उहाँले लेखिदिनु भएको नवरस मेरो जीवनभरी पल्टाएर पढ्न विषय बस्तु भएको छ ।
उहामा एउटा अर्काे बिशेषता केहो भने शिक्षा प्रमाण–पत्रकोलागि हुनुहुदैन । प्रमाणपत्र प्रप्तिकैलागि पढ्नु हुँदैन तर बिषयगत अध्ययन गहन हुनु पर्दछ भन्ने उहाँको मान्यता थियो । यसबारेमा मलाई एउटा रोचक घटना थाहा छ । हामीलाई पढाउने बेलामा उहाँ शास्त्री मात्र हुनु हुँदो रहेछ । त्रिविले आचार्य वा सोसरह नभएको प्राध्यापक राखेमा स्विकृति झिकिदिने भनेर पत्र लेखेको रहेछ । त्यो कुराले हामी आत्तियौं पनि । उहाँ दुईहप्ताजति कलेजमा आउनु भएन । त्यसको ३ महिना जतिमा दर्शनशास्त्रको कुनै  बिधामा प्रथमश्रेणीमा प्रथम भएर आचार्य गरेका खबर थाहा पायौंं ।
यो बर्षको मंसिर ३ गते उहँको ११२औ जन्म दिन हो । उहाँको बारेमा सरकार र चेतन समुहको कुनै कार्यक्रम नहुदा अनौठो लाग्दछ । सिङ र पुच्छर नभएकाको हातमा देशको शासनको बागडोर त पुगेन जस्तो प्रतित हुन्छ । ज्ञान, संस्कार र संस्कृति नभएका नेतामा संबेदलशीलता हुदो रहेनछ । यस्तो शासनपद्धतिमा स्वतः बिचार स्वतन्त्रतालाई कुण्ठा गर्दो रह्ेछ, साहित्य र साहित्यकार अपहेलित हुँदा रहेछन् । जहाँ बिचारको कदर हुँदैन त्यहा कला, कौसल, साहित्य संगीत, ज्ञान बिज्ञान, खोज, तपस्या केही पनि हुँदैन । यिनको अभावमा मानबीय विकास गति अबरुद्ध हुन्छ । ७० बर्षको रुसको शासनलाई हेर्ने हो भने यसबिचमा सबै मानवबिकास सूचाङ्क अबरुद्ध भएको पाइन्छ । सात दशकसम्म जे काम भए ती त्यसपूर्वका बिचारबाट मात्र भएका हुन् । मेकाउलियन पद्धति र औपनिबेसिक सोचबाट ग्रसित हाम्रो समाजमा आज पनि बिचारको कदर गरिदंैन । बिचारको कदर नगरिने मुलुकका बिद्वानको जीवन अभिसप्त हुन्छ । कवि माधवप्रसाद देवकोटाको जीवन पनि त्यस्ता हजारौं अभिसप्त जीवनमद्धेको एक हो ।
आजकल बाहुनबादको चर्काे नारा उठाइएको छ । यो नेपाली समाजको उपज होइन । यो त पश्चिमाले निहित स्वार्थबस गैसस नामका खेतलाबाट रोपिएको डलरबीजको बिशेष बाली मात्र हो । अहिले यो झाङ्गिएको छ । यो प्रसङ्ग किन उठाई रहेको छु भने आज देशभर शिक्षाको जुन अवस्था छ, त्यो कवि देवकोटाजस्ता ब्राह्मणहरूको निस्काम भावको योगदानको प्रतिफल हो तर राज्यले बाध्यात्मक रुपमा मेकाउलियन पद्धति अबलम्बन गरेकाले गुणस्तरको नेपाली समाज बनाउन नसकिएको हो ।
ठूला नेता र अफिसरहरूले  दिनबिताउन गाह्रो भयो भनेर तासमा नारिन्छन् या भट्टिमा रल्लिन्छन् तर पुस्तकालय, पुस्तक र कलम समातेर वा समाजसेवाका कामगर्न तिनको मन लाग्दैन । एकै छाकमा नाइट क्लबमा हजारौं रुपैया उडाउने मानिसले एकशय रुपैयाँको साहित्विक कृति खरिदगर्न आनाकानी गर्दछ । यस्ता कुरागर्ने,  सुधारमा लाग्ने व्यक्ति प्रोत्साहन र सम्मानको दुनियाँमा देखिंदैनन् । किनकि दैख्ने थलोमा अर्धचेतन मानिस मात्र छन्, तिनकै बाहुल्यता छ । तिनले आप्mना दलका कार्यकर्ता बाहेक अरुलाई देख्दैनन्, चिन्दैनन् । यसले बिशुद्ध चेतन तहका मानिसको जीवन अभिसप्त बनाएको छ ।
अमेरिका  तथा जापान जस्ता देश त्यसै बिकसित भएका होइनन् । त्यहाँ बिचारको कदर हुन्छ । अनि हरेक व्यक्ति निरन्तर खोजमालागि रहन्छ । उसको खोजले राष्ट्रको कायापलट हुन्छ । मेकाउले र रबर्ट च्याम्बरजस्ता मानिस तेश्रो मुलुकले मन नपनराएका मानिस हुन् तर तिनले आप्mनो देशको हितलाई हेरेर काम गरेका हुन्, त्यसलाई त्यहाँको राज्यले ठूलो कदर गरेको पनि हो । भिन्न बिचार र भिन्न सोचलाई त्यहाँ अनुसन्धानको उपलब्धि मानिन्छ । त्यसलाई राज्यले तुरुन्त कार्यान्वयन गर्दछ । उपलब्धि राम्रो भए राष्ट्रिय मूल नीतिमा समाबेस गरिन्छ, अन्यथा त्यागिन्छ । तिनले कुन दलको वा कुन जातको वा कुन थलोको भनेर पनि सोच्दैनन् । त्यहाँ ज्ञान, सिप र क्षमताको कदर हुन्छ, निस्पक्ष भएर । यथार्थमा प्रजातान्त्रिक अभ्यास यस्तै आचरणमा अडेको हुन्छ ।
म्यासाच्ुयसेट इन्सिटिच्युट अफ टेक्नोलोजीका ३१ बर्षे सहायक प्राध्यापक पराग पाठकले प्रेसिडेन्सिियल अर्ली क्यारिअर अवार्ड पाएका छन् । लेनचचौरको सानो स्कुलमा पढेको ठिटोलाई नासाजस्तो प्रतिष्ठानले सम्मान गरेको छ । आफ्नो कोठाभित्रै गुटमुटिएर गहन खोजगर्ने महेशरेग्मी हुन् वा दुर्गम गाउँमा बस्ने महाबीर पुन हुन् तिनको खुबी परको देशले देख्दछ, चिन्दछ र पुरस्कार दिन्छ । उनीहरूले पाएको मेगासेसे पुरस्कार नेपालीले मूल्याङ्कन गरेर पाएको होइन । यो नमुना उदाहरण मात्र हो । नेपालीले चाल नपाएका बिदेशमा ठूलो सम्मान पाएका ब्यक्ति धेरैछन् । तर हाम्रो देशमा त्यस्तो छैन । नेता र शक्तिकेन्द्र खोजेर घरघरै चाहर्ने व्यक्ति यथार्थमा महत्वाकांछी, कमजोर र असक्षम हुन्छ । आज भोलि नेपालमा प्राज्ञ, प्रबुद्ध, योग्यतम बस्ने ठाउँमा अज्ञ, अल्पज्ञ, असक्षम र भ्रष्ट बस्ने गरेका छन् । तिनैले राष्ट्रिय सम्मान पाएका छन् । देश असक्षमका हातमा पुगेको छ ।
नेपालमा को उच्चतम र सक्षमछ छ भनेर बिदेशीले भनिदिनु पर्दछ । नेपालीको खोजमा बिदेशीले नोबल प्राइज पाउँदा पनि यो देशले त्यस्ता सोध कर्ताको खुबी थाहा पाउँदैन । गासे, आसे, पासे र दलालले मात्र तर मार्दछन् । किनकि यहाँ रबर्ट च्याम्बरले भनेको जस्तै निम्नकोटकिो मानिस उच्च स्तरमा पुगेको छ ।
अभिसप्तता नेपालको एउटा नयाँ रोग हो । भलो गर्नेलाई भलो नहोस् भन्ने सतीको श्राप परेको मुलुक भनेर धेरै मानिसले चित्त बुझाउँछन् । तर म त्यस कुरामा विश्वास गर्दिन । यो प्रबृत्तिगत रोग हो । प्रबृत्तिमै आमूल परिबर्तन पहिलो आवस्यकता हो । आयातित राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति रहेसम्म बाञ्छित प्रबृत्तिमा सुधार आउने गुन्जायस देखिदैन । त्यसकालागि ठूलै क्रान्तिको आवस्यकता छ । आमूल परिबर्तनको खाँचोछ । गहन राष्ट्रिय मूलनीतिको खाँचोछ ।
अमेरिका, जापान र अरु युरोपिली पश्चिमी मुलुकमा सशक्त प्रजातान्त्रिक अभ्यास गरिन्छ । त्यहाँ प्रजातान्त्रिक माध्यमबाट द्रुत प्रगति हुनुमा राज्यले निस्पक्ष बिचारको कदर गर्नु नै हो । त्यहा बिचार, सोध खोज र भावनाको निस्पक्ष कदर गरिन्छ । कसैको कुनै सोचको कही कतै अबमूल्याङ्कन हँुदैन । त्यसैले त्यहाँ बिज्ञानको चमत्कारी बिकास भएको छ । तर ज्ञानको भएको छैन । हामी ज्ञानको बिकास संगै सर्बाङ्गिण भौतिक बिकास गरिरहेको अबस्थामा पश्चिमाको अबरोधले भत्किएका हौं । कमिलाको लस्करमा कुनै एउटा थिचियो भने सबै कमिला लथालिङ्ग हुन्छन् । हामी त्यसै गरि लथालिङ्ग भएका हौं । भौतिक लदानमा मात्र बाधिएका छौं । त्यो दाम्लोबाट नफुकेसम्म हाम्रो सामुहिक प्रगति संभव छैन । बिदेशीको नव उपनिबेस र नेपालीको औपनिबेसिक मगज, दास मनोदशा नै बाधक छ । यही  अभिसप्त जीवनको नमुना उदाहरण हुन् कबि माधब देबकोटा पनि ।
प्लेटोले वैदिक आधार लिएर देशको शासन व्यवस्था उच्चतम (बिद्वान दार्शनिक) बाट हुनु पर्दछ भनेका थिए । उनको दर्शनलाई रबर्ट च्याम्बरले उल्टाएर सर्बाङ्गिण बिकासलाई तल झार्ने काम गरेका छन् । तिनै पश्चिमाले बिकासोन्मुख मुलकमा सबैभन्दा नीचबाट, अधमबाट, मूर्खबाट नेतृत्व गरिनु पर्ने धारणा राख्छन् । याहाँका दलले त्यसैलाई अङ्गिकार गरेका छन्, लहैलहैमा हिडेकाछन् । योग्यतमलाई गलहत्याई गरैर राख्ने गर्द छन् । देवकोटा यसरी गलहत्यायिएकामद्धेका एक हुन् । अर्काथरी सर्बहाराको अधिनायकत्व मान्ने बिज्ञजतिलाई सामन्तबादी र बुर्जुवाको पगरि गुथाइदिएर बिव्दानजति देशबाट लखेटिने काम गरेका छन् । देशका सक्षमहरू देश बाहिर गएर बिदेशको उन्नति गरिदिएका छन् । जो देशभित्रछन् तिनले अपमानको जीवन बिताएका छन् । यो नेपालीको अभिसप्त जीवनको कारुणाबस्था हो । नेपालको दुर्भाग्य हो । यस्ता दुर्भाग्यबाट कठीन जीवन पार गरे पनि देवकोटा जस्ताको लेखनीले कमसेकम आउँदा पीढीलाई मार्गदर्शन गराउन सफल होस भन्ने आशाले उनको जन्म दिनमा संझना गरेको छु । सारांशमा देबकोट त्रीमूर्तिका नाममा चतुरमूर्ती बन्ने ब्यक्ति हुन्, ती मिल्किएका छन् । देबकोट मिल्किएका झिल्का हुन् ।

प्रतिक्रिया दिनुहोस्

*